Revelation 15 15 Revelation Seals, trumpets and bowls Nepali Unlocked Dynamic Bible 1 UDB अति नै असामान्य केही कुरा आकाशमा देखा पर्यो। मैले सात स्वर्गदूतहरूलाई देखें जसले विद्रोही मानिसहरूलाई सात भिन्नभिन्न किसिमले दण्ड दिने काम पाए। परमेश्वरले मानिसहरूलाई यसरी दण्ड दिनुहुने यो अन्तिमपल्ट हो, किनकि यसले उहाँ कति क्रोधित हुनुहुन्छ भन्ने कुरा पूर्ण रूपले दर्शाउनेछ। BSB BSB: Then I saw another great and marvelous sign in heaven: seven angels with the seven final plagues, with which the wrath of God is completed.
2 UDB मैले एउटा समुद्रजस्तो देखें जुन काँचले बनेको र आगो मिसाएको जस्तो देखियो। मैले ती मानिसहरूलाई पनि देखें जसले त्यो पशु र त्यसको मूर्तीको पुजा नगरेर र त्यसका सेवकहरूलाई उक्त पशुको नाउँको प्रतिनिधित्व गर्ने छाप आफूमा लगाउन अनुमति नदिएर त्यो पशुमाथि विजय पाएका थिए। तिनीहरू समुद्रको किनारमा खडा भए (जुन काँचजस्तै छर्लङ्ग थियो) र परमेश्वरले तिनीहरूलाई दिनुभएको वीणाहरू तिनीहरूले समातेका थिए। BSB BSB: And I saw something like a sea of glass mixed with fire, beside which stood those who had conquered the beast and its image and the number of its name. They were holding harps from God,
3 UDB परमेश्वरका दास मोशाले धेरै अघि गाएको जस्तै एउटा गीत तिनीहरूले गाउँदै थिए। यसरी थुमाको प्रशंसा गर्नलाई तिनीहरूले यो गाएः “परमप्रभु परमेश्वर, जसले हरेक कुरामाथि राज्य गर्नुहुन्छ, तपाईंले जे गर्नुहुन्छ त्यो शक्तिशाली र आश्चर्यपूर्ण हुन्छ! तपाईंले सधैं धार्मिक किसिमले र सत्यतासाथ काम गर्नुहुन्छ। मानिसहरूका सबै समूहहरूमाथि तपाईं नै सदासर्वदा राजा हुनुहुन्छ! BSB BSB: and they sang the song of God’s servant Moses and of the Lamb: “Great and wonderful are Your works, O Lord God Almighty! Just and true are Your ways, O King of the nations!
4 UDB हे परमप्रभु, हरेक व्यक्तिले तपाईंको भय मान्नेछन् र तपाईंको आदर गर्नेछन् किनभने तपाईं मात्र पवित्र हुनुहुन्छ। सबै किसिमका मानिसहरू आउनेछन् र तपाईंको सामु घुँडा टक्नेछन्। किनभने तपाईंले हरेक व्यक्तिको ठिक किसिमले इन्साफ गर्नुभएको छ भनी तपाईंले देखाउनुभएको छ।” BSB BSB: Who will not fear You, O Lord, and glorify Your name? For You alone are holy. All nations will come and worship before You, for Your righteous acts have been revealed.”
5 UDB यसपछि स्वर्गमा भएको मन्दिर खुलेको मैले देखें जहाँ पवित्र पाल थियो। BSB BSB: After this I looked, and the temple—the tabernacle of the Testimony—was opened in heaven.
6 UDB विद्रोही मानिसहरूलाई सात भिन्नभिन्न किसिमले दण्ड दिने काम पाएका सात स्वर्गदूतहरू महापवित्रस्थानबाट बाहिर आए। ती स्वर्गदूतहरूले सफा सेतो मलमलको कपडाहरू लगाएका थिए। आफ्ना छातीको वरिपरि तिनीहरूले सुनका फित्ता बाँधेका थिए। BSB BSB: And out of the temple came the seven angels with the seven plagues, dressed in clean and bright linen and girded with golden sashes around their chests.
7 UDB चार जीवित प्राणीमध्ये एउटाले सात स्वर्गदूतमध्ये प्रत्येकलाई दाखमद्यले भरिएको सुनको एउटा कचौरा दिए। सदासर्वदा जीवित रहनुहुने परमेश्वर उहाँको विरुद्धमा विद्रोह गरेका मानिसहरूसँग उहाँ धेरै रिसाउनुभयो र तिनीहरूलाई दण्ड दिन लाग्नुभयो भन्ने कुराको प्रतीक त्यो दाखमद्य थियो। BSB BSB: Then one of the four living creatures gave the seven angels seven golden bowls full of the wrath of God, who lives forever and ever.
8 UDB मन्दिर धुँवाले भरिएको थियो जुन महिमित र सर्वशक्तिमान् परमेश्वरको उपस्थितिको प्रतीक थियो। ती सात स्वर्गदूतहरूले सात भिन्नभिन्न किसिमले पृथ्वीमा भएका मानिसहरूलाई दण्ड दिने काम समाप्त नभएसम्म त्यो मन्दिरभित्र कोही पनि प्रवेश गर्न सकेन। BSB BSB: And the temple was filled with smoke from the glory of God and from His power; and no one could enter the temple until the seven plagues of the seven angels were completed.
Select verses for actions: Enter goes to them and Escape comes back.
Chapter complete
You’ve read Revelation 15
Make Opened yours A free account keeps your place, highlights and notes on every device. Add Plus to ask Study Help about Revelation 15, and keep Opened free for readers who can’t pay.