Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.39.2
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Matt
Matthew
10
NPIULB
BSB
A
a
Matthew 10
10
Matthew
Ministry in Galilee: words and deeds
Nepali Bible
Israel
, person
Jesus
, person
Peter
, person
Sodom
, place
John
, person
Gomorrah
, place
Judas
, person
James
, person
10 more
Nepali Bible
Berean Standard Bible
1
NPIULB
येशूले आफ्ना बाह्र जना चेलालाई एकै ठाउँमा बोलाउनुभयो र तिनीहरूलाई अशुद्ध आत्माहरू धपाउने अधिकार दिनुभयो अनि हर प्रकारका रोग र बिमारीहरूलाई निको पार्ने अधिकार पनि दिनुभयो ।
BSB
BSB:
And calling His twelve disciples to Him, Jesus gave them authority over unclean spirits, so that they could drive them out and heal every disease and sickness.
2
NPIULB
यी बाह्र जना प्रेरितका नाम यस प्रकार छ । पहिलो, सिमोन (जसलाई उहाँले पत्रुस पनि भनेर बोलाउनुहुन्थ्यो), र तिनका भाइ अन्द्रियास; जब्दियाका छोरा याकूब, र तिनका भाइ यूहन्ना;
BSB
BSB:
These are the names of the twelve apostles: first Simon, called Peter, and his brother Andrew; James son of Zebedee, and his brother John;
3
NPIULB
फिलिप र बारथोलोमाइ; थोमा र कर उठाउने मत्ती, अल्फयसका छोरा याकूब र थेदियस;
BSB
BSB:
Philip and Bartholomew; Thomas and Matthew the tax collector; James son of Alphaeus, and Thaddaeus;
4
NPIULB
सिमोन कनानी र यहूदा इस्करियोत, जसले येशूलाई पक्राइदिने थियो ।
BSB
BSB:
Simon the Zealot, and Judas Iscariot, who betrayed Jesus.
5
NPIULB
यी बाह्रै जनालाई येशूले बाहिर पठाउनुभयो । उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो र भन्नुभयो, “गैरयहूदीहरू बस्ने कुनै पनि ठाउँमा नजाओ, र सामरीहरूको कुनै पनि सहरमा प्रवेश नगर ।”
BSB
BSB:
These twelve Jesus sent out with the following instructions:
“Do not go onto the road of the Gentiles or enter any town of the Samaritans.
6
NPIULB
यसको सट्टा, इस्राएलको घरानाको हराएको भेडाकहाँ जाओ ।
BSB
BSB:
Go rather to the lost sheep of Israel.
7
NPIULB
अनि जसै तिमीहरू जान्छौ, ‘स्वर्गको राज्य नजिकै आइसकेको छ’ भनी प्रचार गर ।
BSB
BSB:
As you go, preach this message: ‘The kingdom of heaven is near.’
8
NPIULB
रोगीहरूलाई निको पार, मरेकाहरूलाई जीवित बनाओ, कुष्ठरोगीहरूलाई शुद्ध पार र भूतात्माहरूलाई धपाओ । तिमीहरूले सित्तैँमा पाएका छौ, सित्तैँमा देओ ।
BSB
BSB:
Heal the sick, raise the dead, cleanse the lepers, drive out demons. Freely you have received; freely give.
9
NPIULB
तिमीहरूका थैलीमा कुनै पनि सुन, चाँदी वा पित्तल नबोक ।
BSB
BSB:
Do not take along any gold or silver or copper in your belts.
10
NPIULB
तिमीहरूका यात्राको निम्ति झोला वा फाल्तु दौरा वा जुत्ता वा लौरो नबोक, किनकि खेतालाले आफ्नो भोजन पाउनुपर्छ ।
BSB
BSB:
Take no bag for the road, or second tunic, or sandals, or staff; for the worker is worthy of his provisions.
11
NPIULB
तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस ।
BSB
BSB:
Whatever town or village you enter, find out who is worthy there and stay at his house until you move on.
12
NPIULB
जब तिमीहरू घरमा पस्छौ, तब त्यसलाई अभिवादन गर ।
BSB
BSB:
As you enter the home, greet its occupants.
13
NPIULB
यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।
BSB
BSB:
If the home is worthy, let your peace rest on it, but if it is not, let your peace return to you.
14
NPIULB
जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।
BSB
BSB:
And if anyone will not welcome you or heed your words, shake the dust off your feet when you leave that home or town.
15
NPIULB
साँच्चै म तिमीहरूलाई भन्दछु, न्यायको दिनमा त्यस सहरको भन्दा सदोम र गमोराको इन्साफ बढी सहनीय हुन्छ ।
BSB
BSB:
Truly I tell you, it will be more bearable for Sodom and Gomorrah on the day of judgment than for that town.
16
NPIULB
हेर, म तिमीहरूलाई ब्वाँसाहरूका बिचमा भेडाझैँ पठाउँदै छु । यसकारण, सर्पझैँ चनाखो र ढुकुरझैँ सोझो होओ ।
BSB
BSB:
Behold, I am sending you out like sheep among wolves; therefore be as shrewd as snakes and as innocent as doves.
17
NPIULB
मानिसहरूदेखि होसियार बस ! तिनीहरूले तिमीहरूलाई परिषद्हरूमा सुम्पिदिनेछन् र तिनीहरूले आफ्ना सभाघरहरूमा तिमीहरूलाई कोर्रा लगाउनेछन् ।
BSB
BSB:
But beware of men, for they will hand you over to their councils and flog you in their synagogues.
18
NPIULB
अनि शासकहरू र राजाहरू र अन्यजातिहरूका निम्ति गवाहीको रूपमा मेरो खातिर तिमीहरू तिनीहरूका सामु ल्याइनेछौ ।
BSB
BSB:
On My account you will be brought before governors and kings as witnesses to them and to the Gentiles.
19
NPIULB
जब तिनीहरूले तिमीहरूलाई सुम्पिदिनेछन्, तब तिमीहरूले कसरी वा के बोल्ने भन्ने विषयमा चिन्ता नगर, किनकि तिमीहरूलाई बोल्नुपर्ने कुरा सोही घडी दिइनेछ ।
BSB
BSB:
But when they hand you over, do not worry about how to respond or what to say. In that hour you will be given what to say.
20
NPIULB
किनकि बोल्ने तिमीहरू होइनौ, तर तिमीहरूमा बोल्नुहुने तिमीहरूका पिताका आत्मा हुनुहुन्छ ।
BSB
BSB:
For it will not be you speaking, but the Spirit of your Father speaking through you.
21
NPIULB
दाजुले भाइलाई मृत्युको निम्ति पक्राइदिनेछ, र बुबाले आफ्नो छोरालाई । छोराछोरीहरू आफ्ना बुबा-आमाका विरुद्धमा उठ्नेछन् र मृत्युका निम्ति तिनीहरूलाई सुम्पिदिनेछन् ।
BSB
BSB:
Brother will betray brother to death, and a father his child; children will rise against their parents and have them put to death.
22
NPIULB
मेरो नाउँको खतिर तिमीहरू सबैबाट घृणित हुनेछौ । तर जसले अन्तिम घडीसम्म सहन्छ, त्यस व्यक्तिको उद्धार हुनेछ ।
BSB
BSB:
You will be hated by everyone because of My name, but the one who perseveres to the end will be saved.
23
NPIULB
जब तिनीहरूले यस सहरमा तिमीहरूलाई सताउँछन्, अर्को सहरमा भाग, किनकि साँच्चै म तिमीहरूलाई भन्दछु, मानिसका पुत्र नआउञ्जेलसम्म तिमीहरू इस्राएलका सहरहरू पनि घुमिसकेका हुनेछैनौ ।
BSB
BSB:
When they persecute you in one town, flee to the next. Truly I tell you, you will not reach all the towns of Israel before the Son of Man comes.
24
NPIULB
चेला आफ्नो गुरुभन्दा श्रेष्ठ हुँदैन, न त नोकर आफ्नो मालिकभन्दा ठुलो हुन्छ ।
BSB
BSB:
A disciple is not above his teacher, nor a servant above his master.
25
NPIULB
चेला आफ्नो गुरु र नोकर आफ्नो मालिकजस्तो हुनु नै उसको निम्ति पर्याप्त हुन्छ । यदि तिनीहरूले घरका मालिकलाई नै बालजिबुल भनेका छन् भने, तिनीहरूले उनका घरानालाई झन् कति बढी बदनाम गर्लान् !
BSB
BSB:
It is enough for a disciple to be like his teacher, and a servant like his master. If the head of the house has been called Beelzebul, how much more the members of his household!
26
NPIULB
त्यसकारण, तिनीहरूसँग नडराओ, किनकि कुनै कुरा पनि ढाकिएको छैन जुन प्रकट हुनेछैन, र कुनै कुरा पनि लुकाइएको छैन जुन थाहा हुनेछैन ।
BSB
BSB:
So do not be afraid of them. For there is nothing concealed that will not be disclosed, and nothing hidden that will not be made known.
27
NPIULB
जे म तिमीहरूलाई अँध्यारोमा भन्दछु, त्यो उज्यालोमा भनिदेओ र जे तिमीहरूले आफ्नो कानमा मधुर रूपमा सुन्छौ, त्यो घरको धुरीबाट घोषणा गर ।
BSB
BSB:
What I tell you in the dark, speak in the daylight; what is whispered in your ear, proclaim from the housetops.
28
NPIULB
तिनीहरूसँग नडराओ जसले शरीरलाई मार्दछन्, तर आत्मालाई मार्न सक्दैनन् । बरु, आत्मा र शरीर दुवैलाई नरकमा नष्ट गर्न सक्नुहुनेसँग डराओ ।
BSB
BSB:
Do not be afraid of those who kill the body but cannot kill the soul. Instead, fear the One who can destroy both soul and body in hell.
29
NPIULB
के सानो सिक्कामा दुईवटा भङ्गेरा बिक्दैनन् र ? तापनि तिमीहरूका पिताको इच्छाविना तीमध्ये एउटा पनि भुइँमा खस्दैन ।
BSB
BSB:
Are not two sparrows sold for a penny? Yet not one of them will fall to the ground apart from the will of your Father.
30
NPIULB
तर तिमीहरूका शिरका केशहरू पनि गन्ती भएका छन् ।
BSB
BSB:
And even the very hairs of your head are all numbered.
31
NPIULB
नडराओ । तिमीहरू धेरै भङ्गेराभन्दा बढी मूल्यवान् छौ ।
BSB
BSB:
So do not be afraid; you are worth more than many sparrows.
32
NPIULB
यसकारण, जसले मलाई मानिसहरूका सामुन्ने ग्रहण गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु ग्रहण गर्नेछु ।
BSB
BSB:
Therefore everyone who confesses Me before men, I will also confess him before My Father in heaven.
33
NPIULB
तर जसले मानिसहरूका सामुन्ने मलाई इन्कार गर्दछ, म पनि उसलाई स्वर्गमा हुनुहुने मेरा पिताको सामु इन्कार गर्नेछु ।
BSB
BSB:
But whoever denies Me before men, I will also deny him before My Father in heaven.
34
NPIULB
म पृथ्वीमा शान्ति ल्याउन आएँ भनी विचार नगर । म शान्ति ल्याउन होइन, तर तरवार चलाउन आएँ ।
BSB
BSB:
Do not assume that I have come to bring peace to the earth; I have not come to bring peace, but a sword.
35
NPIULB
किनकि म मानिसलाई उसको पिताको विरुद्ध र छोरीलाई उसकी आमाको विरुद्ध र बुहारीलाई उसकी सासूको विरुद्ध गराउन आएँ ।
BSB
BSB:
For I have come to turn ‘a man against his father, a daughter against her mother, a daughter-in-law against her mother-in-law.
36
NPIULB
मानिसका शत्रुहरू उसको आफ्नै घरानाभित्रका हुनेछन् ।
BSB
BSB:
A man’s enemies will be the members of his own household.’
37
NPIULB
जसले मलाई भन्दा आफ्नो बुबा वा आमालाई प्रेम गर्छ, त्यो मेरो निम्ति योग्यको हुँदैन । र जसले आफ्नो छोरा वा छोरीलाई मलाई भन्दा बढी प्रेम गर्छ, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
BSB
BSB:
Anyone who loves his father or mother more than Me is not worthy of Me; anyone who loves his son or daughter more than Me is not worthy of Me;
38
NPIULB
जसले आफ्नो क्रुस उठाएर मेरो पछि लाग्दैन, ऊ मेरो निम्ति योग्यको हुँदैन ।
BSB
BSB:
and anyone who does not take up his cross and follow Me is not worthy of Me.
39
NPIULB
जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।
BSB
BSB:
Whoever finds his life will lose it, and whoever loses his life for My sake will find it.
40
NPIULB
जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।
BSB
BSB:
He who receives you receives Me, and he who receives Me receives the One who sent Me.
41
NPIULB
जसले अगमवक्तालाई तिनी अगमवक्ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ ।
BSB
BSB:
Whoever receives a prophet because he is a prophet will receive a prophet’s reward, and whoever receives a righteous man because he is a righteous man will receive a righteous man’s reward.
42
NPIULB
जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।
BSB
BSB:
And if anyone gives even a cup of cold water to one of these little ones because he is My disciple, truly I tell you, he will never lose his reward.”
Chapter complete
You’ve read Matthew 10
Chapter 10 of 28 in Matthew
Up next
Matthew 11
Read Matthew 11
Listen
Back to Matthew 9
Go deeper
Commentary
What the commentators say on Matthew 10
A question this chapter raises
Did Jesus come to bring a sword, not peace?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Matthew 9
Matthew 10
Matthew 11