1 UDB एक जना व्यक्तिले हामीलाई ख्रीष्टको सेवकहरूका रूपमा विचार गर्न सक्नुपर्छ, र जसलाई परमेश्वरले सुसमाचारमा गुप्त रहेका सत्यताहरूको जिम्मेवारी दिनुभयो। BSB BSB: So then, men ought to regard us as servants of Christ and stewards of the mysteries of God.
2 UDB परमेश्वरले हामीलाई गर्न भनी दिनुभएको काम हामीले विश्वासयोग्य भएर गर्नुपर्छ किनभने यो काम गर्न उहाँले हामीलाई भरोसा गर्नुहुन्छ। BSB BSB: Now it is required of stewards that they be found faithful.
3 UDB कुनै एक मानिस वा न्यायको अदालतले मेरो जीवनको न्याय गर्छन् भने पनि, म त्यसको बारेमा कुनै वास्ता गर्दिन। म आफैं पनि आफ्नो न्याय गर्न योग्यको छु भनी विचार गर्दिन। BSB BSB: I care very little, however, if I am judged by you or by any human court. In fact, I do not even judge myself.
4 UDB कसैले मलाई खराबीको दोष लगाएको कुरा मलाई याद छैन। तर त्यसको अर्थ म निर्दोष छु भन्ने होइन। मेरो न्याय गर्ने प्रभु हुनुहुन्छ। BSB BSB: My conscience is clear, but that does not vindicate me. It is the Lord who judges me.
5 UDB त्यसो भए, तिमीहरूले समयभन्दा अघि कुनै कुराको पनि न्याय गर्नुहुँदैन। प्रभु फेरि फर्केर आउनुहुँदा, उहाँले त्यो गर्नुहुनेछ। पूर्ण अन्धकारमा रहेका हरेक कुरालाई पनि उहाँले उज्यालोमा ल्याउन सक्नुहुन्छ, र उहाँले ठिक न्याय गर्न सक्हुन्छ किनभने प्रत्येक व्यक्तिले साँचो रूपले के विचार गर्छ भनी उहाँलाई थाहा छ। जब उहाँ आउनुहुन्छ, हरेक व्यक्तिले प्रभुबाट जस्तो किसिमको आदर पाउन योग्य छ, त्यो तिनीहरूले पाउनेछन्। BSB BSB: Therefore judge nothing before the appointed time; wait until the Lord comes. He will bring to light what is hidden in darkness and will expose the motives of men’s hearts. At that time each will receive his praise from God.
6 UDB अब, भाइहरू र बहिनीहरू, हामीले पालन गर्ने नियम यो हो, “तिनीहरूले धर्मशास्त्रमा लेखेका कुराभन्दा बाहिर नजाओ।” अपोल्लोस र म यसद्वारा जिउछौं। तिमीहरूका लागि हामी यसरी मात्रै शिक्षा दिन्छौं, यसैले तिमीहरू हामीबाट सिक्न सक्छौ। यसले तिमीहरूलाई वचन सिकाउने मानिसहरूका बारेमा धेरै घमण्डी हुनबाट तिमीहरूलाई बचाउनेछ, त्यो म वा अपोल्लोस नै किन नहून्। BSB BSB: Brothers, I have applied these things to myself and Apollos for your benefit, so that you may learn from us not to go beyond what is written. Then you will not take pride in one man over another.
7 UDB तिमीहरू र अन्य कुनै विश्वासीका बिच कुनै भिन्नता छैन। तिमीहरू सबैले वरदान स्वरूप हरेक कुरा प्राप्त गरेका छौ। तिमीहरू कोही पनि कुनै अर्को व्यक्तिभन्दा श्रेष्ठ छैनौ। तिमीहरू कसैले पनि बाँकी रहेका अरूहरूभन्दा श्रेष्ठ हुँ भनेर घमण्ड गर्नु हुँदैन। हामी सबै जना एक समान छौंँ। BSB BSB: For who makes you so superior? What do you have that you did not receive? And if you did receive it, why do you boast as though you did not?
8 UDB तर तिमीहरूले इच्छा गरेका हरेक कुरा तिमीहरूले प्राप्त गरेका छौ भनेजस्तै व्यवहार गर्छौ! तिमीहरू धनी भए जस्तै गरी जिउँछौ! र हाम्रो मद्दतविना नै पनि– तिमीहरू राज्य गरिरहेका राजाहरू र रानीहरू जस्तै जिउँछौ। हो, म इच्छा गर्छु कि तिमीहरू साँच्चै नै राजाहरू र रानीहरू भएका भए हुनेथियो, किनकि त्यसो भए हामी पनि तिमीहरूसँगै राज्य गर्न सक्ने थियौं! BSB BSB: Already you have all you want. Already you have become rich. Without us, you have become kings. How I wish you really were kings, so that we might be kings with you!
9 UDB तर वास्तविक रूपमा, लडाइँ पछि कैदमा परेकाहरूलाई लाइनमा राखेर डुलाउँदा हामी प्रेरितलाई परमेश्वरले सबभन्दा पुछारमा प्रदर्शनमा राख्नुभएको छ जस्तै लाग्छ। हामीहरू मृत्युदण्ड सुनाइएका मानिसहरू जस्तै छौं। स्वर्गदूतहरू र मानिसहरू दुवैले सारा संसारमा देखून् भनेर हामीलाई प्रदर्शनमा राखिएको छ। BSB BSB: For it seems to me that God has displayed us apostles at the end of the procession, like prisoners appointed for death. We have become a spectacle to the whole world, to angels as well as to men.
10 UDB हामी प्रेरितलाई अरूहरूले मूर्खहरू भएको जस्तै गरी विचार गर्छन् किनभने हामी ख्रीष्टको निम्ति जिउँछौं, र तैपनि, तिमीहरू आफैंलाई बुद्धिमान मानिसहरूको रूपमा देख्छौ। हामी कमजोर देखिन्छौं, तर तिमीहरू बलिया जस्ता देखा पर्छौ! तिमीहरू आफ्नो प्रशंसा र आदर गर्छौ, तर हामी प्रेरितहरूलाई अरू मानिसहरूले घृणा गर्छन्। BSB BSB: We are fools for Christ, but you are wise in Christ. We are weak, but you are strong. You are honored, but we are dishonored.
11 UDB वर्तमान समयमा अहिलेसम्म पनि हामी प्रेरितहरू भोका र प्यासी भएर हिंडिरहेका छौं। हामी यति गरीब भएका छौं कि हामीसँग आफ्नो निम्ति लुगा किन्ने पैसा पनि छैन। अधिकारीहरूले हामीलाई घरि घरि निर्दयतापूर्वक पिटेका छन्। हाम्रो घर भन्नलाई हामीसँग कुनै ठाउँ छैन। BSB BSB: To this very hour we are hungry and thirsty, we are poorly clothed, we are brutally treated, we are homeless.
12 UDB हामी जिउनको निम्ति आफ्नै हातद्वारा कठोर परिश्रम गर्छौं। अरूहरूले हामीलाई सराप दिंदा, हामी तिनीहरूलाई आशिष दिन्छौं। अरूहरूले हामीलाई कष्ट दिंदा, हामी त्यो सहन्छौं। BSB BSB: We work hard with our own hands. When we are vilified, we bless; when we are persecuted, we endure it;
13 UDB मानिसहरूले हाम्रो बारेमा झुटहरू बोल्दा, तिनीहरूप्रति दयालु भएर हामी जवाफ दिन्छौं। र पनि तिनीहरूले हामीलाई संसारको फोहोर जस्तै र मानिसहरूले फोहरका थुप्रोमा फाल्न इच्छा गर्ने फोहर जस्तै भएको व्यवहार गर्छन्। BSB BSB: when we are slandered, we answer gently. Up to this moment we have become the scum of the earth, the refuse of the world.
14 UDB मैले तिमीहरूलाई शर्ममा पार्ने कोसिस गरिरहेको होइन, तर जसरी प्रेम गर्ने बाबुआमाले बालकलाई सच्याउँछन्, त्यसरी नै म तिमीहरूलाई सच्याउन चाहान्छु। BSB BSB: I am not writing this to shame you, but to warn you as my beloved children.
15 UDB तिमीहरूलाई दश हजार शिक्षकहरूले ख्रीष्टका बारेमा सिकाएको भए तापनि, तिमीहरूसँग अझै पनि एक जना मात्र आत्मिक बाबु हुन्छन्। जब मैले प्रचार गरेको सुसमाचारमा तिमीहरूले विश्वास गर्यौ, तब ख्रीष्टमा म तिमीहरूका बुबा बनें। BSB BSB: Even if you have ten thousand guardians in Christ, you do not have many fathers; for in Christ Jesus I became your father through the gospel.
16 UDB यसैले म तिमीहरूलाई मेरो उदाहरणको अनुशरण गर्न आग्रह गर्छु। BSB BSB: Therefore I urge you to imitate me.
17 UDB त्यसैले मैले तिमोथीलाई तिमीहरूकहाँ पठाएँ। म तिनलाई प्रेम गर्छु, र तिनी मेरो विश्वासयोग्य छोरो हुन्। म ख्रीष्टसँग मिलापमा रहँदा म कसरी जिउँछु भनी तिनले तिमीहरूलाई याद गराउनेछन्। हामी जाहाँ जाँदा पनि र हामीले जुनसुकै मण्डलीसित भेटघाटमा गर्दा पनि म यिनै कुराहरू सिकाउँछु। BSB BSB: That is why I have sent you Timothy, my beloved and faithful child in the Lord. He will remind you of my way of life in Christ Jesus, which is exactly what I teach everywhere in every church.
18 UDB तिमीहरूमध्ये कोही घमण्डी भएका छौ। म अब चाँडै नै तिमीहरूकहाँ फर्कनेछैन भनेजस्तै गरी तिमीहरू जिउँछौ। BSB BSB: Some of you have become arrogant, as if I were not coming to you.
19 UDB तर म आउने प्रभुको इच्छा हुन्छ भने, म तिमीहरूकहाँ चाँडै नै आउनेछु। तब यी घमण्डी मानिसहरूले कसरी बोल्छन् भन्ने कुरा मात्र मैले थाहा पाउनेछैन तर तिनीहरूमा परमेश्वरको शक्ति छ वा छैन भन्ने कुरा पनि म पत्ता लगाउनेछु। BSB BSB: But I will come to you shortly, if the Lord is willing, and then I will find out not only what these arrogant people are saying, but what power they have.
20 UDB परमेश्वरको राज्य तिमीहरूले जे भन्छौ त्यो बारेमा होइन। यो त परमेश्वरको शक्तिको बारेमा हो। BSB BSB: For the kingdom of God is not a matter of talk but of power.
21 UDB म के गरौं भन्ने तिमीहरू चाहन्छौ? म तिमीहरूलाई कठोर अनुशासनले दण्ड दिन आऊँ, वा म यसरी आऊँ, जसले गर्दा म तिमीहरूप्रति कति विनम्र भएर तिमीहरूलाई कति धेरै प्रेम गर्छु भनी तिमीहरूले देख्न सक्छौ? BSB BSB: Which do you prefer? Shall I come to you with a rod, or in love and with a gentle spirit?
Select verses for actions: Enter goes to them and Escape comes back.