Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.39.3
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Matt
Matthew
12
NPIULB
BSB
A
a
Matthew 12
12
Matthew
Ministry in Galilee: words and deeds
Nepali Bible
Jesus
, person
Jonah
, person
David
, person
Solomon
, person
Isaiah
, person
Queen of Sheba
, person
Nepali Bible
Berean Standard Bible
1
NPIULB
त्यति बेला शबाथको दिनमा येशू अन्नका खेतहरू हुँदै जानुभयो । उहाँका चेलाहरू भोकाए र तिनीहरूले अन्न टिप्दै खान लागे ।
BSB
BSB:
At that time Jesus went through the grainfields on the Sabbath. His disciples were hungry and began to pick the heads of grain and eat them.
2
NPIULB
तर जब फरिसीहरूले त्यो देखे, उनीहरूले येशूलाई भने, “हेर्नुहोस्, जे शबाथमा गर्न अनुचित छ तपाईंका चेलाहरूले त्यही गर्छन् ।”
BSB
BSB:
When the Pharisees saw this, they said to Him, “Look, Your disciples are doing what is unlawful on the Sabbath.”
3
NPIULB
तर येशूले तिनीहरूलाई भन्नुभयो, “के दाऊदले उनीसँग भएका मानिसहरूले भोकाएको बेलामा के गरे भन्ने कुरा तिमीहरूले कहिल्यै पढेका छैनौ ?
BSB
BSB:
Jesus replied,
“Have you not read what David did when he and his companions were hungry?
4
NPIULB
कसरी उनी परमेश्वरको भवनमा पसेर उहाँको उपस्थितिको रोटी खाए, जुन उनी र उनीसँग भएकाहरूका निम्ति खानु अनुचित थियो तर त्यो पुजारीहरूका लागि मात्रै उचित थियो ?
BSB
BSB:
He entered the house of God, and he and his companions ate the consecrated bread, which was not lawful for them to eat, but only for the priests.
5
NPIULB
र शबाथमा पुजारीहरूले त्यस दिनलाई अपवित्र गर्छन्, तरै पनि उनीहरू दोषरहित हुन्छन् भन्ने कुरा के तिमीहरूले व्यवस्थामा पढेका छैनौ र ?
BSB
BSB:
Or haven’t you read in the Law that on the Sabbath the priests in the temple break the Sabbath and yet are innocent?
6
NPIULB
तर म तिमीहरूलाई भन्दछु, मन्दिरभन्दा महान् एक जना यहाँ हुनुहुन्छ ।
BSB
BSB:
But I tell you that One greater than the temple is here.
7
NPIULB
‘म कृपा चाहन्छु र बलिदान होइन’ भन्ने कुराको अर्थ यदि तिमीहरूले बुझेका भए तिमीहरूले निर्दोषको निन्दा गर्ने थिएनौ ।
BSB
BSB:
If only you had known the meaning of ‘I desire mercy, not sacrifice,’ you would not have condemned the innocent.
8
NPIULB
किनभने मानिसका पुत्र शबाथका प्रभु हुन् ।”
BSB
BSB:
For the Son of Man is Lord of the Sabbath.”
9
NPIULB
त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।
BSB
BSB:
Moving on from there, Jesus entered their synagogue,
10
NPIULB
हेर, त्यहाँ एक जना हात सुकेको व्यक्ति थियो । येशूलाई पापको दोष लगाउन फरिसीहरूले उहाँलाई सोधे, “के शबाथमा निको पार्नु उचित छ ?”
BSB
BSB:
and a man with a withered hand was there. In order to accuse Jesus, they asked Him, “Is it lawful to heal on the Sabbath?”
11
NPIULB
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूका बिचमा यस्तो व्यक्ति होला जोसँग एउटा मात्र भेडा छ, र यदि शबाथमा त्यो भेडा गहिरो खाल्डोमा खस्यो भने, उसले त्यसलाई समातेर बाहिर ननिकाल्ला ?
BSB
BSB:
He replied,
“If one of you has a sheep and it falls into a pit on the Sabbath, will he not take hold of it and lift it out?
12
NPIULB
त्यसो भए, एउटा मानिसको मूल्य त्यो भेडाभन्दा कति बढी छ ! त्यसैले, शबाथमा असल गर्नु न्यायसङ्गत छ ।”
BSB
BSB:
How much more valuable is a man than a sheep! Therefore it is lawful to do good on the Sabbath.”
13
NPIULB
अनि येशूले त्यस व्यक्तिलाई भन्नुभयो, “तिम्रो हात पसार ।” उसले आफ्नो हात पसार्यो, र उसको त्यो हात अर्को हातजस्तै निको भयो ।
BSB
BSB:
Then Jesus said to the man,
“Stretch out your hand.”
So he stretched it out, and it was restored to full use, just like the other.
14
NPIULB
तर ती फरिसीहरू बाहिर गए र षड्यन्त्र रच्न थाले । तिनीहरूले उहाँलाई कसरी मार्न सकिन्छ भनेर मौका खोज्न थाले ।
BSB
BSB:
But the Pharisees went out and plotted how they might kill Jesus.
15
NPIULB
अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।
BSB
BSB:
Aware of this, Jesus withdrew from that place. Large crowds followed Him, and He healed them all,
16
NPIULB
उहाँको बारेमा अरूहरूलाई नभन्नू भनी उहाँले तिनीहरूलाई आदेश दिनुभयो,
BSB
BSB:
warning them not to make Him known.
17
NPIULB
ताकि यशैया अगमवक्ताद्वारा यसो भनिएको कुरा सत्य साबित होस्,
BSB
BSB:
This was to fulfill what was spoken through the prophet Isaiah:
18
NPIULB
“हेर, मेरो दास जसलाई मैले छानेको छु; मेरा अति प्रिय, जसमा मेरो प्राण प्रसन्न छ । म उनमा मेरा आत्मा खन्याउनेछु, अनि उनले गैरयहूदीहरूलाई न्यायको घोषणा गर्नेछन् ।
BSB
BSB:
“Here is My Servant, whom I have chosen, My beloved, in whom My soul delights. I will put My Spirit on Him, and He will proclaim justice to the nations.
19
NPIULB
उनले सङ्घर्ष गर्नेछैनन्, न त ठुलो स्वरले कराउनेछन्, न त कसैले गल्लीहरूमा उनको स्वर सुन्नेछ ।
BSB
BSB:
He will not quarrel or cry out; no one will hear His voice in the streets.
20
NPIULB
उनले कुनै फुटेको नरकटलाई भाँच्नेछैनन्; उनले न्यायलाई विजयमा नपुर्याएसम्म उनले कुनै पनि धिपधिप बलिरहेको सलेदोलाई निभाउनेछैनन् ।
BSB
BSB:
A bruised reed He will not break, and a smoldering wick He will not extinguish, till He leads justice to victory.
21
NPIULB
अनि उनको नाउँमा गैरयहूदीहरूले विश्वास गर्नेछन् ।”
BSB
BSB:
In His name the nations will put their hope.”
22
NPIULB
अनि भूतात्माले सताएको एक जना अन्धो र बोल्न नसक्ने व्यक्ति येशूकहाँ ल्याइयो । उहाँले त्यसलाई निको पार्नुभयो र फलस्वरूप त्यो बोल्न नसक्ने व्यक्ति बोल्न सक्ने र देख्न सक्ने भयो ।
BSB
BSB:
Then a demon-possessed man who was blind and mute was brought to Jesus, and He healed the man so that he could speak and see.
23
NPIULB
सबै भिड छक्क परे र भने, “के यी मानिस दाऊदका पुत्र हुन सक्छन् ?”
BSB
BSB:
The crowds were astounded and asked, “Could this be the Son of David?”
24
NPIULB
तर जब फरिसीहरूले यस आश्चर्यकर्मको बारेमा सुने, तिनीहरूले भने, “यो मानिसले अरू केही होइन, तर भूतात्माहरूको राजकुमार बालजिबुलद्वारा भूतहरू निकाल्दछ ।”
BSB
BSB:
But when the Pharisees heard this, they said, “Only by Beelzebul, the prince of demons, does this man drive out demons.”
25
NPIULB
तर येशूले तिनीहरूको विचार जान्नुभयो र तिनीहरूलाई भन्नुभयो, “आफैँमा विभाजित भएको हरेक राज्यलाई उजाड पारिनेछ, अनि आफैँमा विभाजित भएको हरेक सहर वा घराना टिक्नेछैन ।”
BSB
BSB:
Knowing their thoughts, Jesus said to them,
“Every kingdom divided against itself will be laid waste, and every city or household divided against itself will not stand.
26
NPIULB
यदि शैतानले नै शैतानलाई निकाल्दछ भने, त्यो आफैँमा विभाजित हुन्छ । त्यसको राज्य कसरी टिक्ला ?
BSB
BSB:
If Satan drives out Satan, he is divided against himself. How then can his kingdom stand?
27
NPIULB
अनि म बालजिबुलद्वारा भूतात्माहरू निकाल्छु भने, तिमीहरूलाई पछ्याउनेहरूले कोद्वारा तिनीहरूलाई निकाल्छन् त ? यसकारण, तिनीहरू तिमीहरूका न्यायाधीश हुनेछन् ।
BSB
BSB:
And if I drive out demons by Beelzebul, by whom do your sons drive them out? So then, they will be your judges.
28
NPIULB
तर यदि म परमेश्वरको आत्माद्वारा भूतात्माहरू निकाल्छु भने, परमेश्वरको राज्य तिमीहरूमा आएको छ ।
BSB
BSB:
But if I drive out demons by the Spirit of God, then the kingdom of God has come upon you.
29
NPIULB
र कुनै मानिसले एक बलियो व्यक्तिलाई पहिले नबाँधेसम्म उसको घरमा छिरेर उसका सामानहरू कसरी चोर्न सक्छ ? त्यस बलियो व्यक्तिलाई बाँधेपछि उसको घरका सामानहरू त्यसले चोर्छ ।
BSB
BSB:
Or again, how can anyone enter a strong man’s house and steal his possessions, unless he first ties up the strong man? Then he can plunder his house.
30
NPIULB
जो मसित छैन ऊ मेरो विरुद्धमा हुन्छ, अनि जसले मसित बटुल्दैन उसले छरपष्ट पार्छ ।
BSB
BSB:
He who is not with Me is against Me, and he who does not gather with Me scatters.
31
NPIULB
त्यसैले म भन्दछु, मानिसले गरेको हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको विरुद्धमा गरिएको निन्दा क्षमा हुनेछैन ।
BSB
BSB:
Therefore I tell you, every sin and blasphemy will be forgiven men, but the blasphemy against the Spirit will not be forgiven.
32
NPIULB
अनि जसले परमेश्वरका पुत्रको विरुद्धमा कुनै वचन बोल्छ भने उसलाई क्षमा गरिनेछ । तर जो कोहीले पवित्र आत्माको विरुद्धमा बोल्छ त्यसलाई न यो संसारमा न त आउने संसारमा क्षमा गरिनेछ ।
BSB
BSB:
Whoever speaks a word against the Son of Man will be forgiven, but whoever speaks against the Holy Spirit will not be forgiven, either in this age or in the one to come.
33
NPIULB
कि त रुखलाई असल बनाओ र त्यसको फललाई पनि असल बनाओ, वा कि त त्यो रुखलाई खराब बनाओ र त्यसको फललाई पनि खराब बनाओ, किनकि रुख त्यसको फलद्वारा चिनिनेछ ।
BSB
BSB:
Make a tree good and its fruit will be good, or make a tree bad and its fruit will be bad, for a tree is known by its fruit.
34
NPIULB
ए सर्पका सन्तानहरू, तिमीहरू दुष्ट छौ त कसरी असल कुरा बोल्न सक्छौ ? किनकि हृदयमा जे छ, त्यही मुखबाट निस्कन्छ ।
BSB
BSB:
You brood of vipers, how can you who are evil say anything good? For out of the overflow of the heart the mouth speaks.
35
NPIULB
एउटा असल व्यक्तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्ट व्यक्तिले आफ्नो हृदयमा रहेको दुष्ट कुराले जे दुष्ट छ त्यो नै बाहिर ल्याउँछ ।
BSB
BSB:
The good man brings good things out of his good store of treasure, and the evil man brings evil things out of his evil store of treasure.
36
NPIULB
र म तिमीहरूलाई भन्दछु, कि न्यायको दिनमा मानिसहरूले आफूले बोल्ने हरेक व्यर्थ वचनको निम्ति लेखा दिनेछन् ।
BSB
BSB:
But I tell you that men will give an account on the day of judgment for every careless word they have spoken.
37
NPIULB
किनकि तिमीहरूका वचनद्वारा नै तिमीहरूको न्याय हुनेछ, अनि तिमीहरूकै वचनद्वारा तिमीहरू दोषी ठहरिनेछौ ।”
BSB
BSB:
For by your words you will be acquitted, and by your words you will be condemned.”
38
NPIULB
त्यसपछि केही शास्त्रीहरू र फरिसीहरूले येशूलाई उत्तर दिँदै भने, “गुरु, हामी तपाईंबाट केही चिन्हहरू हेर्न चाहन्छौँ ।”
BSB
BSB:
Then some of the scribes and Pharisees said to Him, “Teacher, we want to see a sign from You.”
39
NPIULB
तर येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “एउटा दुष्ट र व्यभिचारी पुस्ताले चिन्ह खोज्छ । तर त्यसलाई योना अगमवक्ताको चिन्हबाहेक अरू चिन्ह दिइनेछैन ।
BSB
BSB:
Jesus replied,
“A wicked and adulterous generation demands a sign, but none will be given it except the sign of the prophet Jonah.
40
NPIULB
किनकि जसरी योना तिन दिन र तिन रात माछाको पेटमा थिए, त्यसरी नै मानिसका पुत्र तिन दिन र तिन रात पृथ्वीको गर्भभित्र रहनेछन् ।
BSB
BSB:
For as Jonah was three days and three nights in the belly of the great fish, so the Son of Man will be three days and three nights in the heart of the earth.
41
NPIULB
निनवेका मानिसहरू न्यायको दिनमा यस पुस्तासँग खडा हुनेछन् र यस जातिको निन्दा गर्नेछन् । किनकि योनाको सन्देश सुनेर तिनीहरूले पश्चात्ताप गरेका थिए, र हेर, योनाभन्दा अझै महान् कोही यहाँ छन् ।
BSB
BSB:
The men of Nineveh will stand at the judgment with this generation and condemn it; for they repented at the preaching of Jonah, and now One greater than Jonah is here.
42
NPIULB
दक्षिणकी रानी यस पुस्ताका मानिसहरूसँग न्यायको दिनमा उठ्नेछिन् र यसको निन्दा गर्नेछिन् । तिनी पृथ्वीका कुनाबाट सोलोमनका ज्ञानका कुराहरू सुन्न आइन्, तर हेर, सोलोमनभन्दा महान् कोही यहाँ छन् ।
BSB
BSB:
The Queen of the South will rise at the judgment with this generation and condemn it; for she came from the ends of the earth to hear the wisdom of Solomon, and now One greater than Solomon is here.
43
NPIULB
जब कुनै अशुद्ध आत्माले मानिसलाई छोड्छ, त्यो पानी नभएको ठाउँ हुँदै जान्छ र त्यसले आराम खोज्छ, तर त्यसले त्यो भेट्टाउँदैन ।
BSB
BSB:
When an unclean spirit comes out of a man, it passes through arid places seeking rest and does not find it.
44
NPIULB
अनि त्यसले भन्छ, ‘म मेरो घरमा फर्कनेछु जहाँबाट म आएँ ।’ फर्किएपछि त्यसले आफ्नो घर सफा गरिएको र मिलाएर राखिएको भेट्टाउँछ ।
BSB
BSB:
Then it says, ‘I will return to the house I left.’ On its return, it finds the house vacant, swept clean, and put in order.
45
NPIULB
त्यसपछि त्यो गएर आफूभन्दा दुष्ट अरू सात आत्मालाई बटुल्छ अनि तिनीहरू सबै त्यहाँभित्र बस्न आउँछन् । अनि त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा अझ खराब हुन्छ । यस दुष्ट पुस्ताको निम्ति ठिक यस्तै हुनेछ ।”
BSB
BSB:
Then it goes and brings with it seven other spirits more wicked than itself, and they go in and dwell there. And the final plight of that man is worse than the first. So will it be with this wicked generation.”
46
NPIULB
जब येशू भिडसँग बोल्दै हुनुहुन्थ्यो, हेर, उहाँकी आमा र उहाँको भाइ उहाँसँग बोल्नको निम्ति बाहिर पर्खिरहे ।
BSB
BSB:
While Jesus was still speaking to the crowds, His mother and brothers stood outside, wanting to speak to Him.
47
NPIULB
कसैले उहाँलाई भन्यो, “हेर्नुहोस्, तपाईंकी आमा र तपाईंका भाइहरू तपाईंसँग बोल्न बाहिर पर्खिरहनुभएका छन् ।”
BSB
BSB:
Someone told Him, “Look, Your mother and brothers are standing outside, wanting to speak to You.”
48
NPIULB
तर येशूले उत्तर दिनुभयो र त्यसो भन्ने व्यक्तिलाई भन्नुभयो, “मेरी आमा को हुन् ? र मेरा भाइहरू को हुन् ?”
BSB
BSB:
But Jesus replied,
“Who is My mother, and who are My brothers?”
49
NPIULB
अनि उहाँले आफ्नो हात उहाँका चेलाहरूतर्फ पसारेर भन्नुभयो, “हेर, मेरी आमा र मेरा भाइहरू यिनीहरू नै हुन् !
BSB
BSB:
Pointing to His disciples, He said,
“Here are My mother and My brothers.
50
NPIULB
किनकि जसले स्वर्गमा हुनुहुने मेरा पिताको इच्छाअनुसार गर्दछ, त्यो मानिस नै मेरो भाइ, मेरी बहिनी र मेरी आमा हुन् ।”
BSB
BSB:
For whoever does the will of My Father in heaven is My brother and sister and mother.”
Chapter complete
You’ve read Matthew 12
Chapter 12 of 28 in Matthew
Up next
Matthew 13
Read Matthew 13
Listen
Back to Matthew 11
Go deeper
Commentary
What the commentators say on Matthew 12
A question this chapter raises
Does the Old Testament name or foretell Muhammad?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Matthew 11
Matthew 12
Matthew 13