1 UDB म, पावलले, यो पत्र लेख्दैछु। मैले यो पत्र तिमीहरुलाई लेख्दै गर्दा, हाम्रा विश्वासी मित्र सोस्थेनेस मसँग छन्। परमेश्वरले मलाई ख्रीष्ट येशूको प्रेरित हुन नियुक्त गर्नुभयो, र परमेश्वरले मलाई उहाँको सेवा गर्न चुन्नुभयो। BSB BSB: Paul, called to be an apostle of Christ Jesus by the will of God, and our brother Sosthenes,
2 UDB यो पत्र कोरिन्थमा भएको परमेश्वरको मण्डलीलाई हो, तिनीहरू जसलाई ख्रीष्ट येशूले परमेश्वरको निम्ति अलग गर्नुभएको छ, साथै हरेक ठाउँका– अन्य हरेक व्यक्ति-- जसले हाम्रा प्रभु येशू ख्रीष्ट, तिनीहरूका प्रभु र हाम्रा प्रभुको नाउँमा आफैंलाई बचाउनलाई परमेश्वरमा पुकारा गर्छन्। BSB BSB: To the church of God in Corinth, to those sanctified in Christ Jesus and called to be holy, together with all those everywhere who call on the name of our Lord Jesus Christ, their Lord and ours:
3 UDB परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टको प्रेम तिमीहरूमा रहोस् र तिमीहरूलाई शान्ति होस्। BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ.
4 UDB ख्रीष्ट येशूले तिमीहरूलाई प्रेम गरेर तिमीहरूलाई दिनु भएको धेरै मूल्यवान वरदानहरूका करणले म मेरो परमेश्वरलाई तिमीहरूका निम्ति हरेक दिन धन्यवाद दिन्छु। BSB BSB: I always thank my God for you because of the grace He has given you in Christ Jesus.
5 UDB ख्रीष्टले तिमीहरुलाई यति धेरै कुराहरू दिनुभएको छ। तिमीहरूका सारा बोलीमा र तिमीहरूका सारा ज्ञानमा उहाँले तिमीहरूलाई सहायता गर्नुभयो। BSB BSB: For in Him you have been enriched in every way, in all speech and all knowledge,
6 UDB ख्रीष्टको बारेका यी बयानहरू सत्य हुन् भन्ने कुराको तिमीहरु आफैं प्रमाण हौ। BSB BSB: because our testimony about Christ was confirmed in you.
7 UDB त्यसकारण परमेश्वरले जब प्रभु येशू ख्रीष्टलाई चिनाउनुहुनेछ र हरेकलाई उहाँ देखाउनुहुनेछ, त्यो दिनको लागि तिमीहरूले प्रतिक्षा गर्दा, परमेश्वरको आत्माबाट तिमीहरूलाई कुनै वरदानको अभाव हुँदैन। BSB BSB: Therefore you do not lack any spiritual gift as you eagerly await the revelation of our Lord Jesus Christ.
8 UDB परमेश्वरले तिमीहरूलाई बलियो पनि बनाउनुहुने छ, यसैले तिमीहरूले अन्त्यसम्मै उहाँको सेवा गर्न सक्छौ, यसरी हाम्रा प्रभु येशू ख्रीष्ट पृथ्वीमा फेरि आउनुहुने दिनमा तिमीहरूले आफैंमाथि कुनै शर्म ल्याउने छैनौं। BSB BSB: He will sustain you to the end, so that you will be blameless on the day of our Lord Jesus Christ.
9 UDB त्यसो गर्नलाई परमेश्वरले आफ्नो प्रतिज्ञा पुरा गर्दै हुनुहुन्छ। परमेश्वरले तिमीहरूलाई बोलाउनुभयो, जसले गर्दा तिमीहरूले उहाँका पुत्र येशू ख्रीष्टलाई चिन्न र प्रेम गर्न सक्छौ, जो हाम्रा प्रभु हुनुहुन्छ। BSB BSB: God, who has called you into fellowship with His Son Jesus Christ our Lord, is faithful.
11 UDB त्यहाँ तिमीहरूमध्ये कसैका माझमा विभाजानहरू र वेमेलहरू छन् भनी क्लोएका घरमा हुनेहरूले मलाई खबर गरेका छन्। BSB BSB: My brothers, some from Chloe’s household have informed me that there are quarrels among you.
12 UDB समस्या यो हो। तिमीहरू प्रत्येकले एक वा अर्को अगुवाप्रति निष्ठा छ भनी दावी गर्छौ। एउटाले भन्छ, “म पावलप्रति निष्ठावान छु।” अर्कोले भन्छ, “म अपोल्लोसप्रति निष्ठावान छु।” कसैले भन्छ, “म पत्रुसप्रति निष्ठावान छु।” र अन्तिम एकजनाले भन्छ, "तर म ख्रीष्टप्रति निष्ठावान छु।” BSB BSB: What I mean is this: Individuals among you are saying, “I follow Paul,” “I follow Apollos,” “I follow Cephas,” or “I follow Christ.”
13 UDB तर ख्रीष्टले त आफ्नो निष्ठालाई विभाजन गर्नुहुन्न। पावल तिमीहरूका निम्ति क्रुसमा टाँगिएका थिएनन्। तिमीहरूलाई बप्तिष्मा दिने व्यक्तिले तिमीहरूलाई पावलको नाउँमा बप्तिष्मा दिएनन्। BSB BSB: Is Christ divided? Was Paul crucified for you? Were you baptized into the name of Paul?
14 UDB म परमेश्वरलाई धन्यवाद दिन्छु कि मैले त्यहाँ थोरै मानिसहरूलाई मात्र बप्तिष्मा दिएँ। तिनीहरूमध्ये मैले क्रिसपस र गायसलाई बप्तिष्मा दिएँ। BSB BSB: I thank God that I did not baptize any of you except Crispus and Gaius,
15 UDB तिनीहरूलाई मैले आफ्नो नाउँमा बप्तिष्मा दिएँ भन्नु सत्य हुँदैन। BSB BSB: so no one can say that you were baptized into my name.
16 UDB (अहिले मलाई याद आयो कि स्तिफनसको घरानालाई पनि मैले बप्तिष्मा दिएँ, तर यी मानिसहरूभन्दा बाहेक, कोरिन्थमा अरू कसैलाई बप्तिष्मा दिएको मलाई याद छैन।) BSB BSB: Yes, I also baptized the household of Stephanas; beyond that I do not remember if I baptized anyone else.
17 UDB ख्रीष्टले मलाई गर्न पठाउनुभएको सबभन्दा महत्वपूर्ण काम हरेकलाई उहाँको बारेमा सुसमाचार प्रचार गर्ने थियो, मानिसहरूलाई बप्तिष्मा दिने थिएन। मानवीय बुद्धी वा चतुर शब्दहरूको प्रयोग गरेर मैले सुसमाचारको घोषणा गरिनँ, बरु क्रुसमा मर्दै गर्नुभएको ख्रीष्टको कामको शक्तिलाई मैले प्रयोग गर्न सकें। BSB BSB: For Christ did not send me to baptize, but to preach the gospel, not with words of wisdom, lest the cross of Christ be emptied of its power.
19 UDB एकजना अगमवक्ताले धर्मशास्त्रमा लेखे: “जसले आफूहरू बुद्धिमान भएको विचार गर्छन्, तिनीहरूका बुद्धिलाई म नाश गर्नेछु, र बुद्धिमानका अति उत्तम योजनाहरूलाई म पूर्ण रूपमा असफल बनाउनेछु।” BSB BSB: For it is written: “I will destroy the wisdom of the wise; the intelligence of the intelligent I will frustrate.”
21 UDB परमेश्वरको बुद्धिमा, अविश्वासीहरूले तिनीहरूका आफ्नै बुद्धिद्वारा परमेश्वरलाई चिनेनन्। यसैले तिनीहरूले मुर्ख भनी विचार गरेको शन्देसलाई प्रयोग गर्न परमेश्वर खुशी लाग्यो। त्यो शन्देस हामीले घोषणा गर्यौं र त्यसमा विश्वास गर्नेहरू सबैलाई बचाउने शक्ति त्यसमा थियो। BSB BSB: For since in the wisdom of God the world through its wisdom did not know Him, God was pleased through the foolishness of what was preached to save those who believe.
22 UDB यहूदीहरूले कुनै व्यक्तिको पछि लाग्नुअघि आश्चर्यपूर्ण शक्ति खुल्ला प्रकट भएको तिनीहरू चाहान्थे। ग्रीकहरू आत्मिक सोचहरूका बारेमा विचार गर्ने नयाँ र ताजा उपायहरूद्वारा बुद्धि खोज्दैछन् BSB BSB: Jews demand signs and Greeks search for wisdom,
24 UDB तर हाम्रा सम्बन्धमा, हामीले परमेश्वरलाई चिन्न सकौं भनेर उहाँले हामीलाई बोलाउनुभयो। ख्रीष्टलाई हाम्रो निम्ति मर्नलाई पठाउनु भएर परमेश्वरले शक्तिशाली रूपमा र बद्धिमत्तापूर्वक काम गर्नुभयो भनी त्यो शन्देसले देखाउँछ। सुसमाचार कुनै वंश वा दर्शनशास्त्रसँग सम्बन्धित छैन। ख्रीष्टमा यहूदीहरू र पृथ्वीका अरू सबै जातिहरू तथा वंशहरूका बीचमा कुनै भिन्नता छैन। BSB BSB: but to those who are called, both Jews and Greeks, Christ the power of God and the wisdom of God.
25 UDB किनकि परमेश्वरका मूर्ख जस्ता लाग्ने कुराहरू पनि मानव जातिले कल्पना गर्न सक्ने सबभन्दा बुद्धिमत्तापूर्ण विचारहरू भन्दा साँच्चै नै धेरै बुद्धिमान हुन्छन्। र परमेश्वरका सबभन्दा कमजोर जस्ता लाग्ने कुराहरू पनि सधैंभरी बाँचेका सबभन्दा बलिया र सबभन्दा महान मानव जातिभन्दा पनि बलिया हुन्छन्। BSB BSB: For the foolishness of God is wiser than man’s wisdom, and the weakness of God is stronger than man’s strength.
26 UDB भाइहरू तथा बहिनीहरू हो, परमेश्वरले तिमीहरुलाई बोलाउनुहुँदा तिमीहरू कस्ता किसिमका व्यक्तिहरू थियौ सो हेर। तिमीहरू कति तुच्छ थियौ सो हेर। तिमीहरू मानिसहरूमध्येका सबभन्दा बुद्धिमान थिएनौ। मानिसहरूले तिमीहरूका आज्ञा पालन गर्नलाई तिमीहरू त्यति महत्वपूर्ण पनि थिएनौ। तिमीहरूसँग प्रतिष्ठा भएका पुर्खाहरू पनि थिएनन्। BSB BSB: Brothers, consider the time of your calling: Not many of you were wise by human standards; not many were powerful; not many were of noble birth.
27 UDB बरु, अविश्वासीहरूलाई कुनै अर्थ नलागेका कुराहरूलाई परमेश्वरले चुन्नुभयो जसले गर्दा तिनीहरूले आफ्नै प्रशंसा गर्न छोडून्। तिनीहरूले अति बलिया भनी विश्वास गरेका कुराहरूलाई शर्ममा पार्नलाई परमेश्वरले कमजोर कुराहरूलाई प्रयोग गर्न चुन्नुभयो। BSB BSB: But God chose the foolish things of the world to shame the wise; God chose the weak things of the world to shame the strong.
28 UDB अविश्वासीहरुले महत्वपूर्ण भनी सोचेका कुराहरूको कुनै मूल्य छैन भनी देखाउने हेतुले तिनीहरूले महत्वहीन भनी सोचेका कुरालाई परमेश्वरले चुन्नुभयो। BSB BSB: He chose the lowly and despised things of the world, and the things that are not, to nullify the things that are,
29 UDB परमेश्वरले यसो गर्नुभयो जसले गर्दा कुनै मानिसलाई पनि आफ्नो प्रशंसा गर्ने कुनै कारण नहोस् र बरु, उसले सबै प्रशंसा परमेश्वरलाई दिनुपर्छ। BSB BSB: so that no one may boast in His presence.
30 UDB परमेश्वरले गर्नुभएको कामको करणले तिमीहरू अब ख्रीष्ट येशूसँग मिलापमा छौ, जसले परमेश्वर कति बुद्धिमान हुनुहुन्छ भनी हामीलाई स्पष्ट पार्नुभएको छ। उहाँले हामीलाई परमेश्वरसँग ठिक सम्बन्धमा राख्नुभएको छ, उहाँले हामीलाई परमेश्वरको निम्ति अलग गर्नुभएको छ, र उहाँले हामीलाई छुटकारा दिनुभएको छ र हामीलाई सुरक्षित ठाउँमा ल्याउनुभएको छ। BSB BSB: It is because of Him that you are in Christ Jesus, who has become for us wisdom from God: our righteousness, holiness, and redemption.
31 UDB यसैले, जस्तो धर्मशास्त्रले भन्छ: “आफ्नो प्रशंसा गर्नेले परमप्रभुले उसको निम्ति जे गर्नुभएको छ, त्यसमा मात्र आफ्नो प्रशंसा गर्नुपर्छ।” BSB BSB: Therefore, as it is written: “Let him who boasts boast in the Lord.”
Select verses for actions: Enter goes to them and Escape comes back.