1 UDB मेरा भाइहरू र बहिनीहरू, जब म तिमीहरूसँग थिएँ, तब तिमीहरू परमेश्वरको बारेमा कठिन सत्यताहरू सुन्नलाई तयार थिएनौ। तिमीहरू ख्रीष्टसँग मिलापमा भएका साना बालकहरू जस्तो गरी मात्र मैले तिमीहरूसँग बोल्न सकें। BSB BSB: Brothers, I could not address you as spiritual, but as worldly—as infants in Christ.
2 UDB आमाले आफ्नो शिशुलाई स्तनपान गराएझैं, बुझ्नलाई सजिलो हुने कुराहरू मात्र मैले तिमीहरूलाई सिकाएँ। ठोस खानेकुराको लागि तिमीहरू तयार थिएनौ। र अहिले पनि तिमीहरू तयार छैनौ। BSB BSB: I gave you milk, not solid food, for you were not yet ready for solid food. In fact, you are still not ready,
3 UDB तिमीहरू ख्रीष्टियनहरू भए तापनि, तिमीहरू अझै पनि अविश्वसीहरू जस्तै व्यवहार गर्दै रहेको कारणले म यसो भन्दछु। तिमीहरू तयार छैनौ भनी म जान्दछु किनभने तिमीहरूमध्ये धेरै जनाले एकअर्कासँग डाह र झगडा गर्छौ, र तिमीहरू अझै पनि अविश्वासीहरू झैं न्याय गर्दैर्छौ। BSB BSB: for you are still worldly. For since there is jealousy and dissension among you, are you not worldly? Are you not walking in the way of man?
4 UDB तिमीहरूमध्ये कसैले म, पवलले सिकाएका कुरा मान्छौं भन्छौ, अरूहरूले तिनीहरू अपोल्लोसले सिकाएको कुरा मान्छौं भन्छौ। अविश्वासीहरूले व्यवहार गरेजस्तै व्यवहार तिमीहरू गर्दैछौ। BSB BSB: For when one of you says, “I follow Paul,” and another, “I follow Apollos,” are you not mere men?
5 UDB परमेश्वरले तिमीहरूका जीवनमा गर्नुभएको महान कामको तुलनामा अपोल्लोस महत्वपूर्ण छैनन्। न त पावल नै महत्त्वपूर्ण छन्। हामीहरू दुवै जना सेवकहरू हौं र एउटै परमेश्वरले हामीलाई दिनुभएको कामअनुरूप हामीहरू दुवैले उहाँको सेवा गर्छौं। BSB BSB: What then is Apollos? And what is Paul? They are servants through whom you believed, as the Lord has assigned to each his role.
6 UDB परमेश्वरको वचनको बीऊ तिमीहरूमा रोप्ने म नै पहिलो व्यक्ति भए तापनि, तिमीहरूलाई विश्वसमा बढ्नलाई अपोल्लोसले नै सुनिश्चित गरे। तर तिमीहरूलाई आत्मिक वृद्धि दिने काम परमेश्वरले मात्र गर्न सक्नुभयो। BSB BSB: I planted the seed and Apollos watered it, but God made it grow.
7 UDB यो कुरा म फेरि भन्छुः बीउहरू रोप्ने र तिनीहरूमा पानी हाल्नेहरूलाई हामीहरू अलिकति पनि महत्व दिंदैनौं। वृद्धि गराउनुहुने परमेश्वर नै हुनुहुन्छ। तिमीहरू एउटा बगैंचा जस्तै हौ जसलाई उहाँले रोप्नुभएको छ। BSB BSB: So neither he who plants nor he who waters is anything, but only God, who makes things grow.
8 UDB रोप्नेहरू र पानी हाल्नेहरूले एउटै काम गरी रहेका हुन्छन्, र इनामको रूपमा प्रत्येकले व्यक्तिगत किसिमले ज्याला पाउनेछन्। प्रत्येकले कति कडा परिश्रम गरेका छन् त्यसको नापबमोजिम उसलाई दिइने रकम नै इनाम हो। BSB BSB: He who plants and he who waters are one in purpose, and each will be rewarded according to his own labor.
9 UDB हामीहरू परमेश्वरसँग एकसाथ काम गर्दैछौं र हामीहरू दुवै परमेश्वरका हौं। तर तिमीहरूका सन्दर्भमा, परमेश्वरले तिमीहरूलाई आफ्नो खेतबारीमा हुर्काउँदै हुनुहुन्छ। यो उहाँले तिमीहरूबाट एउटा घर बनाउँदै गर्नुभएको जस्तै हो। BSB BSB: For we are God’s fellow workers; you are God’s field, God’s building.
10 UDB परमेश्वरले उदार हुनुभएर मलाई सीपहरू दिनुभयो। एकजना कुसल निर्माण गर्ने व्यक्तिले झैं मैले तिमीहरूका माझमा धेरै ध्यान दिएर काम गरें। तर, मैले सुरु गरेको कामलाई मपछि अरू कसैले निर्माण गरिरहने छन्। अरू कसैले अघि नै गरेको काममाथि नै हरेकले निर्माण गर्नेछ। तर कसरी तिनीहरूले निर्माण गर्छन् भन्ने कुरामा प्रत्येक नै होशियार हुनुपर्छ। BSB BSB: By the grace God has given me, I laid a foundation as an expert builder, and someone else is building on it. But each one must be careful how he builds.
11 UDB किनकि कुनै ठाउँमा जग राख्ने काम भई सकेपछि, त्यहाँ फेरि अरू कुनै जग राख्न सकिंदैन। त्यो जग येशू ख्रीष्ट हुनुहुन्छ। BSB BSB: For no one can lay a foundation other than the one already laid, which is Jesus Christ.
12 UDB हामीहरू निर्माण गर्नेहरू जस्तै हौं, जसले जगमाथि के राख्ने भनी छनौट गर्छौं। निर्माण गर्नेहरूले सुन, चाँदी र बहुमूल्य पत्थरजस्ता मूल्यवान पदार्थहरू प्रयोग गर्न रोज्न सक्छन् वा तिनीहरूले काठ, खर र परालजस्ता मूल्यहीन पदार्थहरू प्रयोग गर्न रोज्न सक्छन्। BSB BSB: If anyone builds on this foundation using gold, silver, precious stones, wood, hay, or straw,
13 UDB परमेश्वरले हाम्रो कामको न्याय गर्नुहुनेछ र हामीहरू प्रत्येकले उहाँको निम्ति जे गरेका छौं त्यो प्रदर्शन गर्नुहुनेछ। हामीले गरेका कामको जाँच गर्न उहाँले आगो पठाउनु हुनेछ। हामीले उहाँको निम्ति गरेको कामको गुणस्तर त्यो आगोले प्रमाणित गर्नेछ। BSB BSB: his workmanship will be evident, because the Day will bring it to light. It will be revealed with fire, and the fire will prove the quality of each man’s work.
14 UDB एक जना व्यक्तिले गरेको निर्माण उसको काम जाँच्ने आगोबाट बच्न सफल भयो भने, उसले आफ्नो कामको निम्ति इनाम पाउनेछ, BSB BSB: If what he has built survives, he will receive a reward.
15 UDB तर उसको सबै काम आगोले जलाउँछ भने, उसले आफ्नो सबै इनाम गुमाउँनेछ तर उसले गरेका हरेक कुरालाई ज्वालाले पूर्णरूपमा भष्म पारे तापनि, परमेश्वरले अझै पनि उसलाई बचाउन सक्नुहुन्छ। BSB BSB: If it is burned up, he will suffer loss. He himself will be saved, but only as if through the flames.
16 UDB निश्चित रूपमा तिमीहरू जान्दछौ कि तिमीहरू परमेश्वरको वासस्थान हौ जहाँ परमेश्वरले बास गर्नुहुन्छ। तिमीहरू उहाँका मन्दिर हौ। निश्चित रूपमा तिमीहरू जान्दछौ कि परमेश्वरको आत्माले तिमीहरू भित्र बास गर्नुहुन्छ। BSB BSB: Do you not know that you yourselves are God’s temple, and that God’s Spirit dwells in you?
17 UDB परमेश्वरको मन्दिरलाई नष्ट गर्न खोज्ने कुनै पनि व्यक्तिलाई उहाँले नष्ट गर्नुहुनेछ भनी उहाँले प्रतिज्ञा गर्नुहुन्छ। उहाँको मन्दिर उहाँको मात्र भएको कारणले यसो गर्नुहुन्छ। र उहाँले त्यही प्रतिज्ञाद्वारा तिमीहरूको सुरक्षा गर्नुहुन्छ किनभने तिमीहरू अब उहाँको मन्दिर हौ र तिमीहरू उहाँको मात्र हौ! BSB BSB: If anyone destroys God’s temple, God will destroy him; for God’s temple is holy, and you are that temple.
18 UDB तिमीहरू आफैं छलमा नपर्नलाई सावधान होओ। तिमीहरूमध्ये कसैले पनि अविश्वासीहरूले प्रशंसा गर्ने जति धेरै बुद्धि आफूसँग छ भनी विचार गर्छ भने, उसले होसियार हुनुपर्छ। अविश्वासीहरूले चाहाना गर्ने सबै कुराहरू त्याग्नु नै उसको निम्ति धेरै असल हुन्छ, यद्यपि त्यसो गरेकोमा तिनीहरूले उसलाई एक जना मूर्ख नै हो भनी विचार नै किन नगरून्। जब उसले ती कुराहरू छोड्छ, तब उसले साँचो बुद्धि सिक्न सुरु गर्नेछ। BSB BSB: Let no one deceive himself. If any of you thinks he is wise in this age, he should become a fool, so that he may become wise.
19 UDB संसारले जे कुरालाई ठूलो बुद्धिको कुरा भनी विचार गर्छ, त्यो परमेश्वरको निम्ति साँच्चै नै मूर्ख कुरा हो। किनकि धर्मशास्त्रले भन्दछ, “परमेश्वरले बुद्धिमानहरूलाई, तिनीहरूका आफ्नै मूर्ख योजनाहरूमा पक्रनुहुन्छ।” BSB BSB: For the wisdom of this world is foolishness in God’s sight. As it is written: “He catches the wise in their craftiness.”
20 UDB र फेरि धर्मशास्त्रले सिकाउँछ, “परमप्रभुले बुद्धिमानका सबै योजना सुन्नुहुन्छ र उहाँले जान्नुहुन्छ कि अन्त्यमा, तिनीहरूले हरेक कुरा गुमाउँनेछन्।” BSB BSB: And again, “The Lord knows that the thoughts of the wise are futile.”
21 UDB यसैले एक जना ख्रीष्टियन अगुवा कति असल हुन् वा अर्का ख्रीष्टियन अगुवा कति असल हुन् भनी घमण्ड गर्न छोड। किनकि परमेश्वरले तिमीहरूलाई सबै कुराहरू दिनुभएको छ। BSB BSB: Therefore, stop boasting in men. All things are yours,
22 UDB परमेश्वरले तिमीहरूलाई पावल दिनुभयो, र उहाँले तिमीहरूलाई अपोलस र पत्रुस दिनुभयो। र परमेश्वरले तिमीहरूलाई यो संसार र तिमीहरूका जीवन तथा मृत्युमाथि विजय दिनुभयो। र अस्तित्वमा भएका हरेक कुरा र भविष्यमा अस्तित्वमा हुने हरेक कुरा परमेश्वरले तिमीहरूलाई दिनुहुन्छ– ती सबै तिमीहरूका हुन्, BSB BSB: whether Paul or Apollos or Cephas or the world or life or death or the present or the future. All of them belong to you,
23 UDB र तिमीहरू ख्रीष्टका हौ र ख्रीष्ट परमेश्वरका हुनुहुन्छ। BSB BSB: and you belong to Christ, and Christ belongs to God.
Select verses for actions: Enter goes to them and Escape comes back.