Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.42.2
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Mark
Mark
9
NPIULB
BSB
A
a
Mark 9
9
Mark
On the way: Jesus teaches about the cross
Nepali Bible
Jesus
, person
Elias
, person
Moses
, person
Peter
, person
John
, person
Galilee
, place
James
, person
Capernaum
, place
Nepali Bible
Berean Standard Bible
1
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्दछु, यहाँ खडा हुनेहरूमा तिमीहरूमध्ये केहीले परमेश्वरको राज्य शक्तिसित आएको देख्नुअगि मृत्यु चाख्नेछैनन् ।
BSB
BSB:
Then Jesus said to them,
“Truly I tell you, there are some standing here who will not taste death before they see the kingdom of God arrive with power.”
2
NPIULB
६ दिनपछि येशूले पत्रुस, याकूब र यूहन्नालाई आफ्नो साथमा लिएर एउटा अग्लो पहाडमा जानुभयो । त्यसपछि तिनीहरूको सामु उहाँको रूप परिवर्तन भयो ।
BSB
BSB:
After six days Jesus took with Him Peter, James, and John, and led them up a high mountain by themselves. There He was transfigured before them.
3
NPIULB
उहाँका लुगाहरू एकदमै चहकिलो, अति सेतो भयो, यति सेतो भयो कि पृथ्वीका कसैले पनि त्यतिको सेतो बनाउन सक्दैनथ्यो ।
BSB
BSB:
His clothes became radiantly white, brighter than any launderer on earth could bleach them.
4
NPIULB
त्यसपछि एलिया र मोशा उहाँहरूकहाँ देखा परे । तिनीहरूले येशूसँग कुरा गरिरहेका थिए ।
BSB
BSB:
And Elijah and Moses appeared before them, talking with Jesus.
5
NPIULB
पत्रुसले जवाफ दिए र येशूलाई भने, “गुरुज्यू, हामीलाई यहाँ बस्न राम्रो छ । त्यसैले, यहाँ हामी तिनवटा बस्ने ठाउँ बनाऔँ: एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।”
BSB
BSB:
Peter said to Jesus, “Rabbi, it is good for us to be here. Let us put up three shelters—one for You, one for Moses, and one for Elijah.”
6
NPIULB
(तिनले के भन्ने भनी जानेनन्, किनभने तिनीहरू त्रसित भएका थिए ।)
BSB
BSB:
For they were all so terrified that Peter did not know what else to say.
7
NPIULB
बादल आयो र उहाँहरूलाई छोप्यो । तब बादलबाट एउटा आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन् र यिनले भनेका कुरा सुन ।”
BSB
BSB:
Then a cloud appeared and enveloped them, and a voice came from the cloud: “This is My beloved Son. Listen to Him!”
8
NPIULB
अचानक जब तिनीहरूले आफ्नो वरिपरि हेरे, तिनीहरूले तिनीहरूसँग येशूबाहेक अरू कसैलाई पनि देखेनन् ।
BSB
BSB:
Suddenly, when they looked around, they saw no one with them except Jesus.
9
NPIULB
उहाँहरू पहाडबाट तल ओर्लंदै गर्नुहुँदा मानिसका पुत्र मृत्युबाट जीवित भएर नउठेसम्म कसैलाई केही पनि नभन्नू भनी उहाँले तिनीहरूलाई आज्ञा गर्नुभयो ।
BSB
BSB:
As they were coming down the mountain, Jesus admonished them not to tell anyone what they had seen until the Son of Man had risen from the dead.
10
NPIULB
त्यसैले, ती कुराहरू तिनीहरूले आफैँसँग राखे, तर तिनीहरूले “मृत्युबाट जीवित भई उठ्नु” को अर्थ के हो भनी तिनीहरूले आपसमा छलफल गरे ।
BSB
BSB:
So they kept this matter to themselves, discussing what it meant to rise from the dead.
11
NPIULB
तिनीहरूले उहाँलाई सोधे “शास्त्रीहरूले किन एलिया नै पहिला आउनुपर्छ भनेका त ?”
BSB
BSB:
And they asked Jesus, “Why do the scribes say that Elijah must come first?”
12
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “वास्तवमा सबै थोकलाई पुनर्स्थापना गर्न एलिया नै पहिले आउनुपर्छ । मानिसका पुत्रले धेरै कष्ट भोग्नुपर्छ र घृणित हुनेछ भनी किन लेखिएको त ?”
BSB
BSB:
He replied,
“Elijah does indeed come first, and he restores all things. Why then is it written that the Son of Man must suffer many things and be rejected?
13
NPIULB
तर म तिमीहरूलाई यो भन्छु, कि एलिया आइसकेका छन्, र वचनमा तिनको बारेमा लेखिएअनुसार तिनीहरूले एलियालाई जे चाहे त्यही गरे ।”
BSB
BSB:
But I tell you that Elijah has indeed come, and they have done to him whatever they wished, just as it is written about him.”
14
NPIULB
जब उहाँ चेलाहरूकहाँ आउनुभयो, उहाँले तिनीहरूका वरिपरि ठुलो भिड देख्नुभयो, र शास्त्रीहरूले तिनीहरूसँग बहस गरिरहेका थिए ।
BSB
BSB:
When they returned to the other disciples, they saw a large crowd around them, and scribes arguing with them.
15
NPIULB
जब तिनीहरूले उहाँलाई देखे, सबै भिड छक्क परे र सबै उहाँलाई अभिवादन गर्न दौडेर गए ।
BSB
BSB:
As soon as all the people saw Jesus, they were filled with awe and ran to greet Him.
16
NPIULB
उहाँले आफ्ना चेलाहरूलाई सोध्नुभयो, “तिमीहरूले तिनीहरूसँग के बहस गरिरहेका छौ ?”
BSB
BSB:
“What are you disputing with them?”
He asked.
17
NPIULB
भिडमध्येका कसैले उहाँलाई जवाफ दियो, “गुरुज्यू, मैले तपाईंकहाँ मेरो छोरो ल्याएँ । त्यसलाई भूत लागेको छ जसले त्यसलाई बोल्न दिँदैन,
BSB
BSB:
Someone in the crowd replied, “Teacher, I brought You my son, who has a spirit that makes him mute.
18
NPIULB
र यसले यसलाई पक्रन्छ, पछार्छ मुखमा फिँज काढ्छ र दाह्रा किट्छ र अरट्ठ पर्छ । मैले तपाईंका चेलाहरूलाई यसलाई निकाल्नलाई बिन्ती गरेँ, तर तिनीहरूले निकाल्न सकेनन् ।”
BSB
BSB:
Whenever it seizes him, it throws him to the ground. He foams at the mouth, gnashes his teeth, and becomes rigid. I asked Your disciples to drive it out, but they were unable.”
19
NPIULB
उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हे अविश्वासी पुस्ता हो, कति समयसम्म म तिमीहरूसँग बस्नुपर्नेछ ? कति समयसम्म म तिमीहरूलाई सहनु ? त्यसलाई मकहाँ ल्याओ ।”
BSB
BSB:
“O unbelieving generation!”
Jesus replied.
“How long must I remain with you? How long must I put up with you? Bring the boy to Me.”
20
NPIULB
तिनीहरूले त्यस केटोलाई उहाँकहाँ ल्याए । जब दुष्ट आत्माले येशूलाई देख्यो, त्यो आत्माले त्यस केटोलाई जोरले काम्न लगायो । त्यो केटो भुइँमा लड्यो र मुखमा फिँज काढ्यो ।
BSB
BSB:
So they brought him, and seeing Jesus, the spirit immediately threw the boy into a convulsion. He fell to the ground and rolled around, foaming at the mouth.
21
NPIULB
येशूले त्यसको बुबालाई सोध्नुभयो, “यस्तो भएको कति भयो ?” बुबाले भने, “बाल्यकालदेखि नै हो ।
BSB
BSB:
Jesus asked the boy’s father,
“How long has this been with him?”
“From childhood,” he said.
22
NPIULB
यसले उसलाई प्रायः आगो वा पानीमा फ्याँकेको छ र उसलाई मार्न खोज्थ्यो । यदि तपाईंले कुनै कुरा गर्न सक्नुहुन्छ भने हामीमाथि दया देखाउनुहोस् र सहायता गर्नुहोस् ।”
BSB
BSB:
“It often throws him into the fire or into the water, trying to kill him. But if You can do anything, have compassion on us and help us.”
23
NPIULB
येशूले तिनलाई भन्नुभयो, “‘यदि तपाईंले गर्न सक्नुहुन्छ भने’ ? विश्वास गर्नेको निम्ति सबै कुरा सम्भव छ ।”
BSB
BSB:
“If You can?”
echoed Jesus.
“All things are possible to him who believes!”
24
NPIULB
तुरुन्तै त्यस बालकको बुबा चिच्च्याए र भने, “म विश्वास गर्छु ! मेरो अविश्वासमा सहायता गर्नुहोस् ।”
BSB
BSB:
Immediately the boy’s father cried out, “I do believe; help my unbelief!”
25
NPIULB
जब येशूले भिड दौडदै उहाँहरूतिर आइरहेको देख्नुभयो, उहाँले त्यो अशुद्ध आत्मालाई हप्काउनुभयो र भन्नुभयो, “तँ गुँगा र बहिरो आत्मा, म आज्ञा गर्छु यसबाट निस्किजा र कहिल्यै पनि यसमा प्रवेश नगर ।”
BSB
BSB:
When Jesus saw that a crowd had come running, He rebuked the unclean spirit.
“You deaf and mute spirit,”
He said,
“I command you to come out and never enter him again.”
26
NPIULB
यो चिच्च्यायो र डरलाग्दो गरी लछारपछार गर्यो अनि निस्क्यो । त्यो केटा मरेकोजस्तै देखियो । त्यसैले, धेरैले भने, “ऊ मर्यो ।”
BSB
BSB:
After shrieking and convulsing him violently, the spirit came out. The boy became like a corpse, so that many said, “He is dead.”
27
NPIULB
तर येशूले त्यस केटालाई हातले समातेर उठाउनुभयो, र त्यो केटा उभियो ।
BSB
BSB:
But Jesus took him by the hand and helped him to his feet, and he stood up.
28
NPIULB
जब येशू घरभित्र पस्नुभयो, चेलाहरूले उहाँलाई गुप्तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ ?”
BSB
BSB:
After Jesus had gone into the house, His disciples asked Him privately, “Why couldn’t we drive it out?”
29
NPIULB
उहाँले तिनीहरूलाई भन्नुभयो, “यस्तो किसिमको कुरालाई प्रार्थनाले बाहेक निकाल्न सकिँदैन ।”
BSB
BSB:
Jesus answered,
“This kind cannot come out, except by prayer.”
30
NPIULB
उहाँहरू त्यहाँबाट जानुभयो र गालील हुँदै जानुभयो । उहाँहरू कहाँ हुनुहुन्छ कसैलाई थाहा नहोस् भन्ने उहाँले चाहनुभयो,
BSB
BSB:
Going on from there, they passed through Galilee. But Jesus did not want anyone to know,
31
NPIULB
किनभने उहाँले आफ्ना चेलाहरूलाई सिकाइरहनुभएको थियो । उहाँले तिनीहरूलाई भन्नुभयो, “मानिसका पुत्र मानिसहरूका हातमा सुम्पिनेछ र तिनीहरूले उसलाई मार्नेछन् । जब उसलाई मारिनेछ त्यसको तिन दिनपछि ऊ फेरि जीवित भई उठ्नेछ ।”
BSB
BSB:
because He was teaching His disciples. He told them,
“The Son of Man will be delivered into the hands of men. They will kill Him, and after three days He will rise.”
32
NPIULB
तर तिनीहरूले यो भनाइलाई बुझेनन् र उहाँलाई सोध्न तिनीहरू डराए ।
BSB
BSB:
But they did not understand this statement, and they were afraid to ask Him about it.
33
NPIULB
अनि उहाँहरू कफर्नहुममा आइपुग्नुभयो । जब उहाँ घरमा हुनुहुन्थ्यो उहाँले तिनीहरूलाई सोध्नुभयो, “तिमीहरूले बाटोमा के छलफल गरिरहेका थियौ ?”
BSB
BSB:
Then they came to Capernaum. While Jesus was in the house, He asked them,
“What were you discussing on the way?”
34
NPIULB
तर सबै चुपचाप भए । किनभने तिनीहरूले “कोचाहिँ सबैभन्दा ठुलो हो” भनी बहस गरिरहेका थिए ।
BSB
BSB:
But they were silent, for on the way they had been arguing about which of them was the greatest.
35
NPIULB
उहाँ बस्नुभयो र बाह्र जनालाई बोलाउनुभयो अनि उहाँले तिनीहरूलाई भन्नुभयो, “यदि कोही पहिलो हुन चाहन्छ भने त्यो सबैभन्दा अन्तिम र सबैको दास हुनुपर्छ ।”
BSB
BSB:
Sitting down, Jesus called the Twelve and said,
“If anyone wants to be first, he must be the last of all and the servant of all.”
36
NPIULB
उहाँले एउटा सानो बालकलाई लिएर तिनीहरूका माझमा राख्नुभयो । उहाँले त्यसलाई हातमा लिनुभयो र तिनीहरूलाई भन्नुभयो,
BSB
BSB:
Then He had a little child stand among them. Taking the child in His arms, He said to them,
37
NPIULB
“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”
BSB
BSB:
“Whoever welcomes one of these little children in My name welcomes Me, and whoever welcomes Me welcomes not only Me, but the One who sent Me.”
38
NPIULB
यूहन्नाले उहाँलाई भने, “गुरुज्यू, हामीले कसैलाई तपाईंको नाममा भूतात्मा धपाउँदै गरेको देख्यौँ र हामीले त्यसलाई रोक्यौँ, किनकि त्यसले हामीलाई पछ्याउँदैन ।”
BSB
BSB:
John said to Him, “Teacher, we saw someone else driving out demons in Your name, and we tried to stop him, because he does not accompany us.”
39
NPIULB
तर येशूले भन्नुभयो, “त्यसलाई नरोक, किनकि कसैले पनि मेरो नाउँमा शक्तिशाली काम गरेर तत्कालै मेरो बारेमा कुनै खराब कुरा भन्न सक्दैन ।
BSB
BSB:
“Do not stop him,”
Jesus replied.
“For no one who performs a miracle in My name can turn around and speak evil of Me.
40
NPIULB
जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो ।
BSB
BSB:
For whoever is not against us is for us.
41
NPIULB
तिमीहरू ख्रीष्टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।
BSB
BSB:
Indeed, if anyone gives you even a cup of water because you bear the name of Christ, truly I tell you, he will never lose his reward.
42
NPIULB
ममा विश्वास गर्ने यी सानामध्ये एक जनालाई ठेस खान लगाउनुभन्दा त, त्यसलाई त्यसको घाँटीमा ठुलो जाँतोको ढुङ्गा बाँधेर समुद्रमा फ्याँक्नु राम्रो हुने थियो ।
BSB
BSB:
But if anyone causes one of these little ones who believe in Me to stumble, it would be better for him to have a large millstone hung around his neck and to be thrown into the sea.
43
NPIULB
यदि तिम्रो हातले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा हात लिएर कहिल्यै ननिभ्ने आगोको नरकमा जानुभन्दा अपाङ्ग भएर जीवनमा प्रवेश गर्नु नै राम्रो हुन्छ ।
BSB
BSB:
If your hand causes you to sin, cut it off. It is better for you to enter life crippled than to have two hands and go into hell, into the unquenchable fire.
44
NPIULB
(नोटः उत्कृष्ट प्राचीन प्रतिलिपिहरूले पद ४४ र ४६ बाट यस वाक्यांशलाई हटाएको छ) “जहाँ किराहरू कहिल्यै मर्दैनन् र आगो पनि कहिल्यै निभ्दैन ।”
BSB
BSB:
Not in the BSB
Not in the earliest manuscripts
45
NPIULB
यदि तिम्रो खुट्टाले तिमीलाई ठेस खान लगाउँछ भने यसलाई काटेर फालिदेऊ । दुईवटा खुट्टा लिएर नरकमा फालिनुभन्दा त लङ्गडो भएर जीवनमा प्रवेश गर्नु नै असल हुन्छ ।
BSB
BSB:
If your foot causes you to sin, cut it off. It is better for you to enter life lame than to have two feet and be thrown into hell.
46
NPIULB
(४४ पदको टिप्पणीलाई हेर्नुहोस् ।)
BSB
BSB:
Not in the BSB
Not in the earliest manuscripts
47
NPIULB
यदि तिम्रा आँखाले तिमीलाई ठेस खान लगाउँछ भने, यसलाई निकालेर फालिदेऊ । दुईवटा आँखा लिएर नरकमा फालिनुभन्दा एउटा मात्र आँखा लिएर परमेश्वरको राज्यमा प्रवेश गर्नु नै असल हुन्छ ।
BSB
BSB:
And if your eye causes you to sin, pluck it out. It is better for you to enter the kingdom of God with one eye than to have two eyes and be thrown into hell,
48
NPIULB
जहाँ किराहरू मर्दैनन् र आगो पनि निभ्दैन ।
BSB
BSB:
where ‘their worm never dies, and the fire is never quenched.’
49
NPIULB
किनकि सबैलाई आगोले नुनिलो पार्नेछ ।
BSB
BSB:
For everyone will be salted with fire.
50
NPIULB
नुन असल हो, तर यदि नुनले आफ्नो नुनिलोपना गुमाउँछ भने यसलाई फेरि कसरी नुनिलो बनाउने ? आफू-आफूमा नुन राख र एक-आपसमा शान्तिमा बस ।
BSB
BSB:
Salt is good, but if the salt loses its saltiness, with what will you season it? Have salt among yourselves, and be at peace with one another.”
Chapter complete
You’ve read Mark 9
Chapter 9 of 16 in Mark
Up next
Mark 10
Read Mark 10
Listen
Back to Mark 8
Go deeper
Commentary
What the commentators say on Mark 9
A question this chapter raises
Is it wrong to doubt?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Mark 8
Mark 9
Mark 10