1 UDB यसैले ख्रीष्ट येशूसँग मिलापमा भएकाहरूलाई परमेश्वरले दोषी ठहराउनुहुने छैन र दण्डको आज्ञा दिनुहुने छैन। BSB BSB: Therefore, there is now no condemnation for those who are in Christ Jesus.
2 UDB परमेश्वरको आत्माले हामीलाई नयाँ किसमले जिउने बनाउनुहुन्छ, किनभने हामी ख्रीष्ट येशूसँग मिलापमा छौं। यसरी, मैले पाप गर्ने बारेमा विचार गर्दा, मैले फेरि पाप गर्न पर्दैन, र म फेरि परमेश्वरबाट अलग हुनेछैन। BSB BSB: For in Christ Jesus the law of the Spirit of life set you free from the law of sin and death.
3 UDB परमेश्वरसँगै जिउनको लागि हामीले परमेश्वरको व्यवस्था पालन गर्ने कोसिस गर्यौं, तर हामीले त्यसो गर्न सक्छौं भनेर सोच्नु बेकार थियो-- हामीले पाप गर्न छोड्न सकेनौं। यसैले बदलामा परमेश्वरले हामीलाई मद्धत गर्नुभयोः उहाँका पुत्रले हाम्रा पापको प्रायश्चित गर्ने उदेश्यले उहाँले आफ्नो पुत्रलाई संसारमा पठाउनुभयो। उहाँको पुत्रले हामी पाप गर्नेहरूको जस्तै एउटा शरीर लिएर आउनुभयो। उहाँको पुत्र हाम्रो पापको निम्ति आफैँलाई बलिदान चढाउन आउनुभयो। उहाँको पुत्र हाम्रा पापको निम्ति आफैंँलाई बलिदान चढाउन आउनुभयो। जब उहाँले यो काम गर्नुभयो, उहाँले यो पनि देखाउनु भयो कि हाम्रा पापहरू साच्चै दुष्ट थिए, र पापहरू गर्ने कसैले पनि दण्ड पाउनलाई योग्य हुन्छ। BSB BSB: For what the law was powerless to do in that it was weakened by the flesh, God did by sending His own Son in the likeness of sinful man, as an offering for sin. He thus condemned sin in the flesh,
4 UDB यसैले परमेश्वरले आफ्नो व्यवस्थामा राख्नुभएका सबै आवश्यकता अब हामी पुरा गर्न सक्छौं। हाम्रो पुरानो मनको विचारका अभिलाषाहरू अनुसार काम गरेर हामी यसो गर्न सक्दैनौं, तर त्यसको साटोमा, परमेश्वरको आत्माले हामीलाई जिउन भन्नुभए अनुसार जिएर सक्छौं। BSB BSB: so that the righteous standard of the law might be fulfilled in us, who do not walk according to the flesh but according to the Spirit.
5 UDB आफ्नो खराब मनको विचारद्वारा जिउने मानिसहरूले त्यस्तै मनका विचारमा ध्यान दिन्छन्। तर परमेश्वरको आत्माको विचारद्वारा जिउने मानिसहरूले पवित्र आत्माका कुराहरूका बारेमा विचार गर्छन्। BSB BSB: Those who live according to the flesh set their minds on the things of the flesh; but those who live according to the Spirit set their minds on the things of the Spirit.
6 UDB आफ्ना खराब मनका विचारले गर्ने इच्छाहरूका बारेमा सोच्ने र ध्यान दिनेहरू सदासर्वदा जिउने छैनन्। तर परमेश्वरको आत्माको इच्छा खोज्नेहरू सदासर्वदा जिउनेछ्न् र शान्तिमा रहनेछन्। BSB BSB: The mind of the flesh is death, but the mind of the Spirit is life and peace,
7 UDB म यसलाई व्याख्या गर्छुः मानिसहरू आफ्ना खराब मनका विचारले गर्ने इच्छाहरूले तिनीहरूले परमेश्वरको विरुद्धमा काम गर्छन्। तिनीहरूले उहाँको व्यवस्था पालन गर्दैनन्। वास्तवमा तिनीहरू उहाँको व्यवस्था पालन गर्न पनि सक्दैनन्। BSB BSB: because the mind of the flesh is hostile to God: It does not submit to God’s law, nor can it do so.
8 UDB आफ्नो खराब मनको विचारले जे भन्छ त्यही गर्ने मानिसहरूले परमेश्वरलाई खुशी पार्न सक्दैनन्। BSB BSB: Those controlled by the flesh cannot please God.
10 UDB तर ख्रीष्ट आफ्नो आत्माद्वारा तिमीहरूमा बास गर्नुहुने कारणले, परमेश्वरले तिमीहरूका शरीरहरू मृत जस्तै देख्नुहुन्छ, यसैले तिमीहरूले फेरि पाप गर्नुपर्दैन। अनि उहाँले तिमीहरूका आत्मा जीवित भएको देख्नुहुन्छ, किनभने उहाँले तिमीहरूलाई धर्मी ठहराउनुभएको छ। BSB BSB: But if Christ is in you, your body is dead because of sin, yet your spirit is alive because of righteousness.
11 UDB परमेश्वरले येशूको मृत्यु भएपछि उहाँलाई फेरी जीवित पार्नुभयो। र उहाँको आत्मा तिमीहरूमा बास गर्नुहुने कारणले, पक्का मृत्यु हुने अहिलेको तिमीहरूका शरीरहरूलाई पनि परमेश्वरले फेरि जीवित पार्नुहुनेछ। उहाँले ख्रीष्टको मृत्यु भएपछि उहाँलाई फेरी जीवित पार्नुभयो, र उहाँले आफ्नो आत्माद्वारा तिमीहरूलाई फेरि जीवित पार्नुहुनेछ। BSB BSB: And if the Spirit of Him who raised Jesus from the dead is living in you, He who raised Christ Jesus from the dead will also give life to your mortal bodies through His Spirit, who lives in you.
12 UDB त्यसकारण मेरा विश्वासी मित्रहरू, आत्माले हामीलाई मार्गदर्शन गर्नुभएअनुसार जिउन हामी बाध्य छौं। हाम्रो पुरानो खराब स्वभावका इच्छाअनुसार जिउन हामी बाध्य छैनौं। BSB BSB: Therefore, brothers, we have an obligation, but it is not to the flesh, to live according to it.
13 UDB आफ्नो पुरानो स्वभावले जे चाहान्छ त्यो तिमीहरू गर्छौ भने, तिमीहरू पक्का रूपले परमेश्वरसँग सदासर्वदा जिउने छैनौ। तर आत्माले तिमीहरूलाई ती कुराहरू गर्न रोक्नुहुन्छ भने, तिमीहरू सदासर्वदा जिउनेछौ। BSB BSB: For if you live according to the flesh, you will die; but if by the Spirit you put to death the deeds of the body, you will live.
14 UDB हामी परमेश्वरको आत्माको आज्ञा पालन गर्नेहरू परमेश्वरका छोराछोरी हौं। BSB BSB: For all who are led by the Spirit of God are sons of God.
17 UDB हामीहरू परमेश्वरको छोराछोरी भएको कारणले, परमेश्वरले हाम्रो निम्ति गर्नुभएको प्रतिज्ञा एकदिन हामीहरू प्राप्त गर्नेछौं। र हामीले यो ख्रीष्टसँगै प्राप्त गर्नेछौं। तर परमेश्वरले हाम्रो आदर गर्न सक्नुभएको होस् भन्ने हेतुले ख्रीष्टले भोग्नुभएझैं असल गरेकोमा हामीले दुःख भोग्नैपर्छ। BSB BSB: And if we are children, then we are heirs: heirs of God and co-heirs with Christ—if indeed we suffer with Him, so that we may also be glorified with Him.
21 UDB कि उहाँले सृष्टि गर्नुभएका कुराहरू एकदिन फेरि मर्ने, सड्ने र नष्ट हुने छैनन्। उहाँ ती असल कुराहरू गर्न सक्नुहुन्छ, किनकि ती कुराहरू उहाँले आफ्ना छोराछोरीका लागि गर्न सक्नुभएको होस् भन्ने हेतुले उहाँले ती कुराहरूलाई त्यसबाट स्वतन्त्र गर्नुहुनेछ। BSB BSB: that the creation itself will be set free from its bondage to decay and brought into the glorious freedom of the children of God.
22 UDB हामी जान्दछौं कि अहिलेसम्म परमेश्वरले सृष्टि गर्नुभएका सबै कुराहरूले एकसाथ सुस्केरा हालिरहेको जस्तै भएका छन्, र ती असल कुराहरू तिनीहरूकाो लागि उहाँले गर्नुभएको तिनीहरू चाहन्छन्। तर अहिले, एकजना स्त्रीले बालक जन्माउनुअघि तिनलाई प्रसव वेदना भएको जस्तै हो। BSB BSB: We know that the whole creation has been groaning together in the pains of childbirth until the present time.
23 UDB ती कुराहरूले मात्र सुस्केरा हाल्दैनन् तर हामी पनि आफैं भित्रैदेखि सुस्केरा हाल्छौं। परमेश्वरले हामीलाई सबै थोक दिनलाई हामीले पर्खंदा हामीमा भएको परमेश्वरको आत्मा हामीले पाउने आंशिक वरदान जस्तै भएकोले, हामी भित्रैदेखि सुस्केरा हाल्छौं। परमेश्वरका धर्मपुत्रको रूपमा हामीले पुरा अधिकार पाउने बेलासम्म हामीले उत्सुकतासाथ प्रतिक्षा गर्दा हामी सुस्केरा हाल्छौं। पृथ्वीमा हाम्रा शरीरहरूलाई बाधा दिने कुराहरूबाट उहाँले हामीलाई स्वतन्त्र पार्नुहुने कुरा त्यसमा समावेश हुन्छ। उहाँले हामीलाई नयाँ शरीरहरू दिनुभएर त्यसो गर्नुहुनेछ। BSB BSB: Not only that, but we ourselves, who have the firstfruits of the Spirit, groan inwardly as we wait eagerly for our adoption as sons, the redemption of our bodies.
24 UDB किनकि परमेश्वरमा हामीले भरोसा गरेको कारणले उहाँले हामीलाई बचाउनुभयो। हामीले प्रतिक्षा गरिरहेका कुराहरू अहिले हामीसँग छ भने, हामीले तिनीहरूका निम्ति फेरि प्रतिक्षा रगरिहनु पर्दैन। अन्ततः तिमीहरूले पाउने आशा गरेर प्रतिक्षा गरिरहेका केही कुरा तिमीहरूले प्राप्त गर्यौ भने, तिमीहरूले निश्चय पनि त्यसको निम्ति फेरि प्रतिक्षा गर्नुपर्ने छैन। BSB BSB: For in this hope we were saved; but hope that is seen is no hope at all. Who hopes for what he can already see?
25 UDB तर हामीसँग अझैसम्म नभएका कुरा पाउनलाई हामीले आशापूर्वक प्रतिक्षा गरिरहने हुनाले हामी त्यसका लागि उत्सुकतासाथ र धैर्यतासाथ प्रतिक्षा गर्छौं। BSB BSB: But if we hope for what we do not yet see, we wait for it patiently.
26 UDB त्यसरी नै, हामी कमजोर हुँदा, परमेश्वरको आत्माले हामीलाई मद्धत गर्नुहुन्छ। हामीले के कुराका लागि प्रार्थना गर्नु उचित हुन्छ भनी हामी जान्दैनौं। तर परमेश्वरको आत्माले जान्नुहुन्छ। जसै उहाँले हाम्रा निम्ति प्रार्थना गर्नुहुन्छ, उहाँको एक किसिमको सुस्केरालाई शब्दहरूमा व्यक्त गर्न सकिंदैन। BSB BSB: In the same way, the Spirit helps us in our weakness. For we do not know how we ought to pray, but the Spirit Himself intercedes for us with groans too deep for words.
27 UDB हाम्रो मनको भित्री विचार र दिमागलाई जाँच्नुहुने परमेश्वरले आफ्नो आत्माले के इच्छा गर्नुहुन्छ भनी बुझ्नुहुन्छ। जसरी आत्माले प्रार्थना गरेको परमेश्वरले इच्छा गर्नुहुन्छ ठिक त्यसरी नै उहाँको आत्माले हामी परमेश्वरका मानिसहरूका निम्ति प्रार्थना गर्नुहुन्छ। BSB BSB: And He who searches our hearts knows the mind of the Spirit, because the Spirit intercedes for the saints according to the will of God.
28 UDB हामी जान्दछौं कि परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति, तिनीहरूमा हुन आउने सबै कुराहरूले मिलेर उहाँले हाम्रो भलाइ हुने किसमले काम गर्नुहुन्छ। उहाँले चुन्नु भएकाहरूका निम्ति उहाँले यो काम गर्नुहुन्छ किनभने उहाँले त्यो योजना बनाउनु भएको थियो। BSB BSB: And we know that God works all things together for the good of those who love Him, who are called according to His purpose.
29 UDB हामीले परमेश्वरलाई विश्वास गर्छौं भनी उहाँले पहिले नै जान्नुभयो। हाम्रा विशेषता परमेश्वरको पुत्रको जस्तो विशेषता हुनुपर्छ भनी परमेश्वरले पहिले नै निर्णय गर्नुभयो। परिणाम यो हो कि ख्रीष्ट नै परमेश्वरको जेष्ठ पुत्र हुनुहुन्छ र परमेश्वरका छोराछोरी येशूका धेरैजना भाइहरू हुन्। BSB BSB: For those God foreknew, He also predestined to be conformed to the image of His Son, so that He would be the firstborn among many brothers.
30 UDB र परमेश्वरले जसलाई उहाँका पुत्रजस्तै हुन्छन् भनी पहिले नै निर्णय गर्नुभयो, उहाँले तिनीहरूलाई आफूसित हुनलाई बोलाउनु पनि भयो। र जसलाई उहाँले आफूसित हुनलाई बोलाउनु भयो, र उहाँले तिनीहरूलाई धर्मी पनि ठहराउनुभयो। र जसलाई उहाँले धार्मी ठहराउनुभयो, उहाँले तिनीहरूलाई आदर पनि दिनुहुनेछ। BSB BSB: And those He predestined, He also called; those He called, He also justified; those He justified, He also glorified.
33 UDB परमेश्वरको सामु कसैले पनि हामीलाई गलत गरेको दोष लगाउन सक्दैन, किनकि उहाँले हामीलाई आफ्नो हुनलाई चुन्नुभएको छ। हामीलाई धर्मी ठहराउनुहुने उहाँ नै हुनुहुन्छ। BSB BSB: Who will bring any charge against God’s elect? It is God who justifies.
34 UDB कसैले हामीलाई फेरि दोष लगाउन सक्दैन। हाम्रा निम्ति मर्नुहुने ख्रीष्ट नै हुनुहुन्छ-- र त्यो भन्दा बढी, उहाँ मृत्युबाट जीवित पनि हुनुभएको छ-- र उहाँले आदरको स्थानमा परमेश्वरसँग राज्य गर्दै हुनुहुन्छ र उहाँले हाम्रा निम्ति विनम्र निवेदन गर्दै हुनुहुन्छ। BSB BSB: Who is there to condemn us? For Christ Jesus, who died, and more than that was raised to life, is at the right hand of God—and He is interceding for us.
35 UDB कुनै व्यक्ति र कुनै कुराले पनि हामीलाई प्रेम गर्नबाट ख्रीष्टलाई रोक्न कुनै किसिमले सक्दैन! कसैले हामीलाई कष्ट दिन्छ भने पनि, वा कसैले हाम्रो हानी गरे पनि, वा हामीसँग खानलाई केही नभए पनि, वा हामीसँग पर्याप्त कपडाहरू नभए पनि, वा हामीले खतरनाक परिस्थितिमा जिउने परे पनि, वा कसैले हाम्रो हत्या गरे पनि। BSB BSB: Who shall separate us from the love of Christ? Shall trouble or distress or persecution or famine or nakedness or danger or sword?
36 UDB यस्ता कुराहरू हामीलाई हुन सक्छन्,जस्तो परमेश्वरलाई दाऊदले भनेको कुरा लेखिएको छ, “हामी तपाईंका मानिसहरू भएको कारणले, अरूहरूले बारम्बार हामीलाई मार्ने कोसिस गर्छन्। हामी मारिने मानिसहरू मात्र हौं भनी तिनीहरू विचार गर्छन्, जस्तो भेडाहरू काटिने जनावरहरू मात्र भनी कसाइले विचार गर्छ।” BSB BSB: As it is written: “For Your sake we face death all day long; we are considered as sheep to be slaughtered.”
37 UDB यी सबै खराब कुराहरू हामीलाई भए तापनि, हामी यी कुराहरूमाथि पूर्णरूपले विजयी हुन्छौ, किनभने हामीलाई प्रेम गर्नुहुने ख्रीष्टले हामीलाई मद्धत गर्नुहुन्छ। BSB BSB: No, in all these things we are more than conquerors through Him who loved us.
38 UDB म पूर्णरूपले विश्वस्त छु कि न मृत्युसँग सम्बन्धित कुनै कुराले, न हामी जीवित हुने कुनै घटनाले, न स्वर्गदूतहरूले, न दुष्ट आत्माहरूले, न वर्तमानका घटनाहरूले, न भविष्यका घटनाहरूले, न शक्तिशाली कुराहरूले, BSB BSB: For I am convinced that neither death nor life, neither angels nor principalities, neither the present nor the future, nor any powers, 39 UDB न आकाश वा आकाशमुनि भएका शक्तिशाली कुराहरूले, न परमेश्वरले सृष्टि गर्नुभएका कुनै अरू कुराले हामीलाई प्रेम गर्नबाट परमेश्वरलाई रोक्न सक्छ। हाम्रा प्रभु येशू ख्रीष्टलाई हाम्रो निम्ति मृत्यु भोग्नलाई पठाउनुभएर परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ भनी देखाउनुभयो। BSB BSB: neither height nor depth, nor anything else in all creation, will be able to separate us from the love of God that is in Christ Jesus our Lord.
Select verses for actions: Enter goes to them and Escape comes back.