2 UDB तिमीहरूले एकअर्कालाई प्रेम गरेको कारणले नम्रता र कोमलता र धैर्यपूर्वक एकअर्काको खाँचोमा सेवा गर। BSB BSB: with all humility and gentleness, with patience, bearing with one another in love,
5 UDB प्रभु एउटै हुनुहुन्छ, येशू ख्रीष्ट, जसमाथि हामी एकसाथ विश्वास गर्दछौँ। र उहाँको नाउँमा कसैलाई बप्तिस्मा दिनुपर्ने एउटै मात्र कारण छ। त्यो कारण येशू ख्रीष्ट हुनुहुन्छ। BSB BSB: one Lord, one faith, one baptism;
6 UDB प्रत्येकको वास्तविक पिता, परमेश्वर एउटै हुनुहुन्छ। उहाँ आफ्ना मानिसहरूमाथि राज्य गर्नुहुन्छ र उहाँको शक्तिले प्रत्येक कुरालाई भर्नुहुन्छ। BSB BSB: one God and Father of all, who is over all and through all and in all.
7 UDB ख्रीष्टले चाहनुभएको नापअनुसार परमेश्वरले प्रत्येक विश्वासीलाई उदारतासाथ आत्मिक वरदान दिनुभएको छ। BSB BSB: Now to each one of us grace has been given according to the measure of the gift of Christ.
8 UDB परमेश्वरले विजय प्राप्त गर्नुभएका मानिसहरूबाट उहाँलाई प्राप्त धनको विषयमा भजनका लेखकले भनेजस्तै हो यो, जब उहाँ डाँडाको टुप्पोमा बसालिएको आफ्नो सहरमा उक्लनुभयो, उहाँले कैदीहरूलाई दासत्वमा राख्नुभयो र तिनीहरूका वरदानहरू उहाँका मानिसहरूलाई दिनुभयो। BSB BSB: This is why it says: “When He ascended on high, He led captives away, and gave gifts to men.”
9 UDB “उहाँ माथि उक्लनुभयो” भन्ने शब्दहरूले युद्ध गर्नको निम्ति यरूशलेमबाट परमेश्वरका अभिषिक्त राजाझैँ ख्रीष्ट पहिले स्वर्गबाट पृथ्वीमा ओर्लनुभयो भन्ने कुरालाई बताउँछन्। BSB BSB: What does “He ascended” mean, except that He also descended to the lower parts of the earth?
10 UDB ख्रीष्ट, जो दुष्टलाई पराजित गर्न पृथ्वीमा ओर्लनुभयो, उहाँलाई नै हाम्रा पापहरूका निम्ति क्रुसमा टाँगियो, र उहाँ पुनर्जीवित हुनुभयो, र उहाँले सबै कुरामाथि नियन्त्रण गर्न उहाँ स्वर्गमा अति उच्च स्थानमा उक्लनुभयो। BSB BSB: He who descended is the very One who ascended above all the heavens, in order to fill all things.
11 UDB उहाँले कोही विश्वासीहरूलाई प्रेरितहरू, कोहीलाई अगमवक्ताहरू, कोहीलाई प्रचारकहरू, र कोहीलाई अगुवाइ गर्नेहरूको रूपमा नियुक्त गर्नुभयो र अरूलाई विश्वासीहरूको समूहलाई शिक्षा दिन नियुक्त गर्नुभयो। BSB BSB: And it was He who gave some to be apostles, some to be prophets, some to be evangelists, and some to be pastors and teachers,
12 UDB ख्रीष्टका सबै मानिसहरू आत्मिक रूपमा बलियो होऊन् भनेर परमेश्वरको कार्य गर्न र अरूको सेवक बन्नलाई उहाँका मानिसहरूलाई तयार गर्नको निम्ति यी कुराहरू भए। BSB BSB: to equip the saints for works of ministry and to build up the body of Christ,
13 UDB हामी विश्वासीहरूले उहाँमा विश्वास गर्ने र उहाँलाई बुझ्नको निम्ति पूर्ण रूपमा हुर्कने क्रममा हामी एक भएको उहाँ चाहनुहुन्छ। हामी परिपक्व विश्वासीहरू भएका र उहाँजस्तै सिद्ध हुन अगाडि बढेको उहाँ चाहनुहुन्छ। BSB BSB: until we all reach unity in the faith and in the knowledge of the Son of God, as we mature to the full measure of the stature of Christ.
14 UDB हामी परिपक्व भइसकेपछि, साना बालकहरूजस्तै हामी सत्यको बारेमा अनभिज्ञ रहनेछैनौँ। हावा र छालले डुङ्गालाई बगाएजस्तै, हामीले अब उसो हरेक नयाँ शिक्षालाई पछ्याउने छैनौँ। झुटा कुराहरू सिकाउने मनिसहरूलाई अब हामीलाई छलमा पार्न र धोखा दिन हामी दिनेछैनौँ। BSB BSB: Then we will no longer be infants, tossed about by the waves and carried around by every wind of teaching and by the clever cunning of men in their deceitful scheming.
15 UDB तर त्यसको सट्टामा, हामी परमेश्वरलाई प्रेम गर्दै र उहाँको साँचो शिक्षामा विश्वास गर्दै जिउनेछौँ, र हरेक तरिकामा झनझन ख्रीष्टझैँ हुनेछौँ। एउटा मानिसको शिरले उसको शरीरलाई नियन्त्रण गरेजस्तै गरी उहाँले आफ्ना मानिसहरूलाई नियन्त्रण गर्नुहुन्छ। BSB BSB: Instead, speaking the truth in love, we will in all things grow up into Christ Himself, who is the head.
16 UDB मानिसको शरीर जोर्नीहरूद्वारा मिलेर सँगै एक-आपसमा गाँसिएझैँ र शरीरका अङ्गहरू एक-आपसमा भर पर्ने हुनाले जोर्नीहरूले शरीरको विकास र वृद्धि हुन सहायता गरेझैँ, उहाँले सबै विश्वासीहरूलाई सबै ठाउँहरूमा सँगै बढ्न र एकअर्कालाई प्रेम गर्न सक्षम तुल्याउनुहुन्छ। BSB BSB: From Him the whole body, fitted and held together by every supporting ligament, grows and builds itself up in love through the work of each individual part.
17 UDB अविश्वासी गैरयहूदीहरूझैँ अब उसो तिमीहरू जिउनुहुन्न भनेर म दृढतापूर्वक बताउँछु। तिनीहरूका व्यर्थका विचारहरूले तिनीहरूलाई यसरी जिउन लगाउँछन्। BSB BSB: So I tell you this, and insist on it in the Lord, that you must no longer walk as the Gentiles do, in the futility of their thinking.
18 UDB तिनीहरू ठिक र बेठिक के हो भन्ने कुरा स्पष्टसँग सोच्न सक्दैनन्। तिनीहरूले परमेश्वरका सन्देशहरू सुन्न इन्कार गरेका हुनाले, तिनीहरूले परमेश्वरका आज्ञाहरू पालन गर्नुपर्छ भन्ने कुरा सोच्नै सक्तैनन्। यसैकारण, येशू ख्रीष्टले हामीलाई दिनुहुनेजस्तो अनन्त जीवन तिनीहरूसँग छैन। BSB BSB: They are darkened in their understanding and alienated from the life of God because of the ignorance that is in them due to the hardness of their hearts.
19 UDB तिनीहरूले शरीरले अभिलाषा गरेका निर्लज्ज कुराहरू निरन्तर रूपमा गर्न छानेका छन्। तिनीहरू हर प्रकारका अनैतिक कार्यहरू गर्दछन् र ती कुराले ग्रसित हुँदै गएका छन्, र तिनीहरूले अभिलाषा गरेका कुराहरूमा लोभ गर्दछन्। BSB BSB: Having lost all sense of shame, they have given themselves over to sensuality for the practice of every kind of impurity, with a craving for more.
20 UDB तर तिमीहरूले ख्रीष्टको बारेमा सिक्दा यसरी जिउन सिकेका थिएनौ। BSB BSB: But this is not the way you came to know Christ.
21 UDB अब तिमीहरूले ख्रीष्टको बारेमा सुनेका र उहाँले तिमीहरूलाई सिकाउनुभएको हुनाले, उहाँको बाटो नै जीवनको निम्ति सत्य बाटो हो भन्ने कुरा तिमीहरू जान्दछौ। BSB BSB: Surely you heard of Him and were taught in Him—in keeping with the truth that is in Jesus—
22 UDB तिमीहरूले अहिलेसम्म जिइरहेको तरिकालाई त्याग्नुपर्छ भनेर येशूले सिकाउनुभयो। तिमीहरूले आफ्ना अभिलाषाहरूद्वारा आफैँलाई धोखा दिइरहेको हुनाले तिमीहरू सडेका लाशहरूझैँ थियौ। BSB BSB: to put off your former way of life, your old self, which is being corrupted by its deceitful desires;
23 UDB तिमीहरूका आत्मा र तिमीहरूको सोच्ने तरिकालाई परमेश्वरद्वारा परिवर्तन गरिनको निम्ति सुम्पिदेऊ। BSB BSB: to be renewed in the spirit of your minds;
24 UDB एउटा नयाँ व्यक्तिको रूपमा तिमीहरू जिउन सुरुआत गर। परमेश्वरले तिमीहरूलाई नयाँ मानिसहरूझैँ बनाउनुभएको छ। तिमीहरू उहाँको निम्ति अलग गरिएका छौ। परमेश्वरमा साँचो रूपमा समर्पित भई सही बाटोमा हिँड्न उहाँले तिमीहरूलाई सृजना गर्नुभयो। BSB BSB: and to put on the new self, created to be like God in true righteousness and holiness.
25 UDB त्यसकारण, एक अर्कासँग झुटो बोल्न छाड। जसरी धर्मशास्त्रले भन्दछ, “एकअर्कासँग सत्य बोल, किनकि हामीहरू अब एकअर्काका सङ्गी विश्वासीहरू हौँ।” हामी परमेश्वरको परिवारमा अब एकअर्काका भएका छौँ। BSB BSB: Therefore each of you must put off falsehood and speak truthfully to his neighbor, for we are all members of one another.
26 UDB यदि तिमीहरू रिसाउँछौ भने, आफ्नो रिसलाई पाप गर्न नदेऊ। दिन बित्नुभन्दा अगाडि नै तिमीहरू रिसाउन छोड, BSB BSB: “Be angry, yet do not sin.” Do not let the sun set upon your anger,
27 UDB ताकि दुष्टलाई तिमीहरूमाथि आक्रमण गर्न अनुमति नमिलोस्। BSB BSB: and do not give the devil a foothold.
28 UDB जसले चोरी गरिरहेको थियो, त्यसले अब उसो चोरी गर्न छोडोस्। त्यसको सट्टामा, खाँचोमा परेकाहरूलाई दिनको निम्ति तिनीहरूसँग केही होस् भनेर तिनीहरूले आफ्नै प्रयासमा जीविकोपार्जन गर्न कडा परिश्रम गरून्। BSB BSB: He who has been stealing must steal no longer, but must work, doing good with his own hands, that he may have something to share with the one in need.
29 UDB कुवाक्य नबोल। तर त्यसको सट्टामा, सहायताको आवश्यकता भएका मानिसहरूलाई सहायता गर्ने कुराहरू बोल, ती कुराहरू जसले सुन्ने मानिसहरूलाई सहायता गर्छन्। BSB BSB: Let no unwholesome talk come out of your mouths, but only what is helpful for building up the one in need and bringing grace to those who listen.
30 UDB तिमीहरूको जिउने तरिकाद्वारा पवित्र आत्मालाई दुः खित नतुल्याओ। परमेश्वरले एक दिन हामीलाई यस दुष्ट संसारबाट बचाउनुहुन्छ भनी उहाँले प्रतिज्ञा गर्नुभएको छ। BSB BSB: And do not grieve the Holy Spirit of God, in whom you were sealed for the day of redemption.
31 UDB अरूप्रति कत्ति पनि क्रोधित नहोओ। कुनै प्रकारले नरिसाओ अथवा अरूलाई अपमानजनक ढङ्गले गाली नगर। कहिल्यै अरूको निन्दा नगर। अरूप्रति कहिल्यै खराबीको योजाना नबनओ। BSB BSB: Get rid of all bitterness, rage and anger, outcry and slander, along with every form of malice.
32 UDB एकअर्काप्रति दयालु होओ। एकअर्कासँग कृपालु भएर व्यवहार गर। एकअर्कालाई क्षमा देओ, जसरी परमेश्वरले तिमीहरूलाई ख्रीष्टले जे गर्नुभयो त्यसको कारणमा दिनुभयो। BSB BSB: Be kind and tenderhearted to one another, forgiving each other just as in Christ God forgave you.
Select verses for actions: Enter goes to them and Escape comes back.