1 UDB एफिससबाट आएका एल्डरहरूसँग बिदा भएपछि, हामी पानी जहाज चढ्यौँ र कोसको टापुतिर पानीमा यात्रा गर्यौँ, जहाँ पानी जहाज एक रातको निम्ति रोकियो। अर्को दिन हामी त्यही पानी जहाज चढ्यौँ कोसबाट रोडस टापुतिर गयौँ, जहाँ पानी जहाज फेरि रोकियो। त्यस दिनपछि हामी पटारा शहरमा गयौँ, जहाँ जाहज रोकियो। BSB BSB: After we had torn ourselves away from them, we sailed directly to Cos, and the next day on to Rhodes, and from there to Patara.
2 UDB त्यो जहाजलाई हामीले पटारामा नै छोड्यौँ, अनि त्यहाँ फोनिकेको क्षेत्रतिर जाँदै गरेको जहाज थियो भनी हामीलाई कसैले भन्यो। तसर्थ, हामी त्यो जहाज चढ्यौँ र त्यस ठाउँलाई छोड्यौँ। BSB BSB: Finding a ship crossing over to Phoenicia, we boarded it and set sail.
3 UDB साइप्रस टापु नदेखुञ्जेलसम्म हामी समुद्रमा यात्रा गरिरह्यौँ। हामी त्यो टापुको दक्षिणतिर हुँदै गयौँ र सिरिया प्रान्तको फोनिके क्षेत्रमा पर्ने टुरोस शहरमा नआइपुगेसम्म निरन्तर अघि बढिरह्यौँ। त्यो जहाज त्यहाँ धेरै दिनसम्म रहनु पर्थ्यो किनभने कामदारहरूले जहाजबाट सामानहरू झार्नु पर्ने थियो। BSB BSB: After sighting Cyprus and passing south of it, we sailed on to Syria and landed at Tyre, where the ship was to unload its cargo.
4 UDB टुरोस शहरका विश्वासीहरू कहाँ बस्छन् भनी हामीलाई कसैले बताइदियो, त्यसैले हामी गयौँ र तिनीहरूसँग सात दिनसम्म बस्यौँ। यरूशलेममा पावललाई मानिसहरूले कष्ट दिनेछन् भनी परमेश्वरका आत्माले तिनीहरूलाई प्रकट गरिदिनु भएकाले, पावल त्यहाँ जानु हुँदैन भनी तिनीहरूले भने। BSB BSB: We sought out the disciples in Tyre and stayed with them seven days. Through the Spirit they kept telling Paul not to go up to Jerusalem.
5 UDB तर जब जहाज त्यहाँबाट जाने समय भयो, हामीले यरूशलेमतिरको बाटोलाई निरन्तरता दिनलाई तयारी गर्यौँ। हामीले टुरोस शहर छोड्दा, त्यहाँका सबै पुरुषहरू अनि तिनीहरूका पत्नीहरू र बालबच्चाहरू हामीसँगै समुद्र किनारासम्मै गए। त्यहाँ हामी सबैले बालुवामाथि घुँडा टेकेर प्रार्थना गर्यौँ। BSB BSB: But when our time there had ended, we set out on our journey. All the disciples, with their wives and children, accompanied us out of the city and knelt down on the beach to pray with us.
6 UDB हामीले तिनीहरूसँग बिदा मागेपछि पावल र हामी तिनका सहयात्रीहरू जहाजमा चढ्यौँ, अनि अरू विश्वासीहरू आ-आफ्ना घरतिर फर्के। BSB BSB: And after we had said our farewells, we went aboard the ship, and they returned home.
7 UDB टुरोसलाई छोडेपछि, हामी त्यही जहाजमा निरन्तर टोलेमाइस शहरतिर लाग्यौँ। त्यहाँ विश्वासीहरू थिए, र हामीले तिनीहरूलाई अभिवादन गर्यौँ र त्यस रात हामी तिनीहरूसँगै रह्यौँ। BSB BSB: When we had finished our voyage from Tyre, we landed at Ptolemais, where we greeted the brothers and stayed with them for a day.
8 UDB अर्को दिन टोलेमाइस छोड्यौँ, र कैसरियाको शहरतिर जाहजको यात्रा गर्यौँ जहाँ हामी फिलिपको घरमा बस्यौँ, जसले अरूहरूलाई कसरी येशूको अनुयायीहरू बन्ने भनी बताउनमा समय बिताउथे। तिनी यरूशलेमका विश्वासीहरूले विधवाहरूका हेरचाह गर्न छानेका सात जना मानिसहरूमध्ये एक जना थिए। BSB BSB: Leaving the next day, we went on to Caesarea and stayed at the home of Philip the evangelist, who was one of the Seven.
9 UDB तिनका चार जना विवाह नभएका छोरीहरू थिए। तिनीहरू प्रत्येकले पवित्र आत्माले तिनीहरूलाई बताउनु भएका सन्देशहरू बारम्बार बोल्थे। BSB BSB: He had four unmarried daughters who prophesied.
10 UDB हामी फिलिपको घरमा धेरै दिनसम्म बसेपछि, अगाबस नाम गरेका एउटा विश्वासी यहूदियाको क्षेत्रबाट तल कैसरियामा आइपुगे। तिनले पवित्र आत्माले तिनलाई भन्नुभएका सन्देशहरू मानिसहरूलाई बारम्बार बताउने गर्दथे। BSB BSB: After we had been there several days, a prophet named Agabus came down from Judea.
11 UDB हामी भएको ठाउँमा आएर, तिनले पावलको पटुका फुकाले। त्यसपछि उसले यसले हातहरू र खुट्टाहरू बाँधे र भने, “पवित्र आत्मा भन्नुहुन्छ, ‘यरूशलेमका यहूदी अगुवाहरूले यो पटुकाको मालिकको हातहरू र खुट्टाहरू यसरी बाँध्नेछन्, अनि तिनीहरूले उसलाई एउटा कैदीको रुपमा गैरयहूदीहरूका हातमा दिनेछन्।‘” BSB BSB: Coming over to us, he took Paul’s belt, bound his own feet and hands, and said, “The Holy Spirit says: ‘In this way the Jews of Jerusalem will bind the owner of this belt and hand him over to the Gentiles.’”
12 UDB जब हामी बाँकीले त्यो सुन्यौँ, हामी र त्यहाँ भएका अरु विश्वासीहरूले पावललाई, “तपाईं माथि यरूशलेममा नजानुहोस्” भनी अनुरोध गर्यौँ। BSB BSB: When we heard this, we and the people there pleaded with Paul not to go up to Jerusalem.
13 UDB तर पावलले जवाफ दिए, “रोएर मलाई जानबाट निरुत्साहित पार्न प्रयास गर्न छोड!” तिमीहरू रोएर किन मलाई जानबाट निरुत्साहित पार्न प्रयास गरिरहेका छौ? म झ्यालखाना जान र यरूशलेममा मर्न पनि तयार छु किनभने मैले प्रभु येशूको सेवा गर्छु।” BSB BSB: Then Paul answered, “Why are you weeping and breaking my heart? I am ready not only to be bound, but also to die in Jerusalem for the name of the Lord Jesus.”
14 UDB जब हामीले उनी यरूशलेम जानेथिए भन्ने थाहा पायौँ, हामीले उनलाई रोक्ने कोसिस गरेनौँ। हामीले “प्रभुको इच्छा पुरा होस्” भन्यौँ। BSB BSB: When he would not be dissuaded, we quieted down and said, “The Lord’s will be done.”
15 UDB सिरियामा ती दिनहरूपछि हामीले हाम्रा सरसमानहरू तायर पार्यौँ र स्थल-मार्ग हुँदै यरूशलेम जानलाई हिड्यौँ। BSB BSB: After these days, we packed up and went on to Jerusalem.
16 UDB कैसरियाका केही विश्वासीहरू पनि हामीसँगै गए। तिनीहरूले हामीलाई मनासोन नाम भएका मानिसको घरमा बस्नलाई लिएर गए। उनी साइप्रस टापूका थिए, मानिसहरूले येशू बारेको सन्देश सुन्न पहिला सुरु गरिरहदा नै उनले उहाँमा विश्वास गरेका थिए। BSB BSB: Some of the disciples from Caesarea accompanied us, and they took us to stay at the home of Mnason the Cypriot, an early disciple.
17 UDB जब हामी यरूशलेममा आइपुग्यौँ, विश्वासीहरूको एउटा समूहले हामीलाई खुसीसाथ स्वागत गरे। BSB BSB: When we arrived in Jerusalem, the brothers welcomed us joyfully.
18 UDB अर्को दिन पावल र बाँकी हामी याकूबसँग कुराकानी गर्न गयौँ, जो त्यहाँको मण्डलीको अगुवा थिए। यरूशलेम मण्डलीका अरू सबै अगुवाहरू पनि त्यहाँ थिए। BSB BSB: The next day Paul went in with us to see James, and all the elders were present.
19 UDB पावलले तिनीहरूलाई अभिवादन गरे, र त्यसपछि उनले परमेश्वरले उनलाई गैरयहूदीहरूको बिचमा गर्नलाई शक्ति दिनुभएको सबै कुराहरू तिनीहरूलाई बताए। BSB BSB: Paul greeted them and recounted one by one the things that God had done among the Gentiles through his ministry.
21 UDB तर तपाईं गैरयहूदीहरूकहाँ हुँदा यहूदी विश्वासीहरूले मोशाको व्यवस्थाहरू मान्न छोड्नु पर्छ भन्नुहुन्छ भनी हाम्रा सङ्गी यहूदी विश्वासीहरूलाई भनिएको छ। तपाईंले ती यहूदी विश्वासीहरूका छोराहरूलाई खतना नगर्नू र अन्य हाम्रा रितिरिवाजहरू नमान्नू भन्नुहुन्छ भनी मानिसहरूले भन्छन्। तिनीहरूले तपाईंको बारे सत्य भनिरहेका छन् भन्ने हामीले विश्वास गर्दैनौँ। BSB BSB: But they are under the impression that you teach all the Jews who live among the Gentiles to forsake Moses, telling them not to circumcise their children or observe our customs.
22 UDB तर तपाईं यहाँ आउनुभएको छ भनी हाम्रा सङ्गी यहूदी विश्वासीहरूले सुन्नेछन्, र तिनीहरू तपाईंसँग रिसाउनेछन्। तसर्थ, तपाईंका बारेमा तिनीहरूले सुनेका कुराहरू सत्य होइन भनी देखाउन तपाइले केही त्यस्तो कुरा गर्नुपर्छ। BSB BSB: What then should we do? They will certainly hear that you have come.
23 UDB त्यसैले, कृपया हामीले जे सुझाव दन्छौँ त्यसै गर्नुहोस्। हाम्रा माझमा परमेश्वरसँग भाकल गरेका चार जना मानिसहरू छन्। BSB BSB: Therefore do what we advise you. There are four men with us who have taken a vow.
24 UDB तिनीहरूसँगै मन्दिरमा जानुहोस् र तपाईं अनि तिनीहरू मन्दिरमा आराधना गर्न योग्य हुनलाई आवश्यक पर्ने विधिहरू पुरा गर्नुहोस्। त्यसपछि जब तिनीहरूको बलिदान चढाउने समय हुन्छ, तिनीहरूले चढाउने कुराहरूको मूल्य तिरिदिनुहोस्। त्यसपछि, तिनीहरूले जे गर्छु भनेका थिए, त्यो तिनीहरूले गरेकाछन् भनी देखाउन, तिनीहरूले तिनीहरूको कपाल खौरन सक्छन्। जब मानिसहरूले तपाईंलाई मन्दिरका चोकहरूमा ती मानिसहरूका साथमा देख्छन्, तपाईंबारे तिनीहरूलाई भनिएको कुराहरू सत्य होइनन् भनी तिनीहरूले जान्ने छन्। त्यसको सट्टामा, तपाईंले हाम्रा सबै यहूदी व्यवस्थाहरू पालन गर्नुहुन्छ भनी तिनीहरूले थाहा पाउनेछन्। BSB BSB: Take these men, purify yourself along with them, and pay their expenses so they can have their heads shaved. Then everyone will know that there is no truth to these rumors about you, but that you also live in obedience to the law.
25 UDB गैरयहूदी विश्वासीहरूलेको निम्ति, उनीहरूले हाम्रा कुन-कुन व्यवस्थाहरू पालन गर्नुपर्छ भन्ने बारे हामी यरूशलेमका एल्डरहरूले कुरा गरेका छौँ, र हामीले के निर्णय गरेका छौँ भन्ने बताउदै तिनीहरूलाई पत्र लेख्यौँ। तिनीहरूले मानिसहरूले कुनै पनि मूर्तिहरूलाई बलि चढाएको मासु खानु हुँदैन, पशुको रगत खानु हुँदैन र मानिसहरूले घाँटी अँठ्याएर मारेएका जनावरहरूको मासु खानु हुँदैन। तिनीहरू तिनीहरूसँग विवाह नभएको कसैसँग सुत्नु हुँदैन भनी बताउन हामीले तिनीहरूलाई बतायौँ।” BSB BSB: As for the Gentile believers, we have written to them our decision that they must abstain from food sacrificed to idols, from blood, from the meat of strangled animals, and from sexual immorality.”
26 UDB तिनीहरूले भनेका कुराहरू गर्न पावल मन्जुर भए, र अर्को दिन उसले ती चार जना मानिसहरूलाई लिएर तिनीहरूले आफैँलाई सँगसँगै शुद्ध पारे। त्यसपछि, पावल मन्दिरका चोकहरूमा गए र तिनीहरूले आफैँलाई शुद्ध पार्ने काम कुन दिन सिद्धिन्छ र तिनीहरू हरेकको निम्ति बलिहरूको रूपमा पशुहरू कहिले चढाउने भनी पूजाहारीलाई भने। BSB BSB: So the next day Paul took the men and purified himself along with them. Then he entered the temple to give notice of the date when their purification would be complete and the offering would be made for each of them.
27 UDB आफूलाई शुद्ध पार्ने सात दिन पूरा हुनैलाग्दा, पावल मन्दिरको चोकमा फर्किए। एसियाबाट आएका केही यहूदीहरूले तिनीलाई त्यहाँ देखे, र तिनीहरू उनीसँग साह्रै रिसाए। पावललाई पक्रन तिनीहरूलाई सहायता गर्न तिनीहरूले मन्दिरको चोकमा भेला भएका धेरै अरू यहूदीहरूलाई बोलाए। BSB BSB: When the seven days were almost over, some Jews from the province of Asia saw Paul at the temple. They stirred up the whole crowd and seized him,
29 UDB पावललाई गैरयहूदी व्यक्ति त्रोफिमससँग यरूशलेममा हिँडिरहेको देखेको हुनाले तिनीहरूले त्यसो भनेका थिए। तिनीहरूको व्यवस्थाले गैरयहूदीहरूलाई मन्दिरभित्र हुन अनुमति दिदैनथ्यो। उक्त दिन पावलले त्रोफिमसलाई मन्दिरको चोकमा ल्याएको हुनुपर्छ भनी तिनीहरूले सोचे। BSB BSB: For they had previously seen Trophimus the Ephesian with him in the city, and they assumed that Paul had brought him into the temple.
30 UDB त्यो शहरका मानिसहरूले मन्दिरको चोकमा केही समस्या छ भनी सुनेकाले सबैजना दौडदै त्यहाँ आए। तिनीहरूले पावललाई पक्रेर मन्दिर क्षेत्रभन्दा बाहिर घिसारेर ल्याए। मन्दिर क्षेत्रभित्र मानिसहरूले हुलदङ्गा नगरून् भनेर तिनीहरूले मन्दिरको चोकमा ढोकाहरू बन्द गरिदिए। BSB BSB: The whole city was stirred up, and the people rushed together. They seized Paul and dragged him out of the temple, and at once the gates were shut.
31 UDB ती मानिसहरूले पावललाई मार्ने प्रयास गर्दै गर्दा कसैले मन्दिर नजिकको किल्लामा दौडेर गए र यरूशलेमका धेरै मानिसहरूले मन्दिरमा हुलदङ्गा गरिरहेका छन् भनी रोमी सेनापतिलाई बताइदियो। BSB BSB: While they were trying to kill him, the commander of the Roman regiment received a report that all Jerusalem was in turmoil.
32 UDB त्यो सेनापति तुरुन्तै केही अधिकारीहरू र ठूला सङ्ख्यामा सिपाहीहरू लिएर भिड जम्मा भएको मन्दिर क्षेत्रतिर दौडिए। अनि चिच्याउँदै पावललाई कुटिरहेका मानिसहरूले सेनापति र सिपाहीहरूलाई आउँदै गरेको देखेर उसलाई पिट्न छोडे। BSB BSB: Immediately he took some soldiers and centurions and ran down to the crowd. When the people saw the commander and the soldiers, they stopped beating Paul.
33 UDB सेनापति पावल भएको ठाउँमा आएर तिनलाई समाए। पावललाई साङ्लाले दुवै पाखुरामा बाँध्न तिनले सिपाहीहरूलाई आदेश दिए। तिनले त्यो भिडका मानिसहरूलाई सोधे, “यो मानिस को हो? यसले के गरेको छ?” BSB BSB: The commander came up and arrested Paul, ordering that he be bound with two chains. Then he asked who he was and what he had done.
34 UDB त्यहाँ जम्मा भएका धेरै मानिसहरूमध्ये केहीले एकथरी केहीले अर्को कुरा भनिरहेका थिए। तिनीहरू ठूलो स्वरमा चिच्याइरहेको हुनाले तिनीहरूले के भनिरहेका छन् भनी सेनापतिले बुझ्न सकेनन्। तसर्थ, केरकार गर्न तिनले पावललाई किल्लाभित्र लैजाने आज्ञा दिए। BSB BSB: Some in the crowd were shouting one thing, and some another. And since the commander could not get at the truth because of the uproar, he ordered that Paul be brought into the barracks.
35 UDB सिपाहीहरूले पावललाई किल्लाभित्र जाने सिँढीतिर लगे, तिनलाई मार्ने प्रयस गर्दै धेरै मानिसहरूले तिनीहरूलाई निरन्तर पछ्याइरहे। तसर्थ, पावललाई सिँढीमाथि बोकेर किल्लाभित्र लैजानलाई सेनापतिले सिपाहीहरूलाई भने। BSB BSB: When Paul reached the steps, he had to be carried by the soldiers because of the violence of the mob.
36 UDB ती पछि लागेका भिडले यसो भन्दै चिच्याए, “त्यसलाई मार! त्यसलाई मार!” BSB BSB: For the crowd that followed him kept shouting, “Away with him!”
37 UDB पावललाई किल्लाभित्र लैजानैलाग्दा, उनले सेनापतिलाई ग्रीक भाषामा भने, “के म तपाईंसँग बोल्न सक्छु?” सेनापतिले भने, “के तिमी ग्रीकमा बोल्न सक्छौ भनेर म त चकित भएँ!” BSB BSB: As they were about to take Paul into the barracks, he asked the commander, “May I say something to you?” “Do you speak Greek?” he replied.
38 UDB “मैले त तिमी त्यही मानिस हौ भनी सोचेको, जसले केही समयअघि सरकारको विरुद्धमा विद्रोह गर्न चाहन्थ्यो, र उसले चार हजार हिंस्रक मानिसहरूलाई लिएर मरूभूमितिर गयो, त्यसैले हामीले त्यसलाई पक्रन सकेनौँ।” BSB BSB: “Aren’t you the Egyptian who incited a rebellion some time ago and led four thousand members of the Assassins into the wilderness?”
39 UDB पावलले जवाफ दिए, “होइन, म त्यो व्यक्ति होइनँ!” म त यहूदी हुँ। म त किलिकिया प्रान्तको टार्सस भन्ने एउटा महत्त्वपूर्ण शहरमा जन्मिएको थिएँ। म बिन्ती गर्छु, मलाई यी मानिसहरूसँग बोल्न दिनुहोस्।” BSB BSB: But Paul answered, “I am a Jew from Tarsus in Cilicia, a citizen of no ordinary city. Now I beg you to allow me to speak to the people.”
40 UDB त्यसपछि सेनापतिले पावललाई बोल्ने अनुमति दिए। पावल सिँढीमा खडा भएर भिडलाई शान्त रहन हातले इशारा गरे। भिडका मानिसहरू शान्त भएपछि, पावलले तिनीहरूको आफ्नै भाषा हिब्रूमा तिनीहरूसँग बोले। BSB BSB: Having received permission, Paul stood on the steps and motioned to the crowd. A great hush came over the crowd, and he addressed them in Hebrew:
Select verses for actions: Enter goes to them and Escape comes back.