3 UDB तर येशूको बारेमा भएको त्यस सत्यतालाई पक्का नगर्नेहरूले परमेश्वरको सन्देश सिकाउदै छैनन्। उनीहरू ख्रीष्टको विरोध गर्ने शिक्षकहरू हुन्। त्यस्ता मानिसहरू हाम्रा माझमा आइरहेका छन् भन्ने तिमीले सुनेका छौ। अहिले पनि उनीहरू यहाँ अगि नै आइसकेका छन्। BSB BSB: and every spirit that does not confess Jesus is not from God. This is the spirit of the antichrist, which you have heard is coming and which is already in the world at this time.
4 UDB तिमीहरू मेरा अति नै प्रियहरू हौ र साथै तिमीहरू परमेश्वरका हौ। तिमीहरूले ती मानिसहरूले सिकाएको कुरा विश्वास गर्न इन्कार गरेका छौ, किनकि उहाँले चाहनुभएअनुसार गर्न तिमीलाई सक्षम तुल्याउनुहुने परमेश्वर महान् हुनुहुन्छ। BSB BSB: You, little children, are from God and have overcome them, because greater is He who is in you than he who is in the world.
5 UDB जे झुट छ, त्यही सिकाउनेहरू परमेश्वरलाई आदर गर्न इन्कार गर्ने संसारका मानिसहरूमा पर्छन्। त्यसैले, उनीहरू जे भन्छन् त्यो तिनै मानिसहरूबाट आउँछ र तिनै मानिसहरूले उनीहरूका कुरा सुन्छन्। BSB BSB: They are of the world. That is why they speak from the world’s perspective, and the world listens to them.
6 UDB हामीचाहिँ परमेश्वरका हौँ। जसले परमेश्वरलाई चिनेका छन् उनीहरूले हाम्रो शिक्षा सुन्दछन्, तर जो परमेश्वरका होइनन्, हामीले सिकाएका कुराहरू उनीहरू सुन्दैनन्। यसरी हामी परमेश्वरको बारेमा सत्य शिक्षा सिकाउनेहरू र झुटो शिक्षा सिकाउनेहरूबिच फरक छुट्टयाउन सक्छौँ। BSB BSB: We are from God. Whoever knows God listens to us; whoever is not from God does not listen to us. That is how we know the Spirit of truth and the spirit of deception.
7 UDB प्रिय मित्रहरू हो, हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ, किनकि हामीहरूले एक अर्कालाई प्रेम गर्न परमेश्वरले हामीलाई सक्षम बनाउनुहुन्छ अनि आफ्ना सङ्गी विश्वासीहरूलाई प्रेम गर्नेहरू परमेश्वरका सन्तानहरू भएका छन् र उहाँलाई चिन्दछन्। BSB BSB: Beloved, let us love one another, because love comes from God. Everyone who loves has been born of God and knows God.
10 UDB अर्को व्यक्तिलाई साँच्चै प्रेम गर्नु भनेको के हो भनी परमेश्वरले हामीलाई देखाउनुभएको छ। यसको आशय, हामीले परमेश्वरलाई प्रेम गर्यौँ भन्ने होइन, तर उहाँले हामीलाई प्रेम गर्नुभयो भन्ने हो। यसकारण, उहाँले आफना पुत्र स्वयम्लाई बलिदान हुन पठाउनुभयो, ताकि हामीले पाप गर्दा परमेश्वरले हाम्रो पाप क्षमा गर्न सक्नुभएको होस्। BSB BSB: And love consists in this: not that we loved God, but that He loved us and sent His Son as the atoning sacrifice for our sins.
11 UDB प्रिय मित्रहरू, परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुहुने हुनाले हामीले एक अर्कालाई निश्चय नै प्रेम गर्नुपर्छ। BSB BSB: Beloved, if God so loved us, we also ought to love one another.
12 UDB कसैले पनि परमेश्वरलाई कहिल्यै देखेको छैन। तर पनि हामी एक अर्कालाई प्रेम गर्दछौँ, र परमेश्वरले इच्छा गर्नुभएझैँ हामीले एक अर्कालाई प्रेम गर्छौं भने परमेश्वर हामीभित्र बास गर्नुहुन्छ भन्ने स्पष्ट हुन्छ। BSB BSB: No one has ever seen God; but if we love one another, God remains in us, and His love is perfected in us.
13 UDB हामी परमेश्वरसँग सहभागी भएका छौँ र परमेश्वर हामीसँग सहभागी हुनुहुन्छ भनेर हामी कसरी निश्चित हुन सक्छौँ, म तिमीहरूलाई बताउनेछुः उहाँले आफ्ना आत्मा हामीभित्र राखिदिनुभएको छ। BSB BSB: By this we know that we remain in Him, and He in us: He has given us of His Spirit.
14 UDB हामी प्रेरितहरूले परमेश्वरका पुत्रलाई देखेका छौँ, र पिताले उहाँलाई संसारका मानिसहरूले उनीहरूका पापका कारण अनन्त रूपमा कष्ट भोग्न नपरोस् भनेर उहाँलाई पठाउनुभयो भन्ने हामी अरूहरूलाई गम्भीरतासाथ बताउँछौँ। BSB BSB: And we have seen and testify that the Father has sent His Son to be the Savior of the world.
15 UDB त्यसैले येशूको बारेमा सत्यता बताउनेहरूसँग परमेश्वर आबद्ध रहनुहुन्छ। उनीहरू भन्छन्, “उहाँ परमेश्वरका पुत्र हुनुहुन्छ।” अनि यसरी उनीहरू परमेश्वरसँग सहभागी हुन्छन्। BSB BSB: If anyone confesses that Jesus is the Son of God, God abides in him, and he in God.
17 UDB हामीले अरूहरूलाई पूर्ण रूपमा प्रेम गर्नुपर्छ। र यदि हामीले त्यसो गर्छौं भने, परमेश्वरले हामीलाई न्याय गर्ने समय आउँदा उहाँले हामीलाई दण्डको आज्ञा दिनुहुन्न भन्नेमा हामी दृढ हुनेछौँ। हामी त्यस कुरामा दृढ हुनेछौँ, किनभने ख्रीष्ट परमेश्वरसँग आबद्ध भएर जिउनुभएझैँ हामी यस संसारमा परमेश्वरसँग आबद्ध भएर जिइरहेका छौँ। BSB BSB: In this way, love has been perfected among us, so that we may have confidence on the day of judgment; for in this world we are just like Him.
18 UDB यदि हामी परमेश्वरलाई साँचो रूपमा प्रेम गर्दछौँ भने हामी उहाँसँग डराउनेछैनौँ, किनकि जसले परमेश्वरलाई पूर्ण रूपमा प्रेम गर्दछ उनीहरू सभवतः डराउन सक्दैनन्। उहाँले हामीलाई दण्ड दिनुहुनेछ भनी हामीले सोच्यौँ भने मात्र हामी डराउनेछौँ। त्यसैले, परमेश्वरसँग डराउनेहरूले उहाँलाई पूर्ण रूपमा प्रेम गरिरहेका हुँदैनन्। BSB BSB: There is no fear in love, but perfect love drives out fear, because fear involves punishment. The one who fears has not been perfected in love.
19 UDB हामी परमेश्वर र हाम्रा सङ्गी विश्वसीहरूलाई प्रेम गर्छौं, किनभने परमेश्वरले पहिले हामीलाई प्रेम गर्नुभयो। BSB BSB: We love because He first loved us.
20 UDB यसकारण, जसले “म परमेश्वरलाई प्रेम गर्छु” भन्दछ तर सङ्गी विश्वासीलाई घृणा गर्छ, त्यसले झुट बोलिरहेको हुन्छ। जसले देखेका आफ्ना सङ्गी विश्वासीलाई प्रेम गर्दैन भने त्यसले निश्चय नै नदेखेको परमेश्वरलाई प्रेम गरिरहन सक्दैन। BSB BSB: If anyone says, “I love God,” but hates his brother, he is a liar. For anyone who does not love his brother, whom he has seen, cannot love God, whom he has not seen.
21 UDB परमेश्वरले हामीलाई आज्ञा गर्नुभएको यो कुरा मनमा राखः यदि हामी उहाँलाई प्रेम गर्दछौँ भने हामीले हाम्रा सङ्गी विश्वसीहरूलाई पनि प्रेम गर्नुपर्छ। BSB BSB: And we have this commandment from Him: Whoever loves God must love his brother as well.
Select verses for actions: Enter goes to them and Escape comes back.