1 UDB मैले यसरी बोल्न सकें जसले गर्दा मैले जे इच्छा गरें त्यो गर्न मैले मानिसहरूलाई अचम्ममा पार्न र मनाउन सकें, वा मैले स्वर्गदूतहरूका भाषामा बोल्न सकें– तर मैले मानिसहरूलाई प्रेम गरिनँ भने, मेरो सारा बोली चर्को स्वर निकालेर टङटङ गर्ने घण्टी वा झ्याइँझ्याइँ गर्ने झ्यालीभन्दा पनि व्यर्थ हुन्छ। BSB BSB: If I speak in the tongues of men and of angels, but have not love, I am only a ringing gong or a clanging cymbal.
2 UDB मैले परमेश्वरको सन्देशहरू प्रचार गर्न सकें, र मैले परमेश्वरको बारेमा गुप्त सत्यताहरू वयाख्या गर्न सकें, र परमेश्वरमा यति धेरै विश्वास गरें कि मैले पहाडै हटाउन सकें– तर मैले मानिसहरूलाई प्रेम गरिनँ् भने, मेरो कुनै मूल्य हुँदैन। BSB BSB: If I have the gift of prophecy and can fathom all mysteries and all knowledge, and if I have absolute faith so as to move mountains, but have not love, I am nothing.
3 UDB मेरो सार सम्पति मैले गरीबहरूलाई खुवाउन बाँडिदिएँ वा कसैलाई उद्वार गर्न मैले आफैंलाई जलाउनलाई बलिदान गरें– तर मैले मानिसहरूलाई प्रेम गरिन भने, मैले केही फाइदा पाउँदिनँ। BSB BSB: If I give all I possess to the poor and exult in the surrender of my body, but have not love, I gain nothing.
4 UDB तिमीले अरूहरूलाई साँच्चै प्रेम गर्छौ भने, तिमीले कठिनाइहरूलाई आनन्दसाथ सहनेछौ। तिमीले साँच्चै प्रेम गर्छौ भने, तिमी अरूहरूप्रति दयालु हुनेछौ। तिमीले साँच्चै प्रेम गर्छौ भने, तिनीसँग नभएका थोकहरू अरू मानिसहरूसँग हुदाँ तिमी रुष्ट हुनेछैन। तिमीले साँच्चै प्रेम गर्छौ भने, तिमीले आफ्नै बारेमा घमण्ड वा अहंकार गर्नेछैनौ। BSB BSB: Love is patient, love is kind. It does not envy, it does not boast, it is not proud.
5 UDB तिमीले अरूहरूलाई साँच्चै प्रेम गर्छौ भने, तिमीले तिनीहरूलाई दुर्व्यहार गर्नेछैनौ। तिमीले आफैंँलाई खुशी बनाउन जिउने छैनौ। कसैले पनि तिमीलाई छिट्टै रिसाउने बनाउन सक्ने छैन। मानिसहरूले गरेका खराब कुराहरूको विवरण तिमीले राख्नेछैनौ। BSB BSB: It is not rude, it is not self-seeking, it is not easily angered, it keeps no account of wrongs.
6 UDB तिमीले अरूहरूलाई साँच्चै प्रेम गर्छौ भने, कुनै व्यक्तिले दुष्ट कुराहरू गर्दा तिमी खुशी हुनेछैनौ। बरु, मानिसहरू परमेश्वरमा विश्वसयोग्य हुँदा तिमी खुशी हुनेछौ। BSB BSB: Love takes no pleasure in evil, but rejoices in the truth.
7 UDB तिमी अरूहरूलाई साँच्चै प्रेम गर्छौ भने, हुन आउने हरेक कुरा तिमीले सहनेछौ। परमेश्वरले मानिसहरूका लागि उत्तम कुराहरू गर्नुहुनेछ भनी तिमीले विश्वास गर्नेछौ। जेसुकै भए पनि मतलव नगरी तिमीले परमेश्वरमा विश्वास गर्नेछौ। तिमीले जस्तोसुकै कठिनाइहरूको सामन गरिरहेको भए पनि मतलव नगरी तिमीले परमेश्वरको आज्ञा पालन गर्नेछौ। BSB BSB: It bears all things, believes all things, hopes all things, endures all things.
8 UDB तिमीले साँच्चै प्रेम गर्छौ भने, तिमीले प्रेम गर्न छोड्ने छैनौ। परमेश्वरको सन्देशहरू प्रचार गर्ने, अनौठा भाषाहरू बोल्ने, वा गुप्त सत्यताहरू जान्नेहरूले, यी कुराहरू केही क्षाणको निम्ति मात्र गरिछन्। एकदिन तिनीहरूले यी कुराहरू गर्न छोड्नेछन्। BSB BSB: Love never fails. But where there are prophecies, they will cease; where there are tongues, they will be restrained; where there is knowledge, it will be dismissed.
9 UDB अहिले यो जीवनमा, हामीले जान्नुपर्ने कुराहरू मध्ये आंशिक रूपमा मात्र जान्दछौ। परमेश्वरका सन्देशहरू प्रचार गर्नेहरूले आंशिक रूपमा मात्र त्यसो गर्छन्। BSB BSB: For we know in part and we prophesy in part,
10 UDB तर जब कुराहरू पूर्ण हुन्छन्, आंशिक वा अपूर्ण हरेक कुराको अन्त हुनेछ। BSB BSB: but when the perfect comes, the partial passes away.
11 UDB जब म सानो बालक थिएँ, बालकले बोले झैं मैले बोलें, बालकले सोचे झैं मैले सोचें र बालकले निर्णय गरे झैं मैले निर्णय गरें। तर जब म वयस्क भएँ, मैले बालकले झैं व्यवहार गर्न छोडें र वयस्कले झैं व्यवहार गर्न सुरु गरें। BSB BSB: When I was a child, I talked like a child, I thought like a child, I reasoned like a child. When I became a man, I set aside childish ways.
12 UDB ख्रीष्टको बारेमा हामीले अहिले जे बुझ्छौं, हामीले एकदम असिद्ध रूपले बुझ्छौं, राम्ररी हुँदै होइन। तर जब ख्रीष्ट फर्केर आउनुहुन्छ, हामीले उहाँलाई आमने सामने देख्नेछौ। अहिले हामीले सत्यको अंश मात्र जान्दछौं। जसरी उहाँले हामीलाई पूर्ण रूपमा चिन्नुहुन्छ, त्यसरी नै हामीले पनि उहाँलाई पूर्ण रूपमा चिन्नेछौं। BSB BSB: Now we see but a dim reflection as in a mirror; then we shall see face to face. Now I know in part; then I shall know fully, even as I am fully known.
13 UDB अहिले हामीले ख्रीष्टमा विश्वास गर्नु महत्त्वपूर्ण हुन्छ। उहाँले प्रतिज्ञा गर्नुभएको हरेक कुरा उहाँले हाम्रा निम्ति गर्नुहुनेछ भनी हामीमा निश्चयता हुनु महत्त्वपूर्ण हुन्छ। र हामीले उहाँलाई र एक आपसमा प्रेम गर्नु महत्वपूर्ण हुन्छ। तर यी तीन कुरहरूमध्ये सबै भन्दा महान प्रेम हो। BSB BSB: And now these three remain: faith, hope, and love; but the greatest of these is love.
Select verses for actions: Enter goes to them and Escape comes back.