1 UDB म तिमीले यो जानेको चाहन्छु किः प्रभु फर्कनुभन्दा अगि अन्तिम घडीमा धेरै खतरनाक समय हुनेछ। BSB BSB: But understand this: In the last days terrible times will come.
2 UDB मानिसहरूले आफैलाई अरूलाईभन्दा बढी प्रेम गर्नेछन्। तिनीहरूले रुपियाँ-पैसालाई प्रेम गर्नेछन्। तिनीहरू आफ्नै बारेमा घमण्ड गर्नेछन्। तिनीहरू घमण्डी हुनेछन्। तिनीहरूले अरूको अपमान गर्नेछन्। तिनीहरूले आफ्ना अभिभावकको आज्ञा पालन गर्नेछैनन्। तिनीहरू कसैलाई पनि कुनै कुराको लागि धन्यवाद दिनेछैनन्। तिनीहरूले परमेश्वरलाई आदर गर्नेछैनन्। BSB BSB: For men will be lovers of themselves, lovers of money, boastful, arrogant, abusive, disobedient to their parents, ungrateful, unholy,
3 UDB तिनीहरूले आफ्नै परिवारहरूलाई पनि प्रेम गर्नेछैनन्। तिनीहरूले सबैसँग शान्तिमा बस्न इन्कार गर्नेछन्। तिनीहरूले अरूहरूको बदनामी गर्नेछन्। तिनीहरूले आफैलाई नियन्त्रण गर्दैनन्। तिनीहरू अरूप्रति कठोर हुन्छन्। जे असल छ, त्यसलाई तिनीहरूले प्रेम गर्दैनन्। BSB BSB: unloving, unforgiving, slanderous, without self-control, brutal, without love of good,
4 UDB तिनीहरूले बचाउनु पर्नेलाई विश्वासघात गर्नेछन्। तिनीहरूले विनासोच खतरनाक कामहरू गर्नेछन्। तिनीहरू घमण्डी हुनेछन् र परमेश्वरलाई प्रेम गर्नुको सट्टा, जे कुराले तिनीहरूलाई खुसी तुल्याउँछ, त्यही गर्नेछन्। BSB BSB: traitorous, reckless, conceited, lovers of pleasure rather than lovers of God,
6 UDB यी मानिसहरूले मूर्ख स्त्रीहरू आफ्ना घरमा आऊन् भनी फकाउँछन्। त्यसपछि, तिनीहरूको सोचलाई नियन्त्रण गर्न यिनीहरूले ती स्त्रीहरूलाई धोका दिन्छन्। ती हर समय पाप गर्ने स्त्रीहरू हुन्। यसकारण, तिनीहरूलाई मन पर्ने खराब कुराहरू गर्नलाई तिनीहरू यी दुष्ट मानिसहरूलाई पछ्याउँछन्। BSB BSB: They are the kind who worm their way into households and captivate vulnerable women who are weighed down with sins and led astray by various passions,
7 UDB यी स्त्रीहरू सधैँ नयाँ कुराहरू सिक्न चाहन्छन्, तापनि तिनीहरू कहिल्यै वास्तविक सत्य सिक्न सक्दैनन्। BSB BSB: who are always learning but never able to come to a knowledge of the truth.
8 UDB यान्नेस र याम्ब्रेसले मोशालाई रोक्न खोजे जस्तै गरी यी मानिसहरूले अरू मानिसहरूलाई सत्यमा आज्ञाकरी हुन रोक्ने प्रयास गर्छन्। यी मानिसहरू तिनीहरूको सोचमा नष्ट भएका छन्। तिनीहरू विश्वासमा छली भएका छन्। BSB BSB: Just as Jannes and Jambres opposed Moses, so also these men oppose the truth. They are depraved in mind and disqualified from the faith.
9 UDB तैपनि तिनीहरूले जे गर्छन्, त्यसमा धेरै सफलता पाउन सक्नेछैनन् किनभने ती मानिसहरूले केही बुझेकै छैनन् भन्ने कुरा अन्य मानिसहरूले स्पष्ट देख्नेछन्। जसरी इस्राएलका मानिसहरूले यान्नेस र याम्ब्रेसलाई मुर्ख देखेका थिए, यो पनि त्यस्तै हो। BSB BSB: But they will not advance much further. For just like Jannes and Jambres, their folly will be plain to everyone.
10 UDB तिमोथी, मैले सिकाएको कुरा तिमीले पछ्याएका छौ। तिमीले मेरो जिउने तरिका देखेका छौ। म कसरी परमेश्वरको सेवा गर्न चाहन्छु भन्ने तिमीले देखेका छौ। म कसरी उहाँमाथि भरोसा गर्दछु भन्ने तिमीले देखेका छौ। म कष्टमा हुँदा पनि ममा शान्ति भएको तिमीले देखेका छौ। मैले कसरी परमेश्वर र विश्वासीहरूलाई प्रेम गर्छु, त्यो तिमीले देखेका छौ। म यस्तो कठिन अवस्थामा कसरी निरन्तर परमेश्वरको सेवा गर्छु, तिमीले देखेका छौ। BSB BSB: You, however, have observed my teaching, my conduct, my purpose, my faith, my patience, my love, my perseverance,
11 UDB मानिसहरूले मलाई कसरी सताए भनी तिमीले देखेका छौ। म एन्टिओखिया, आइकोनियन र लुस्त्रामा हुँदा मैले हर प्रकारको दुःख भोगेको कुरा तिमीले देखेका छौ। म ती स्थानहरूमा हुँदा धेरै कष्ट भोगेँ, तर प्रभुले ममा भएका सबै कष्टलाई लिनुभयो। BSB BSB: my persecutions, and the sufferings that came upon me in Antioch, Iconium, and Lystra. What persecutions I endured! Yet the Lord rescued me from all of them.
12 UDB वास्तवमा, ख्रीष्ट येशूलाई आदर दिने तरिकाले जीवन जिउने सबैलाई तिनीहरूले सताउने छन्। BSB BSB: Indeed, all who desire to live godly lives in Christ Jesus will be persecuted,
13 UDB दुष्ट मानिसहरू र धोखेबाजहरू निरन्तर अझ बढी दुष्ट हुनेछन्। तिनीहरूले मानिसहरूलाई सत्यबाट टाढा लैजानेछन् र तिनीहरू आफैलाई पनि टाढा लैजान अरूलाई अनुमति दिनेछन्। BSB BSB: while evil men and imposters go from bad to worse, deceiving and being deceived.
14 UDB तर तिमीचाहिँ तिमीले सिकेका र ठिक हुन् भनी विश्वास गरेका कुरामा निरन्तर लाग। मलाई याद गर, किनभने यी कुराहरू तिमीलाई सिकाउने म नै हुँ। BSB BSB: But as for you, continue in the things you have learned and firmly believed, since you know from whom you have learned them.
15 UDB तिमी बालक हुँदा नै तिमीले धर्मशास्त्रमा परमेश्वरले भन्नुभएको कुरा सिकेका थियौ भन्ने कुरालाई पनि याद गर। जब हामी ख्रीष्ट येशूमा भरोसा राख्छौँ, तब कसरी उहाँले हामीलाई बचाउनुहुन्छ भनी यी कुराहरूले सिकाउँदछन्। BSB BSB: From infancy you have known the Holy Scriptures, which are able to make you wise for salvation through faith in Christ Jesus.
17 UDB परमेश्वरले प्रत्येक विश्वासीलाई तालिम दिनुभएको होस् र हरेक किसिमका असल कुरा गर्नका निम्ति त्यसलाई चाहिने कुराहरू दिनुभएको होस् भनेर हामीले यी कुराहरू गर्नुपर्छ। BSB BSB: so that the man of God may be complete, fully equipped for every good work.
Select verses for actions: Enter goes to them and Escape comes back.