1 UDB तिमीहरू सबैले मलाई मुख्य एल्डरको रूपमा चिन्छौ। मैले धेरै प्रेम गर्ने तिमी विश्वासीहरूको झुण्डलाई म यो पत्र लेख्दैछु। परमेश्वरले तिमीहरूलाई चुन्नुभएको छ र म तिमीहरूलाई प्रेम गर्छु किनभने हामीले ख्रीष्टको बारेमा जे जानेका छौं त्यो सत्यता हो! तिमीहरूलाई म आफूले मात्र प्रेम गर्ने होइन तर येशूले सिकाउनुभएको सत्य सन्देश जान्ने र ग्रहण गर्ने सबै जनाले पनि तिमीहरूलाई प्रेम गर्छन्! BSB BSB: The elder, To the chosen lady and her children, whom I love in the truth—and not I alone, but also all who know the truth—
2 UDB हामी सबैले परमेश्वरको सत्य सन्देशमा विश्वास गरेको कारणले यसो भएको हो। यो हाम्रो भित्री अस्तित्वमा छ र हामी यसमा सदासर्वदा निरन्तर विश्वास गर्नेछौं! BSB BSB: because of the truth that abides in us and will be with us forever:
3 UDB परमेश्वर पिता र उहाँका पुत्र येशू ख्रीष्टले हामीप्रति निरन्तर दयालु भएर र कृपालु भएर व्यवहार गर्नुहुन्छ किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ। उहाँले हामीलाई साँच्चै प्रेम गर्ने हुनाले उहाँले हामीलाई शान्तिमा रहन सक्षम बनाउनुहुन्छ। BSB BSB: Grace, mercy, and peace from God the Father and from Jesus Christ, the Son of the Father, will be with us in truth and love.
4 UDB परमेश्वरले हामीलाई सिकाउनुभएको सत्यताअनुसार तिमीहरूमध्ये कसैले जीवन बिताउँदैछौ भनी मैले थाहा पाएको हुनाले म ज्यादै खुशी छु। हाम्रा पिताले हामीलाइ यसै गर्ने आज्ञा दिनुभएको छ। BSB BSB: I was overjoyed to find some of your children walking in the truth, just as the Father has commanded us.
5 UDB र अब, प्रिय विश्वासी समूह, उहाँले हामीलाई जे गर्ने आज्ञा दिनुभएको छ त्यो आज्ञा पालन गर्न म तिमीहरूलाई निवेदन गर्छु। यसकारण म तिमीहरूलाई लेख्दैछु। उहाँको जे आज्ञा थियो—हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ—यो कुनै नयाँ होइन। बरु, हामीले पहिले ख्रीष्टमा विश्वास गर्दा नै हामीले एक अर्कालाई प्रेम गर्नुपर्छ भनेर सिक्यौं। BSB BSB: And now I urge you, dear lady—not as a new commandment to you, but one we have had from the beginning—that we love one another.
6 UDB परमेश्वरलाई र एक अर्कालाई प्रेम गर्नु भन्नुको अर्थ यही हो—परमेश्वरले हामीलाई जे गर्ने आज्ञा दिनुहुन्छ त्यो आज्ञा हामीले पालन गर्नुपर्छ। उहाँले हामीलाई दिनुहुने आज्ञाचाहिं उहाँलाई र एकअर्कालाई प्रेम गर्नु हो। BSB BSB: And this is love, that we walk according to His commandments. This is the very commandment you have heard from the beginning, that you must walk in love.
7 UDB अरूलाई छल गर्ने धेरै जना मानिसहरूले तिमीहरूको समूहलाई छोडेका छन् र तिमीहरूका इलाकामा भएका अरू मानिसहरूकहाँ गएका छन्। तिनीहरू येशू ख्रीष्ट मानव बन्नुभयो भन्ने कुरा विश्वास गर्न इन्कार गर्नेहरू हुन्। तिनीहरू अरूलाई छल गर्छन् र ख्रीष्टको विरोध गर्छन्। BSB BSB: For many deceivers have gone out into the world, refusing to confess the coming of Jesus Christ in the flesh. Any such person is the deceiver and the antichrist.
8 UDB यसैले सावधान रहो कि त्यस्ता शिक्षकहरूले तिमीलाई छल नगरून्! तिनीहरूले तिमीहरूलाई छल गर्न पाए भने, तिमीहरूले इनाम गुमाउनेछौ, जसको लागि तिमीहरूसँगै हामीले काम गरिरहेका छौंँ र परमेश्वरसँग अनन्त रूपले एकसाथ रहने इनाम तिमीहरूले पूर्ण रूपमा पाउने छैनौ। BSB BSB: Watch yourselves, so that you do not lose what we have worked for, but that you may be fully rewarded.
9 UDB ख्रीष्टले जे सिकाउनुभयो त्यो कुरा फेर्ने र जे उहाँले सिकाउनुभयो त्यसमा निरन्तर विश्वास नगर्नेहरूको परमेश्वरसँग मिलाप हुँदैन। तर, ख्रीष्टले जे सिकाउनुभयो त्यसमा निरन्तर विश्वास गर्नेहरूको हाम्रा पिता परमेश्वर र उहाँको पुत्र दुवैसँग मिलाप हुन्छ। BSB BSB: Anyone who runs ahead without remaining in the teaching of Christ does not have God. Whoever remains in His teaching has both the Father and the Son.
10 UDB यसैले ख्रीष्टले सिकाउनुभएको शिक्षाभन्दा फरक कुरा सिकाउने कुनै पनि व्यक्ति तिमीहरूकहाँ आउँदा, उसलाई आफ्ना घरहरूमा स्वागत नगर! उसलाई अभिवादन गरेर वा कुनै पनि किसिमले उसको भलो चिताएर उसलाई उत्साह नदेओ! BSB BSB: If anyone comes to you but does not bring this teaching, do not receive him into your home or even greet him.
11 UDB म यो भन्छु कि तिमीहरूले त्यस्ता मानिसहरूलाई आफ्ना विश्वासी बन्धुहरूलाई जस्तो व्यवहार गर्यौ भने, तिनीहरूका दुष्ट कामहरू गर्न तिमीहरूले तिनीहरूलाई सहयोग गरिरहेका हुन्छौ। BSB BSB: Whoever greets such a person shares in his evil deeds.
12 UDB मैले तिमीहरूलाई भन्न इच्छा गरेका धेरै कुरा मसँग भए तापनि, यो पत्रमा मैले नभन्ने निर्णय गरेको छु। बरु, म चाँडै नै तिमीहरूकहाँ आउने र तिमीहरूसँग प्रत्यक्ष कुरा गर्ने आशा गर्छु। अनि हामीहरू पूर्ण रूपले एकसाथ आनन्दित हुन सक्छौं। BSB BSB: I have many things to write to you, but I would prefer not to do so with paper and ink. Instead, I hope to come and speak with you face to face, so that our joy may be complete.
13 UDB यहाँको मण्डलीमा भएका परमेश्वरले चुन्नुभएका तिमीहरूका विश्वासी बन्धुहरू सबैले तिमीहरूलाई अभिवादन पठाएका छन्। BSB BSB: The children of your elect sister send you greetings.
Select verses for actions: Enter goes to them and Escape comes back.