1 UDB परमेश्वरले यो जिम्मेवारी हामीलाई पूरा गर्नलाई दिनुभयो, र उहाँले हामीलाई कृपा पनि देखाउनुभयो। यसैले हामीले हरेस खाएका छैनौं। BSB BSB: Therefore, since God in His mercy has given us this ministry, we do not lose heart.
2 UDB हामीलाई गर्नलाई शर्म लाग्ने कुनै कुरा पनि नगर्नलाई हामी सचेत छौं, र कसैबाट लुकाउनुपर्ने कुनै कुरा पनि हामीसँग छैन। हामी त्यस्तो कुनै कुरा प्रतिज्ञा गर्दैनौं जुन परमेश्वरले दिनुहुने छैन, र हामीले आफूुले भन्ने इच्छा गर्छौं त्यो भन्नलाई हामी परमेश्वरको सन्देशलाई बङ्ग्याउँदैनौं। हामी सत्य कुरा मात्र घोषणा गर्छौं। यसरी, हामी परमेश्वरको अघि खडा भएझैं हाम्रो इन्साफ गर्नलाई हामीले आफैंलाई तिमीहरूकहाँ सुम्पेका छौंँ। BSB BSB: Instead, we have renounced secret and shameful ways. We do not practice deceit, nor do we distort the word of God. On the contrary, by open proclamation of the truth, we commend ourselves to every man’s conscience in the sight of God.
3 UDB सुसमाचार एउटा घुम्टोले ढाकिएको छ भने, परमेश्वरबाट अलग भई मृत्यु भइरहेकाहरूबाट यो ढाकिएको छ। BSB BSB: And even if our gospel is veiled, it is veiled to those who are perishing.
4 UDB तिनीहरूका निम्ति, यस संसारको देवले तिनीहरूलाई सत्य नदेख्नलाई अन्धो बनाएको छ किनभने तिनीहरूले ख्रीष्टको अति विशिष्ट आदरको बारेमा भएको सुसमाचारलाई विश्वास गर्दैनन्–किनकि हामीलाई परमेश्वर कस्तो हुनुहुन्छ भनी प्रकट गर्नुहुने ख्रीष्ट नै हुनुहुन्छ। BSB BSB: The god of this age has blinded the minds of unbelievers, so they cannot see the light of the gospel of the glory of Christ, who is the image of God.
5 UDB कुनै पनि दुष्ट कुराबाट तिमीहरूलाई बचाउने मानिसहरूझैं हामी आफैंलाई तिमीहरूकहाँ प्रचार गर्दैनौं। बरु, हामी ख्रीष्ट येशूलाई हाम्रो मालिकको रूपमा घोषणा गर्छौं र हामी तिमीहरूका सेवकहरू हौं किनभने हाम्रो मिलाप येशूसँग भएको छ। BSB BSB: For we do not proclaim ourselves, but Jesus Christ as Lord, and ourselves as your servants for Jesus’ sake.
6 UDB किनकि यसो भन्नुहुने परमेश्वर नै हुनुहुन्छ, “अन्धकारबाट ज्योति चम्कनेछ।” उहाँले आफ्नो ज्योति हाम्रा हृदयहरूमा चम्काउनुभएको छ, यसरी हामीले येशू ख्रीष्टमा विश्वास गर्दा, परमेश्वर कति असल हुनुहुछ भनी हामी जान्न सक्छौं। BSB BSB: For God, who said, “Let light shine out of darkness,” made His light shine in our hearts to give us the light of the knowledge of the glory of God in the face of Jesus Christ.
7 UDB अब यी बहुमूल्य वरदानहरूलाई हाम्रा शरीरहरूमा हामी बोछौं जुन माटोका भाँडाहरू जस्तै कमजोर छन्। हाम्रो शक्ति कहाँबाट आउँछ भन्ने कुराको बारेमा कुनै भ्रम हुनै सक्दैनः यो परमेश्वरबाट आउँछ। BSB BSB: Now we have this treasure in jars of clay to show that this surpassingly great power is from God and not from us.
8 UDB हामीले विभिन्न किसिमका अनगिन्ती समस्याहरू भोगेका छौं, तर तिनीहरूले हामीलाई नष्ट पारेका छैनन्। हामीले के गर्नुपर्छ भन्ने बारेमा हामी अलमल हुन सक्छौं तर हामी कदापि हरेस खादैनौं BSB BSB: We are hard pressed on all sides, but not crushed; perplexed, but not in despair;
9 UDB कोही मानिसहरूले हाम्रो नोक्सानी गर्न खोज्छन्, तर हामी कदापि एक्लो छैनौं। कोही मानिसहरूले हामीलाई घोक्र्याएर लडाएको जस्तै भएका छौं, तर हामी फेरि पनि सधैं उठ्छौं। BSB BSB: persecuted, but not forsaken; struck down, but not destroyed.
10 UDB हामी बारम्बार मृत्युको खतरामा हुन्छौं जस्तो येशू मर्नुभयो, तर हाम्रा शरीरहरू फेरि जीवित हुनेछन् किनकि येशू फेरि जीवित हुनुभयो। BSB BSB: We always carry around in our body the death of Jesus, so that the life of Jesus may also be revealed in our body.
11 UDB किनकि हामीहरू जो जीवितहरू छौं, परमेश्वरले सधैं हामीलाई मृत्युको सामना गर्न डोर्याउनुहुन्छ, किनभने हाम्रो मिलाप येशूसँग भएको छ, यसैले जब मानिसहरूले हामीलाई हेर्छन् तब येशू जीवित हुनुहुन्छ भनी तिनीहरूले जान्न सक्छन्। BSB BSB: For we who are alive are always consigned to death for Jesus’ sake, so that the life of Jesus may also be revealed in our mortal body.
12 UDB यसैले हाम्रो जीवनमा मृत्युले आफ्नो काम गरिरहेको, तर तिमीहरूमा जीवनले काम गरिरहेको तिमीहरू देख्न सक्छौ। BSB BSB: So then, death is at work in us, but life is at work in you.
13 UDB जस्तो धर्मशास्त्रले भन्छ, त्यस्तै हामी परमेश्वरमा विश्वास गर्छौं: “म परमेश्वरमा विश्वास गर्छु, यसैले म बोल्छु।” हामी पनि परमेश्वरमा विश्वास गर्छौं र उहाँले हाम्रा निम्ति जे गर्नुभएको छ त्यो हामी घोषणा पनि गर्छौं। BSB BSB: And in keeping with what is written, “I believed, therefore I have spoken,” we who have the same spirit of faith also believe and therefore speak,
14 UDB हामी जान्दछौं कि प्रभु येशूलाई मृत्युबाट जीवित पार्नुहुने परमेश्वरले हामीलाई पनि उहाँसँगै मृत्युबाट जीवित पार्नुहुनेछ र येशूले हामीलाई तिमीहरूसँगै लानुहुनेछ, र हामीलाई परमेश्वर हुनुभएको ठाउँमा लानुहुनेछ। BSB BSB: knowing that the One who raised the Lord Jesus will also raise us with Jesus and present us with you in His presence.
15 UDB मैले तिमीलाई मद्धत गर्नलाई सबै किसिमका कष्ट भोगेको छु, जसले गर्दा परमेश्वरले कसरी धेरैभन्दा धेरै मानिसहरूलाई सित्तैंमा प्रेम गर्नुहुन्छ भनी तिनीहरूले जान्न सकून् र जसले गर्दा तिनीहरूले धेरैभन्दा धेरै उहाँको प्रशंसा गर्न सकून्। BSB BSB: All this is for your benefit, so that the grace that is extending to more and more people may cause thanksgiving to overflow, to the glory of God.
16 UDB हामी निराशा भएका छैनौं। जब हाम्रा शरीरहरू बाहिरीपट्टी दिनदिनै अलिअलि मृत्यु हुँदै गइरहेको हुन्छ, तब परमेश्वरले हामीलाई हरेक दिन भित्रपट्टी नयाँ बनाउँदै लानुहुन्छ। BSB BSB: Therefore we do not lose heart. Though our outer self is wasting away, yet our inner self is being renewed day by day.
17 UDB किनकि कष्टका यी क्षणिक, सहज समयहरूले परमेश्वरले हाम्रा निम्ति पार्नुहुने अचम्मको अनन्तताको निम्ति हामीलाई तयार पारिरहेका हुन्छन्, यो यसैले अचम्मको हो कि यसलाई कसैले पनि नाप्न वा वर्णन गर्न सक्दैन। BSB BSB: For our light and momentary affliction is producing for us an eternal weight of glory that is far beyond comparison.
18 UDB किनकि हामीले देख्न सकिने कुराहरूको निम्ति हामीले पर्खिरहेका होइन, तर हामीले देख्न नसक्ने कुराहरूका निम्ति हो। हामीले अहिले देख्न सक्ने कुराहरू अस्थायी हुन्, तर हामीले देख्ने नसक्ने कुराहरू, ती अनन्त रहन्छन्। BSB BSB: So we fix our eyes not on what is seen, but on what is unseen. For what is seen is temporary, but what is unseen is eternal.
Select verses for actions: Enter goes to them and Escape comes back.