1 UDB विगतमा म कोरिन्थमा आएको समयमा, मैले तिमीहरूलाई भनेका कुराद्वारा मैले तिमीहरूलाई धेरै चोट पुर्याएको कुरा मलाई थाहा छ। मैले तिमीहरूकहाँ फेरि अर्को दुखदायी भ्रमण नगर्ने निर्णय यसपल्ट मैले गरें। BSB BSB: So I made up my mind not to make another painful visit to you.
2 UDB विगतमा म आउँदा, मैले तिमीहरूलाई धेरै दुःख पुर्याए, र म त्यहाँ हुँदा मैले जुन मानिसहरू दुःख पुर्याएका तिनै मानिसहरूले मलाई सबभन्दा बढी खुशी पार्न सक्छन्। BSB BSB: For if I grieve you, who is left to cheer me but those whom I have grieved?
3 UDB मैले तिमीहरूलाई त्यो पत्र यसकारणले लेखें कि तिमीहरूले मलाई फेरि दुःखित बनाउने छैनौ– तिमीहरू नै हौ जसले मलाई साँच्चै नै आनन्दित बनाउनुपर्छ! हामीहरू सबैसँग आनन्दित हुने कारणहरू हुन्छन् भन्ने कुरामा म पक्का थिएँ। BSB BSB: I wrote as I did so that on my arrival I would not be grieved by those who ought to make me rejoice. I had confidence in all of you, that you would share my joy.
4 UDB मैले त्यतिबेला तिमीहरूलाई त्यो लेखें किनभने मेरो हृदयमा अझै दुःख र पीडा थिए–मैले तिमीहरूको निम्ति धेरै आँशु बगाएँ, र फेरि तिमीहरूलाई अरू बढी चित्त दुखाउने इच्छा मलाई भएन। तिमीहरू सबैलाई म कति कति धेरै प्रेम गर्छु भन्ने कुरा तिमीहरूले जान भन्ने मेरो इच्छा छ। BSB BSB: For through many tears I wrote you out of great distress and anguish of heart, not to grieve you but to let you know how much I love you.
5 UDB पापमा परेको यस व्यक्तिले–उसले जे गर्यो त्यसले मलाई मात्र होइन, उसको पापले तिमीहरू सबैलाई पनि दुःखित तुल्यायो। BSB BSB: Now if anyone has caused grief, he has not grieved me but all of you—to some degree, not to overstate it.
6 UDB यो मानिस र उसले गरेको पापको बारेमा हामीले के गर्नुपर्छ भनेर हामी सबै जना सहमत हुन्छौं। उसलाई अहिले दण्ड दिइएको छ र उसलाई दिइएको दण्ड निष्पक्ष छ। BSB BSB: The punishment imposed on him by the majority is sufficient for him.
7 UDB यसैले अहिले हामीहरू यो स्थितिमा छौं: उसको दण्डद्वारा उसले कष्ट भोग्यो तर अब उसले जे गरेको थियो त्यसको लागि उसलाई क्षमा दिने र उसलाई प्रेम गर्ने समय आएको छ जसले गर्दा उसले धेरै निराश महसुस गरेर हतोत्साही नहोस्। BSB BSB: So instead, you ought to forgive and comfort him, so that he will not be overwhelmed by excessive sorrow.
8 UDB तिमीहरू उसलाई कति धेरै प्रेम गर्छौ भनी सबै विश्वासीहरूका सामु बताई देओ। BSB BSB: Therefore I urge you to reaffirm your love for him.
9 UDB तिमीहरूले परमेश्वरको आज्ञा मान्छौ र यो समस्याको समाधान गर्छौ भनेर मैले तिमीहरूलाई लेखे। BSB BSB: My purpose in writing you was to see if you would stand the test and be obedient in everything.
10 UDB यसैले जुन मानिसलाई तिमीले क्षमा दियौ, म पनि क्षमा दिन्छु। मैले जे कुरालाई क्षमा गरेको छु– सानोभन्दा सानो कुरा पनि–तिमीहरूप्रतिको मेरो प्रेमको कारणले मैले क्षमा गरेको छु, र ख्रीष्ट मेरो सामु खडा हुनुभएको जस्तै गरी म क्षमा दिन्छु। BSB BSB: If you forgive anyone, I also forgive him. And if I have forgiven anything, I have forgiven it in the presence of Christ for your sake,
11 UDB त्यो मानिसलाई क्षमा गरेर, शैतानले हामीलाई छल गरेर अझ बढी नराम्रो कुरा गर्न लगाउनदेखि हामी बच्न सक्यौं। त्यसका सबै छल र झुटको बारेमा हामीलाई थाहा छ। BSB BSB: in order that Satan should not outwit us. For we are not unaware of his schemes.
12 UDB त्रोआस सहरमा सुसमाचार सुनाउनलाई प्रभुले हाम्रा निम्ति धेरैवटा बाटोहरू खोलिदिनु भए तापनि, BSB BSB: Now when I went to Troas to preach the gospel of Christ and a door stood open for me in the Lord,
13 UDB हाम्रा भाइ तीतसका बारेमा चिन्तित थिएँ, किनभने मैले तिनलाई त्यहाँ भेट्टाउन सकिन। यसैले मैले त्रोआसका विश्वासीहरूलाई छोडें र तिनलाई खोज्नलाई माकेडोनिया फर्कें। BSB BSB: I had no peace in my spirit, because I did not find my brother Titus there. So I said goodbye to them and went on to Macedonia.
14 UDB ख्रीष्टमा हाम्रो एकसाथ मिलाप भएको हुनालेा हामी परमेश्वरलाई धन्यवाद दिन्छौं र ख्रीष्टले सधैं हामीलाई विजयको जुलुसमा डोर्याउनुहुन्छ। हाम्रा जीवनहरू र हाम्रा सन्देशहरूद्वारा, हामी जहाँ जान्छौं, हामीहरू सुगन्धित धुपका सुबास्ना जस्तै हुन्छौं, तर हाम्रा सुबास्ना वास्तविक धुपबाट आउँदैन, तर त्यो ख्रीष्टलाई चिनेर आउँछ, र हामीले उहाँलाई चिनेको कारणले हामीसित उहाँको मिठो बास्ना छ। BSB BSB: But thanks be to God, who always leads us triumphantly as captives in Christ and through us spreads everywhere the fragrance of the knowledge of Him.
15 UDB परमेश्वरले यस्तै सुगन्धित बास्ना लिनुहुन्छ र यसले उहाँलाई ख्रीष्टको सम्झना गराउँछ। र परमेश्वरले उद्धार गर्नुहुने मानिसहरूले हामीमा भएको यो सुबास्ना लिन्छन्। जुन मानिसहरूलाई परमेश्वरले उद्धार गर्नुहुन्न तिनीहरूले पनि यो सुगन्ध लिन्छन् जसले तिनीहरूलाई ख्रीष्टको सम्झना गराउछ। BSB BSB: For we are to God the sweet aroma of Christ among those who are being saved and those who are perishing.
16 UDB जुन मानिसहरूलाई परमेश्वरले उद्धार गर्नुहुन्न, तिनीहरूका निम्ति ख्रीष्टको सुवास्ना एउटा मृत व्यक्तिको फेरि मृत्यु हुन लागिरहेको दुर्गन्ध जस्तै हुन्छ। तर जसलाई परमेश्वरले उद्धार गर्दै हुनुहुन्छ तिनीहरूले–जीवित हुनुभएको ख्रीष्टको सुबास्नालाई आफैंलाई जीवित पार्न आउँदै गरेकोँ सुबास्नाको रूपमा लिन्छन्। वास्तवमा, कसैले पनि आफ्नै शक्तिले यो सुबास्ना फैलाउन सक्दैन! BSB BSB: To the one we are an odor that brings death, to the other a fragrance that brings life. And who is qualified for such a task?
17 UDB धेरै मानिसहरू पैसाको निम्ति परमेश्वरको वचन बेच्दै एउटा सहरबाट अर्को सहरमा जान्छन् भन्ने कुरा तिमीहरूलाई थाहा छ। तर हामी तिनीहरू जस्ता होइनौं। परमेश्वरलाई खुशी पार्न हामी कडा परिश्रम गर्छौं र हामी उहाँको इच्छा पूरा गर्छौं। र हामी ख्रीष्टको बारेमा बोल्छौं किनभने हामीले गर्ने हरेक कुरा परमेश्वरले देख्नुहुन्छ भनी हामी जान्दछौं, र हामी ख्रीष्टको घोषणा गर्छौं किनभने उहाँसँग हाम्रो मिलाप भएको छ। BSB BSB: For we are not like so many others, who peddle the word of God for profit. On the contrary, in Christ we speak before God with sincerity, as men sent from God.
Select verses for actions: Enter goes to them and Escape comes back.