1 UDB अरू विषयहरूका बारेमा, हाम्रा विश्वासी बन्धुहरू, हाम्रा निम्ति प्रार्थना गर कि चाँडै नै बढीभन्दा बढी मानिसहरूले हाम्रा प्रभु येशूको बारेमा हाम्रा सन्देश सुनून् र त्यसको आदर गरून्, जसरी तिमीहरूले गरका छौ। BSB BSB: Finally, brothers, pray for us, that the word of the Lord may spread quickly and be held in honor, just as it was with you.
2 UDB दुष्ट र खराब मानिसहरूले हाम्रो हानि गर्नबाट परमेश्वरले बचाउनुभएको होस् भनी हाम्रो निम्ति प्रार्थना गर, किनकि हरेक व्यक्तिले प्रभुमा विश्वास गर्दैन। BSB BSB: And pray that we may be delivered from wicked and evil men; for not everyone holds to the faith.
3 UDB तापनि, प्रभु येशू विश्वासयोग्य हुनुहुन्छ! यसैले उहाँले तिमीहरूलाई निरन्तर बलियो बनाउनुहुनेछ भनी हामी ढुक्क छौं। उहाँले नै तिमीहरूलाई शैतान, दुष्टबाट सुरक्षा गर्नुहुनेछ भनेर पनि हामी ढुक्क छौं। BSB BSB: But the Lord is faithful, and He will strengthen you and guard you from the evil one.
4 UDB हामी सबै जनाको हाम्रा प्रभु येशूसँग मिलाप भएको हुनाले, हामीले तिमीहरूलाई जे आज्ञा दिएका छौं त्यो तिमीहरूले पालन गर्दैछौ र हामीले यो पत्रमा दिएका तिमीहरूलाई जे आज्ञा दिंदैछौं त्यो पनि तिमीहरूले पलान गर्नेछौ भन्ने कुरामा हामी विश्वस्त छौंँ। BSB BSB: And we have confidence in the Lord that you are doing and will continue to do what we command.
5 UDB परमेश्वरले तिमीहरूलाई कति धेरै प्रेम गर्नुहुन्छ र ख्रीष्टले तिमीहरूका निम्ति कति धेरै सहनुभएको छ भनी तिमीहरूलाई बुझ्न प्रभु येशूले तिमीहरूलाई निरन्तर मद्दत गर्नुभएको होस् भनी हामी प्रार्थना गर्छौं। BSB BSB: May the Lord direct your hearts into God’s love and Christ’s perseverance.
6 UDB हाम्रा विश्वासी बन्धुहरू, हामी तिमीहरूलाई आज्ञा दिछौं—र यो प्रभु येशू ख्रीष्ट आफैंले भन्नुभएको जस्तै हो—कि अल्छी र काम गर्न इन्कार गर्ने हरेक विश्वासी बन्धुसँग तिमीहरू सहभागी हुन बन्द गर। त्यसको अर्थ, अरूले हामीलाई सिकाएको र हामीले तिमीहरूलाई सिकाएको तरिकाले आफ्नो जीवनमा व्यवहार नगर्नेहरूबाट तिमीहरू टाढा बस्नैपर्छ। BSB BSB: Now we command you, brothers, in the name of our Lord Jesus Christ, to keep away from any brother who leads an undisciplined life that is not in keeping with the tradition you received from us.
7 UDB हामीले जसरी व्यवहार गर्यौं, त्यसरी नै तिमीहरूले व्यवहार गर्नुपर्छ भनी तिमीहरूलाई थाहा भएको कारणले गर्दा हामीले तिमीहरूलाई यसो भन्छौं। हामी तिमीहरूका माझमा रहँदा हामीहरूले काम नगरी त्यतिकै वरिपरि बसिरहेका थिएनौं। BSB BSB: For you yourselves know how you ought to imitate us, because we were not undisciplined among you,
8 UDB त्यसको अर्थ, हामीले मूल्य नतिरी हामीले कसैको खानेकुरा खाएनौं। त्यसको साटोमा, हामीलाई जे खाँचो पर्यो त्यो पाउन हामीले तिमीहरूमध्ये कसैको पनि भर नपरी आफूलाई मद्दत पुर्याउन हामीले दिनरात कडा परिश्रम गर्यौंँ। BSB BSB: nor did we eat anyone’s food without paying for it. Instead, in labor and toil, we worked night and day so that we would not be a burden to any of you.
9 UDB म एक जना प्रेरित भएको कारणले पैसाको निम्ति हामीले तिमीहरूमा भर पर्ने अधिकार थियो, तर त्यसको साटोमा तिमीहरूका निम्ति असल उदाहरणहरू बन्नलाई, हामीले व्यवहार गरेजस्तै तिमीहरूले पनि व्यवहार गर्नुपर्छ भन्ने हेतुले हामीले कडा परिश्रम गर्यौं। BSB BSB: Not that we lack this right, but we wanted to offer ourselves as an example for you to imitate.
10 UDB याद गर, हामी त्यहाँ तिमीहरूका साथमा हुँदा हामीले तिमीहरूलाई निरन्तर आज्ञा दिंदै रह्यौं कि कुनै विश्वासी बन्धुले काम गर्न इन्कार गर्छ भने तिमीहरूले उसलाई खानलाई भोजन दिनुहुँदैन। BSB BSB: For even while we were with you, we gave you this command: “If anyone is unwilling to work, he shall not eat.”
11 UDB यो कुरा हामी अहिले फेरि पनि तिमीहरूलाई भन्छौं, किनभने कसैले हामीलाई भनेको छ कि तिमीहरूमध्ये कोही अल्छी छौ र कामै गर्दैनौ। त्यतिमात्र होइन तिमीहरूमध्ये कोहीले अरू मानिसहरूले गरिरहेको काममा हस्तक्षेप गर्दैछौ। BSB BSB: For we hear that some of you are leading undisciplined lives, accomplishing nothing, but being busybodies.
12 UDB काम नगरी बसेका ती विश्वासी बन्धुहरूलाई हामी आज्ञा दिन्छौं र आग्रह गर्छौं जस्तो प्रभु आफैंले बोल्दै हुनुहुन्छ कि तिनीहरूले आफ्नो काममा ध्यान दिनुपर्छ, आफ्नो जीविकाको निम्ति तिनीहरूलाई जे आवश्यक पर्छ त्यो कमाउनुपर्छ र आफ्नो खर्च जुटाउनुपर्छ। BSB BSB: We command and urge such people by our Lord Jesus Christ to begin working quietly to earn their own living.
13 UDB विश्वासी बन्धहरू! ठीक काम गर्न तिमीहरू कहिले पनि थकित नहोओ! BSB BSB: But as for you, brothers, do not grow weary in well-doing.
14 UDB कुनै विश्वासी बन्धुले हामीले यस पत्रमा लेखेका कुरा मान्दैन भने, त्यो व्यक्तिलाई खुलमखुला चिनिराख। तब ऊ शर्ममा परोस् भनेर ऊसँग तिमीहरू सहभागी नहोओ। BSB BSB: Take note of anyone who does not obey the instructions we have given in this letter. Do not associate with him, so that he may be ashamed.
15 UDB ऊ तिमीहरूको शत्रु भएको जस्तो विचार उसको बारेमा नगर। बरु, तिमीहरूले आफ्ना अरू विश्वासी बन्धहरूलाई चेतावनी दिएझैं उसलाई पनि चेतावनी देओ। BSB BSB: Yet do not regard him as an enemy, but admonish him as a brother.
16 UDB म प्रार्थना गर्छु कि हाम्रा प्रभु येशू आफैं जसले आफ्ना मानिसहरूलाई शान्ति दिनुहुन्छ, तिमीहरूलाई सधैं र हरेक अवस्थामा शान्ति दिनुभएको होस्। हाम्रा प्रभु येशूले तिमीहरू सबैलाई निरन्तर मद्दत गर्नुभएको होस् भनी म प्रार्थना गर्छु। BSB BSB: Now may the Lord of peace Himself give you peace at all times and in every way. The Lord be with all of you.
17 UDB अब मेरो लेखकबाट मैले कलम लिएको छु, र म पावल आफैंले यो अभिवादन लेखेर तिमीहरूलाई पठाउँदैछु। यो पत्र साँचो रूपले मैले नै पठाएको हो भनी तिमीहरूले जान्न सक भन्ने हेतुले मेरा सबै पत्रहरूमा म यसै गर्छु। यसरी म सधैंँ आफ्नो पत्रको अन्त गर्छु। BSB BSB: This greeting is in my own hand—Paul. This is my mark in every letter; it is the way I write.
18 UDB हाम्रो प्रभु येशू ख्रीष्टले निरन्तर तिमीहरूप्रति दयालु भएर व्यवहार गर्नुभएको होस् भनी म प्रार्थना गर्छु। BSB BSB: The grace of our Lord Jesus Christ be with all of you.
Select verses for actions: Enter goes to them and Escape comes back.