1 UDB छोराछोरीहरू हो, तिमीहरू प्रभु येशूका भएका हुनाले, तिम्रा अभिभावकको आज्ञा पालन गर, किनभने यो गर्नु तिम्रो लागि असल छ। BSB BSB: Children, obey your parents in the Lord, for this is right.
2 UDB परमेश्वरले धर्मशास्त्रमा आज्ञा गर्नुभएको छ, “तिम्रा बुबा आमालाई अति आदर गर।” त्यो पहिलो व्यवस्था हो जसमा परमेश्वरले आज्ञासहित प्रतिज्ञा गर्नुभयो। उहाँले यस्तो प्रतिज्ञा गर्नुभयो, BSB BSB: “Honor your father and mother” (which is the first commandment with a promise),
3 UDB “यदि तिमीहरूले त्यो गर्यौ भने, तिमीहरूले उन्नति गर्नेछौ, र तिमीहरू पृथ्वीमा लामो समय जिउनेछौ।” BSB BSB: “that it may go well with you and that you may have a long life on the earth.”
4 UDB आमा बुबाहरू हो, आफ्ना छोराछोरीहरूलाई रिस उठाउने गरी अति कडा रूपमा व्यवहार नगर। यसको सट्टामा, प्रभु येशूले चाहनुभएअनुसार तिनीहरूलाई असल निर्देशन दिएर अनुशासनमा हुर्काओ। BSB BSB: Fathers, do not provoke your children to wrath; instead, bring them up in the discipline and instruction of the Lord.
5 UDB कमाराहरू हो, जो पृथ्वीमा तिम्रा मालिकहरू छन्, तिनको आज्ञा पालन गर। जसरी तिमीहरूले ख्रीष्टका आज्ञा पालन गर्दछौ, त्यसरी नै तिमीहरूले अति आदरपूर्ण र इमानदारीसाथ तिनीहरूकोआज्ञा पालन गर। BSB BSB: Slaves, obey your earthly masters with respect and fear and sincerity of heart, just as you would obey Christ.
6 UDB तिनीहरूले तिमीहरूलाई हेरिरहेका समयमा मात्र आज्ञा पालन नगर। त्यसको सट्टामा, ती मालिकहरूका कमाराझैँ होइन, ख्रीष्टका कमाराहरू भएझैँ गरी तिनीहरूको आज्ञा पालन गर। जे परमेश्वरले तिमीहरूले गरेको चाहनुहुन्छ, त्यसलाई जोसका साथ गर। BSB BSB: And do this not only to please them while they are watching, but as servants of Christ, doing the will of God from your heart.
7 UDB साधारण मानिसहरूको सेवा गरेजस्तो होइन, प्रभु येशूको सेवा जसरी गर्दछौ, त्यसरी नै तिम्रा मालिकहरूको सेवा खुसीसाथ गर। BSB BSB: Serve with good will, as to the Lord and not to men,
8 UDB यो कुरा गर, किनकि तिमीहरूलाई थाहा छ एक दिन प्रभु येशूले हरेक व्यक्तिलाई उसले गरेको असल कामअनुसार इनाम दिनुहुनेछ। त्यो व्यक्ति कमारा र फुक्का जे भए तापनि त्यसले कुनै फरक पार्दैन। BSB BSB: because you know that the Lord will reward each one for whatever good he does, whether he is slave or free.
10 UDB अन्तमा, प्रभु येशूको सामर्थी शक्तिद्वारा तिमीहरू आत्मिक रूपमा बलियो हुनलाई उहाँमा पूर्ण रूपले भरोसा राख। BSB BSB: Finally, be strong in the Lord and in His mighty power.
11 UDB जसरी सिपाहीले आफ्ना सबै हातहतियारहरू धारण गर्दछ, त्यसरी नै दुष्टले तिमीहरूको विरुद्ध धूर्त षड्यन्त्रगर्दा, सफलतासाथ त्यसको विरोध गर्न परमेश्वरबाटको हरेक साधन तिमीहरूले प्रयोग गर्नुपर्छ। BSB BSB: Put on the full armor of God, so that you can make your stand against the devil’s schemes.
12 UDB हामीहरूले अरू मानिसहरूका विरुद्ध लडाइँ गरेका होइनौँ, तर हामीहरू सबै प्रकारका दुष्ट शासकहरू र दुष्ट आत्माहरूका विरुद्ध लडिरहेका छौँ, जो आत्मिक अन्धकारमा रहन्छन्। BSB BSB: For our struggle is not against flesh and blood, but against the rulers, against the authorities, against the powers of this world’s darkness, and against the spiritual forces of evil in the heavenly realms.
13 UDB यसकारण, जसरी एउटा सिपाहीले आफ्ना सबै हाततियार धारण गर्दछ, त्यसरी नै तिमीहरूले परमेश्वरको सारा हातहतियार धारण गर्नुपर्छ, ताकि तिमी यस संसारको दुष्ट समयमा, दुष्टको विरुद्ध खडा हुन सक। परमेश्वरको हातहतियारले, तिमी दुष्टका आक्रमण विरुद्ध लड्न सक्छौ र परमेश्वरको निम्ति जीउन सक्दछौ। BSB BSB: Therefore take up the full armor of God, so that when the day of evil comes, you will be able to stand your ground, and having done everything, to stand.
14 UDB त्यसकारण, युद्धमा लगाइने हतियारहरूझैँ परमेश्वरको सत्यता र धार्मिकतताको लुगा धारण गरी दुष्टको विरुद्ध खडा होओ। BSB BSB: Stand firm then, with the belt of truth buckled around your waist, with the breastplate of righteousness arrayed,
15 UDB र सिपाहीहरूले तिनीहरूका जुत्ता कसेर लगाएझैँ सुसमाचारलाई दृढतासाथ विश्वास गर र पालन गर, जसले हामीलाई परमेश्वरसँग मिलाप गराउँदछ। BSB BSB: and with your feet fitted with the readiness of the gospel of peace.
16 UDB अझै, प्रभुमा निरन्तर दृढतासाथ भरोसा गरिराख। दुष्ट शैतानले तिमीहरूलाई आत्मिक तवरले हानि पुर्याउन सक्ने सबै कुराबाट आफैँलाई सुरक्षित राख्न त्यस दृढ भरोसाले तिमीहरूलाई सक्षम तुल्याउँदछ, जसरी शत्रुहरूले सिपाहीहरूलाई ज्वालामुखी बाणहरूले हान्दा सुरक्षित रहन तिनीहरूले ढाल बोक्दछन्। BSB BSB: In addition to all this, take up the shield of faith, with which you can extinguish all the flaming arrows of the evil one.
17 UDB र ख्रीष्टमा भरोसा राख, जसले तिमीहरूलाई बचाउनुभयो। यो एउटा सिपाहीले आफ्नो टाउको बचाउन टोप लगाएकोजस्तो हो। र सिपाहीले आफ्नो तरवार समाएजस्तै परमेश्वरले धर्मशास्त्रमा भन्नुभएको कुरामा विश्वास गर। BSB BSB: And take the helmet of salvation and the sword of the Spirit, which is the word of God.
18 UDB तिमीहरूले यसो गर्दा, परमेश्वरले तिमीहरू र अरूहरूका निम्ति काम गरिदिनुभएको हो भनी अनुरोध गर्दै हर समय उहाँलाई प्रार्थना गरिरहो; र परमेश्वरको आत्माले तिमीहरूको प्रार्थनालाई अगुवाइ गर्नदेओ। यस उद्देश्यको लागि, सबै परमेश्वरका मानिसहरूका निम्ति प्रार्थना गर्दै आत्मिक रूपमा चनाखो होओ। BSB BSB: Pray in the Spirit at all times, with every kind of prayer and petition. To this end, stay alert with all perseverance in your prayers for all the saints.
19 UDB र विशेष गरी, मेरो लागि प्रार्थना गर। मैले के बोल्नुपर्ने हो, त्यो परमेश्वरले मलाई भन्नुभएको होस् भनी प्रार्थना गर, ताकि मैले साहसका साथ अरूहरूलाई ख्रीष्टको बारेमा सुसमाचार सुनाउन सकूँ। मानिसहरूले योभन्दा पहिले यस सन्देशको बारेमा जानेका थिएनन्, तर परमेश्वरले अहिले मलाई यो प्रकट गरिदिनुभएको छ। BSB BSB: Pray also for me, that whenever I open my mouth, words may be given me so that I will boldly make known the mystery of the gospel,
20 UDB त्यसकारण, यस झ्यालखानामा म ख्रीष्टको एक प्रतिनिधि हुँ। जब म अरूहरूलाई ख्रीष्टको बारेमा बताउँछु, म निर्भयतासाथ बोल्न सकूँ भनेर प्रार्थना गर किनभने त्यसरी नै मैले बोल्नुपर्छ। BSB BSB: for which I am an ambassador in chains. Pray that I may proclaim it fearlessly, as I should.
21 UDB मलाई के भइरहेको छ र म के गर्दै छु भन्ने कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले तुखिकसलाई यस पत्रको साथमा तिमीहरूकहाँ पठाइरहेको छु। उनले तिमीहरूलाई यहाँ के भइहेको छ, सबै कुरा बताउनेछन्। उनी एक सङ्गी विश्वासी हुन् जसलाई हामी सबैले धेरै प्रेम गर्दछौँ र उनले प्रभु येशूको सेवा विश्वासयोग्यतासाथ गर्दछन्। BSB BSB: Tychicus, the beloved brother and faithful servant in the Lord, will tell you everything, so that you also may know about me and what I am doing.
22 UDB त्यसकारण, मैले उनलाई तिमीहरूकहाँ पठाउँदै छु; म र मेरा सङ्गीहरू कस्ता छन् भन्ने तिमीहरूले जानेको म चाहन्छु। म तिमीहरूलाई उनले सान्त्वना र उत्साह दिएको चाहन्छु। BSB BSB: I have sent him to you for this very purpose, that you may know about us, and that he may encourage your hearts.
23 UDB हाम्रा पिता परमेश्वर र प्रभु येशू ख्रीष्टद्वारा तिमी सङ्गी विश्वासीहरूमा भित्री शान्ति, एक आपसमा प्रेम र परमेश्वरमा भरोसा होस् भनेर म प्रार्थना गर्दछु। BSB BSB: Peace to the brothers and love with faith from God the Father and the Lord Jesus Christ.
24 UDB परमेश्वरले आफ्ना सबै मानिसहरूलाई उहाँको अनुग्रह दिऊन्, जसले हाम्रा प्रभु येशू ख्रीष्टलाई निरन्तर प्रेम गर्दछन्। BSB BSB: Grace to all who love our Lord Jesus Christ with an undying love.
Select verses for actions: Enter goes to them and Escape comes back.