1 UDB हामी समुद्रको किनारमा सुरक्षित आइपुगेपछि, त्यो माल्टा भनिने टापू रहेछ भन्ने हामीले थाहा पायौँ। BSB BSB: Once we were safely ashore, we learned that the island was called Malta.
2 UDB त्यहाँ बसोबास गर्ने मानिसहरूले सधैँ गर्नेभन्दा राम्रो गरी हामीलाई स्वागत गरे। तिनीहरूले आगो सल्काएर हामीलाई न्यानो पार्न हामीलाई बोलाए। किनकि त्यहाँ पानी परिरहेको र जाडो थियो। BSB BSB: The islanders showed us extraordinary kindness. They kindled a fire and welcomed all of us because it was raining and cold.
3 UDB जब पावलले केही झिँजाहरू बटुलेर आगोमा हाले, तातोबाट बच्नको लागि एउटा विषालु सर्प आगोबाट बाहिर निस्कियो, र पावलको हातमा डस्यो र हातमै रह्यो। BSB BSB: Paul gathered a bundle of sticks, and as he laid them on the fire, a viper, driven out by the heat, fastened itself to his hand.
4 UDB त्यस टापुका मानिसहरूले पावलको हातमा सर्प झुण्डिरहेको देखे। तिनीहरूले एकअर्कालाई भने, “सायद यो मानिसले कसैको हत्या गरेको होला। ऊ समुद्रमा डुब्नबाट बाँचे तापनि, न्यायको देवताले उसलाई मर्न लगाउनेछन्।” BSB BSB: When the islanders saw the creature hanging from his hand, they said to one another, “Surely this man is a murderer. Although he was saved from the sea, Justice has not allowed him to live.”
5 UDB तर पावलले त्यो सर्पलाई सजिलै झड्कारेर त्यसलाई आगोमा फाले, र उनलाई केही पनि भएन। BSB BSB: But Paul shook the creature off into the fire and suffered no ill effects.
6 UDB मानिसहरूले पावलको शरीर चाँडै ज्वरोले सुनिने छ वा उनी तुरुन्तै लड्नेछन् र मर्ने छन् भन्ने आशा गरिरहेका थिए। तर तिनीहरूले लामो समय सम्मा पर्खेर हेरे तापनि पावललाई कुनै हानी भएको देखेनन्। त्यसैले तिनीहरूले विचार परिवर्तन गरे र एकअर्कालाई भन्न लागे “यी मानिस त हत्यारा होइन रहेछन्!” यिनी त देवता रहेछन्!” BSB BSB: The islanders were expecting him to swell up or suddenly drop dead. But after waiting a long time and seeing nothing unusual happen to him, they changed their minds and said he was a god.
7 UDB तिनीहरू भएको नजिकै पब्लियस नाम भएका एक जना व्यक्तिको जमिन थियो। तिनी त्यस टापुका प्रमुख अधिकृत थिए। तिनले हामीलाई उनको घरमा आएर बस्ने निम्तो दिए। तिनले हामीलाई तीन दिनसम्म राम्रो वास्ता गरे। BSB BSB: Nearby stood an estate belonging to Publius, the chief official of the island. He welcomed us and entertained us hospitably for three days.
8 UDB त्यो समयमा पब्लियसका बाबुलाई ज्वरो आएको र आउँ लागेको थियो, र उनी अनि ओछ्यानमा पल्टिरहेका थिए। त्यसैले पावलले उनलाई भेटे र उनको लागि प्रार्थना गरे। अनि उनमाथि हात राखेर उनलाई निको पारे। BSB BSB: The father of Publius was sick in bed, suffering from fever and dysentery. Paul went in to see him, and after praying and placing his hands on him, he healed the man.
9 UDB पावलले त्यसो गरेपछि, त्यस टापुमा भएका अरू बिरामीहरू पावल भएको ठाउँमा आए, र उनले तिनीहरूलाई पनि निको परे। BSB BSB: After this had happened, the rest of the sick on the island came and were cured as well.
10 UDB तिनीहरूले हामीहरूलाई उपहारहरू दिए, तिनीहरूले र हामीलाई ठूलो आदर गरेका छन् भन्ने कुरा अर्कै तरिकाले देखाए। जब हामी तीन महिना पछि त्यो ठाउँ छोड्ने तयारीमा थियौँ, तिनीहरूले हामीलाई जहाजमा आवश्यक पर्ने खाना र अन्य वस्तुहरू ल्याइदिए। BSB BSB: The islanders honored us in many ways and supplied our needs when we were ready to sail.
11 UDB तीन महिना त्यहाँ बसिसकेपछि हामी अलेक्जेन्ड्रियाबाट इटालीतिर जाँदै गरेको जहाज चढ्यौँ। जहाजको अगाडि पट्टि काष्टर र पोलक्स नाम गरेका जुम्लाहा देवहरूको आकृति कुँदिएको थियो। BSB BSB: After three months we set sail in an Alexandrian ship that had wintered in the island. It had the Twin Brothers as a figurehead.
12 UDB जब हामीहरू साइराक्युसको सहरमा आइपुग्यौँ हामी तीन दिनसम्म त्यहीँ बस्यौँ। BSB BSB: Putting in at Syracuse, we stayed there three days.
13 UDB त्यसपछि हामी जहाज चढ्यौँ र इटालीको रेगियम शहरमा आइपुग्यौँ। अर्को दिन, दक्षिणबाट हावा चलिरहेको थियो। त्यसैले दुई दिनपछि मात्रै हामी पटेओली शहरमा आइपुग्यौँ। त्यहाँ हामीले त्यो जहाज छोड्यौँ। BSB BSB: From there we weighed anchor and came to Rhegium. After one day, a south wind came up, and on the second day we arrived at Puteoli.
14 UDB पटेओलीमा हामीले केही संगी विश्वासीहरू भेट्यौँ जसले हामीलाई अरू सात दिन तिनीहरूसँगै रहेको चाहन्थे। त्यसपछि अन्त्यमा, हामी रोममा आइपुग्यौँ। BSB BSB: There we found some brothers who invited us to spend the week with them. And so we came to Rome.
15 UDB रोममा, केही सहकर्मी विश्वासीहरूले हाम्रो बारेमा सुने, त्यसैले तिनीहरू हामीलाई भेट्न आए। तिनीहरू मध्ये कोहीले हामीलाई अप्पियन सडकको बजार भनिने शहरमा भेटे, र अरूले तीन पाटी भन्ने ठाउँमा भेटे। जब पावलले ती विश्वासीहरूलाई देखे, उनले परमेश्वरलाई धन्यवाद दिए र उत्साहित भए। BSB BSB: The brothers there had heard about us and traveled as far as the Forum of Appius and the Three Taverns to meet us. When Paul saw them, he was encouraged and gave thanks to God.
17 UDB पावल त्यहाँ बस्न थालेको तीन दिनपछि पावलले यहूदी अगुवाहरूलाई आएर उनीसँग कुरा गर्नलाई सन्देश पठाए। तब तिनीहरू पावलसँग कुरा गर्न आए, पावलले तिनीहरूलाई भने, “मेरा प्रिय भाइहरू हो, मैले त आफ्ना देशका मानिसहरू, अथवा पितापुर्खाका रीतिथितिका विरुद्धमा केही काम गरेको थिइनँ, तापनि हाम्रा यरूशलेमका अगुवाहरूले मलाई पक्रे। तर तिनीहरूले मलाई मार्न अघि, एक रोमी सेनापतिले मलाई उद्धार गरे र पछि कैसरियामा रोमी अधिकारीहरूकहाँ न्यायको लागि मलाई पठाइदिए। BSB BSB: After three days, he called together the leaders of the Jews. When they had gathered, he said to them, “Brothers, although I have done nothing against our people or the customs of our fathers, I was taken prisoner in Jerusalem and handed over to the Romans.
18 UDB रोमी अधिकारीहरूले मलाई प्रश्न गरे र छोड्न चाहे किनकि मैले मृत्यु दण्डको योग्यको कुनै पनि खराब कुरा गरेको गरिनँ। BSB BSB: They examined me and wanted to release me, because there was no basis for a death sentence against me.
19 UDB तर मलाई स्वतन्त्र छोड्ने रोमीहरूको विरुद्धमा यहूदीहरूले बोल्न थाले, मेरो इन्साफ बडा हकिमबाट होस् भनी मैले अनुरोध गर्नुपर्यो। तर मैले त्यसो गर्नुको कारण हाम्रा अगुवाहरूलाई कुनै कुराहरूबारे पनि आरोप लगाउनका निम्ति थिएन। BSB BSB: But when the Jews objected, I was compelled to appeal to Caesar, even though I have no charge to bring against my nation.
20 UDB म किन झ्यालखानामा किन राखिएको छु भन्ने कुरा तपाईंहरूलाई थाहा होस् भनेर मैले मैले तपाईंहरूलाई यहाँ आउनका लागि अनुरोध गरेको हुँ। परमेश्वरले हाम्रो लागि जे गर्नुहुन्छ भनेर इस्राएलका मानिसहरूले निर्धक्कसाथ आशा गरिरहेका छन् त्यहि कुरामा मैले विश्वास गरेको कारणले यो भएको हो।” BSB BSB: So for this reason I have called to see you and speak with you. It is because of the hope of Israel that I am bound with this chain.”
21 UDB त्यसपछि यहूदी अगुवाहरूले भने, “हामीले यहूदियामा भएका संगी यहूदीहरूबाट तिम्रो बारेमा कुनै पनि पत्रहरू प्राप्त गरेका छैनौँ। यहूदियाबाट आएका कुनै पनि हाम्रा संगी यहूदीहरूले तपाईंका बारेमा नराम्रो खबर ल्याएका छैनन्। BSB BSB: The leaders replied, “We have not received any letters about you from Judea, nor have any of the brothers from there reported or even mentioned anything bad about you.
22 UDB बरू हामी तपाईं सम्बद्ध भएको समूहको विषयमा तपाईंले के भन्न चाहनुहुन्छ सो सुन्न चाहन्छौँ, किनकि धेरै ठाउँका मानिसहरूले यसको विरुद्धमा बोलिरहेका छन् भन्ने कुरा हामीलाई थाहा छ।” BSB BSB: But we consider your views worth hearing, because we know that people everywhere are speaking against this sect.”
23 UDB त्यसैले तिनीहरूले पावलले बोलेको कुरा सुन्नलाई अर्को दिन आउने निर्णय गरे। जब त्यो दिन आयो, पावल बसेको ठाउँमा पहिले आएकाहरू भन्दा धेरै मानिसहरू आए। पावलले तिनीहरूलाई परमेश्वरले कसरी प्रत्येकमाथि शासन गर्नुहुनेछ भनी बताए, साथै उनले मोशाको व्यवस्था र अगमवक्ताहरूले कसरी येशूको बारेमा अगमवाणी गरेका थिए भन्ने कुरा पनि बताए। त्यहाँ सुन्नेहरूसँग पावल बिहानदेखि साँझसम्म बोलिरहे। BSB BSB: So they set a day to meet with Paul, and many people came to the place he was staying. He expounded to them from morning to evening, testifying about the kingdom of God and persuading them about Jesus from the Law of Moses and the Prophets.
24 UDB ती यहूदीहरू मध्ये केहीले येशू सत्य हुनुहन्थ्यो भनी पावलले प्रचार गरेको कुरामा विश्वस्त भए, तर अरूहरूले भने यो सत्य थियो भनी विश्वास गरेनन्। BSB BSB: Some of them were convinced by what he said, but others refused to believe.
25 UDB जब तिनीहरू एकअर्कामा असहमत हुन थाले, र तिनीहरू जानै लागेका थिए, पावलसँग तिनीहरूलाई भन्नु पर्ने अझ एउटा कुरा बाँकी थियो, “पवित्र आत्माले तिमीहरूका पुर्खाहरूसँग सत्यकुरा भन्नुभयो, जब उहाँले यी शब्दहरू यशैया अगमवक्तासँग बोल्नुभयोः BSB BSB: They disagreed among themselves and began to leave after Paul had made this final statement: “The Holy Spirit was right when He spoke to your fathers through Isaiah the prophet:
26 UDB तिम्रा मानिसहरूकहाँ गएर तिनीहरूलाई भनः “तिमीहरू आफ्ना कानले सुन्छौ तर परमेश्वरले भनिरहनुभएको कुरा कहिल्यै बुझ्दैनौ। तिमीहरू तिमीहरूका आँखाहरूले हेर्न त हेर्छौ तर परमेश्वरले गर्नुभएका कुरा वास्तवमा कहिल्यै देख्दैनौ। BSB BSB: ‘Go to this people and say, “You will be ever hearing but never understanding; you will be ever seeing but never perceiving.”
27 UDB यी मानिसहरूले बुझ्दैनन् किनकि तिनीहरू हठी भएका छन्। तिनीहरूका कानहरू झन्डै बहिरा भएका छन्। र तिनीहरूले आफ्ना आँखाहरू बन्द गरेका छन् किनकि तिनीहरू देख्न चाहँदैनन्। तिनीहरूले आफ्ना कानहरूले सुन्न चाहँदैनन्, नता आफ्ना हृदयले यी कुरा बुझ्न चाहन्छन्, नत्रता तिनीहरू फर्की आउनेथिए र मैले तिनीहरूलाई निको पार्नेथिएँ।” BSB BSB: For this people’s heart has grown callous; they hardly hear with their ears, and they have closed their eyes. Otherwise they might see with their eyes, hear with their ears, understand with their hearts, and turn, and I would heal them.’
28 UDB त्यसकारणले तिमीहरूले थाहा पाउनै पर्छ, कि परमेश्वरले गैर-यहूदीहरूलाई मुक्तिको आव्हान गर्नु भएको छ, र तिनीहरूले सुन्नेछन्।” BSB BSB: Be advised, therefore, that God’s salvation has been sent to the Gentiles, and they will listen!”
29 UDB टिप्पणीः प्रेरित २८-२९ सबैभन्दा पुरानो र सही ग्रीक पाण्डुलिपिमा यो खण्ड समावेस छैन, त्यसकारण यो पद यहाँ समावेस गरिएको छैन। BSB BSB: Not in the BSB
31 UDB परमेश्वरले कसरी आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनी पावलले प्रचार गरे र शिक्षा दिए। अनि उनले प्रभु येशू ख्रीष्टको बारेमा सिकाए। तिनले यो काम बढो साहससाथ गरे र उनलाई कसैले पनि रोक्ने कोसिस गरेन। BSB BSB: Boldly and freely he proclaimed the kingdom of God and taught about the Lord Jesus Christ.
Select verses for actions: Enter goes to them and Escape comes back.