1 UDB प्रिय तिमोथी, म पावलले यो पत्र तिमीलाई लेखिरहेको छु। उहाँसँगै सहभागी भएको हरेकलाई परमेश्वरले प्रतिज्ञा गरेअनुसार अहिले र सदाकालका लागि जीवित पार्नुभएको छ भन्ने कुरा बताउनका निम्ति मलाई प्रेरितको रूपमा मसीह येशूले पठाउनुभएको हो। BSB BSB: Paul, an apostle of Christ Jesus by the will of God, according to the promise of life in Christ Jesus,
2 UDB तिमोथी, म तिमीलाई मेरो आफ्नै छोरासरह प्रेम गर्दछु। हाम्रा परमेश्वर पिता र मसीह येशू हाम्रा प्रभुले तिमीप्रति दयापूर्ण, कृपालु र शान्तिपूर्ण तवरले काम गर्नुभएको होस्। BSB BSB: To Timothy, my beloved child: Grace, mercy, and peace from God the Father and Christ Jesus our Lord.
3 UDB म परमेश्वरलाई धन्यवाद दिन्छु र उहाँको सेवा गर्दछु, किनकि मेरा पिता-पुर्खाहरूले गरेजस्तै म उहाँको सेवा गर्न चाहन्छु। तिमोथी, मैले निरन्तर तिमीलाई दिन-रात प्रार्थनामा सम्झेको छु। BSB BSB: I thank God, whom I serve with a clear conscience as did my forefathers, as I constantly remember you night and day in my prayers.
4 UDB म तिमीलाई साँच्चै भेट्न चाहन्छु, किनकि मलाई तिमी मेरो निम्ति रोएको कुराको सम्झना छ। मैले फेरि तिमीलाई भेटेँ भने म धेरै आनन्दित हुनेछु। BSB BSB: Recalling your tears, I long to see you so that I may be filled with joy.
5 UDB तिमीले साँचोसँग येशूमा विश्वास गरेको कुराको सम्झना म गर्दछु। पहिले तिम्री हजुरआमा लोइस र तिम्री आमा युनियसले येशू ख्रीष्टमा आफ्ना जीवन सुम्पेका थिए, र तिमीले पनि तिनीहरूले गरेजस्तै येशू ख्रीष्टमा भरोसा गर्दछौ भन्ने कुरामा म निश्चित छु। BSB BSB: I am reminded of your sincere faith, which first dwelt in your grandmother Lois and your mother Eunice, and I am convinced is in you as well.
6 UDB तिमीले येशूमा भरोसा गरेको कारण म तिमीलाई यो सम्झना दिलाउँछु, कि मैले तिमीमाथि मेरा हातहरू राखेर प्रार्थना गर्दा तिमीले प्राप्त गरेका वरदानहरूलाई फेरि प्रयोग गर्न सुरु गर। BSB BSB: For this reason I remind you to fan into flame the gift of God, which is in you through the laying on of my hands.
7 UDB जब परमेश्वरका आत्मा हामीमा आउनुभयो, उहाँले हामीलाई डर देखाउनुभएन, बरु उहाँको आज्ञापालन गर्ने, उहाँलाई र अरूलाई प्रेम गर्ने, र आफैलाई वशमा राख्ने शक्ति दिनुभयो। BSB BSB: For God has not given us a spirit of fear, but of power, love, and self-control.
8 UDB त्यसकारण, हाम्रा प्रभु येशूको बारेमा अरूहरूलाई बताउँदा शर्ममा पर्नेछौ भनी नसोच। तिमी मेरा मित्र हौ भने मैले येशूमा भरोसा राखेको कारण म झ्यालखानामा भएको कुराले तिमी शर्ममा पर्नेछौ भनेर नसोच। त्यसको सट्टामा अरूहरूलाई सुसमाचार सुनाउन हर किसिमका दुःख भोग्न तयार होऊ। परमेश्वरले तिमीलाई सबै किसिमका दुःख सहने बनाउनुहुनेछ। BSB BSB: So do not be ashamed of the testimony of our Lord, or of me, His prisoner. Instead, join me in suffering for the gospel by the power of God.
9 UDB उहाँका आफ्नै मानिसहरू हुनलाई उहाँले हामीलाई बचाउनुभएको र बोलाउनुभएको कारणले गर्दा उहाँले यसो गर्नुहुनेछ। हामीले असल कामहरू गरेका कारणले उहाँले हामीलाई बचाउनुभएको होइन, बरु हामीलाई यो वरदान दिने योजनाको कारण बचाउनुभएको हो। परमेश्वरले त्यो वरदान मसीह येशूद्वारा हामीलाई संसारको सुरुआत हुनुभन्दा अगाडि नै दिनुभयो। BSB BSB: He has saved us and called us to a holy calling, not because of our works, but by His own purpose and by the grace He granted us in Christ Jesus before time began.
10 UDB परमेश्वरले मात्र तिनीहरूलाई बचाउन सक्नुहुन्छ भन्ने कुरा हरेकले देख्न सक्नेछ, किनकि हाम्रा मुक्तिदाता मसीह येशूले मृत्युलाई नष्ट गर्नुभयो र मानिसहरूलाई सदाको लागि जिउने बनाउने सुसमाचार हरेकलाई देखाउनुभयो। BSB BSB: And now He has revealed this grace through the appearing of our Savior, Christ Jesus, who has abolished death and illuminated the way to life and immortality through the gospel,
11 UDB त्यसैका निम्ति परमेश्वरले प्रेरित, प्रचारक र शिक्षक हुनलाई मलाई पठाउने निर्णय गर्नुभयो। BSB BSB: to which I was appointed as a preacher, an apostle, and a teacher.
12 UDB यिनै कामहरूमा म दुःख भोग्दछु, तर म शर्माउँदिनँ किनकि म येशू ख्रीष्टलाई जान्दछु र मैले उहाँमा भरोसा राखेको छु र उहाँले मेरो विश्वासलाई अन्तिम दिनसम्म उहाँमा सुरक्षित राख्नुहुनेछ भन्ने कुरामा म निश्चित छु। BSB BSB: For this reason, even though I suffer as I do, I am not ashamed; for I know whom I have believed, and I am convinced that He is able to guard what I have entrusted to Him for that day.
13 UDB जसरी तिमीले येशू ख्रीष्टमा भरोसा राख्दछौ र उहाँलाई प्रेम गर्दछौ, त्यसै गरी मबाट सुनेका सत्य वचनहरूका अर्थलाई पछ्याऊ। BSB BSB: Hold on to the pattern of sound teaching you have heard from me, with the faith and love that are in Christ Jesus.
14 UDB उहाँले तिमीलाई दिनुभएको सुसमाचारलाई तिमीले प्रचार गर्नेछौ भन्ने कुरामा परमेश्वरले तिमीमाथि भरोसा गरिरहनुभएको छ। हामीभित्र बास बस्नुहुने पवित्र आत्मामाथि भर परेर त्यस सन्देशलाई सुरक्षित राख। BSB BSB: Guard the treasure entrusted to you, with the help of the Holy Spirit who dwells in us.
15 UDB तिमीलाई यो कुरा थाहा छ, हर्मोगेनस र फुगेलसलगाएत एसियामा भएका प्रायः सबै विश्वासीहरू मबाट तर्किएर टाढा गएका छन्। BSB BSB: You know that everyone in the province of Asia has deserted me, including Phygelus and Hermogenes.
16 UDB तर ओनेसिफरसको परिवारप्रति भने परमेश्वर दयालु हुनुभएको होस् भनी म प्रार्थना गर्दछु। तिनले मलाई पटक-पटक सहायता गरे र म झ्यालखानामा भएको कारण तिनले शर्म मानेनन्। BSB BSB: May the Lord grant mercy to the household of Onesiphorus, because he has often refreshed me and was unashamed of my chains.
17 UDB यसको विपरीत, तिनी रोममा आउँदा मलाई नभेट्टाउन्जेलसम्म खोजी गरिरहे। BSB BSB: Indeed, when he arrived in Rome, he searched diligently until he found me.
18 UDB अन्तिम दिनमा ओनेसिफरसप्रति परमेश्वर दयालु हुनुभएको होस्। म एफिससमा हुँदा तिनले हर किसिमले मेरो सहायता गरेको कुरा तिमीलाई थाहा नै छ। BSB BSB: May the Lord grant Onesiphorus His mercy on that day. You know very well how much he ministered to me in Ephesus.
Select verses for actions: Enter goes to them and Escape comes back.