1 UDB हाम्रा पिताले हामीलाई कति धेरै प्रेम गर्नुहुन्छ भन्नेबारे सोचः हामी उहाँका सन्तानहरू हौँ भनी हामीलाई भन्न अनुमति दिनुहुन्छ। अनि वास्तवमा यो साँचो हो। तर अविश्वासीहरूले परमेश्वर को हुनुहुन्छ भन्ने कुरा बुझेका छैनन्। यसकारण, हामी को हौँ अर्थात् हामी परमेश्वरका सन्तानहरू हौँ भन्ने कुरा उनीहरू बुझ्दैनन्। BSB BSB: Behold what manner of love the Father has given to us, that we should be called children of God. And that is what we are! The reason the world does not know us is that it did not know Him.
2 UDB प्रिय मित्रहरू, अहिले हामी परमेश्वरका सन्तानहरू भए तापनि, भविष्यमा हामी कस्तो हुनेछौँ भन्ने कुरा उहाँले हामीलाई अझै प्रकट गर्नुभएको छैन। तर पनि ख्रीष्ट फेरि फर्केर आउनुहुँदा हामी उहाँजस्तै बन्नेछौँ भन्ने हामी जान्दछौँ, किनकि हामीले उहाँलाई आमनेसामने देख्नेछौँ। BSB BSB: Beloved, we are now children of God, and what we will be has not yet been revealed. We know that when Christ appears, we will be like Him, for we will see Him as He is.
3 UDB यसकारण, ख्रीष्टलाई आमनेसामने देख्न दृढतासाथ आशा गर्नेहरूले ख्रीष्टले कहिल्यै पाप नगर्नुभएझैँ आफैँलाई पाप गरिरहनबाट जोगाउनेछन्। BSB BSB: And everyone who has this hope in Him purifies himself, just as Christ is pure.
4 UDB तर पाप गरिरहने हरेकले परमेश्वरका व्यवस्थाहरू पालन गर्न इन्कार गरिरहन्छ, किनकि परमेश्वरका व्यवस्थाहरू पालन गर्न इन्कार गर्नु नै पाप हो। BSB BSB: Everyone who practices sin practices lawlessness as well. Indeed, sin is lawlessness.
5 UDB तिमीहरू जान्दछौ, कि हाम्रा पापको दोष सम्पूर्ण रूपमा मेटाउनका लागि नै ख्रीष्ट आउनुभयो। उहाँले कहिल्यै पाप गर्नुभएन भन्ने कुरा पनि तिमीहरू जान्दछौ। BSB BSB: But you know that Christ appeared to take away sins, and in Him there is no sin.
6 UDB ख्रीष्टले उनीहरूले जे गरेको चाहनुहुन्छ त्यही गरिरहनेहरूले बारम्बार पाप गरिरहँदैनन्। तर बारम्बार पाप गरिरहनेहरूले ख्रीष्ट को हुनुहुन्छ भन्ने बुझेको हुँदैन, न त उनीहरू उहाँसँग साँचो रूपमा सहभागी भएका हुन्छन्। BSB BSB: No one who remains in Him keeps on sinning. No one who continues to sin has seen Him or known Him.
7 UDB यसकारण, मेरा अति प्रियहरू हो, म तिमीहरूलाई बिन्ती गर्छु, कि पाप गरे पनि फरक पर्दैन भनेर तिमीहरूलाई कसैले धोका नदिओस्। यदि तिमीहरूले जे ठिक छ त्यही गरिरह्यौ भने ख्रीष्ट धर्मी हुनुभएझैँ तिमीहरू धर्मी हुनेछौ। BSB BSB: Little children, let no one deceive you: The one who practices righteousness is righteous, just as Christ is righteous.
8 UDB तर कसैले बारम्बार पाप गरिरहन्छ भने, त्यो दियाबलसजस्तै हो, किनकि दियाबलसले संसारको सुरुदेखि नै सदैव पाप गर्दै आएको छ। अनि दुष्टले गरेका कुराहरू नष्ट गर्नका लागि नै परमेश्वरका पुत्र मानिस बन्नुभयो। BSB BSB: The one who practices sin is of the devil, because the devil has been sinning from the very start. This is why the Son of God was revealed, to destroy the works of the devil.
9 UDB यदि मानिसहरू परमेश्वरका सन्तान भएका छन् भने उनीहरूले बारम्बार पाप गरिरहँदैनन्। उनीहरूले पाप गरिरहन सक्दैनन्, किनभने परमेश्वरले उनीहरूलाई आफ्ना सन्तानहरू बनाउनुभएको छ, र उहाँले उनीहरूभित्र उहाँ जस्तो हुनुहुन्छ त्यस्तै कुरो राख्नुभएको छ। BSB BSB: Anyone born of God refuses to practice sin, because God’s seed abides in him; he cannot go on sinning, because he has been born of God.
10 UDB परमेश्वरका सन्तानहरू दियाबलसका सन्तानहरूभन्दा स्पष्ट रूपमा फरक हुन्छन्। हामीले शैतानका सन्तानहरूलाई चिन्ने उपाय यही होः जे ठिक छ त्यो नगर्नेहरू परमेश्वरका सन्तानहरू होइनन्। अनि आफ्ना सङ्गी विश्वासीहरूलाई प्रेम नगर्नेहरू परमेश्वरका सन्तान होइनन्। BSB BSB: By this the children of God are distinguished from the children of the devil: Anyone who does not practice righteousness is not of God, nor is anyone who does not love his brother.
11 UDB तिमीहरूले सुरुमा ख्रीष्टमा विश्वास गर्दा तिमीहरूले सुनेको सन्देश यही हो, कि हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ। BSB BSB: This is the message you have heard from the beginning: We should love one another.
12 UDB हामीले आदमका छोरा कयिनले झैँ अरूलाई घृणा गर्नुहुन्न, जो शैतान अर्थात् दुष्टका थिए। कयिनले आफ्ना भाइलाई घृणा गरेका हुनाले उनले आफ्ना भाइको हत्या गरे। उनले आफ्ना भाइको हत्या किन गरे भन्नेबारे म तिमीहरूलाई बताउनेछु। कयिनको दुष्ट तरिकाले व्यवहार गर्ने आदत भएकोले यसो भएको थियो, र उनका भाइले उचित तरिकाले व्यवहार गर्ने भएकाले उनले उनका भाइलाई घृणा गरे। BSB BSB: Do not be like Cain, who belonged to the evil one and murdered his brother. And why did Cain slay him? Because his own deeds were evil, while those of his brother were righteous.
13 UDB अविश्वासीहरूले तिमीहरूलाई घृणा गर्दा तिमीहरूले अचम्म मान्नुपर्दैन। BSB BSB: So do not be surprised, brothers, if the world hates you.
15 UDB आफ्ना सङ्गी विश्वासीहरूलाई घृणा गर्ने जो कसैलाई पनि परमेश्वरले हत्या गरे जत्तिकै केही खराब गरेजस्तो व्यवहार गर्नुहुन्छ। अनि आफ्नो भाइलाई प्रेम नगर्ने जो कोही पनि जीवनको निम्ति होइन, मृत्युको निम्ति जिइरहेको हुन्छ। BSB BSB: Everyone who hates his brother is a murderer, and you know that eternal life does not reside in a murderer.
16 UDB हाम्रा निम्ति ख्रीष्ट स्वेच्छाले मर्नुभयो भन्ने सम्झना गरेर नै हामी अब हाम्रा सङ्गी विश्वासीहरूलाई कसरी साँचो रूपमा प्रेम गर्ने भनी जान्दछौँ। यसकारण, हामीले हाम्रा सङ्गी विश्वासीहरूका लागि कुनै पनि कुरा यसरी नै गर्नुपर्छ, अर्थात् उनीहरूका लागि मृत्युसमेत वरण गर्नुपर्छ। BSB BSB: By this we know what love is: Jesus laid down His life for us, and we ought to lay down our lives for our brothers.
17 UDB हामीहरूमध्ये धेरै जनासँग हामीलाई यस संसारमा जिउन आवश्यक पर्ने कुराहरू छन्। हाम्रा सङ्गी विश्वासीहरूसँग उनीहरूलाई आवश्यक पर्ने थोकहरू छैन भन्ने हामीलाई अवगत भयो भने र हामीले उनीहरूका निम्ति उपलब्ध गर्न इन्कार गर्यौँ भने हामी परमेश्वरलाई हामीले दाबी गरेजस्तो प्रेम गर्दैनौँ भन्ने कुरा स्पष्ट हुन्छ। BSB BSB: If anyone with earthly possessions sees his brother in need, but withholds his compassion from him, how can the love of God abide in him?
18 UDB तिमीहरू, जसलाई म धेरै प्रेम गर्छु, म तिमीहरूलाई भन्दै छु, हामी एक अर्कालाई प्रेम गर्छौं मात्र नभनौँ, हामी एक अर्कालाई सहायता गरेर प्रेम गरौँ। BSB BSB: Little children, let us love not in word and speech, but in action and truth.
19 UDB यदि हामीले आफ्ना सङ्गी विश्वासीहरूलाई साँच्चै प्रेम गर्छौं भने, हामी ख्रीष्टको सत्य सन्देशअनुसार जिइरहेका छौँ भन्ने कुरामा हामी निश्चित हुन सक्छौँ। फलस्वरूप, हामीले परमेश्वरको उपस्थितिमा दोषी महसुस गर्नुपर्ने छैन। BSB BSB: And by this we will know that we belong to the truth, and will assure our hearts in His presence:
20 UDB गल्ती गरेको हुनाले हामीले दोषी महसुस गरे तापनि हामीले दृढतापूर्वक प्रार्थना गर्न सक्छौँ, किनकि परमेश्वर हाम्रा निम्ति भरोसा राख्न योग्य हुनुहुन्छ। उहाँले हाम्रो बारेमा सबै कुरा जान्नुहुन्छ। BSB BSB: Even if our hearts condemn us, God is greater than our hearts, and He knows all things.
21 UDB प्रिय मित्रहरू, यदि हाम्रो मनले हामीलाई पाप गरेको दोष लगाएन भने हामीले दृढतापूर्वक परमेश्वरसँग प्रार्थना गर्न सक्छौँ। BSB BSB: Beloved, if our hearts do not condemn us, we have confidence before God,
22 UDB जब हामी दृढतापूर्वक उहाँसँग प्रार्थना गर्छौं र उहाँसँग कुनै कुराको निम्ति बिन्ती गर्छौं, हामीले त्यो पाउछौँ, किनभने हामी उहाँले जे आज्ञा गर्नुहुन्छ त्यही गर्छौं र उहाँलाई प्रसन्न तुल्याउने काम गर्छौं। BSB BSB: and we will receive from Him whatever we ask, because we keep His commandments and do what is pleasing in His sight.
23 UDB उहाँले हामीलाई के गर्ने आज्ञा दिनुहुन्छ भन्ने म तिमीहरूलाई बताउनेछुः येशू ख्रीष्ट नै उहाँका पुत्र हुनुहुन्छ भनी हामीले विश्वास गर्नुपर्छ। परमेश्वरले हामीलाई प्रेम गर्न आज्ञा गर्नुभएझैँ हामीले एकअर्कालाई पनि प्रेम गर्नुपर्छ। BSB BSB: And this is His commandment: that we should believe in the name of His Son, Jesus Christ, and we should love one another just as He commanded us.
24 UDB परमेश्वरले जे आज्ञा गर्नुभएको छ, त्यही गर्नेहरू नै परमेश्वरसँग सहभागी भएकाहरू हुन्। उहाँले हामीलाई दिनुभएको उहाँका आत्माको कारणले नै परमेश्वर हामीसँग सहभागी हुनुहुन्छ भनी हामी निश्चित हुन सक्छौँ। BSB BSB: Whoever keeps His commandments remains in God, and God in him. And by this we know that He remains in us: by the Spirit He has given us.
Select verses for actions: Enter goes to them and Escape comes back.