1 UDB परमेश्वरको अनुकरण गर, किनभने उहाँले हामीलाई प्रेम गर्नुहुन्छ, र तिमीहरू उहाँका सन्तान हौ। BSB BSB: Be imitators of God, therefore, as beloved children,
2 UDB अरूहरूलाई प्रेम गरी जिउने गर, जसरी ख्रीष्टले हाम्रा पापहरूका निम्ति परमेश्वरकोसामु भेटी र बलिदानको रूपमा आफैँलाई क्रुसमा सुम्पनुहुँदा उहाँले हामीलाई प्रेम गर्नुभएको थियो, जुन बलिदान परमेश्वरलाई अति प्रसन्न पार्ने कुरा थियो। BSB BSB: and walk in love, just as Christ loved us and gave Himself up for us as a fragrant sacrificial offering to God.
3 UDB कुनै किसिमका अनैतिक क्रियाकलापको सुझाव नदेओ र अरू मानिसहरूले चाहना गरेका अथवा अरूहरूले गरेका गलत कुराहरू नगर। पापको निम्ति होइन, तर परमेश्वरका निम्ति अलग गरिएका परमेश्वरका मानिसहरूका बारेमा यस्ता पापहरूले अरू मानिसहरूलाई नराम्रा कुराहरू बोल्न लगाउँछन्। BSB BSB: But among you, as is proper among the saints, there must not be even a hint of sexual immorality, or of any kind of impurity, or of greed.
4 UDB अरूलाई अश्लिल कथाहरू नसुनाओ वा पापको विषयमा मूर्ख कुराहरू वा ख्यालठट्टाहरू नगर। परमेश्वरका जनहरूलाई यस्ता कुराहरू गर्न सुहाउँदैन। बरु, मानिसहरूसँग कुराकानी गर्दा परमेश्वरको प्रेमको निम्ति उहाँलाई धन्यवाद देओ। BSB BSB: Nor should there be obscenity, foolish talk, or crude joking, which are out of character, but rather thanksgiving.
5 UDB तिमीहरू यस कुरामा निश्चित होओः कामुक रूपमा अनैतिक वा अश्लिल व्यक्ति, वा जसमा यी कुराहरूको लालसा छ (जुन मूर्तिपूजा गर्नु जस्तै हो), ख्रीष्टले राजा भई शासन गर्नुहुने परमेश्वरका जनहरूमा त्यो व्यक्ति पर्नेछैन। BSB BSB: For of this you can be sure: No immoral, impure, or greedy person (that is, an idolater) has any inheritance in the kingdom of Christ and of God.
6 UDB झुटा तर्क वितर्कहरूद्वारा तिमीहरूलाई कसैले धोखा नदिओस्। तिनीहरूले यस्ता पापपूर्ण कुराहरू गर्ने हुनाले, उहाँप्रति अनाज्ञाकारी हुने मानिसहरूसँग परमेश्वर रिसाउनुहुनेछ। BSB BSB: Let no one deceive you with empty words, for because of such things the wrath of God is coming on the sons of disobedience.
7 UDB तसर्थ, यस प्रकारका पापहरू गर्ने मानिसहरूसँग सहभागी नहोओ। BSB BSB: Therefore do not be partakers with them.
8 UDB प्रभु येशूमा विश्वास गर्नुभन्दा पहिले, तिमीहरूलाई सधैँ अन्धकार रातले घेरेझैँ गरी पापपूर्ण अनाज्ञाकारितामा तिमीहरू जिइरहेका थियौ। तर अब परमप्रभुको ज्योतिमा जिओ। BSB BSB: For you were once darkness, but now you are light in the Lord. Walk as children of light,
9 UDB जसरी ज्योतिले असल कुराहरू उत्पन्न गर्दछ, त्यसरी नै येशूको ज्योतिमा जिउनेहरूले असल, सही र साँचा कुराहरू थाहा पाएर सोहीअनुरूप काम गर्ने गर्छन्। BSB BSB: for the fruit of the light consists in all goodness, righteousness, and truth.
10 UDB परमप्रभुलाई प्रसन्न तुल्याउने कुराहरूलाई पारख गरी पत्ता लगाओ। BSB BSB: Test and prove what pleases the Lord.
11 UDB आत्मिक अन्धकारमा व्यर्थका कामहरू गर्ने मानिसहरूसँग एकसाथ सहभागी नहोओ। बरु, “ती पापपूर्ण कामहरू व्यर्थका छन्” भनी भन। BSB BSB: Have no fellowship with the fruitless deeds of darkness, but rather expose them.
12 UDB किनभने अन्धकारमय गुप्त स्थानमा मानिसहरूले गर्ने दुष्ट कुराहरूलाई ज्योतिमा व्याख्या गर्नु लाजमर्दो कुरो हो। BSB BSB: For it is shameful even to mention what the disobedient do in secret.
13 UDB तब ज्योतिले प्रकट गराउने हरेक कुरा स्पष्टसँग देख्न र राम्रोसँग बुझ्न सकिने हुन्छ। BSB BSB: But everything exposed by the light becomes visible, for everything that is illuminated becomes a light itself.
14 UDB किनभने ज्योतिले त्यो के हो भनी साँचो रूपमा देखाइदिन्छ। यो कुरा परमेश्वरको वचनले मानिसहरूलाई नाश गर्ने पाप र मानिसहरूलाई क्षमा गर्ने र नयाँ बनाउनुहुने ख्रीष्टको विषयमा वर्णन गरेकोजस्तै हो। त्यसैले, विश्वासीहरू यसो भन्दछन्, “तिम्रो निद्राबाट जाग र मरेतुल्य गरी जिउनेहरूबाट खडा होओ। उहाँको क्षमादान र नयाँ जीवन बुझ्न ख्रीष्टले तिमीलाई सक्षम तुल्याउनुहुनेछ।” BSB BSB: So it is said: “Wake up, O sleeper, rise up from the dead, and Christ will shine on you.”
15 UDB त्यसैले, तिमीहरू कसरी जिउँछौ, त्यसमा निकै होसियार होओ। मूर्ख मानिसहरूले गर्नेजस्तो व्यवहार नगर। बरु, बुद्धिमान् मनिसहरूले जस्तै व्यवहार गर। BSB BSB: Pay careful attention, then, to how you walk, not as unwise but as wise,
16 UDB पृथ्वीमा तिमीहरूको समयलाई बुद्धिमानीसँग प्रयोग गर, किनभने यी दिनहरू दुष्टताले भरिएका छन्। BSB BSB: redeeming the time, because the days are evil.
17 UDB त्यसैले मूर्ख नबन। बरु, येशू प्रभुले तिमीहरूले के गरेको चाहनुहुन्छ, त्यसलाई बुझेर त्यही गर। BSB BSB: Therefore do not be foolish, but understand what the Lord’s will is.
18 UDB तिम्रो जीवनलाई नाश पार्न सक्ने मदिरायुक्त पेय पदार्थहरू नपिओ। बरु, तिमीहरूले हर समय गर्ने कामहरूलाई परमेश्वरको आत्माद्वारा नियन्त्रित हुन देओ। BSB BSB: Do not get drunk on wine, which leads to reckless indiscretion. Instead, be filled with the Spirit.
19 UDB एकअर्कासँग भजनहरू गाओ, र ख्रीष्टको बारेमा गीतहरू गाओ र परमेश्वरको आत्माले तिमीहरूलाई दिनुहुने गीतहरू गाओ। प्रभु येशूको प्रशंसा गर्न तिमीहरूले आफ्ना हृदयदेखि नै ती भजनहरू र अरू गीतहरू गाओ। BSB BSB: Speak to one another with psalms, hymns, and spiritual songs. Sing and make music in your hearts to the Lord,
20 UDB प्रभु येशू ख्रीष्टले तिमीहरूका लागि गर्नुभएका हरेक कुराका निम्ति हर समय परमेश्वर पितालाई धन्यवाद देओ। BSB BSB: always giving thanks to God the Father for everything in the name of our Lord Jesus Christ.
21 UDB तिमीहरूले ख्रीष्टलाई आदर गर्ने भएकाले नम्रतापूर्वक एकअर्काको अधीनमा बस। BSB BSB: Submit to one another out of reverence for Christ.
22 UDB पतिहरूले आफैँलाई प्रभु येशूको नेतृत्वमा समर्पित गरेजस्तै पत्नीहरूले पनि आ-आफ्ना पतिहरूका नेतृत्वमा आफैँलाई समर्पित गर्नुपर्छ, किनभने पति पत्नीको अगुवा हो र ख्रीष्टचाहिँ विश्वासीहरूका विश्वव्यापी समुदायको अगुवा हुनुहन्छ। BSB BSB: Wives, submit to your husbands as to the Lord.
23 UDB उहाँ मुक्तिदाता हुनुहुन्छ, जसले सबै विश्वासीहरूलाई तिनीहरूका पापका निम्ति दोषी ठहरिनबाट बचाउनुभएको छ। BSB BSB: For the husband is the head of the wife as Christ is the head of the church, His body, of which He is the Savior.
24 UDB सबै विश्वासीहरूले आफैँलाई ख्रीष्टको अधिकारमा समर्पित गरेझैँ, स्त्रीहरूले आफैँलाई पूर्ण रूपमा आ-आफ्ना पतिहरूको अधिकारमुनि समर्पित गर्नुपर्छ। BSB BSB: Now as the church submits to Christ, so also wives should submit to their husbands in everything.
26 UDB ताकि उहाँले हामीलाई आफ्नो निम्ति अलग गर्नसक्नुभएको होस्। पानीले धोएजस्तो गरी, आफ्नो वचनको शक्तिद्वारा येशूले विश्वासीहरूका पापको दण्डलाई हटाएर हामीलाई शुद्ध पार्नुभयो। BSB BSB: to sanctify her, cleansing her by the washing with water through the word,
27 UDB अब ख्रीष्टले सबै विश्वासीहरूलाई पूर्ण रूपमा पापरहित, शुद्ध, क्षमा प्राप्त, दोषरहित समूहझैँ आफ्नै निम्ति प्रस्तुत गर्न सक्नुहुन्छ। BSB BSB: and to present her to Himself as a glorious church, without stain or wrinkle or any such blemish, but holy and blameless.
28 UDB प्रत्येक मानिसले आफ्नो शरीरलाई प्रेम गरेझैँ आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ। पुरुषहरूले आफ्ना पत्नीहरूलाई प्रेम गर्दा, यो तिनीहरूले आफैँलाई प्रेम गरेजस्तै हो, BSB BSB: In the same way, husbands ought to love their wives as their own bodies. He who loves his wife loves himself.
29 UDB किनभने कसैले पनि आफ्नो शरीरलाई घृणा गरेको छैन। BSB BSB: Indeed, no one ever hated his own body, but he nourishes and cherishes it, just as Christ does the church.
30 UDB बरु, जसरी ख्रीष्टले आफ्नो विश्वव्यापी समुदायमा हामी सबै विश्वासीहरूलाई वास्ता गर्नुहुन्छ, त्यसरी नै मानिसले आफ्नो शरीरलाई खुवाउने-पियाउने र वास्ता गर्ने गर्छ। हामी विश्वासीहरू एउटै समूह भएका छौँ र त्यो उहाँकै हो। BSB BSB: For we are members of His body.
31 UDB विवाह गर्ने मानिसहरूका बारेमा धर्मशास्त्रले यसो भन्छः “पुरुष र स्त्रीले विवाह गरेपछि तिनीहरूले आफ्ना बुबा-आमालाई स्थायी रूपमा छोड्नुपर्छ। त्यसपछि तिनीहरू पति र पत्नीको रूपमा जोडिनुपर्छ, र तिनीहरू दुई जना एउटै व्यक्ति जस्तै हुनेछन्। BSB BSB: “For this reason a man will leave his father and mother and be united to his wife, and the two will become one flesh.”
32 UDB परमेश्वरले प्रकट गरिदिनुभएको यस कुराको अर्थ बुझ्न गाह्रो छ, तर विश्वासीहरूको विश्वव्यापी समुदायको निम्ति ख्रीष्टको प्रेमको बारेमा म तिमीहरूलाई बताउँदै छु। BSB BSB: This mystery is profound, but I am speaking about Christ and the church.
33 UDB तथापि, तिमीहरूका निम्ति म फेरि भन्दछु, कि प्रत्येक मानिसले आफैँलाई प्रेम गरेझैँ आफ्नी पत्नीलाई प्रेम गर्नुपर्छ, र प्रत्येक महिलाले आफ्नो पतिलाई आदर गर्नुपर्छ। BSB BSB: Nevertheless, each one of you also must love his wife as he loves himself, and the wife must respect her husband.
Select verses for actions: Enter goes to them and Escape comes back.