1 UDB म पावल, मेरा प्रिय सङ्गी विश्वासीहरूलाई यो पत्र लेख्दछु, जसलाई परमेश्वरले आफ्नै निम्ति अलग गर्नुभएको छ, र जो ख्रीष्ट येशूप्रति आज्ञाकारी छन्-एफिसस सहरमा बस्ने सङ्गी विश्वासीहरूलाई म यो लेख्दै छु। म पावल हुँ, जसलाई परमेश्वरले चुन्नुभयो र तिमीहरूकहाँ ख्रीष्ट येशूको एक प्रेरितको रूपमा पठाउनुभयो। BSB BSB: Paul, an apostle of Christ Jesus by the will of God, To the saints in Ephesus, the faithful in Christ Jesus:
2 UDB म प्रार्थना गर्छु, कि हाम्रा परमेश्वर पिता र प्रभु येशू ख्रीष्टले तिमीहरूलाई उहाँको दया र शान्ति दिऊन्। BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ.
3 UDB हाम्रा येशू ख्रीष्टका पिता, परमेश्वरलाई प्रशंसा होस्! ख्रीष्टले दिनुहुने हरेक प्रकारका स्वर्गीय आत्मिक आशिष्हरूद्वारा उहाँले हामीलाई अति आनन्दित तुल्याउनुभएको छ। BSB BSB: Blessed be the God and Father of our Lord Jesus Christ, who has blessed us in Christ with every spiritual blessing in the heavenly realms.
5 UDB परमेश्वरले हामीलाई प्रेम गर्नुभएको हुनाले, ख्रीष्टले गर्नुभएका कामहरूका कारण उहाँले हामीलाई आफ्नै सन्तानको रूपमा स्वीकार गर्न धेरै पहिले नै योजना बनाउनुभयो। उहाँले हामीलाई स्वीकार गर्ने योजना बनाउनुभयो किनभने हामीलाई आफ्नो सन्तान बनाउने कुराले उहाँलाई प्रसन्न तुल्यायो। तसर्थ, उहाँले आफूले गर्न चाहनुभएको काम गर्नुभयो। BSB BSB: He predestined us for adoption as His sons through Jesus Christ, according to the good pleasure of His will,
6 UDB यसैले, उहाँले प्रेम गर्नुहुने आफ्ना पुत्रद्वारा हामीलाई प्राप्त उहाँको अचम्मको कृपाको लागि अब हामी परमेश्वरको प्रशंसा गर्दछौँ, जुन कृपाको हामी योग्य थिएनौँ। BSB BSB: to the praise of His glorious grace, which He has freely given us in the Beloved One.
7 UDB येशूले हामीलाई दासहरू किनबेच हुने बजारबाट किनेको जस्तै गरी स्वतन्त्र पार्नुभएको छ। उहाँले आफ्नो मृत्युद्वारा हामीलाई स्वतन्त्र पार्नुभएको छ अर्थात्, परमेश्वर हामीप्रति अति नै कृपालु हुनुभएकोले उहाँले हाम्रा पापहरू क्षमा गर्नुभएको छ। BSB BSB: In Him we have redemption through His blood, the forgiveness of our trespasses, according to the riches of His grace
8 UDB उहाँ हामीप्रति धेरै दयालु हुनुभएको छ र उहाँले हामीलाई हर किसिमको विवेक दिनुभएको छ। BSB BSB: that He lavished on us with all wisdom and understanding.
9 UDB परमेश्वरले आफ्नो योजनाको रहस्य प्रकट गर्नुभएको छ। उहाँले योजना गर्नुभएको ख्रीष्टको महान् कार्यको बारेमा जान्न उहाँले हामीलाई सहायता गर्नुभएको छ। उहाँले त्यसरी नै गर्न चाहनुभएको हुनाले, उहाँले त्यो गर्नुभयो, र ख्रीष्टले हाम्रो निम्ति के गर्नुहुने थियो भनेर उहाँले हामीलाई देखाउनुभयो। BSB BSB: And He has made known to us the mystery of His will according to His good pleasure, which He purposed in Christ
10 UDB परमेश्वरले नियुक्त गर्नुभएको समयमा उहाँले स्वर्ग र पृथ्वीमा भएका सबै कुरालाई एउटै बनाउने योजना गर्नुभयो र तिनीहरूमाथि शासन गर्नुहुने केवल ख्रीष्ट मात्र हुनुहुन्छ। BSB BSB: as a plan for the fullness of time, to bring all things in heaven and on earth together in Christ.
11 UDB धेरे पहिले परमेश्वरले हामीलाई ख्रीष्टसँग एउटै हुन चुन्नुभयो। उहाँले यस्तो गर्ने योजना गर्नुभएको थियो, र उहाँले सधैँ आफूले चाहनुभएको काम नै गर्नुहुन्छ। BSB BSB: In Him we were also chosen as God’s own, having been predestined according to the plan of Him who works out everything by the counsel of His will,
12 UDB गैरयहूदीहरूले ख्रीष्टको बारेमा केही थाहा नपाउँदा नै निश्चयतासाथ मसीहको प्रतीक्षा गरिरहेका यहूदीहरूले उहाँको कृपाको निम्ति परमेश्वरको प्रशंसा गरून् भनेर उहाँले ती कामहरू गर्नुभयो। BSB BSB: in order that we, who were the first to hope in Christ, would be for the praise of His glory.
13 UDB अब, येशूमा विश्वास गर्नेहरूलाई उहाँले बचाउनुहुन्छ भन्ने साँचो समाचारलाई तिमी एफिससबासीहरू र गैरयहूदीहरूले सुनेका छौ। तिमीहरू परमेश्वरका हौ भनी पवित्र आत्माले तिमीहरूका निधारमा छाप लगाएझैँ गरी तिमीहरूले ख्रीष्टमा विश्वास गरेका छौ र उहाँसँग एउटै भएका छौ। BSB BSB: And in Him, having heard and believed the word of truth—the gospel of your salvation—you were sealed with the promised Holy Spirit,
14 UDB परमेश्वरले प्रतिज्ञा गर्नुभएका सबै थोक हामीले प्राप्त गर्नेछौँ भन्ने कुराको प्रमाण पवित्र आत्मा हुनुहुन्छ। र यो सबै कुरा उहाँलाई प्रशंसा गर्नुपर्ने कारण हो। BSB BSB: who is the pledge of our inheritance until the redemption of those who are God’s possession, to the praise of His glory.
15 UDB परमेश्वरले तिमीहरूका लागि गर्नुभएका थुप्रै कुराहरूका लागि र प्रभु येशूमा तिमीहरूले विश्वास गरेका परमेश्वरले चुन्नुभएका सबैलाई तिमीहरूले प्रेम गरेका छौ। BSB BSB: For this reason, ever since I heard about your faith in the Lord Jesus and your love for all the saints,
16 UDB भनी मैले सुनेको हुनाले परमेश्वरलाई धन्यवाद दिन र तिमीहरूका लागि प्रार्थना गर्न मैले रोकेको छैनँ। BSB BSB: I have not stopped giving thanks for you, remembering you in my prayers,
17 UDB म प्रार्थना गर्दछु, कि चम्किलो प्रकाशमा विराजमान हाम्रा प्रभु येशू ख्रीष्टका पिताले तिमीहरूलाई प्रकट गरिदिनुभएका सबै कुराहरू बुद्धिमानीपूर्वक बुझ्न र विचार गर्न सहायता गरून्। BSB BSB: that the God of our Lord Jesus Christ, the glorious Father, may give you a spirit of wisdom and revelation in your knowledge of Him.
18 UDB म प्रार्थना गर्दछु, कि परमेश्वरले हाम्रा निम्ति के गर्न चाहनुहुन्छ र उहाँले सत्य बोल्दै हुनुहुन्छ भनी हामीलाई किन थाहा हुनुपर्छ भन्ने कुरा हामीलाई उहाँले सिकाऊन्। म प्रार्थना गर्दछु, कि हामीलाई र उहाँको हुनको निम्ति उहाँले चुन्नुहुने सबैलाई उहाँले दिनुहुन्छ भनी प्रतिज्ञा गर्नुभएका कुराहरू कति महान् छन् भन्ने कुरा हामीले जान्न सकौँ। BSB BSB: I ask that the eyes of your heart may be enlightened, so that you may know the hope of His calling, the riches of His glorious inheritance in the saints,
19 UDB र म प्रार्थना गर्दछु कि, ख्रीष्टमा विश्वास गर्नेहरूका निम्ति परमेश्वरले कति शक्तिशाली प्रकारले काम गर्नुहुन्छ भन्ने कुरा तिमीहरूले जान्न सक। उहाँ हाम्रा निम्ति शक्तिशाली रूपमा काम गर्नुहुन्छ, BSB BSB: and the surpassing greatness of His power to us who believe. These are in accordance with the working of His mighty strength,
20 UDB जसरी उहाँले ख्रीष्टलाई जीवित तुल्यानुहुँदा, र उहाँलाई स्वर्गको उच्च र महिमित स्थानमा स्थापित गर्नुहुँदा, ख्रीष्टको निम्ति शक्तिशाली कार्य गर्नुभयो। BSB BSB: which He exerted in Christ when He raised Him from the dead and seated Him at His right hand in the heavenly realms,
21 UDB त्यस ठाउँमा, सबै तहका अधिकारका हरेक प्रकारका शक्तिशाली आत्मामाथि र अस्तित्वमा रहेको हरेक नाउँ माथि ख्रीष्टले सर्वोच्चमा रहेर अधिकार गर्नुहुन्छ। अरू कुनै प्राणीभन्दा येशू अति महान् हुनुहुन्छ, अहिले मात्र होइन तर सदाकाल। BSB BSB: far above all rule and authority, power and dominion, and every name that is named, not only in the present age but also in the one to come.
22 UDB परमेश्वरले सम्पूर्ण वस्तुहरू ख्रीष्टका पाउदानमुनि भए जसरी उहाँको अधीनतामा राख्नुभएको छ। र परमेश्वरले सारा संसारमा भएका विश्वासीहरूका माझमा हरेक थोकको निम्ति एउटा अधिकारीका रूपमा ख्रीष्टलाई नियुक्त गर्नुभएको छ। BSB BSB: And God put everything under His feet and made Him head over everything for the church,
23 UDB यो त सबै विश्वासीहरू मिलेर ख्रीष्टको आफ्नै शरीर भएजस्तै हो। उहाँले सारा विश्वलाई आफ्नै शक्तिले भर्नुभएझैँ, सबै विश्वासीलाई आफ्नो शक्तिले भर्नुहुन्छ। BSB BSB: which is His body, the fullness of Him who fills all in all.
Select verses for actions: Enter goes to them and Escape comes back.