Opened
By The Kingdom Tribe (TKT).
Built by Paruto.
v1.37.4
Skip to content
Opened
Today
Ask
Read
Journey
More
Matt
Matthew
6
NPIULB
BSB
A
a
Matthew 6
6
Matthew
The Sermon on the Mount
Nepali Bible
Solomon
, person
Nepali Bible
Berean Standard Bible
1
NPIULB
तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
BSB
BSB:
“Be careful not to perform your righteous acts before men to be seen by them. If you do, you will have no reward from your Father in heaven.
2
NPIULB
त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
BSB
BSB:
So when you give to the needy, do not sound a trumpet before you, as the hypocrites do in the synagogues and on the streets, to be honored by men. Truly I tell you, they already have their full reward.
3
NPIULB
तर जब तिमीहरू केही दान दिन्छौ, तब तिमीहरूको दाहिने हातले जे गर्दै छ, त्यो तिमीहरूको देब्रे हातले थाहा नपाओस्,
BSB
BSB:
But when you give to the needy, do not let your left hand know what your right hand is doing,
4
NPIULB
ताकि तिमीहरूको दान गुप्तमा होस् । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
BSB
BSB:
so that your giving may be in secret. And your Father, who sees what is done in secret, will reward you.
5
NPIULB
अनि जब तिमीहरू प्रार्थना गर्छौ, तब पाखण्डीहरूजस्ता नहोओ, किनकि मानिसहरूले उनीहरूलाई देखून् भनेर उनीहरू सभाघरहरू र बाटोका छेउमा उभिएर प्रार्थना गर्न मन पराउँछन् । साँच्चै म तिमीहरूलाई भन्दछु, तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
BSB
BSB:
And when you pray, do not be like the hypocrites. For they love to pray standing in the synagogues and on the street corners to be seen by men. Truly I tell you, they already have their full reward.
6
NPIULB
तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्तमा रहनुहुन्छ । त्यसपछि गुप्तमा देख्नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
BSB
BSB:
But when you pray, go into your inner room, shut your door, and pray to your Father, who is unseen. And your Father, who sees what is done in secret, will reward you.
7
NPIULB
अनि जब तिमीहरू प्रार्थना गर्छौ, व्यर्थमा नबरबराओ, जसरी गैरयहूदीहरूले गर्छन्, किनकि धेरै बोल्नाले तिनीहरूको सुनाइ हुन्छ भनी तिनीहरू ठान्दछन् ।
BSB
BSB:
And when you pray, do not babble on like pagans, for they think that by their many words they will be heard.
8
NPIULB
त्यसैकारण, तिनीहरू जस्ता नहोओ, किनकि तिमीहरूले माग्नुभन्दा अगि नै तिमीहरूलाई के कुराको खाँचो छ भनी तिमीहरूका पिता जान्नुहुन्छ ।
BSB
BSB:
Do not be like them, for your Father knows what you need before you ask Him.
9
NPIULB
त्यसैले, यसरी प्रार्थना गरः ‘हे हाम्रा स्वर्गमा हुनुहुने पिता, तपाईंको नाउँ पवित्र गरियोस्,
BSB
BSB:
So then, this is how you should pray: ‘Our Father in heaven, hallowed be Your name.
10
NPIULB
तपाईंको राज्य आओस् । तपाईंको इच्छा स्वर्गमा जस्तै यस पृथ्वीमा पुरा होस् ।
BSB
BSB:
Your kingdom come, Your will be done, on earth as it is in heaven.
11
NPIULB
हामीलाई आज दिनभरिको भोजन दिनुहोस् ।
BSB
BSB:
Give us this day our daily bread.
12
NPIULB
हाम्रा पाप क्षमा गरिदिनुहोस्, जसरी हामीले हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौँ ।
BSB
BSB:
And forgive us our debts, as we also have forgiven our debtors.
The ending of the Lord’s Prayer
13
NPIULB
र हामीलाई परीक्षामा नडोर्याउनुहोस्, तर दुष्टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
BSB
BSB:
And lead us not into temptation, but deliver us from the evil one.’
14
NPIULB
किनकि यदि तिमीहरूले मानिसहरूका पापलाई क्षमा गर्यौ भने, तिमीहरूका स्वर्गीय पिताले पनि तिमीहरूलाई क्षमा दिनुहुनेछ ।
BSB
BSB:
For if you forgive men their trespasses, your heavenly Father will also forgive you.
15
NPIULB
तर यदि तिमीहरूले उनीहरूका पापलाई क्षमा गरेनौ भने, तिमीहरूका पिताले पनि तिमीहरूका पाप क्षमा गर्नुहुनेछैन ।
BSB
BSB:
But if you do not forgive men their trespasses, neither will your Father forgive yours.
16
NPIULB
साथै, जब तिमीहरू उपवास बस्दछौ, तब पाखण्डीहरूले गरेजस्तै उदास अनुहार नबनाओ, किनकि तिनीहरू मानिसहरूका अगि उपवास बसेको जस्तो देखिन सकियोस् भनेर तिनीहरूले आफ्ना अनुहारलाई बिगार्छन् । साँच्चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।
BSB
BSB:
When you fast, do not be somber like the hypocrites, for they disfigure their faces to show men they are fasting. Truly I tell you, they already have their full reward.
17
NPIULB
तर तिमीहरू जब उपवास बस्छौ, आफ्ना अनुहार पखाल र आफ्ना शिरलाई अभिषेक गर ।
BSB
BSB:
But when you fast, anoint your head and wash your face,
18
NPIULB
यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ । अनि गुप्तमा देख्नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
BSB
BSB:
so that your fasting will not be obvious to men, but only to your Father, who is unseen. And your Father, who sees what is done in secret, will reward you.
19
NPIULB
पृथ्वीमा आफ्नो निम्ति धन सम्पत्ति नथुपार, जहाँ किरा र खियाले त्यसलाई नष्ट गर्छन्, र जहाँ चोरहरूले घर फोरेर चोर्छन् ।
BSB
BSB:
Do not store up for yourselves treasures on earth, where moth and rust destroy, and where thieves break in and steal.
20
NPIULB
बरु, आफ्नो निम्ति स्वर्गमा धन सम्पत्ति थुपार, जहाँ न त खिया वा किराले नष्ट गर्दछ, न त चोरले चोरेर लैजान्छ ।
BSB
BSB:
But store up for yourselves treasures in heaven, where moth and rust do not destroy, and where thieves do not break in and steal.
21
NPIULB
किनकि जहाँ तिमीहरूको धन सम्पत्ति हुन्छ, त्यहाँ तिमीहरूको मन पनि हुनेछ ।
BSB
BSB:
For where your treasure is, there your heart will be also.
22
NPIULB
आँखा शरीरको निम्ति बत्ती हो । त्यसैकारण, यदि तिमीहरूका आँखा असल छन् भने, सम्पूर्ण शरीर नै प्रकाशले भरिनेछ ।
BSB
BSB:
The eye is the lamp of the body. If your eyes are good, your whole body will be full of light.
23
NPIULB
तर यदि तिमीहरूका आँखा खराब छन् भने, तिमीहरूका सम्पूर्ण शरीर नै अँध्यारोले भरिन्छ । त्यसैकारण, यदि तिमीहरूमा भएको ज्योति वास्तवमा अँध्यारो भयो भने, त्यो अन्धकार कति ठुलो होला !
BSB
BSB:
But if your eyes are bad, your whole body will be full of darkness. If then the light within you is darkness, how great is that darkness!
24
NPIULB
कसैले पनि दुई जना मालिकको सेवा गर्न सक्दैन, किनकि त्यसले कि त एउटालाई घृणा गर्छ र अर्कोलाई प्रेम गर्दछ, वा एउटाप्रति समर्पित हुन्छ र अर्कोको उपेक्षा गर्दछ । तिमीहरूले परमेश्वर र धन दुवैको सेवा गर्न सक्दैनौ ।
BSB
BSB:
No one can serve two masters: Either he will hate the one and love the other, or he will be devoted to the one and despise the other. You cannot serve both God and money.
25
NPIULB
त्यसैकारण, म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्ना जीवनको बारेमा के खाउँला वा के पिउँला भनेर वा आफ्नो शरीरको बारेमा के लगाउँला भनेर चिन्ता नगर । के जीवन भोजनभन्दा र शरीर वस्त्रभन्दा मूल्यवान् हुँदैन र ?
BSB
BSB:
Therefore I tell you, do not worry about your life, what you will eat or drink; or about your body, what you will wear. Is not life more than food, and the body more than clothes?
26
NPIULB
आकाशका चराहरूलाई हेर ! तिनीहरूले न त छर्छन् वा कटनी गर्छन् वा भकारीमा बटुल्छन्, तरै पनि तिमीहरूका स्वर्गीय पिताले तिनीहरूलाई खुवाउनुहुन्छ । के तिमीहरू तीभन्दा धेरै बहुमूल्य छैनौ र ?
BSB
BSB:
Look at the birds of the air: They do not sow or reap or gather into barns, and yet your heavenly Father feeds them. Are you not much more valuable than they?
27
NPIULB
अनि तिमीहरूमध्ये कसले चिन्ता गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ र ?
BSB
BSB:
Who of you by worrying can add a single hour to his life?
28
NPIULB
अनि तिमीहरू किन लगाउने लुगाको लागि चिन्ता गर्छौ ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी उम्रन्छन् । तिनीहरूले न त काम गर्छन्, न कपडा नै बुन्छन् ।
BSB
BSB:
And why do you worry about clothes? Consider how the lilies of the field grow: They do not labor or spin.
29
NPIULB
र पनि म तिमीहरूलाई भन्छु, सोलोमन पनि आफ्नो सम्पूर्ण गौरवमा यिनीहरूले जस्तै गरी आभुषित थिएनन् ।
BSB
BSB:
Yet I tell you that not even Solomon in all his glory was adorned like one of these.
30
NPIULB
यदि परमेश्वरले आज हुने र भोलि भट्टीमा फ्याँकिने मैदानका घाँसहरूलाई समेत पहिराउनुहुन्छ भने, तिमीहरूलाई त झन् कति बढी पहिराउनुहुनेछ, ए अल्प-विश्वासीहरू हो ?
BSB
BSB:
If that is how God clothes the grass of the field, which is here today and tomorrow is thrown into the furnace, will He not much more clothe you, O you of little faith?
31
NPIULB
त्यसैकारण, चिन्तित भएर यसरी नभन, ‘हामी के खाउँला ?’ वा ‘हामी के पिउँला ?’ वा ‘हामी के लगाउँला ?’
BSB
BSB:
Therefore do not worry, saying, ‘What shall we eat?’ or ‘What shall we drink?’ or ‘What shall we wear?’
32
NPIULB
किनकि यी सबै कुरा त गैरयहूदीहरूले खोज्छन् र यी कुराहरू तिमीहरूलाई आवश्यक छ भन्ने कुरा तिमीहरूका स्वर्गीय पिताले जान्नुहुन्छ ।
BSB
BSB:
For the Gentiles strive after all these things, and your heavenly Father knows that you need them.
33
NPIULB
तर पहिले उहाँको राज्य र उहाँको धार्मिकताको खोजी गर अनि यी सबै थोक तिमीहरूलाई दिइनेछ ।
BSB
BSB:
But seek first the kingdom of God and His righteousness, and all these things will be added unto you.
34
NPIULB
त्यसैकारण, भोलिको निम्ति चिन्ता नगर, किनकि भोलिको चिन्ता त्यो आफैँले गर्नेछ । हरेक दिनको आफ्नै पर्याप्त चिन्ता रहेको छ ।
BSB
BSB:
Therefore do not worry about tomorrow, for tomorrow will worry about itself. Today has enough trouble of its own.
Chapter complete
You’ve read Matthew 6
Chapter 6 of 28 in Matthew
Up next
Matthew 7
Read Matthew 7
Listen
Back to Matthew 5
Go deeper
Commentary
What the commentators say on Matthew 6
A question this chapter raises
Hasn’t evolution explained away design?
NPIULB
Nepali Bible. Copyright © 2019 Door43 World Missions Community. Licensed under CC BY-SA 4.0 (creativecommons.org/licenses/by-sa/4.0). Text from eBible.org; verses renumbered to the KJV scheme where they differ, otherwise unchanged.
BSB
The Holy Bible, Berean Standard Bible, BSB. Dedicated to the public domain. BereanBible.com
Matthew 5
Matthew 6
Matthew 7