3 UDB एक दिन दिउँसो तिन बजेतिर कर्नेलियसले दर्शन देखे। तिनले परमेश्वरले पठाउनुभएका स्वर्गदूतलाई स्पष्ट रूपमा देखे। तिनले देखे, कि स्वर्गदूत तिनको कोठामा आउँदै थिए, जसले तिनलाई भने, “हे कर्नेलियस!” BSB BSB: One day at about the ninth hour, he had a clear vision of an angel of God who came to him and said, “Cornelius!”
4 UDB कर्नेलियसले एकटक लगाएर स्वर्गदूतलाई हेरे, र तिनी भयभीत भए। त्यसपछि डरले तिनले सोधे, “हजुर, तपाईं मबाट के चाहनुहुन्छ?” परमेश्वरले पठाउनुभएका स्वर्गदूतले भने, “तिमीले परमेश्वरलाई खुसी पारेका छौ, किनकि तिमीले परमेश्वरलाई नियमित रूपमा प्रार्थना चढाउँदै आएका छौ, र तिमीले प्रायः गरिबहरूको सहायताको लागि रुपियाँ-पैसा दिन्छौ। ती कुराहरू परमेश्वरको निम्ति सम्झनाको भेटीजस्ता बनेका छन्। BSB BSB: Cornelius stared at him in fear and asked, “What is it, Lord?” The angel answered, “Your prayers and gifts to the poor have ascended as a memorial offering before God.
5 UDB त्यसैले, अब योप्पामा केही मानिसहरू पठाएर पत्रुस पनि भनिने सिमोनलाई बोलाएर ल्याऊ। BSB BSB: Now send men to Joppa to call for a man named Simon who is called Peter.
6 UDB तिनी छालाको काम गर्ने अर्का सिमोनसित बस्दै छन्। तिनको घर समुद्रको नजिकै छ।” BSB BSB: He is staying with Simon the tanner, whose house is by the sea.”
7 UDB कर्नेलियससित बोल्ने स्वर्गदूत गएपछि तिनले आफ्नो घरका दुई जना नोकर अनि तिनको सेवा गर्ने र परमेश्वरलाई पुज्ने एक जना सिपाहीलाई डाके। BSB BSB: When the angel who spoke to him had gone, Cornelius called two of his servants and a devout soldier from among his attendants.
8 UDB स्वर्गदूतले भनेका हरेक कुरो तिनले तिनीहरूलाई बताए, र योप्पा सहरमा गएर पत्रुसलाई कैसरियामा बोलाएर ल्याउनू भनी तिनले तिनीहरूलाई आज्ञा दिए। BSB BSB: He explained what had happened and sent them to Joppa.
10 UDB तिनी भोकाए, र तिनलाई केही खान मन लाग्यो। केही मानिसहरूले खाना तयार पारिरहँदा पत्रुसले एउटा दर्शन देखे। BSB BSB: He became hungry and wanted something to eat, but while the meal was being prepared, he fell into a trance.
11 UDB तिनले आकाश उघ्रेको र एउटा ठुलो तन्नाजस्तो वस्तु पृथ्वीतर्फ झरिरहेको देखे, जसको चारै कुना भने उठेका थिए। BSB BSB: He saw heaven open and something like a large sheet being let down to earth by its four corners.
12 UDB तन्नाभित्र सबै किसिमका प्राणीहरू थिए। त्यसमा मोशाको व्यवस्थाले यहूदीहरूलाई खाना निषेध गरेका जनावरहरू र चराचुरुङ्गीहरू पनि थिए। कसैका चार खुट्टा थिए, केही जमिनमा घस्रन्थे, र अरू केही जङ्गली चराचुरुङ्गी थिए। BSB BSB: It contained all kinds of four-footed animals and reptiles of the earth, as well as birds of the air.
13 UDB त्यसपछि तिनले परमेश्वरको यसो भन्ने आवाज सुने, “हे पत्रुस, उठ, र केहीलाई मारेर खाऊ।” BSB BSB: Then a voice said to him: “Get up, Peter, kill and eat!”
14 UDB तर पत्रुसले जवाफ दिए, “प्रभु, निश्चय नै मैले त्यसो गरेको तपाईं चाहनुहुन्न, किनकि हाम्रो यहूदी व्यवस्थाले स्वीकार नगरेको वा हामीले खान नहुने कुरो मैले कहिल्यै खाएको छैनँ।” BSB BSB: “No, Lord!” Peter answered. “I have never eaten anything impure or unclean.”
15 UDB त्यसपछि तिनले दोस्रो पटक परमेश्वरको आवाज सुने। उहाँले भन्नुभयो, “म परमेश्वर हुँ। त्यसैले, मैले जुन कुरोलाई खानयोग्य तुल्याएको छु, त्यसलाई खानयोग्य छैन भनी नभन।” BSB BSB: The voice spoke to him a second time: “Do not call anything impure that God has made clean.”
16 UDB तिन पटक यसै भयो। त्यसपछि जनावरहरू र चराहरूले भरिएको उक्त तन्ना तुरुन्तै आकाशमा लगियो। BSB BSB: This happened three times, and all at once the sheet was taken back up into heaven.
17 UDB त्यस दर्शनको अर्थ के होला भनी पत्रुसले बुझ्न कोसिस गरिरहँदा कर्नेलियसद्वारा पठाइएका मानिसहरू आइपुगे। सिमोनको घरमा कसरी पुग्ने भनी तिनीहरूले मानिसहरूलाई सोधे। तिनीहरूले तिनको घर पत्ता लगाए, र तिनीहरू ढोकाबाहिर उभिरहे। BSB BSB: While Peter was puzzling over the meaning of the vision, the men sent by Cornelius found Simon’s house and approached the gate.
18 UDB पत्रुस भनिने सिमोन त्यहाँ बसिरहेका छन् कि भनी तिनीहरूले सोधे। BSB BSB: They called out to ask if Simon called Peter was staying there.
19 UDB पत्रुसले अझैँ दर्शनको अर्थ बुझ्ने कोसिस गरिरहँदा परमेश्वरका आत्माले तिनलाई भन्नुभयो, “सुन। तिमीलाई भेट्न तिन जना मानिस यहाँ आएका छन्। BSB BSB: As Peter continued to reflect on the vision, the Spirit said to him, “Behold, three men are looking for you.
20 UDB त्यसैले, उठेर तल जाऊ, र तिनीहरूसँगै लाग। तिनीहरूसँगै जानुपर्दैन भनी नसोच, किनकि मैले नै तिनीहरूलाई पठाएको हुँ।” BSB BSB: So get up! Go downstairs and accompany them without hesitation, because I have sent them.”
21 UDB पत्रुस तल ओर्ले, र तिनले तिनीहरूलाई भने, “तपाईंहरूले खोजिरहनुभएको मानिस म नै हुँ। तपाईंहरू किन आउनुभएको?” BSB BSB: So Peter went down to the men and said, “Here am I, the one you are looking for. Why have you come?”
22 UDB तिनीहरूले जवाफ दिए, “रोमी सेनाका अधिकृत कर्नेलियसले हामीलाई यहाँ पठाउनुभएको हो। उहाँ परमेश्वरलाई पुज्ने असल मानिस हुनुहुन्छ, र उहाँलाई चिन्ने सबै यहूदीहरूले उहाँ ज्यादै असल मानिस हुनुहुन्छ भनी जान्दछन्। एक जना स्वर्गदूतले तिनलाई भने, ‘योप्पामा केही मानिसहरू पठाएर सिमोन पत्रुसलाई बोलाएर ल्याऊ, ताकि तिनले तिमीबाट केही सुन्न सक।’ BSB BSB: “Cornelius the centurion has sent us,” they said. “He is a righteous and God-fearing man with a good reputation among the whole Jewish nation. A holy angel instructed him to request your presence in his home so he could hear a message from you.”
23 UDB पत्रुसले तिनीहरूलाई घरभित्र स्वागत गरे, र त्यस रात तिनीसँगै बस्नुपर्छ भनी तिनले तिनीहरूलाई बताए। भोलिपल्ट पत्रुस तयार भए, र तिनी ती मानिसहरूसँगै गए। योप्पाका केही विश्वासीहरू पनि तिनीसँगै लागे। BSB BSB: So Peter invited them in as his guests. And the next day he got ready and went with them, accompanied by some of the brothers from Joppa.
24 UDB अर्को दिन तिनीहरू कैसरिया आइपुगे। कर्नेलियसले तिनीहरूको बाटो हेर्दै थिए। तिनले आफ्ना आफन्तहरू र नजिकका साथीहरूलाई पनि निमन्त्रणा दिएकाले तिनीहरू पनि तिनका घरमा आएका थिए। BSB BSB: The following day he arrived in Caesarea, where Cornelius was expecting them and had called together his relatives and close friends.
25 UDB पत्रुस घरभित्र प्रवेश गरेपछि कर्नेलियसले तिनलाई भेटे, र तिनलाई दण्डवत् गरे। BSB BSB: As Peter was about to enter, Cornelius met him and fell at his feet to worship him.
26 UDB तर पत्रुसले कर्नेलियसलाई हातले समातेर उठाए, र भने, “उठ्नुहोस्। मलाई दण्डवत् नगर्नुस्। म पनि तपाईंजस्तै मानिस मात्रै हुँ।” BSB BSB: But Peter helped him up. “Stand up,” he said, “I am only a man myself.”
27 UDB तिनी कर्नेलियससित कुराकानी गर्दै भित्र प्रवेश गरे। अरू पनि तिनीसँगै भित्र गए, जहाँ धेरै मानिसहरू जम्मा भएर बसेका थिए। BSB BSB: As Peter talked with him, he went inside and found many people gathered together.
29 UDB त्यसैले, तपाईंले मलाई डाक्न केही मानिसहरू पठाउनुहुँदा अवरोध नगरीकनै म तुरुन्तै आएँ। अब कृपया मलाई भन्नुस्, कि तपाईंले मलाई किन डाक्नुभएको हो?” BSB BSB: So when I was invited, I came without objection. I ask, then, why have you sent for me?”
30 UDB कर्नेलियसले जवाफ दिए, “तिन दिनअगि लगभग यही समयतिर मेरो घरमा मैले परमेश्वरलाई प्रार्थना चढाउँदै थिएँ। दिउँसो तिन बजे प्रार्थना गर्नु मेरो नियमित आदत हो। अकस्मात् चहकिलो पोशाक लगाएका एक जना मानिस मेरो सामु देखा परे, BSB BSB: Cornelius answered: “Four days ago I was in my house praying at this, the ninth hour. Suddenly a man in radiant clothing stood before me
31 UDB र तिनले भने, ‘हे कर्नेलियस, परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ। तिमीले प्रायः गरिबहरूलाई सहायता गर्न रुपियाँ-पैसा दिएको कुरो पनि उहाँले याद गर्नुभएको छ, र त्यसबाट उहाँ खुसी हुनुहुन्छ। BSB BSB: and said, ‘Cornelius, your prayer has been heard, and your gifts to the poor have been remembered before God.
32 UDB अब सिमोन भनिने पत्रुसलाई बोलाएर ल्याउन योप्पामा केही सन्देशवाहकहरू पठाऊ। तिनी छालाको काम गर्ने अर्का सिमोनको घरमा बसिरहेका छन्, जसको घर समुद्रको नजिकै छ।’ BSB BSB: Therefore send to Joppa for Simon, who is called Peter. He is a guest in the home of Simon the tanner, by the sea.’
33 UDB त्यसैले, मैले तुरुन्तै केही मानिसहरू पठाएँ, जसले तपाईंलाई यहाँ आउन अनुरोध गरे। आउनुभएको लागि निश्चय नै म धन्यवादी छु। अब परमेश्वर हामीसित हुनुहुन्छ भन्ने जानेर परमप्रभु परमेश्वरले तपाईंलाई भन्नू भनेका कुराहरू सुन्न हामी सबै यहाँ जम्मा भएका छौँ। अब कृपया, भन्नुहोस्।” BSB BSB: So I sent for you immediately, and you were kind enough to come. Now then, we are all here in the presence of God to listen to everything the Lord has instructed you to tell us.”
35 UDB बरु, उहाँलाई आदर गर्ने र उहाँलाई खुसी पार्ने कुराहरू गर्ने कुनै पनि जातिको कुनै पनि व्यक्तिलाई उहाँले स्वीकार गर्नुहुन्छ। BSB BSB: but welcomes those from every nation who fear Him and do what is right.
36 UDB परमेश्वरले हामी इस्राएलीहरूलाई पठाउनुभएको सन्देश तपाईंहरू जान्नुहुन्छ। येशू ख्रीष्टले जे गर्नुभयो, त्यसको कारणले मानिसहरूले परमेश्वरसित शान्ति स्थापना गर्न सक्छन् भन्ने सुसमाचार उहाँले हामीलाई प्रचार गर्नुभयो। येशू हामी इस्राएलीहरूका मात्र प्रभु हुनुहुन्न। उहाँ सबै जातिमाथि शासन गर्नुहुने प्रभु हुनुहुन्छ। BSB BSB: He has sent this message to the people of Israel, proclaiming the gospel of peace through Jesus Christ, who is Lord of all.
37 UDB गालीलदेखि सुरु गरेर सारा यहूदियाभरि उहाँले के-के गर्नुभयो भनी तपाईंहरूलाई थाहै छ। यूहन्नाले मानिसहरूलाई बप्तिस्मा दिनुअगि तिनले तिनीहरूलाई तिनीहरूका पापमय व्यवहारदेखि फर्कन लगाउँथे। यूहन्नाको प्रचारपछि उहाँले ती कुराहरू गर्न थाल्नुभयो। BSB BSB: You yourselves know what has happened throughout Judea, beginning in Galilee with the baptism that John proclaimed:
38 UDB तपाईंहरूलाई थाहा छ, कि परमेश्वरले नासरतका येशूलाई पवित्र आत्मा दिनुभयो, र आश्चर्यकर्महरू गर्ने शक्ति दिनुभयो। सधैँ असल कामहरू गर्दै र मानिसहरूलाई निको पार्दै येशू कसरी विभिन्न ठाउँमा जानुभयो भनी तपाईंहरूलाई थाहा छ। शैतानले दुःख दिएका सबै मानिसहरूलाई उहाँले निको पार्दै हुनुहुन्थ्यो। परमेश्वरले सधैँ उहाँलाई मदत गर्नुभएकाले उहाँले ती कुराहरू गर्न सक्नुभएको थियो। BSB BSB: how God anointed Jesus of Nazareth with the Holy Spirit and with power, and how Jesus went around doing good and healing all who were oppressed by the devil, because God was with Him.
39 UDB हामीले यरूशलेम र उहाँ बस्नुभएको इस्राएल देशको हरेक भूभागमा उहाँले गर्नुभएका कार्यहरूलाई देख्यौँ। उहाँका शत्रुहरूले उहाँलाई काठको क्रुसमा झुण्ड्याएर मारे। BSB BSB: We are witnesses of all that He did, both in the land of the Jews and in Jerusalem. And although they put Him to death by hanging Him on a tree,
40 UDB उहाँको मृत्युपश्चात् तेस्रो दिनमा परमेश्वरले उहाँलाई पुनजीर्वित पार्नुभयो, र उहाँले पुनर्जीवन पाउनुभएपछि धेरै मानिसहरूले उहाँलाई देखे। उहाँ नै हुनुहुन्थ्यो भन्ने कुरामा मानिसहरू निश्चित थिए, र उहाँ फेरि जीवित हुनुभयो भनी तिनीहरूले आफ्नै आँखाले देखेकाले मानिसहरूले पूर्ण रूपमा विश्वास गरे। BSB BSB: God raised Him up on the third day and caused Him to be seen—
41 UDB त्यस बेला परमेश्वरले हरेकलाई उहाँलाई देख्ने अवसर दिनुभएन। उहाँसित समय बिताउन परमेश्वरले चुन्नुभएका र उहाँले येशूलाई पुनर्जीवन दिनुभएपछि सुरुका दिनहरूमा सँगसँगै खान जम्मा हुनेहरूलाई मात्र उहाँले त्यो अवसर दिनुभयो। BSB BSB: not by all the people, but by the witnesses God had chosen beforehand, by us who ate and drank with Him after He rose from the dead.
42 UDB मानिसहरूकहाँ गई प्रचार गर्न परमेश्वरले हामीलाई आज्ञा दिनुभयो, र उहाँले येशूलाई हरेकको न्यायकर्ता तुल्याउनुभएको छ, र उहाँले न्याय गर्ने दिन अवश्य आउनेछ भनी बताउन आज्ञा दिनुभयो। उहाँले जीवितहरू र मरेकाहरू सबैको न्याय गर्नुहुनेछ। BSB BSB: And He commanded us to preach to the people and to testify that He is the One appointed by God to judge the living and the dead.
43 UDB धेरै पहिले उहाँको बारेमा लेख्ने सबै अगमवक्ताहरूले उहाँको विषयमा बताए। तिनीहरूले लेखे, कि उहाँमाथि विश्वास गर्नेले जस्तोसुकै पाप गरेको भए तापनि यी मानिस अर्थात् येशूले गर्नुभएका कामको कारणले परमेश्वरले उसलाई क्षमा दिनुहुनेथियो।” BSB BSB: All the prophets testify about Him that everyone who believes in Him receives forgiveness of sins through His name.”
44 UDB पत्रुसले यी वचनहरू बोलिरहँदा अकस्मात् सन्देश सुन्ने सबै गैरयहूदीहरूमाथि पवित्र आत्मा आउनुभयो। BSB BSB: While Peter was still speaking these words, the Holy Spirit fell upon all who heard his message.
45 UDB परमेश्वरले सबै गैरयहूदीहरूलाई पनि उदारचित्तले पवित्र आत्मा दिनुभएको देखेर योप्पाबाट पत्रुससँगै आएका यहूदी विश्वासीहरू छक्क परे। BSB BSB: All the circumcised believers who had accompanied Peter were astounded that the gift of the Holy Spirit had been poured out even on the Gentiles.
46 UDB परमेश्वरले त्यसो गर्नुभएको थियो भन्ने कुरामा यहूदी विश्वासीहरू निश्चित थिए, किनकि ती मानिसहरूले आफूले नसिकेका भाषाहरू बोल्दै थिए, र परमेश्वर कति महान् हुनुहुन्छ भन्दै थिए। BSB BSB: For they heard them speaking in tongues and exalting God. Then Peter said,
47 UDB तब पत्रुसले त्यहाँ उपस्थित यहूदी विश्वासीहरूलाई भने, “परमेश्वरले हामी यहूदी विश्वासीहरूलाई जस्तै गरी तिनीहरूलाई पनि यति निश्चयतासाथ पवित्र आत्मा दिनुभएको छ, कि यी मानिसहरूलाई बप्तिस्मा दिनुपर्छ भन्ने कुरामा हामी सबै सहमत हुन्छौँ।” BSB BSB: “Can anyone withhold the water to baptize these people? They have received the Holy Spirit just as we have!”
48 UDB ती गैरयहूदीहरूले येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लिनुपर्छ भनी पत्रुसले तिनीहरूलाई बताए। त्यसैले, तिनीहरूले उनीहरू सबैलाई बप्तिस्मा दिए। बप्तिस्मापछि तिनीहरूले पत्रुसलाई केही दिन तिनीहरूसँगै बस्न अनुरोध गरे। त्यसैले, पत्रुस र अन्य यहूदी विश्वासीहरूले उक्त अनुरोधलाई माने। BSB BSB: So he ordered that they be baptized in the name of Jesus Christ. Then they asked him to stay for a few days.
Select verses for actions: Enter goes to them and Escape comes back.