1 UDB म सिमोन पत्रुसले तिमीहरूलाई यो पत्र लेख्दैछु। म येशू ख्रीष्टको सेवा गर्छु र म उहाँले नियुक्त गर्नुभएको एक प्रेरित हुँ। म यो पत्र तिमीहरूलाई पठाउँदैछु, जसलाई परमेश्वरले ख्रीष्टमा विश्वास गर्ने बनाउनुभएको छ, जसरी उहाँले हामी प्रेरितहरूलाई ख्रीष्टमा विश्वास गर्ने बनाउनुभएको छ। तिमीहरू र हामीहरू येशू ख्रीष्टमा विश्वास गर्ने समान आदर पाएका छौं। उहाँ परमेश्वर हुनुहुन्छ, उहाँ पूर्ण रूपमा धार्मिक हुनुहुन्छ, हामीले उहाँकै आराधना गर्छौं र उहाँ हाम्राो मुक्तिदाता हुनुहुन्छ। BSB BSB: Simon Peter, a servant and apostle of Jesus Christ, To those who through the righteousness of our God and Savior Jesus Christ have received a faith as precious as ours:
2 UDB म प्रार्थना गर्छु कि, परमेश्वरको अत्यन्त दयालु व्यवहार तिमीहरूमा निरन्तर रहोस् र तिमीहरूमा गहन शान्ति होस्, किनभने तिमीहरूले परमेश्वर र येशूलाई साँचो रूपले चिन्छौ, जो हाम्रा प्रभु हुनुहुन्छ। BSB BSB: Grace and peace be multiplied to you through the knowledge of God and of Jesus our Lord.
3 UDB हामी सदासर्वदा जिवित रहन र उहाँलाई आदर दिन सकौं भन्ने हेतुले परमेश्वरले हामीलाई हरेक कुरा दिनुभएको छ। परमेश्वरको रूपमा आफ्नो शक्तिद्वारा उहाँले यसो गर्नुहुन्छ र उहाँले यसो गर्नुहुन्छ किनभने हामी उहाँलाई चिन्छौं। हामीले उहाँलाई चिनेको परिणामस्वरूप पनि उहाँले यसो गर्नुहुन्छ। हामीलाई आफ्ना मानिसहरू हुनलाई चुन्नुहुने उहाँ नै हुनुहुन्छ किनभने उहाँ शक्तिशाली र असल हुनुहुन्छ। BSB BSB: His divine power has given us everything we need for life and godliness through the knowledge of Him who called us by His own glory and excellence.
5 UDB परमेश्वरले त्यो सबै गर्नुभएको कारणले ख्रीष्टमा विश्वास गर्न मात्र होइन तर असल जीवन बिताउन पनि आफूले सक्दो प्रयत्न गर। र यो निश्चिय गर कि तिमीहरूले असल जीवन बिताउने मात्र होइन तर तिमीहरूले परमेश्वरको बारेमा बढीभन्दा बढी जान्न पनि सक। BSB BSB: For this very reason, make every effort to add to your faith virtue; and to virtue, knowledge;
6 UDB यसका अतिरिक्त, परमेश्वरको बारेमा बढीभन्दा बढी जान्ने मात्र होइन तर तिमीहरू जे गर्छौ र बोल्छौ त्यसमा पनि आफैंलाई नियन्त्रण गर्न सक्दो प्रयत्न तिमीहरूले गर। र तिमीहरू जे गर्छौ र बोल्छौ त्यसमा नियन्त्रण गर्ने मात्र होइन तर उहाँमा तिमीहरू विश्वासयोग्य हुने पनि निश्चय गर। र उहाँमा तिमीहरू विश्वासयोग्य हुने मात्र होइन तर तिमीहरूले उहाँलाई आदर गर्ने पनि निश्चय गर। BSB BSB: and to knowledge, self-control; and to self-control, perseverance; and to perseverance, godliness;
7 UDB तिमीहरूले उहाँको आदर गर्ने मात्र होइन तर जसरी दाजुभाइ तथा दिदीबहिनीले एक अर्काप्रति गर्नुपर्छ त्यसरी तिमीहरूका आफ्ना विश्वासी बन्धुहरूको वास्ता गर्ने पनि निश्चय गर। र तिमीहरूले आफ्ना विश्वासी बन्धुहरूको वास्ता गर्ने मात्र होइन तर तिमीहरूले अरूलाई प्रेम गर्ने पनि निश्चय गर। BSB BSB: and to godliness, brotherly kindness; and to brotherly kindness, love.
8 UDB तिमीहरूले यी सबै कुराहरू गर्यौ भने र यी तिमीहरूले बढीभन्दा बढी गर्यौ भने, त्यसले दर्शाउँछ कि तिमीहरूका जीवनमा प्रभु येशू ख्रीष्टलाई चिन्नुले धेरै ठूला परिणामहरू ल्याउँछन्। BSB BSB: For if you possess these qualities and continue to grow in them, they will keep you from being ineffective and unproductive in your knowledge of our Lord Jesus Christ.
9 UDB तर यी कुराहरू मानिसहरूमा छैनन् भने, यी कुराहरू महत्वपूर्ण हुन्छन् भनेर तिनीहरूलाई थाहा छैन भन्ने अर्थ हुन्छ, जसरी एक जना अन्धो व्यक्तिले आफ्नो वरपर के छ भनी थाहा पाउँदैन। तिनीहरू संसारका कुराहरू बारेमा मात्र विचार गर्छन् जसरी नजिक मात्र देख्ने एक जना व्यक्तिले नजिकका कुराहरू मात्र स्पष्ट रूपमा देख्न सक्छ। तिनीहरूका पुरानो पापपूर्ण जीवनमा परमेश्वरले तिनीहरूलाई क्षमा दिनुभएको कुरालाई तिनीहरूले बिर्सेको जस्तो लाग्छ। BSB BSB: But whoever lacks these traits is nearsighted to the point of blindness, having forgotten that he has been cleansed from his past sins.
10 UDB ती मानिसहरूले जस्तो गर्नुको साटोमा परमेश्वरले तिमीहरूलाई आफ्ना मानिसहरू हुनलाई चुन्नुभएको छ भन्ने कुरा हरेक व्यक्तिले थाहा पाउने गरी व्यवहार गर्ने कोसिस गर। तिमीहरूले त्यसो गर्यौ भने तिमीहरू निश्चय पनि परमेश्वरबाट कदापि टाढा हुनेछैनौ, BSB BSB: Therefore, brothers, strive to make your calling and election sure. For if you practice these things you will never stumble,
11 UDB र परमेश्वरले तिमीहरूलाई सम्पूर्ण हृदयले त्यो स्थानमा स्वागत गर्नुहुनेछ जहाँ हाम्रा प्रभु र मुक्तिदाता येशू ख्रीष्टले सदासर्वदा आफ्ना मानिसहरूसँग राज्य गर्नुहुनेछ। BSB BSB: and you will receive a lavish reception into the eternal kingdom of our Lord and Savior Jesus Christ.
12 UDB तिमीहरूलाई यी विषयहरूका बारेमा यसअघि नै थाहा भएको र यी कुरा सत्य हुन् भनी विश्वस्त भए तापनि, तिमीहरूलाई यी कुराहरूका बारेमाो निरन्तर याद गराउन मलाई इच्छा लाग्यो। BSB BSB: Therefore I will always remind you of these things, even though you know them and are established in the truth you now have.
13 UDB म जीवित रहुन्जेलसम्म मैले तिमीहरूलाई यी बिषयहरूका बारेमा विचार गर्न याद गराएर मैले तिमीहरूलाई निरन्तर रूपमा मद्धत पर्याउने कुरालाई म उचित ठान्छु, BSB BSB: I think it is right to refresh your memory as long as I live in the tent of my body,
14 UDB किनभने म जान्दछु कि चाँडै नै मेरो मृत्यु हुनेछ जस्तो हाम्रो प्रभु येशू ख्रीष्टले मलाई स्पष्ट रूपमा प्रकट गर्नुभएको छ। BSB BSB: because I know that this tent will soon be laid aside, as our Lord Jesus Christ has made clear to me.
15 UDB यसका अतिरिक्त, मेरो मृत्यु भएपछि यी कुराहरू याद गर्न तिमीहरूलाई सक्षम बनाउन यी कुराहरू लेखेर म हरसम्भव प्रयास गर्नेछु। BSB BSB: And I will make every effort to ensure that after my departure, you will be able to recall these things at all times.
17 UDB परमेश्वरको महान ज्योतिले उहाँको वरिपरि ढाकेको समयमा,ी हाम्रा पिता परमेश्वरले उहाँको ठूलो आदर गर्नुभयो र उहाँले भन्नुभयो, “यिनी मेरा पुत्र हुन्, जसलाई म अति प्रेम गर्छु। यिनीसँग म अति प्रसन्न छु।” BSB BSB: For He received honor and glory from God the Father when the voice came to Him from the Majestic Glory, saying, “This is My beloved Son, in whom I am well pleased.”
18 UDB हामी ख्रीष्टसँगै त्यो पवित्र डाँडामा हुँदा परमेश्वर आफैंले स्वर्गबाट यसो भन्नुभएको हामीले सुन्यौं। BSB BSB: And we ourselves heard this voice from heaven when we were with Him on the holy mountain.
19 UDB ख्रीष्ट बारेमा अगमवक्ताहरूले धेरैअघि जे लेखेका थिए, ती पूर्ण रूपमा विश्वासनीय हुन् भनी हामीलाई झन् बढी निश्चयता भएको छ। तिनीहरूले जे लेखे त्यसमा ध्यान देओ किनभने त्यो एउटा बत्तीजस्तै हो जुन अँध्यारो ठाउँमा चम्किन्छ जसले मानिसहरूलाई तिनीहरू काहाँ जाँदैछन् भनी देख्न मद्धत पुर्याउँछ। बिहान नभएसम्म र तिमीहरूका हृदयमा बिहानको तारा नउदाएसम्म नै त्यो ज्योति चम्कन्छ। BSB BSB: We also have the word of the prophets as confirmed beyond doubt. And you will do well to pay attention to it, as to a lamp shining in a dark place, until the day dawns and the morning star rises in your hearts.
20 UDB तिमीहरूले यो कुरा बुझ्नु महत्त्वपूर्ण हुन्छ कि कुनै पनि अगमवक्ताले आफ्नै कल्पनाले केही कुरा पनि बोलेनन्। BSB BSB: Above all, you must understand that no prophecy of Scripture comes from one’s own interpretation.
21 UDB एक जना मानिसको निर्णयबाट कुनै पनि अगमवाणीहरू आएनन्। परमेश्वरको शन्देसहरू बोल्नेहरूले पवित्र आत्माले तिनीहरूलाई बोल्न मद्धत गर्नुभएको कारणले बोले। त्यसकारण तिनीहरूको अर्थ बुझ्न आत्माले नै हामीलाई मद्दत गर्नुहुन्छ। BSB BSB: For no such prophecy was ever brought forth by the will of man, but men spoke from God as they were carried along by the Holy Spirit.
Select verses for actions: Enter goes to them and Escape comes back.