1 UDB पावलले यहूदी परिषदका सदस्यहरू तर्फ हेरेर भने, “मेरा सङ्गी यहूदीहरू हो, मेरो जीवनभरि नै मैले हाम्रा परमेश्वरलाई आदर गर्ने प्रकारको जीवन जिएको छु, र गल्ती थियो भनी मैले जानेको कुनै पनि कुरा मैले गरेको मलाई थाहा छैन।” BSB BSB: Paul looked directly at the Sanhedrin and said, “Brothers, I have conducted myself before God in all good conscience to this day.”
2 UDB जब प्रधान पूजाहारी हननियाले पावलले भनेको कुरा सुने, तब पावलका नजिकै उभिइरहेका मानिसहरूलाई उनको मुखमा हिर्काउन लगाए। BSB BSB: At this, the high priest Ananias ordered those standing near Paul to strike him on the mouth.
3 UDB तब पावलले हननियालाई भने, “तिमी पाखण्डीहरूलाई त्यसको लागि परमेश्वरले दण्ड दिनुहुनेछ! तिमी त्यहाँ बसेर, परमेश्वरले मोशालाई दिनुभएको व्यवस्था प्रयोग गर्दै मेरो इन्साफ गर्छौ। तर तिमी आफैँले ती व्यवस्थाहरू उल्लङ्घन गर्छौ, किनभने मैले कुनै कुरा गलत गरेको प्रमाणित नै नभई तिमीले मलाई हिर्काउनको लागि आज्ञा दियौ।” BSB BSB: Then Paul said to him, “God will strike you, you whitewashed wall! You sit here to judge me according to the law, yet you yourself violate the law by commanding that I be struck.”
4 UDB तब पावलका नजिकै उभिइरहेका मानिसहरूले उनलाई भने, “हाम्रा प्रधान पूजाहारी, परमेश्वरका दासलाई तिमीले खराब प्रकारले बोल्नु हुदैन!” BSB BSB: But those standing nearby said, “How dare you insult the high priest of God!”
5 UDB पावलले जवाफ दिए, “मेरा सङ्गी यहूदीहरू, मैले त्यसो भनेकोमा मलाई माफ गर्नुहोस्। तपाईंहरूमध्ये एक जनालाई मलाई हिर्काउन आज्ञा दिने प्रधान पूजाहारी हुन् भनेर मलाई थाहा नै थिएन। यदि मलाई यो कुरा थाहा भएको भए मैले हाम्रा प्रधान पूजाहारीको बारेमा खराब प्रकारले बोल्ने थिइनँ, किनकि हाम्रो यहूदी व्यवस्थामा यो कुरा लेखिएको छ भन्ने मलाई थाहा छ, “आफ्नो कुनै पनि शआसकको बारे दुष्ट कुरा नबोल्नू!” BSB BSB: “Brothers,” Paul replied, “I was not aware that he was the high priest, for it is written: ‘Do not speak evil about the ruler of your people.’”
6 UDB परिषदका सदस्यहरूमध्ये कोही सदुकीहरू र अरू फरिसीहरू थिए भन्ने कुरा पावललाई थाहा भयो। त्यसैले परिषदको सभा कक्षमा उनले यसो भनेः मेरा सङ्गी यहूदीहरू, म पनि मेरा बुबा जस्तै एक फरिसी हुँ। परमेश्वरले एक दिन मरेकाहरूलाई फेरि जीवित पार्नुहुनेछ भन्ने कुरामा म निश्चित भएकोले मलाई यहाँ जाँच गर्न राखिएको छ।” BSB BSB: Then Paul, knowing that some of them were Sadducees and the others Pharisees, called out in the Sanhedrin, “Brothers, I am a Pharisee, the son of a Pharisee. It is because of my hope in the resurrection of the dead that I am on trial.”
7 UDB पावलले यसो भनिसकेपछि मरेको मानिस फेरि जीवित हुन्छ वा हुँदैन भन्ने बारेमा सदुकी र फरिसीहरू एक अर्कामा वादविवाद गर्न थाले। BSB BSB: As soon as he had said this, a dispute broke out between the Pharisees and Sadducees, and the assembly was divided.
8 UDB मानिस मरिसकेपछि फेरि जीवित हुन सक्दैन भन्ने कुरामा सदुकीहरू विश्वास गर्छन्। तिनीहरूले त्यहाँ अरू कुनै पनि आत्माहरू छैनन् र स्वर्गदूतहरू पनि हुदैनन् भनी विश्वास गर्छन्। तर फरिसीहरूले भने यी सबै कुराहरूमा विश्वास गर्छन्। BSB BSB: For the Sadducees say that there is neither a resurrection nor angels nor spirits, but the Pharisees acknowledge them all.
9 UDB त्यसैले उनीहरूका बिचमा विभाजन भयो र उनीहरूले वादविवाद गर्दा एकले अर्कालाई कराउन सुरु गरे। फरिसीहरूमधये व्यवस्थाका शिक्षकहरूमध्ये कतिपय खडा भएर तिनीहरूमध्येका एक जना भने, “हामीलाई लाग्छ, यो मानिसले कुनै पनि गलत काम गरेको छैन। सायद, ऊसँग कुनै अरू आत्मा वा स्वर्गदूत बोल्यो होला, र उसले भनेको कुरा सत्य नै हुनसक्छ।” BSB BSB: A great clamor arose, and some scribes from the party of the Pharisees got up and contended sharply, “We find nothing wrong with this man. What if a spirit or an angel has spoken to him?”
10 UDB त्यसपछि सदुकी र फरिसीहरू बिच एक अर्काको वुरूद्ध हिंस्रक भए। त्यसकारण पावललाई लुछ्-लाछ् पारेर टुक्रा-टुक्रा गर्लान् भनेर सेनापति डराए। अनि उनले सिपाहीहरूलाई झ्यालखानाबाट तल गएर पावललाई परिषद् सदस्यहरूका माझबाट माथि छाउनीमा ल्याउनलाई अह्राए। BSB BSB: The dispute grew so violent that the commander was afraid they would tear Paul to pieces. He ordered the soldiers to go down and remove him by force and bring him into the barracks.
11 UDB त्यस रात, पावलले प्रभु येशूलाई आउनुभएको र उनको नजिकै उभिनुभएको देखे। प्रभुले उनलाई भन्नुभयो, “साहस गर, तिमीले यहाँ यरूशलेमका मानिसहरूलाई मेरो बारेमा बताएका छौ र तिमीले रोममा भएका मानिसहरूलाई पनि मेरो बारेमा बताउनु पर्छ।” BSB BSB: The following night the Lord stood near Paul and said, “Take courage! As you have testified about Me in Jerusalem, so also you must testify in Rome.”
12 UDB भोलिपल्ट पावललाई घृणा गर्ने केही यहूदीहरू भेला भए र उनलाई कसरी मार्ने भनी कुराकानी गरे। उनलाई नमारेसम्म तिनीहरूले केही पनि खाने र पिउने छैनन् भनी तिनीहरू आफैँलाई भने। यदि तिनीहरूले गरेको प्रतिज्ञा पूरा गरेनन् भने परमेश्वरले तिनीहरूलाई श्राप दिऊन् भनी उहाँलाई भने। BSB BSB: When daylight came, the Jews formed a conspiracy and bound themselves with an oath not to eat or drink until they had killed Paul.
13 UDB त्यहाँ पावललाई मार्न चाहने मानिसहरू चालिस जनाभन्दा बढी थिए। BSB BSB: More than forty of them were involved in this plot.
14 UDB तिनीहरू प्रधान पूजाहारीहरू र यहूदी एल्डरहरूकहाँ गए र तिनीहरूलाई भने, “जबसम्म हामीले पावललाई मार्दैनौँ तबसम्म हामी केही पनि खाँदैनौँ र पिउँदैनौँ भनी प्रतिज्ञा गरेको परमेश्वरले सुन्नुभएको छ। BSB BSB: They went to the chief priests and elders and said, “We have bound ourselves with a solemn oath not to eat anything until we have killed Paul.
15 UDB त्यसैले हामीले अनुरोध गर्दछौँ कि सम्पूर्ण यहूदी परिषद्को तर्फबाट तपाईंहरू सेनापतिकहाँ जानुहोस् र तल हामीकहाँ ल्याउनलाई आग्रह गर्नुहोस्। तपाईंहरूले पावलसँग अरू धेरै कुरा गर्नु छ भन्नुहोस्। ऊ यहाँ बाटोमा आउँदै गर्दा हामी पावललाई मार्न पर्खेर बसिरहेका हुनेछौँ।” BSB BSB: Now then, you and the Sanhedrin petition the commander to bring him down to you on the pretext of examining his case more carefully. We are ready to kill him on the way.”
16 UDB तर पावलकी बहिनीकी छोराले उनीहरूले योजना बनाइरहेका सुने, त्यसैले तिनी किल्लाभित्र गए र पावललाई बताइदिए। BSB BSB: But when the son of Paul’s sister heard about the plot, he went into the barracks and told Paul.
17 UDB त्यो कुरा सुनेपछि पावलले, तिनीहरुमध्ये एक जना हाकिमलाई बोलाए र उनलाई भने, “कृपया, यो जवान मानिसलाई सेनापतिकहाँ लिएर जानुहोस्, किनकि यिनले उहाँलाई केही कुरा भन्नु आवश्यक छ।” BSB BSB: Then Paul called one of the centurions and said, “Take this young man to the commander; he has something to tell him.”
18 UDB त्यसकारण, अधिकृतले त्यो जवान मानिसलाई सेनापतिकहाँ लगे। अधिकृतले सेनापतिलाई भने, “कैदी पावलले मलाई बोलाए र भने, ‘कृपया यी जवान मानिसलाई सेनापतिकहाँ लानुहोस्, किनकि यिनले उहाँलाई केही कुरा भन्नुछ।‘“ BSB BSB: So the centurion took him to the commander and said, “Paul the prisoner sent and asked me to bring this young man to you. He has something to tell you.”
19 UDB अनि सेनापतिले ती जवान मानिसलाई हातमा समातेर एक्लै पर लगे र उनलाई सोधे, “तिमीले मलाई के भन्नु?” BSB BSB: The commander took the young man by the hand, drew him aside, and asked, “What do you need to tell me?”
20 UDB उनले भने, “त्यहाँ यस्ता यहूदीहरू छन्, जसले पावललाई भोलि तिनीहरूको परिषदमा ल्याउन चाहन्छन्। तिनीहरूले अरू धेरै प्रश्नहरू गर्न चाहन्छन् भनी तिनीहरूले भन्नेछन्। तर त्यो सत्य होइन। BSB BSB: He answered, “The Jews have agreed to ask you to bring Paul to the Sanhedrin tomorrow on the pretext of acquiring more information about him.
21 UDB तिनीहरूले तपाईंलाई अनुरोध गरेको कुरा नगर्नु होला, किनकि उहाँ परिषदतिर जाने बाटोमा, चालिस जनाभन्दा बढी यहूदी मानिसहरू पावललाई मार्नलाई लुकिरहेका र ढुकिरहेका हुनेछन्। तिनीहरूले पावललाई नमारेसम्म, केही पनि नखाने र नपिउने भनी परमेश्वरसँग प्रतिज्ञा गरेका छन्। यो गर्नलाई तिनीहरू तयार छन्, र अहिले तिनीहरू तपाईंले तिनीहरूले अनुरोध गरेको कुरा गर्नलाई सहमत हुने कुरा मात्र पर्खिरहेका छन्।” BSB BSB: Do not let them persuade you, because more than forty men are waiting to ambush him. They have bound themselves with an oath not to eat or drink until they have killed him; they are ready now, awaiting your consent.”
22 UDB सेनापतिले ती जवान मानिसलाई भने, “तिमीले मलाई तिनीहरूको योजनाबारे बताएको कुरा अरू कसैलाई नभन्नू”। त्यसपछि उनले ती जवान मानिसलाई पठाए। BSB BSB: So the commander dismissed the young man and instructed him, “Do not tell anyone that you have reported this to me.”
23 UDB तब सेनापतिले उनका दुई जना अधिकृतहरूलाई बोलाए र तिनीहरूलाई भने, “यात्रा गर्नलाई दुई सय सिपाहीहरूको दललाई तयार पार। साथै सत्तरी जना घोडचढी सिपाहीहरू र दुई सय भाला बोक्ने अरू सिपाहीहरूलाई पनि लेऊ। तिमीहरू सबै आज राती नौ बजे तल कैसरियाको शहरमा जानलाई तयार होओ। BSB BSB: Then he called two of his centurions and said, “Prepare two hundred soldiers, seventy horsemen, and two hundred spearmen to go to Caesarea in the third hour of the night.
24 UDB साथै पावल चढ्नलाई घोडाहरू लैजाऊ र उनलाई सुरक्षासाथ फेलिक्स शासकको दरबारमा पुर्याऊ।” BSB BSB: Provide mounts for Paul to take him safely to Governor Felix.”
25 UDB तब शासककहाँ पठाउनका लागि सेनापतिले एउटा पत्र लेखे। उसले यस्तो लेखेः BSB BSB: And he wrote the following letter:
26 UDB “म क्लाउडियस लुसियसले तपाईंलाई पत्र लेख्दैछु। हामीले आदर गर्ने, तपाईं फेलिक्स, हाम्रो शासक हुनुहुन्छ र मैले मेरो अभिवादन पठाउँदैछु। BSB BSB: Claudius Lysias, To His Excellency, Governor Felix: Greetings.
27 UDB मैले यो मानिस पावललाई तपाईंकहाँ पठाएको छु, किनभने केही यहूदीहरूले तिनलाई समातेर मार्न लागेका थिए। तर उनी रोमी नागरिक हुन् भनी कसैले मलाई भन्यो, त्यसकारण म र मेरा सिपाहीहरू गएर उनलाई त्यहाँबाट छुटायौँ। BSB BSB: This man was seized by the Jews, and they were about to kill him when I came with my troops to rescue him. For I had learned that he is a Roman citizen,
28 UDB उसले गल्ती गरेको छ भनी ती यहूदीहरूले भनिरहेका थए, त्यसैले मैले उनलाई तिनीहरूको यहूदीहरूको परिषदमा लगेँ। BSB BSB: and since I wanted to understand their charges against him, I brought him down to their Sanhedrin.
29 UDB तिनीहरूले यी मानिसलाई प्रश्नहरू सोध्दा र उनले जवाफ दिँदा मैले सुनेँ। तिनीहरूले उनलाई दोष लागाएका कुराहरू तिनीहरूका यहूदी व्यावस्थासँग सम्बन्धित थिए। तर पावलले हाम्रो कुनै पनि रोमी कानूनहरू तोडेका छैनन्। त्यसैले हाम्रा अधिकृतहरूले उनलाई मृत्युदण्ड दिनु वा झ्यालखानामा पनि राख्नु हुँदैन। BSB BSB: I found that the accusation involved questions about their own law, but there was no charge worthy of death or imprisonment.
30 UDB केही यहूदीहरूले यी मानिसलाई मार्नलाई योजना बनाइरहेको कुरा कसैले मलाई बतायो, त्यसैले उसलाई मैले तपाईंकहाँ पठएँ ताकि त्यहाँ तपाईंले उसलाई उचित जाँचबुझ गर्नुभएको होस्। उनलाई दोष लगाउने यहूदीहरूले कैसरियामा जान र तिनीहरूले के कुराको बारेमा उनलाई दोष लागाइरहेका छन्, त्यस विषयमा बताउनलाई आदेश दिएको छु। विदा।” BSB BSB: When I was informed that there was a plot against the man, I sent him to you at once. I also instructed his accusers to present their case against him before you.
31 UDB त्यसकारण, सेनापतिले आज्ञा दिएअनुसार ती सिपाहीहरूले गरे। तिनीहरूले पावललाई आफ्नो साथमा त्यही रातमा एन्टिपाट्रिसमा लिएर गए। BSB BSB: So the soldiers followed their orders and brought Paul by night to Antipatris.
32 UDB अर्को दिन, पैदल सिपाहीहरू यरूशलेममा फर्के र घोडचढी सिपाहीहरू भने पावलसँग गए। BSB BSB: The next day they returned to the barracks and let the horsemen go on with him.
34 UDB ती शासकले पत्र पढे र त्यसपछि तिनले पावललाई भने, “तिमी कुन प्रान्तबाट आएका हौ?” पावलले जवाफ दिए, “म किलिकियाबाट आएको हुँ।” BSB BSB: The governor read the letter and asked what province Paul was from. Learning that he was from Cilicia,
35 UDB तब शासकले भने, “जब तिमीलाई दोष लगाउने मानिसहरू आइपुग्छन्, म तिनीहरू हरेकको तिम्रो बारे भन्छन् त्यो सुन्नेछु र तिम्रो मुद्दाको इन्साफ गर्नेछु।” त्यसपछि पावललाई राजा हेरोदले बनाएको दरबारमा सुरक्षा दिएर राख्नलाई उनले आज्ञा दिए। BSB BSB: he said, “I will hear your case when your accusers arrive.” Then he ordered that Paul be kept under guard in Herod’s Praetorium.
Select verses for actions: Enter goes to them and Escape comes back.