Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v2.0.0
Skip to content
Opened
en
Today
Ask
Read
Journey
More
Mark
Mark
14
NPIULB
BSB
A
a
Mark 14
14
Mark
Death and resurrection
Nepali Bible
Jesus
, person
Peter
, person
Judas
, person
Galilee
, place
John
, person
Nazareth
, place
James
, person
Olives Mount
, place
3 more
Nepali Bible
Berean Standard Bible
1
NPIULB
यो निस्तार र अखमरी रोटीको चाडभन्दा दुई दिनअगि थियो । मुख्य पुजारीहरू र शास्त्रीहरूले येशूलाई कसरी गुप्त रूपमा गिरफ्तार गर्ने र मार्ने भनी विचार गरिरहेका थिए ।
BSB
BSB:
Now the Passover and the Feast of Unleavened Bread were two days away, and the chief priests and scribes were looking for a covert way to arrest Jesus and kill Him.
2
NPIULB
किनकि तिनीहरूले भनिरहेका थिए, “चाडको समयमा होइन, ताकि मानिसहरूमाझ दङ्गा उत्पन्न नहोस् ।”
BSB
BSB:
“But not during the feast,” they said, “or there may be a riot among the people.”
3
NPIULB
जब येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुन्थ्यो, उहाँ टेबुलमा अडेस लागेर बसिरहनुहुँदा एक जना स्त्री अति मूल्यवान् तरल पदार्थ सिङ्गमरमरको शिशीमा लिएर येशूकहाँ आइन्, जुन शुद्ध जटामसी थियो । तिनले त्यो शिशीलाई फुटाइन् र उहाँको टाउकोमा खन्याइन्
BSB
BSB:
While Jesus was in Bethany reclining at the table in the home of Simon the Leper, a woman came with an alabaster jar of expensive perfume, made of pure nard. She broke open the jar and poured it on Jesus’ head.
4
NPIULB
तर त्यहाँका कोही-कोही रिसाए । तिनीहरूले आपसमा कुरा गरे र भने, “के कारणको लागि यो खेर फालिँदै छ ?
BSB
BSB:
Some of those present, however, expressed their indignation to one another: “Why this waste of perfume?
5
NPIULB
यो अत्तरलाई तिन सय चाँदीका सिक्काभन्दा बढीमा बेच्न सकिन्थ्यो र गरिबहरूलाई दिन सकिन्थ्यो ।” र तिनीहरूले तिनलाई गाली गर्दै थिए ।
BSB
BSB:
It could have been sold for over three hundred denarii and the money given to the poor.” And they scolded her.
6
NPIULB
तर येशूले भन्नुभयो, “तिनलाई छोडिदेओ । तिमीहरूले तिनलाई किन दुःख दिइरहेका छौ ? तिनले मेरो निम्ति सुन्दर काम गरेकी छन् ।
BSB
BSB:
But Jesus said,
“Leave her alone; why are you bothering her? She has done a beautiful deed to Me.
7
NPIULB
गरिबहरू तिमीहरूसँग सधैँ हुन्छन्, र तिमीहरू जहिले चाहन्छौ तिनीहरूको निम्ति गर्न सक्छौ, तर म त तिमीहरूसित सधैँ हुनेछैन ।
BSB
BSB:
The poor you will always have with you, and you can help them whenever you want. But you will not always have Me.
8
NPIULB
तिनले जे गर्न सक्थिन् त्यही गरिन्ः तिनले मेरो शरीरलाई दफनको निम्ति अभिषेल गरेकी छन् ।
BSB
BSB:
She has done what she could to anoint My body in advance of My burial.
9
NPIULB
साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ, त्यहाँ यी स्त्रीले गरेकी काम तिनको सम्झनामा बताइनेछ ।
BSB
BSB:
And truly I tell you, wherever the gospel is preached in all the world, what she has done will also be told in memory of her.”
10
NPIULB
अनि बाह्रमध्येका एक जना यहूदा इस्करियोत मुख्य पुजारीहरूकहाँ गयो, ताकि त्यसले उहाँलाई तिनीहरूका हातमा सुम्पन सकोस् ।
BSB
BSB:
Then Judas Iscariot, one of the Twelve, went to the chief priests to betray Jesus to them.
11
NPIULB
जब मुख्य पुजारीहरूले यो सुने, तिनीहरू खुसी भए र त्यसलाई पैसा दिने वाचा गरे । उसले येशूलाई तिनीहरूका हातमा सुम्पनलाई अवसर हेर्न थाल्यो ।
BSB
BSB:
They were delighted to hear this, and they promised to give him money. So Judas began to look for an opportunity to betray Jesus.
12
NPIULB
अखमिरी रोटीको पहिलो दिन उनीहरूले निस्तारको थुमा चढाउने बेला उहाँका चेलाहरूले उहाँलाई भने, “हामी कहाँ गएर तयारी गरेको तपाईं चाहनुहुन्छ, ताकि तपाईंले निस्तारको खाना खान सक्नुभएको होस् ?”
BSB
BSB:
On the first day of the Feast of Unleavened Bread, when the Passover lamb was to be sacrificed, Jesus’ disciples asked Him, “Where do You want us to prepare for You to eat the Passover?”
13
NPIULB
उहाँले आफ्ना चेलाहरूमध्ये दुई जनालाई पठाउनुभयो र तिनीहरूलाई भन्नुभयो, “सहरमा जाओ र एक जना पानीको गाग्रो बोक्ने मानिसले तिमीहरूलाई भेट्नेछ र उसलाई पछ्याओ ।
BSB
BSB:
So He sent two of His disciples and told them,
“Go into the city, and a man carrying a jug of water will meet you. Follow him,
14
NPIULB
जुन घरभित्र ऊ पस्छ, उसलाई पछ्याओ र त्यस घरको मालिकलाई भन, “गुरुज्यू भन्नुहुन्छ, मेरो पाहुना कोठा कहाँ छ जहाँ मैले मेरा चेलाहरूसँग निस्तार-चाडको भोज खानेछु ?”
BSB
BSB:
and whichever house he enters, say to the owner, ‘The Teacher asks: Where is My guest room, where I may eat the Passover with My disciples?’
15
NPIULB
उनले तिमीहरूलाई एउटा तयार भएको ठुलो माथिल्लो तलाको कोठा देखाउनेछन् । त्यहाँ नै हाम्रो निम्ति तयारी गर्नू ।”
BSB
BSB:
And he will show you a large upper room, furnished and ready. Make preparations for us there.”
16
NPIULB
चेलाहरू निस्के र सहरतिर लागे । तिनीहरूले उहाँले तिनीहरूलाई भन्नुभएजस्तै पाए र तिनीहरूले निस्तार-चाडको तयारी गरे ।
BSB
BSB:
So the disciples left and went into the city, where they found everything as Jesus had described. And they prepared the Passover.
17
NPIULB
जब साँझ पर्यो, उहाँ आफ्ना बाह्र जना चेलासँग आउनुभयो ।
BSB
BSB:
When evening came, Jesus arrived with the Twelve.
18
NPIULB
जब उहाँहरू टेबुलमा अडेस लागेर खाँदै हुनुहुन्थ्यो, येशूले भन्नुभयो, “साँच्चै, म तिमीहरूलाई भन्दछु, मसँग खाइरहेकाहरूमध्ये एक जनाले मलाई धोखा दिनेछ ।”
BSB
BSB:
And while they were reclining and eating, Jesus said,
“Truly I tell you, one of you who is eating with Me will betray Me.”
19
NPIULB
उनीहरू सबै एकदमै निराश भए, र तिनीहरू एक-एक जनाले उहाँलाई भने, “के म त होइन ?”
BSB
BSB:
They began to be grieved and to ask Him one after another, “Surely not I?”
20
NPIULB
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “यी बाह्र जनामध्येका एक हुन्, जसले मसँग अहिले कचौरामा रोटी चोपिरहेको छ ।
BSB
BSB:
He answered,
“It is one of the Twelve—the one who is dipping his hand into the bowl with Me.
21
NPIULB
मानिसका पुत्र धर्मशास्त्रमा उसको बारेमा लेखिएबमोजिम जानेछ । तर धिक्कार ! जसद्वारा मानिसका पुत्रलाई धोखा दिइनेछ । त्यसको निम्ति त्यो त नजन्मेको भए नै असल हुने थियो ।”
BSB
BSB:
The Son of Man will go just as it is written about Him, but woe to that man by whom He is betrayed! It would be better for him if he had not been born.”
22
NPIULB
तिनीहरूले खाँदै गर्दा येशूले रोटी लिनुभयो; आशिष् दिनुभयो, र भाँच्नुभयो । उहाँले यो तिनीहरूलाई दिनुभयो र भन्नुभयो, “यो लेओ । यो मेरो शरीर हो ।”
BSB
BSB:
While they were eating, Jesus took bread, spoke a blessing and broke it, and gave it to the disciples, saying,
“Take it; this is My body.”
23
NPIULB
उहाँले कचौरा लिनुभयो; धन्यवाद दिनुभयो; तिनीहरूलाई दिनुभयो र तिनीहरू सबैले त्यसबाट पिए ।
BSB
BSB:
Then He took the cup, gave thanks, and gave it to them, and they all drank from it.
24
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “यो करारको मेरो रगत हो । यो रगत धेरैका निम्ति बगाइएको छ ।”
BSB
BSB:
He said to them,
“This is My blood of the covenant, which is poured out for many.
25
NPIULB
साँच्चै, म तिमीहरूलाई भन्दछु, यो दाखको फलबाट तबसम्म पिउनेछैनँ जबसम्म मैले परमेश्वरको राज्यमा यसलाई नयाँ गरी पिउँदिनँ ।
BSB
BSB:
Truly I tell you, I will no longer drink of the fruit of the vine until that day when I drink it anew in the kingdom of God.”
26
NPIULB
जब उहाँहरूले एउटा भजन गाउनुभयो, उहाँहरू जैतून डाँडामा जानुभयो ।
BSB
BSB:
And when they had sung a hymn, they went out to the Mount of Olives.
27
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू सबै मेरो कारणले पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई हिर्काउनेछु र भेडाहरू छरपष्ट हुनेछन् ।’
टिपोटः प्राचीन उत्कृष्ट प्रतिलिपिहरूमा “मेरो कारणले” भन्ने पदावली छैन ।
BSB
BSB:
Then Jesus said to them,
“You will all fall away, for it is written: ‘I will strike the Shepherd, and the sheep will be scattered.’
28
NPIULB
तर म जीवित भई उठेपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
BSB
BSB:
But after I have risen, I will go ahead of you into Galilee.”
29
NPIULB
पत्रुसले उहाँलाई भने, “सबै जना पछि हटे पनि म पछि हट्नेछैनँ ।”
BSB
BSB:
Peter declared, “Even if all fall away, I never will.”
30
NPIULB
येशूले तिनलाई भन्नुभयो, “साँच्चै, म तिमीलाई भन्दछु, कि यस रात भाले दुई पल्ट बास्नुअगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”
BSB
BSB:
“Truly I tell you,”
Jesus replied,
“this very night, before the rooster crows twice, you will deny Me three times.”
31
NPIULB
तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।
BSB
BSB:
But Peter kept insisting, “Even if I have to die with You, I will never deny You.” And all the others said the same thing.
32
NPIULB
उहाँहरू गेतसमनी भन्ने ठाउँमा आइपुग्नुभयो र येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “मैले प्रार्थना गर्दा यहाँ बस ।”
BSB
BSB:
Then they came to a place called Gethsemane, and Jesus told His disciples,
“Sit here while I pray.”
33
NPIULB
उहाँले पत्रुस, याकूब र यूहन्नालाई आफूसँग लानुभयो, र उहाँ दुःखित र अति व्याकुल हुनुभयो ।
BSB
BSB:
He took with Him Peter, James, and John, and began to be deeply troubled and distressed.
34
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “मेरो प्राण मरेजतिकै गहिरो वेदनामा छ । यहाँ बस र जागा रहो ।”
BSB
BSB:
Then He said to them,
“My soul is consumed with sorrow to the point of death. Stay here and keep watch.”
35
NPIULB
येशू अलि परतिर जानुभयो, भुइँमा लम्पसार पर्नुभयो र प्रार्थना गर्नुभयो, कि यदि यो सम्भव थियो भने यो घडी उहाँबाट हटेर जाओस् ।
BSB
BSB:
Going a little farther, He fell to the ground and prayed that, if it were possible, the hour would pass from Him.
36
NPIULB
उहाँले भन्नुभयो, “हे अब्बा, पिता तपाईंमा सबै थोक सम्भव छ । यो कचौरा मबाट हटाउनुहोस् । तर मेरो इच्छा होइन, तपाईंको इच्छा पुरा होस् ।”
BSB
BSB:
“Abba, Father,”
He said,
“all things are possible for You. Take this cup from Me. Yet not what I will, but what You will.”
37
NPIULB
उहाँ फर्केर आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्नुभयो, “सिमोन, के तिमी पनि मस्त निद्रामा छौ ? के एक घण्टा पनि जागा रहन सकेनौ ?
BSB
BSB:
Then Jesus returned and found them sleeping.
“Simon, are you asleep?”
He asked.
“Were you not able to keep watch for one hour?
38
NPIULB
जागा रहो र परीक्षामा नपरौँ भनी प्रार्थना गर । वास्तवमा आत्मा त तत्पर छ, शरीर कमजोर छ ।”
BSB
BSB:
Watch and pray so that you will not enter into temptation. For the spirit is willing, but the body is weak.”
39
NPIULB
उहाँ फेरि जानुभयो अनि प्रार्थना गर्नुभयो र उहाँले उही वचनहरू प्रयोग गर्नुभयो ।
BSB
BSB:
Again He went away and prayed, saying the same thing.
40
NPIULB
फेरि उहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनभने तिनीहरूका आँखा लोलाएका थिए र उहाँलाई के भन्ने भनी तिनीहरूले जानेनन् ।
BSB
BSB:
And again Jesus returned and found them sleeping, for their eyes were heavy. And they did not know what to answer Him.
41
NPIULB
उहाँ तेस्रो पल्ट आउनुभयो र तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू अझै सुतिरहेका छौ र आराम गरिरहेका छौ ? भयो ! समय आएको छ । हेर ! मानिसका पुत्र पापीहरूको हातमा सुम्पिँदै छ ।
BSB
BSB:
When Jesus returned the third time, He said,
“Are you still sleeping and resting? That is enough! The hour has come. Look, the Son of Man is betrayed into the hands of sinners.
42
NPIULB
उठ र जाऔँ । हेर, मलाई धोखा दिने नजिकै छ ।”
BSB
BSB:
Rise, let us go. See, My betrayer is approaching!”
43
NPIULB
उहाँ बोल्दै गर्नुहुँदा बाह्र जनामध्येको यहूदा आइपुग्यो अनि त्योसँग मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्म-गुरुहरूबाट आएका तरवार र लाठा बोकेको एउटा ठुलो हुल थियो ।
BSB
BSB:
While Jesus was still speaking, Judas, one of the Twelve, arrived, accompanied by a crowd armed with swords and clubs, sent from the chief priests, scribes, and elders.
44
NPIULB
अब, उहाँलाई विश्वासघात गर्नेले तिनीहरूलाई एउटा सङ्केत दिएको थियो, “जसलाई मैले चुम्बन गर्छु, ऊ त्यही हो । उसलाई समात र सुरक्षा घेरामा लैजाओ ।”
BSB
BSB:
Now the betrayer had arranged a signal with them: “The One I kiss is the man; arrest Him and lead Him away securely.”
45
NPIULB
जब यहूदा आयो, तुरुन्तै त्यो येशूकहाँ आयो र भन्यो, “रब्बी !” र त्यसले उहाँलाई चुम्बन गर्यो ।
BSB
BSB:
Going directly to Jesus, he said, “Rabbi!” and kissed Him.
46
NPIULB
त्यसपछि तिनीहरूले उहाँमाथि हात हाले र पक्रे ।
BSB
BSB:
Then the men seized Jesus and arrested Him.
47
NPIULB
तर त्यहाँ उभिनेहरूमध्ये एक जनाले आफ्नो तरवार थुते र मुख्य पुजारीका नोकरको कान काटिदिए ।
BSB
BSB:
And one of the bystanders drew his sword and struck the servant of the high priest, cutting off his ear.
48
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू डाँकुको विरुद्धमा आएझैँ तरवार र भाला लिएर आउँछौ ?
BSB
BSB:
Jesus asked the crowd,
“Have you come out with swords and clubs to arrest Me as you would an outlaw?
49
NPIULB
जब म तिमीहरूसँग दैनिक हुन्थेँ र मैले मन्दिरमा सिकाइरहेको थिएँ, तिमीहरूले मलाई गिरफ्तार गरेनौ । तर धर्मशास्त्र पुरा होस् भनेर यस्तो भयो ।”
BSB
BSB:
Every day I was with you, teaching in the temple courts, and you did not arrest Me. But this has happened that the Scriptures would be fulfilled.”
50
NPIULB
अनि येशूसँग भएका सबैले उहाँलाई छाडे र भागे ।
BSB
BSB:
Then everyone deserted Him and fled.
51
NPIULB
एक जना जवान मानिस उहाँको पछि लाग्यो जसले सूतीको कपडा मात्र लगाएका थिए जसलाई तिनको कम्मरमा बेह्रिएको थियो; तिनीहरूले त्यसलाई पक्रे, तर
BSB
BSB:
One young man who had been following Jesus was wearing a linen cloth around his body. They caught hold of him,
52
NPIULB
उसले त्यो सूतीको कपडा त्यहीँ नै छाडे र नाङ्गै भागे ।
BSB
BSB:
but he pulled free of the linen cloth and ran away naked.
53
NPIULB
तिनीहरूले उहाँलाई प्रधान पुजारीकहाँ लगे । त्यहाँ तिनीसँग मुख्य पुजारीहरू, धर्म-गुरुहरू र शास्त्रीहरू भेला भएका थिए ।
BSB
BSB:
They led Jesus away to the high priest, and all the chief priests, elders, and scribes assembled.
54
NPIULB
अब पत्रुसले चाहिँ टाढैबाट उहाँलाई प्रधान पुजारीको घरको आँगनसम्म पछ्याए । तिनी पहरेदारहरूसँगै बसे, जसले न्यानो हुन आगो ताप्दै थिए ।
BSB
BSB:
Peter followed Him at a distance, right into the courtyard of the high priest. And he sat with the officers and warmed himself by the fire.
55
NPIULB
अब, मुख्य पुजारीहरू र सबै यहूदी परिषद्ले येशूको विरुद्धमा गवाही खोजिरहेका थिए, ताकि तिनीहरूले उहाँलाई मृत्युदण्ड दिन सकून् । तर तिनीहरूले कुनै पनि कुरा भेट्टाएनन् ।
BSB
BSB:
Now the chief priests and the whole Sanhedrin were seeking testimony against Jesus to put Him to death, but they did not find any.
56
NPIULB
किनभने धेरैले उहाँको विरुद्धमा झुटो गवाही ल्याए, तर तिनीहरूका गवाही मिलेन ।
BSB
BSB:
For many bore false witness against Jesus, but their testimony was inconsistent.
57
NPIULB
कोही खडा भए र उहाँको विरुद्धमा झुटो गवाही ल्याए; तिनीहरूले भने,
BSB
BSB:
Then some men stood up and testified falsely against Him:
58
NPIULB
“यसले यसो भनेको हामीले सुन्यौँ, ‘हातद्वारा बनाइएका यो मन्दिर मैले नष्ट गर्नेछु, र तिन दिनमा हातविना नै बनाइएको अर्को मन्दिर मैले बनाउनेछु ।’”
BSB
BSB:
“We heard Him say, ‘I will destroy this man-made temple, and in three days I will build another that is made without hands.’”
59
NPIULB
तापनि तिनीहरूको गवाही एकै मतको भएन ।
BSB
BSB:
But even their testimony was inconsistent.
60
NPIULB
प्रधान पुजारी तिनीहरूका बिचमा उभिए र येशूलाई सोधे, “के तिमी कुनै जवाफ दिँदैनौ ? यी मानिसहरूले तिम्रो विरुद्धमा दिएका गवाही के हुन् नि ?”
BSB
BSB:
So the high priest stood up before them and questioned Jesus, “Have You no answer? What are these men testifying against You?”
61
NPIULB
तर उहाँ चुपचाप रहनुभयो, र जवाफ दिनुभएन । प्रधान पुजारीले उहाँलाई फेरि प्रश्न गरे र भने, “के तिमी धन्यका पुत्र ख्रीष्ट हौ ?”
BSB
BSB:
But Jesus remained silent and made no reply. Again the high priest questioned Him, “Are You the Christ, the Son of the Blessed One?”
62
NPIULB
येशूले भन्नुभयो, “म हुँ । र तिमीहरूले मानिसका पुत्रलाई शक्तिको दाहिने हातपट्टि बसेको र आकाशको बादलसँग आएको देख्नेछौ ।”
BSB
BSB:
“I am,”
said Jesus,
“and you will see the Son of Man sitting at the right hand of Power and coming with the clouds of heaven.”
63
NPIULB
प्रधान पुजारीले आफ्नो लुगा च्याते र भने, “के हामीलाई अझै गवाहीको आवश्यक पर्छ र ?
BSB
BSB:
At this, the high priest tore his clothes and declared, “Why do we need any more witnesses?
64
NPIULB
तपाईंहरूले ईश्वर-निन्दा सुन्नुभएकै छ । तपाईंहरूको के निर्णय छ ?” अनि तिनीहरू सबैले मृत्युको योग्य भएकालाई झैँ दोष लगाए ।
BSB
BSB:
You have heard the blasphemy. What is your verdict?” And they all condemned Him as deserving of death.
65
NPIULB
केहीले उहाँलाई थुक्न र उहाँको अनुहार छोप्न र हिर्काउन थाले र भने, “भविष्यवाणी गर् !” अनि अधिकारीहरूले उहाँलाई लगे र पिटे ।
BSB
BSB:
Then some of them began to spit on Him. They blindfolded Him, struck Him with their fists, and said to Him, “Prophesy!” And the officers received Him with slaps in His face.
66
NPIULB
पत्रुस तल आँगनमा हुँदा प्रधान पुजारीका नोकर्नीहरूमध्ये एक जना तिनीकहाँ आई ।
BSB
BSB:
While Peter was in the courtyard below, one of the servant girls of the high priest came down
67
NPIULB
त्यो न्यानो हुन आगोको नजिक उभिँदा त्यसले पत्रुसलाई देखी र उनलाई नियालेर हेरी । त्यसले भनी, “तिमी पनि येशू नासरीसँग थियौ ?”
BSB
BSB:
and saw him warming himself there. She looked at Peter and said, “You also were with Jesus the Nazarene.”
68
NPIULB
तर उनले इन्कार गरे र भने, “तिमीले के भनिरहेका छौ, मैले न बझ्छु न जान्दछु । त्यसपछि उनी आँगनमा गए ।
टिपोटः केही प्राचीन प्रतिलिपिहरूले “अनि भाले बास्यो” भनी थप्छन्, तर उत्कृष्ट प्राचीन प्रितिलिपिहरूले यसलाई समावेश गरेका छैनन् ।
BSB
BSB:
But he denied it. “I do not know or even understand what you are talking about,” he said. Then he went out to the gateway, and the rooster crowed.
69
NPIULB
तर नोकर्नीले उनलाई त्यहाँ देखी र ती उभिएकाहरूलाई फेरि भन्न थाली, “यो मान्छे पनि तिनीहरूमध्येकै एक जना हो ।”
BSB
BSB:
There the servant girl saw him and again said to those standing nearby, “This man is one of them.”
70
NPIULB
तर उनले फेरि पनि इन्कार गरे । केही समयपछि त्यहाँ उभिनेहरूले पत्रुसलाई भने, “निश्चय नै, तिमी पनि तिनीहरूमध्येकै एक हौ, किनकि तिमी पनि गालीली नै हौ ।”
BSB
BSB:
But he denied it again. After a little while, those standing nearby said once more to Peter, “Surely you are one of them, for you too are a Galilean.”
71
NPIULB
तर उनले आफैँलाई सराप्न र किरिया हालेर भन्न लागे, “तिमीहरूले कुरा गरिरहेका यी मानिसबारे मलाई केही थाहा छैन ।”
BSB
BSB:
But he began to curse and swear, “I do not know this man of whom you speak!”
72
NPIULB
तुरुन्तै भाले दोस्रो चोटि बास्यो । त्यसपछि पत्रुसले येशूले उनलाई भन्नुभएका वचनहरू स्मरण गरेः “दुई चोटि भाले बास्नुअगि तिमीले मलाई तिन पटक इन्कार गर्नेछौ ।” र उनी धुरुधुरु रोए ।
BSB
BSB:
And immediately the rooster crowed a second time. Then Peter remembered the word that Jesus had spoken to him:
“Before the rooster crows twice, you will deny Me three times.”
And he broke down and wept.
Chapter complete
You’ve read Mark 14
Chapter 14 of 16 in Mark
Up next
Mark 15
Read Mark 15
Listen
Back to Mark 13
Go deeper
Commentary
What the commentators say on Mark 14
A question this chapter raises
Was Jesus a Muslim?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Mark 13
Mark 14
Mark 15