1 UDB अब म यरूशलेममा भएका परमेश्वरका मानिसहरूका निम्ति हामीले जम्मा गर्न गइरहेको पैसाको बारेमा तिमीहरूका प्रश्नहरूका जवाफ दिने इच्छा गर्छु। मैले गलातियाका मण्डलीहरीका विश्वासीहरूलाई जे गर्न भनें, तिमीहरूले पनि त्यस्तै गर्नु पर्छ। BSB BSB: Now about the collection for the saints, you are to do as I directed the churches of Galatia:
2 UDB हरेक आइतबार, आफ्नो क्षमताअनुसार, तिमीहरूमध्ये प्रत्येकले केही पैसा अलग गर्नु, यसैले म आउँदा तिमीहरूले फेरि अरू बढी उठाउनु आवश्यक हुनेछैन। BSB BSB: On the first day of every week, each of you should set aside a portion of his income, saving it up, so that when I come no collections will be needed.
3 UDB तिमीहरूका उपहारलाई यरूशलेममा लिएर जानलाई तिमीहरूले इच्छा गरेको मानिसहरूलाई तिमीहरूले छान्नुपर्छ। र जब म आउँछु, तिमीहरूका उपहारको बारेमा तिनीहरूका साथमा पत्र पठाउनेछु। BSB BSB: Then, on my arrival, I will send letters with those you recommend to carry your gift to Jerusalem.
4 UDB यो कुरा उचित लाग्यो भने, तिनिहरूले मसँगै यरूशलेमको यात्रा गर्नेछन्। BSB BSB: And if it is advisable for me to go also, they can travel with me.
5 UDB मैले माकेडोनियाको क्षेत्रमा यात्रा गर्दा, म तिमीहरूकहाँ आउने योजना गर्दैछु। BSB BSB: After I go through Macedonia, however, I will come to you; for I will be going through Macedonia.
6 UDB सायद म तिमीहरूसँग रहनेछु, र सायद हिउँदभरि नै त्यहाँ बस्नेछु जसले गर्दा मेरो यात्रामा बाटोभरी तिमीहरूले मलाई सहायता गर्न सक्छौ। BSB BSB: Perhaps I will stay with you awhile, or even spend the winter, so that you can help me on my journey, wherever I go.
7 UDB छोटो समयको लागि मात्र म तिमीहरूसित भेट्ने इच्छा गर्दिन। म आशा गर्छु कि प्रभुले मलाई एकसाथ समय बिताउनलाई अनुमति दिनुहुनेछ जसले गर्दा हामीले एक अर्कालाई मद्दत गर्न सक्छौं। BSB BSB: For I do not want to see you now only in passing; I hope to spend some time with you, if the Lord permits.
8 UDB पेन्तिकोसको चाडको समय नभएसम्म म एफिससमा नै बस्न चाहन्छु, BSB BSB: But I will stay in Ephesus until Pentecost,
9 UDB किनभने प्रभुले मेरो निम्ति त्यहाँ एउटा ढोका खोल्नुभएको छ, यद्यपि, त्यहाँ अझै पनि धेरै जना छन् जसले हाम्रो विरोध गर्छन्। BSB BSB: because a great door for effective work has opened to me, even though many oppose me.
10 UDB अब तिमोथी आउँदा, तिनलाई दयालु व्यवहार गर, र ध्यान देओ कि तिनले डराउनुपर्ने कुनै कुरा नहोस्, किनभने जसरी मैले प्रभुको सेवा गर्दैछु, त्यसरी नै तिनले पनि गर्दैछन्। BSB BSB: If Timothy comes, see to it that he has nothing to fear while he is with you, for he is doing the work of the Lord, just as I am.
11 UDB कसैले पनि तिनलाई तुच्छ व्यवहार नगरोस्। तिनको यात्रामा तिनलाई जतिसक्दो मद्दत गर। तिनलाई शान्तिसाथ बिदाइ गर जसले गर्दा तिनी मसँग सहभागी हुन सकून्। मकहाँ आउँदै गरेका अरू भाइहरूसँगै तिनले यात्रा गरून् भनी म आशा गर्छु। BSB BSB: No one, then, should treat him with contempt. Send him on his way in peace so that he can return to me, for I am expecting him along with the brothers.
12 UDB हाम्रा भाइ अपोल्लोसको बारेमा तिमीहरूले सोधेका थियौ। अरू भाइहरू तिमीहरूकहाँ आउँदा तिनले तिमीहरूलाई भेट्न आउन् भनी मैले तिनलाई धेरै निवेदन गरें। अहिले नआउने निर्णय तिनले गरे, तर मौका पाएको बेलामा तिनी पछि तिमीहरूकहाँ आउने छन्। BSB BSB: Now about our brother Apollos: I strongly urged him to go to you with the brothers. He was not at all inclined to go now, but he will go when he has the opportunity.
13 UDB होसियार रहो, आफ्नो विश्वासबाट वहकिएर नजाओ। परिपक्व भएका मानिसहरूले झैं प्रभुको निम्ति काम गर र बलिया होओ। BSB BSB: Be on the alert. Stand firm in the faith. Be men of courage. Be strong.
14 UDB प्रेमको शक्तिद्वारा हरेक कुरा गर। BSB BSB: Do everything in love.
15 UDB स्तिफनासको घरमा भएका मानिसहरूलाई तिमीहरूले चिन्छौ। अखैया प्रान्तमा विश्वास गर्ने तिनीहरू नै पहिलो व्यक्तिहरू थिए भन्ने कुरा तिमीहरूलाई थाहा छ, र तिनीहरू प्रभुका मानिसहरूलाई मद्दत गर्न प्रतिवद्ध छन्। भाइहरू र बहिनीहरू, म तिमीहरूलाई यो आग्रह गर्छु, BSB BSB: You know that Stephanas and his household were the first converts in Achaia, and they have devoted themselves to the service of the saints. Now I urge you, brothers,
16 UDB तिनीहरू जस्ता मानिसहरूका आज्ञा पालन गर जसले काममा मद्दत गर्छन् र जसले हामीसँग कडा परिश्रम गर्छन्। BSB BSB: to submit to such as these, and to every fellow worker and laborer.
17 UDB स्तिफनास, फोर्टुनाटस र अखाइकस किरिन्थबाट यहाँ आइपुग्दा म खुशी भएँ, किनभने तिमीहरू यहाँको हुन नसकेको कुरालाई यिनीहरूको उपस्थितिले पूरा गरे। BSB BSB: I am glad that Stephanas, Fortunatus, and Achaicus have arrived, because they have supplied what was lacking from you.
18 UDB यिनीहरूले मलाई उत्साह दिए र मेरो आत्मामा मलाई मद्दत गरे, र यिनीहरूले तिमीहरूलाई पनि मद्दत गरे। यिनीहरूले तिमीहरूलाई कति मद्दत गरे भनी अरूहरूलाई भन। BSB BSB: For they refreshed my spirit and yours as well. Show your appreciation, therefore, to such men.
20 UDB दाजुभाइ तथा दिदीबहिनीमध्ये अरूले पनि तिमीहरूलाई अभिवादन भन्छन्। स्नेहको चुम्बनले एक-अर्कालाई अभिवादन गर। BSB BSB: All the brothers here send you greetings. Greet one another with a holy kiss.
21 UDB म, पावलले, यो वाक्य आफ्नै हातले लेख्दैछु। BSB BSB: This greeting is in my own hand—Paul.
22 UDB कसैले प्रभुलाई प्रेम गर्दैन भने, उसमाथि श्राप परोस्। हे प्रभु, आउनुहोस्! BSB BSB: If anyone does not love the Lord, let him be under a curse. Come, O Lord!
23 UDB हामीले पाउन अयोग्य दया जो प्रभु येशूबाट आउँछ, तिमीहरूसँग रहोस्। BSB BSB: The grace of the Lord Jesus be with you.
24 UDB तिमीहरू सबै जना ख्रीष्ट येशूमा एकसाथ भेला हुँदा, म तिमीहरूलाई प्रेम गर्छु भनी म तिमीहरूलाई याद गराउँछु। BSB BSB: My love be with all of you in Christ Jesus. Amen.
Select verses for actions: Enter goes to them and Escape comes back.