1 UDB म, पावल, हाम्रा विश्वासी भाइ, तिमोथीसँग मिलेर तिमीहरूलाई यो पत्र लेख्दैछौँ। ख्रीष्ट येशूले मलाई उहाँको सेवा गर्न र परमेश्वरको इच्छा पालना गर्न पठाउनु भयो। हामीहरू यो पत्र तिनीहरू जो कोरिन्थी सहरमा मिलेर बसिरहेका परमेश्वरका जनहरूलाई पठाउँदै छौँः हामीहरू यो पत्र अखैयामा प्रान्तमा बस्ने सबै विश्वासीहरूलाई पनि पठाउँदै छौँ, ती मानिसहरू जसलाई परमेश्वरले आफ्नो निम्ति छुट्टाउनु भएको छ। BSB BSB: Paul, an apostle of Christ Jesus by the will of God, and Timothy our brother, To the church of God in Corinth, together with all the saints throughout Achaia:
2 UDB परमेश्वरले तिमीहरूलाई यहाँको प्रेम र शान्तिको सित्तैको उपहार दिनु भएको होस् यी कुराहरू परमेश्वर हाम्रा पिता र प्रभु येशू ख्रीष्टबाट आउदछ। BSB BSB: Grace and peace to you from God our Father and the Lord Jesus Christ.
3 UDB हामीहरू सधैँ हाम्रा प्रभु येशू ख्रीष्टका पिता परमेश्वरको प्रशंसा गरी रहन सकौँ, उहाँ नै हुनु हुन्छ जसले हामीलाई दया गर्नु हुन्छ र सधैँ सान्त्वना दिनु हुन्छ। BSB BSB: Blessed be the God and Father of our Lord Jesus Christ, the Father of compassion and the God of all comfort,
4 UDB परमेश्वरले हामी कुनै दुःखदायी परीक्षाबाट भएर जादा हामीलाई सान्त्वना दिनु हुन्छ। उहाँको सान्त्वनाले हाम्रो जीवनहरू निको हुन्छ त्यसैले हामीले त्यहीँ सान्त्वना अरू कष्टमा भएको मानिसहरूलाई दिन सक्छौँ। BSB BSB: who comforts us in all our troubles, so that we can comfort those in any trouble with the comfort we ourselves have received from God.
5 UDB जसरी ख्रीष्टको कष्ट जुन नाप्न सकिदैन, हामीले अनुभव गरेका छौँ। हामीले ख्रीष्टबाटको सान्त्वना जुन नाप्न सक्दैनौँ त्यो पनि अनुभव गरेका छौँ। BSB BSB: For just as the sufferings of Christ overflow to us, so also through Christ our comfort overflows.
6 UDB त्यसैले परमेश्वरले तिमीहरूलाई सान्त्वना दिन र खतराबाट बचाउनु जहिले जसो हामीले कष्टहरूको अनुभव गर्दछौँ। जहिले जसो तिमीहरूले अझ धेरै सान्त्वना पाउन भनी परमेश्वरले हामीलाई सान्त्वना दिनु हुन्छ, यसबाट उहाँले परमेश्वरमा धैर्यधारण सिकाउदै हुनु हुन्छ। BSB BSB: If we are afflicted, it is for your comfort and salvation; if we are comforted, it is for your comfort, which accomplishes in you patient endurance of the same sufferings we experience.
7 UDB हामी तिमीहरूलाई के हुन आउने छ भन्ने बारे निश्चय छौँ, किनकि हामीले कष्ट भोगे जस्तै तिमीहरूले कष्ट भोग्यौ, परमेश्वरले हामीलाई सान्त्वना दिनु भए जस्तै तिमीहरूलाई पनि सान्त्वना दिनु हुन्छ। BSB BSB: And our hope for you is sure, because we know that just as you share in our sufferings, so also you will share in our comfort.
8 UDB ख्रीष्टमा भाइहरू र बहिनीहरू, हामीले एसिया प्रान्तमा भोगेको कष्टले तिमीहरूले थाहा पाउ भन्ने इच्छा गर्दछौँ। त्यो कष्टको हामीलाई यस्तो दुःख थियो कि हामीले त्यसलाई सहन सकेनौँ। हामीहरू मर्ने छौँ भन्ने निश्चय हुने लागेको थियो। BSB BSB: We do not want you to be unaware, brothers, of the hardships we encountered in the province of Asia. We were under a burden far beyond our ability to endure, so that we despaired even of life.
9 UDB तिनीहरूले हामीहरूलाई मृत्युदण्डको घोषणा गरेका थिए, हामीहरू मारिनको लागि पर्खी रहेका थियौँ। त्यो मृत्यु दण्डले हामीलाई आफ्नो शक्तिमा होइन तर परमेश्वरमा भर पर्न सिकायो, जसले मृतकलाई उठाउँनु हुन्छ र तिनीहरूलाई जीवित पार्नु हुन्छ। BSB BSB: Indeed, we felt we were under the sentence of death, in order that we would not trust in ourselves, but in God, who raises the dead.
10 UDB तर परमेश्वरले हामीलाई यो भयानक खतराबाट बचाउनु भयो। BSB BSB: He has delivered us from such a deadly peril, and He will deliver us. In Him we have placed our hope that He will yet again deliver us,
11 UDB उहाँले यो गर्नु हुनेछ जसरी तिमीहरूले हाम्रो लागि प्रार्थना गरी हामीलाई सहायता गर्ने छौ। अहिले धेरैले परमेश्वरलाई धन्यवाद दिए किनकि उहाँको दया हामीमा राख्नु भयो, किनभने धेरैले हाम्रो निम्ति प्रार्थना गरेका थिए। BSB BSB: as you help us by your prayers. Then many will give thanks on our behalf for the favor shown us in answer to their prayers.
12 UDB हामी धेरै खुशी साथ भन्न सक्छौँ हामीले इमान्दार र साँचो तरीकाले सबै मानिसहरूका सामु जिएका छौँ। हामीले परमेश्वरका आफ्नै जन जसरी संसारमा जिएका छौँ र हामी परमेश्वरमा गहिरो विश्वास गर्दछौँ, त्यो यहाँ बाटको उपहार थियो। हामीहरूले कुनै पनि सांसारिक आदर्शहरूको तरीकाले जीवन जिउदैनौँ। हामी सांसारिक ज्ञान सुन्दैनौँ जब हामीले के गर्नु पर्छ हामी छान्दछौँ। त्यसको विपरीत, परमेश्वरले हामी जिउने तरीकालाई इमान्दार र पवित्र बनाउनु भएको छ। BSB BSB: For this is our boast: Our conscience testifies that we have conducted ourselves in the world, and especially in relation to you, in the holiness and sincerity that are from God—not in worldly wisdom, but in the grace of God.
13 UDB तिमीहरूले मेरो पत्रहरू पढेकै छौ, मैले तिनीहरू तिमीहरूले बुझ्नासकोस भनेर लेखेको हुँ। BSB BSB: For we do not write you anything that is beyond your ability to read and understand. And I hope that you will understand us completely,
14 UDB तिमीहरूले हाम्रो बारेमा धेरै जान्यो, तर यो दिनमा जब प्रभु येशू फर्कनु हुनेछ, म आशा गर्दछु; उहाँको उपस्थितिमा तिमीहरूले हामीमा गर्व गर्न सक्ने छौ, अनि उहाँ तिमीहरूमा धेरै गर्व गर्नु हुनेछ। BSB BSB: as you have already understood us in part, that you may boast of us just as we will boast of you in the day of our Lord Jesus.
15 UDB म यो अवस्था हुनेमा एकदम निश्चय थिए कि मेरो तिमीहरू कहाँ सुरुमै आउने चाहना थियो, त्यसो हुनाले म तिमीहरूलाई दुई पटक भेट्न सक्थे। BSB BSB: Confident of this, I planned to visit you first, so that you might receive a double blessing.
16 UDB मैले तिमीहरूलाई दुई पटक भेट्ने योजना गरेको थिए जब म म्याकेडोनिया जादै थिए र त्यहाँबाट फर्कदै थिए, त्यसो हुनाले तिमीहरूले मलाई मेरो यहूदीयाको बाटोमा पठाउँन सक्ने थियौँ। BSB BSB: I wanted to visit you on my way to Macedonia, and to return to you from Macedonia, and then to have you help me on my way to Judea.
17 UDB मेरो विचारमा योजना चाहिँ यस्तो बनेको थियो। मैले तिमीहरूलाई “हो” भनेको थिइन र पछि तिमीहरूलाई भनिन। मैले मेरो योजनाहरू अविश्वासीहरूले बनाएको जसरी बनाएको थिइन। BSB BSB: When I planned this, did I do it carelessly? Or do I make my plans by human standards, so as to say “Yes, yes” and also “No, no”?
18 UDB तर परमेश्वरले हामीलाई मार्गदर्शन गर्न विश्वासयोग्य हुनु हुन्छ, र हामी तिमीहरूलाई पनि अन्योलमा पर्दैनौँ। हामी हाम्रा योजनाहरू बनाउदछौँ अनि त्यसमा नै अडिक रहन्छौँ। BSB BSB: But as surely as God is faithful, our message to you is not “Yes” and “No.”
19 UDB हाम्रो “हो” परमेश्वरका पुत्र येशू ख्रीष्टबाट आउदछ हामीले जसको प्रचार तिमीहरूलाई गरेका थियौँ। र उहाँमा त्यहाँ केही केहीले अल्मल्याउने कुरा छैन उहाँमा “हो” उनी पछि “होइन” हुँदैन। त्यसको सट्टा उहाँमा सधैँ सामान्य “हो” हुन्छ। BSB BSB: For the Son of God, Jesus Christ, who was proclaimed among you by me and Silvanus and Timothy, was not “Yes” and “No,” but in Him it has always been “Yes.”
20 UDB परमेश्वरको प्रतिज्ञाहरू “हो” हुन्छ किनकि तिनीहरू उहाँ बाट आउँछ। र हामीहरूले उहाँको “हो” मा हाम्रो पुष्टि जोड्दछौँ। उनीहरूलाई हामीहरू परमेश्वरको आदर हुने बारेमा भन्दछौँ, “त्यो सत्य हो! हो!” BSB BSB: For all the promises of God are “Yes” in Christ. And so through Him, our “Amen” is spoken to the glory of God.
21 UDB परमेश्वरले हामी विश्वासीहरूको बिचमा बलियो बन्धन बाँध्नु भएको छ किनकि हामी दुवै ख्रीष्टमा एक हौँ, र उहाँ नै हुनु हुन्छ जसले मानिसहरूलाई सुसमाचार सुनाउन पठाउनु भयो। BSB BSB: Now it is God who establishes both us and you in Christ. He anointed us,
22 UDB उहाँले आफ्नो अधिकारिक मोहोर हामीमा लगाई दिनु भएको छ। र उहाँले हामीलाई आत्मा दिनु भएको छ जो हामी भित्र वास गर्नु हुन्छ, एउटा अटुट प्रतिज्ञा झैँ उहाँले हाम्रो निम्ति अझ धेरै कुराहरू गर्नु हुनेछ। BSB BSB: placed His seal on us, and put His Spirit in our hearts as a pledge of what is to come.
23 UDB परमेश्वरले स्वयम् ले तिमीहरूलाई म तिमीहरू कहाँ आउन नसक्नु को करणको बारेमा आश्वासन दिनु भएको होस्, कोरिन्थीमा भएका विश्वासीहरू यो कारणले कि मैले तिमीहरूलाई सच्याई राखेको तिमीहरूले देख्न नपरोस्। BSB BSB: I call God as my witness that it was in order to spare you that I did not return to Corinth.
24 UDB हामीहरू प्रभु जस्ता होइनौँ, जसले तिमीहरूलाई कसरी विश्वास गर्ने बरेमा आज्ञा दिनु हुन्छ। जे भएपनि, हामीहरू तिमीहरूसँग काम गर्न चाहन्छौँ, त्यसो हुनाले जे सुकै भएपनि परमेश्वरमा विश्वासगर्न तिमीहरूले सिक्ने छौ अनि उहाँमा विश्वास गर्नु को आनन्द पाउने छौ। BSB BSB: Not that we lord it over your faith, but we are fellow workers with you for your joy, because it is by faith that you stand firm.
Select verses for actions: Enter goes to them and Escape comes back.