2 UDB अब म पावल प्रेरितले तिमीहरूलाई के भन्छु त्यसलाई होशियार भएर विचार गर। तिमीहरूले कसैलाई खतना गर्न भन्छौ भने, ख्रीष्टले तिमीहरूका निम्ति जे गर्नुभएको छ त्यस कुराले तिमीहरूलाई कुनै पनि मद्दत हुनेछैन! BSB BSB: Take notice: I, Paul, tell you that if you let yourselves be circumcised, Christ will be of no value to you at all.
3 UDB फेरि पनि म गम्भीर भएर भन्छु कि तिमी हरेक मानिस जसको खतना तिनीहरूले गरेका छन् आफूलाई परमेश्वरको दृष्टिमा धर्मी ठहराउनलाई उसले व्यवस्थालाई सिद्ध किसिमले पालन गर्नुपर्छ। BSB BSB: Again I testify to every man who gets himself circumcised that he is obligated to obey the whole law.
4 UDB तिमीहरूले व्यवस्था पालन गर्ने कोसिस गरेको कारणले परमेश्वरले तिमीहरूलाई आफ्नो दृष्टिमा धर्मी घोषणा गर्नुहुन्छ भन्ने आशा गर्छौ भने, तिमीहरूले आफैंलाई ख्रीष्टबाट अलग गरेका छौ। परमेश्वरले फेरि तिमीहरूप्रति दयालु भएर व्यवहार गर्नुहुने छैन। BSB BSB: You who are trying to be justified by the law have been severed from Christ; you have fallen away from grace.
5 UDB परमेश्वरको आत्माले ख्रीष्टमा विश्वास गर्न सक्षम बनाउनु भएका हामीहरूचाहिं परमेश्वरले आफ्नो दृष्टिमा हामीलाई धर्मी घोषणा गर्नुहुने समयलाई दृढतासाथ पर्खिरहेका छौं। BSB BSB: But by faith we eagerly await through the Spirit the hope of righteousness.
7 UDB तिमीहरू त राम्रैसित ख्रीष्टको अनुसरण गरिरहेका थियौ! उहाँले साँचो सन्देश पालन गर्नबाट तिमीहरूलाई कसैले रोक्यो? BSB BSB: You were running so well. Who has obstructed you from obeying the truth?
8 UDB तिमीहरूलाई चुन्नुहुने परमेश्वरले नै तिमीहरूलाई यसरी विचार गर्न मनाउँदै गर्नुभएको त होइन! BSB BSB: Such persuasion does not come from the One who calls you.
9 UDB जसरी मुछेको पिठोमा भएको थोरै खमीरले त्यो सबैलाई फुलाउँछ, त्यसरी नै तिमीहरूलाई झूटो शिक्षा सिकाउने कसैले तिमीहरू सबैलाई अलग पार्ने खतरा छ। BSB BSB: A little leaven works through the whole batch of dough.
10 UDB प्रभु येशूले आफ्नो सत्य सुसमाचारमा बाहेक अरू कुनै पनि कुरामा विश्वास गर्नबाट तिमीहरूलाई बचाउनुहुनेछ भन्ने कुरामा म निश्चत छु। तिमीहरूलाई यो झूटो सन्देश सिकाएर अलमल्याउने जोसुकै भए पनि परमेश्वरले त्यसलाई निश्चय नै दण्ड दिनुहुनेछ। BSB BSB: I am confident in the Lord that you will take no other view. The one who is troubling you will bear the judgment, whoever he may be.
11 UDB तर मेरा विश्वासी बन्धुहरू, तिमीहरूले तिनीहरूलाई खतना गर्न दिनुपर्छ भनेर मैले अझै पनि सिकाउँछु भनी सायद कसैले भन्दै होला। मैले ख्रीष्टको अनुसरण गर्नुअघि निश्चय पनि मैले त्यो कुरा सिकाएँ, तर अहिले मैले फेरि त्यो कुरा सिकाउँदै गरेको छैन। तर तिनीहरूले भन्दै गरेको कुरा सत्य हुन सक्दैन। अन्यथा यतिबेला मलाई कसैले पनि सताउँदै गरेको हुने थिएन। अहँ, म भन्छु कि ख्रीष्टको अनुसरण गर्न मानिसहरूले खतना गर्नुपर्छ भनी तिनीहरूले विचार गर्छन् भने, ख्रीष्टको क्रूसको मृत्युको वास्तविकताले तिनीहरूलाई कुनै फरक पार्दैन। BSB BSB: Now, brothers, if I am still preaching circumcision, why am I still being persecuted? In that case the offense of the cross has been abolished.
12 UDB तिमीहरूलाई अलमल्याउनेहरूले त आफैंलाई नपुंसंक बनाए पनि हुन्थ्यो भन्ने म इच्छा गर्छु। BSB BSB: As for those who are agitating you, I wish they would proceed to emasculate themselves!
13 UDB मेरा विश्वासी बन्धुहरू, परमेश्वरले तिमीहरूलाई स्वतन्त्र हुनलाई बोलाउनु भएको छ। तर उहाँले तिमीहरूलाई स्वतन्त्र पार्नुभयो यसैले तिमीहरूले पाप गर्न सक्छौ भन्ने विचार नगर। बरु, एक अर्कालाई प्रेम गर र सेवा गर, किनभने अहिले तिमीहरू त्यसो गर्न स्वतन्त्र छौ! BSB BSB: For you, brothers, were called to freedom; but do not use your freedom as an opportunity for the flesh. Rather, serve one another in love.
14 UDB येशूले भन्नुभएको केही कुरा याद गर। उहाँले सबै व्यवस्थाको अर्थ यो हो भन्नुभयो: “तैंले आफैंलाई प्रेम गरेझैं प्रत्येक व्यक्तिलाई प्रेम गर।” BSB BSB: The entire law is fulfilled in a single decree: “Love your neighbor as yourself.”
15 UDB यसैले जंगली जनावरले झैं तिमीहरूले एक अर्कालाई आक्रामण गर्छौ र हानी गर्छौ भने, तिमीहरूले एक अर्कामा पूर्ण रूपले नाश गर्न सक्छौ। BSB BSB: But if you keep on biting and devouring one another, watch out, or you will be consumed by one another.
16 UDB यसैले म तिमीहरूलाई यो भन्छुः सधैं परमेश्वरको आत्माले तिमीहरूलाई डोर्याउन देओ। तिमीहरूले त्यसो गर्यौ भने, सामान्य मानिसहरूले गर्न इच्छा गरेझैं तिमीहरूले पाप गर्नेछैनौ। BSB BSB: So I say, walk by the Spirit, and you will not gratify the desires of the flesh.
17 UDB जब तिमीहरूले पाप गर्ने इच्छा गर्छौ, तब तिमीहरू परमेश्वरको आत्माको विरुद्धमा जान्छौ। अनि सामान्य मानिसको इच्छाको विरुद्धमा परमेश्वरको आत्मा जानुहुन्छ। यी दुई कुरा सधैं एक अर्काको विरुद्ध लडाईंमा हुन्छन्। त्यसको परिणामचाहिं तिमीहरूले साच्चै नै गर्न इच्छा गरेका असल कुराहरू तिमीहरू सधैं गर्दैनौ। BSB BSB: For the flesh craves what is contrary to the Spirit, and the Spirit what is contrary to the flesh. They are opposed to each other, so that you do not do what you want.
18 UDB तर जब परामेश्वरको आत्माले तिमीहरूलाई डोर्याउनुहुन्छ, व्यवस्थाले तिमीहरूलाई नियन्त्रण गर्दैन। BSB BSB: But if you are led by the Spirit, you are not under the law.
19 UDB अब सामान्य मानव जातिले गर्न इच्छा गर्ने कुरा सजिलै देख्न सकिन्छ। तिनीहरूले स्वभाविक यौन कार्यकलापहरू भन्दा पनि विपरीत, खराब यौन कार्यकलापहरू गर्छन्, र असल व्यवस्थाका विरुद्वमा भएका कुराहरूको इच्छा तिनीहरूले गर्छन्। BSB BSB: The acts of the flesh are obvious: sexual immorality, impurity, and debauchery;
20 UDB तिनीहरूले झूटा देवताहरू र ती देवताहरूको प्रतिनिधित्व गर्ने कुराहरूको पुजा गर्छन्। आफ्ना निम्ति काम गर्न तिमीहरूले दुष्ट आत्माहरू पाउने कोसिस गर्छन्। मानिसहरूले अरूप्रति शत्रुता राख्छन्। मानिसहरू एक आपसमा झगडा गर्छन्। मानिसहरूले डाहा गर्छन्। मानिसहरू क्रोधपूर्वक व्यवहार गर्छन्। तिनीहरूका बारेमा अरूले उच्च विचार गरून् भन्ने कोसिस गर्छन् र अरूले के इच्छा गर्छन् भनी विचार नै गर्दैनन्। मानिसहरू अरूसँग सहभागी हुँदैनन्। आफूसँग सहमत हुनेहरूसँग मात्र मानिसहरू सहभागी हुन्छन्। BSB BSB: idolatry and sorcery; hatred, discord, jealousy, and rage; rivalries, divisions, factions,
21 UDB मानिसहरू अरूसँग भएका कुरा लिने इच्छा गर्छन्। मानिसहरू मदिरा पिएर मात्तिछन्। मानिसहरू मदिरा पिएर मात्तिछन् र हुलदंङ्गा गर्छन्। र तिनीहरूले यस्तै अरू कुराहरू गर्छन्। मैले तिमीहरूलाई पहिला चेतावनी दिएजस्तै चेतावनी म अहिले पनि तिमीहरूलाई दिन्छु कि निरन्तर रूपले यस्तो गर्ने र सोच्नेहरूले परमेश्वरले राजाको रूपमा आफैंलाई हरेक व्यक्तिकहाँ प्रकट गर्नुहुँदा परमेश्वरका मानिसहरूकाो निम्ति उहाँसँग भएको कुरा प्राप्त गर्नेछैनन्। BSB BSB: and envy; drunkenness, orgies, and the like. I warn you, as I did before, that those who practice such things will not inherit the kingdom of God.
22 UDB तर जसै हामी ख्रीष्टको विश्वासमा बढेर जान्छौ, परमेश्वरको आत्माले हामीलाई अरूलाई प्रेम गर्ने बनाउनुहुन्छ। हामी आनन्दित हुन्छौं। हामी शान्ति हुन्छौं। हामी धैर्य हुन्छौं। हामी दयालु हुन्छौं। हामी असल हुन्छौं। हामी अरूले भरोसा गर्न सक्ने किसिमका हुन्छौं। BSB BSB: But the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faithfulness,
23 UDB हामी विनम्र हुन्छौं। हामीले आफ्नो व्यवहारलाई नियन्त्रण गर्छौं। मानिसहरूले यस किसिमले सोच्न र व्यवहार गर्न हुँदैन भन्ने व्यवस्था नै छैन। BSB BSB: gentleness, and self-control. Against such things there is no law.
24 UDB यसका अतिरिक्त, हामी ख्रीष्ट येशूमा भएकाहरूले हामीले विगतमा गर्ने गरेका दुष्ट कुराहरू गर्नदेखि आफैंलाई रोक्छौं। यो लाग्छ कि हामीले ती दुष्ट कुराहरूलाई क्रूसमा किलामा झुण्डयौं र तिनीहरूलाई मार्यौं! BSB BSB: Those who belong to Christ Jesus have crucified the flesh with its passions and desires.
25 UDB परमेश्वरको आत्माले हामीलाई एउटा नयाँ किसिमले जीवन बिताउन सक्षम बनाउनुभएको हुनाले, आत्माले हामीलाई डोर्याउनु भएअनुरूप हामीले व्यवहार गर्नुपर्छ। BSB BSB: Since we live by the Spirit, let us walk in step with the Spirit.
26 UDB हामीले आफ्नै बारेमा अहंकार गर्नुहुँदैन। हामीले एका अर्कालाई क्रोधित बनाउनु हुँदैन। हामीले एक अर्काको इर्ष्या गर्नु हुँदैन। BSB BSB: Let us not become conceited, provoking and envying one another.
Select verses for actions: Enter goes to them and Escape comes back.