1 UDB येशू नै ख्रीष्ट हुनुहुन्छ भनी विश्वास गर्नेहरू सबै परमेश्वरका सन्तानहरू अर्थात् परमेश्वरबाट जन्मिएका हुन्। र जसले पितालाई प्रेम गर्छ निश्चय नै त्यसले उहाँका बालकलाई पनि प्रेम गर्छ। BSB BSB: Everyone who believes that Jesus is the Christ has been born of God, and everyone who loves the Father also loves those born of Him.
2 UDB हामी परमेश्वरका सन्तानहरूलाई साँच्चै प्रेम गर्छौं भन्ने कुरामा सुनिश्चित हुने उपाय हामीले परमेश्वरलाई प्रेम गर्दा र उहाँले हामीलाई गर्नलाई दिनुभएको आज्ञा पालन गर्दा नै हो। BSB BSB: By this we know that we love the children of God: when we love God and keep His commandments.
3 UDB म यो भनिरहेको छु, किनकि परमेश्वरलाई प्रेम गर्नु भन्नुको अर्थ नै हामीले उहाँले आज्ञा गर्नुभएको कुरा पालन गर्नु भन्ने हो। उहाँले आज्ञा गर्नुभएको कुरा पालन गर्न कठिन पनि छैन। BSB BSB: For this is the love of God, that we keep His commandments. And His commandments are not burdensome,
4 UDB परमेश्वरले उहाँका आफ्ना सन्तानहरू तुल्याउनुभएको हामी सबै अविश्वासीहरूले हामीलाई गर्न चाहना गरेका हरेक थोक इन्कार गर्न सक्षम भएका छौँ। परमेश्वरको विरुद्धमा हुने हरेक थोकभन्दा हामी झनै बलिया छौँ। हामीहरू गल्ती गर्न इन्कार गर्न सक्षम छौँ, किनभने हामी ख्रीष्टमा भरोसा गर्छौं। BSB BSB: because everyone born of God overcomes the world. And this is the victory that has overcome the world: our faith.
5 UDB परमेश्वरको विरुद्धमा रहेको हरेक थोकभन्दा बलियो व्यक्ति को छ? यो त्यही व्यक्ति हो जसले येशू नै परमेश्वका पुत्र हुनुहुन्छ भनी विश्वास गर्दछ। BSB BSB: Who then overcomes the world? Only he who believes that Jesus is the Son of God.
6 UDB येशू ख्रीष्टको बारेमा विचार गर। परमेश्वरको तर्फबाट यस संसारमा आउनुहुने उहाँ नै हुनुहुन्छ। यूहन्नाले येशूलाई पानीमा बप्तिस्मा दिँदा परमेश्वरले उहाँलाई साँच्चै यस संसारमा पठाउनुभएको थियो भन्ने उहाँले देखाउनुभयो, तर येशू मर्नुहुदाँ उहाँको रगत उहाँको शरीरबाट बग्दा पनि देखाउनुभयो। र येशू ख्रीष्ट परमेश्वरबाट नै आउनुभएको हो भनी परमेश्वरका आत्माले साँचो रूपमा घोषणा गर्नुहुन्छ। BSB BSB: This is the One who came by water and blood, Jesus Christ—not by water alone, but by water and blood. And it is the Spirit who testifies to this, because the Spirit is the truth.
7 UDB यी तिन थोक तिन जना गवाही दिने मानिसहरू जस्ता हुन्ः BSB BSB: For there are three that testify:
8 UDB परमेश्वरका आत्मा, यूहन्नाले येशूलाई बप्तिस्मा दिँदाको पानी र येशू क्रुसमा मर्नुहुदाँ उहाँको शरीरबाट बगेको रगत। यी तिनै थोकले येशू परमेश्वरबाट नै आउनुभएको हो भन्ने उही एउटै कुरा हामीलाई बताउँछन्। BSB BSB: the Spirit, the water, and the blood—and these three are in agreement.
9 UDB सामान्यतया अन्य मानिसहरूले हामीलाई भनेको कुरा हामी विश्वास गर्छौं। तर निश्चय नै परमेश्वरले जे भन्नुहुन्छ, त्यसमा हामी अझ बढी भरोसा गर्न सक्छौँ। र उहाँले आफ्ना पुत्रको बारेमा निश्चय नै गवाही दिनुभएको छ। BSB BSB: Even if we accept human testimony, the testimony of God is greater. For this is the testimony that God has given about His Son.
10 UDB परमेश्वरका पुत्रमाथि भरोसा गर्नेहरूले उनीहरूको अन्तस्करणमा उहाँको बारेमा सत्य कुरा जान्दछन्। तर जसले परमेश्वरले भन्नुभएको कुरामा विश्वास गर्दैनन् उनीहरूले उहाँलाई झुटा तुल्याउँछन्, किनभने उनीहरूले परमेश्वरले उहाँका पुत्रको बारेमा दिनुभएको गवाही विश्वास गर्न इन्कार गरेका छन्। BSB BSB: Whoever believes in the Son of God has this testimony within him; whoever does not believe God has made Him out to be a liar, because he has not believed in the testimony that God has given about His Son.
12 UDB परमेश्वरका पुत्रसँग सहभागी भएकाहरू परमेश्वरसँग सदासर्वदा जिउनेछन्। उहाँसँग सहभागी नभएकाहरू सदासर्वदा जिउने छैनन्। BSB BSB: Whoever has the Son has life; whoever does not have the Son of God does not have life.
14 UDB हामी उहाँसँग आबद्ध भएका हुनाले उहाँ सहमत हुनुभएको कुनै पनि कुरा हामीले उहाँसँग माग्दा उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ। BSB BSB: And this is the confidence that we have before Him: If we ask anything according to His will, He hears us.
15 UDB र हामीले जे माग्छौँ उहाँले हाम्रो बिन्ती सुन्नुहुन्छ भनी हामी जान्दछौँ भने हामीले उहाँसँग जे मागेका छौँ सो हामीले प्राप्त गर्नेछौँ भनी हामी निश्चित हुन सक्छौँ। BSB BSB: And if we know that He hears us in whatever we ask, we know that we already possess what we have asked of Him.
16 UDB मानौँ, तिमीहरूले हाम्रा सङ्गी विश्वासीहरूमध्ये कुनै एक जनाले परमेश्वरबाट अलग नगर्ने किसिमको पाप गरिरहेको देख्यौ, र तिमीहरूले पाप गरिरहेको देख्दा, तिमीहरूले परमेश्वरसँग बिन्ती गर्नुपर्छ, र परमेश्वरले त्यस व्यक्तिलाई अर्थात् परमेश्वरबाट अलग नगर्ने पाप गरिरहेको त्यस व्यक्तिलाई जीवन दिनुभएको होस् भनी प्रार्थना गर्नुपर्छ। तर केही मानिसहरूले यसरी पाप गर्छन् जसले उनीहरूलाई परमेश्वरदेखि सदासर्वदा अलग्गिने तुल्याउँछ। त्यसरी पाप गर्ने मानिसहरूका लागि परमेश्वरले सहायता गर्नुभएको होस् भनेर तिमीहरूले प्रार्थना गर्नुपर्छ भनी मैले तिमीहरूलाई भनिरहेको छैन। BSB BSB: If anyone sees his brother committing a sin not leading to death, he should ask God, who will give life to those who commit this kind of sin. There is a sin that leads to death; I am not saying he should ask regarding that sin.
17 UDB हरेक गल्ती कुरो परमेश्वरको विरुद्धमा गरिने पाप हो, तर हामीले गर्ने हरेक गल्तीले हामीलाई परमेश्वरदेखि सदासर्वदा अलग पार्न सक्दैन। BSB BSB: All unrighteousness is sin, yet there is sin that does not lead to death.
18 UDB हामी जान्दछौँ, कि यदि कोही परमेश्वरको सन्तान हो भने त्यसले बारम्बार पाप गरिरहँदैन। बरु, परमेश्वरले त्यसलाई सुरक्षा गर्नुहुन्छ, ताकि शैतान अर्थात् दुष्टले त्यसलाई हानि नपुर्याओस्। BSB BSB: We know that anyone born of God does not keep on sinning; the One who was born of God protects him, and the evil one cannot touch him.
19 UDB हामी जान्दछौँ, कि हामी परमेश्वरका हौँ, र सारा संसार दुष्टको नियन्त्रणमा छ भन्ने हामी जान्दछौँ। BSB BSB: We know that we are of God, and that the whole world is under the power of the evil one.
20 UDB हामी जान्दछौँ, कि परमेश्वरका पुत्र हाम्रा माझमा आउनुभएको छ र उहाँले हामीलाई सत्यता बुझ्न सक्षम बनाउनुभएको छ; हामी उहाँसँग सहभागी छौँ जो सत्य अर्थात् परमेश्वरका पुत्र येशू ख्रीष्ट हुनुहुन्छ। येशू ख्रीष्ट साँच्चै परमेश्वर हुनुहुन्छ र उहाँले नै हामीलाई अनन्त जीवन पाउन सक्षम तुल्याउनुहुन्छ। BSB BSB: And we know that the Son of God has come and has given us understanding, so that we may know Him who is true; and we are in Him who is true—in His Son Jesus Christ. He is the true God and eternal life.
21 UDB म तिमीहरूलाई भन्दछु, जो मेरो निम्ति अति प्रिय छौ, वास्तविक शक्ति नभएका ईश्वरहरूको आराधना गर्नदेखि तिमीहरूले आफैँलाई बचाओ। BSB BSB: Little children, keep yourselves from idols.
Select verses for actions: Enter goes to them and Escape comes back.