1 UDB अब छोराछोरी र उत्तराधिकारीहरूका बारेमा म अझै छलफल गर्नेछु। एक जना उत्तराधिकारी एक जना छोरा हो जसले पछि गएर आफ्नो बाबुसित भएका सबै सम्पत्ति प्राप्त गर्नेछ। तर त्यो उत्तराधिकारी नाबालक हुदाँसम्म, ऊ एक जना दासझैं हुन्छ जसलाई अरूले नियन्त्रण गर्छन्। BSB BSB: What I am saying is that as long as the heir is a child, he is no different from a slave, although he is the owner of everything.
2 UDB उसका बाबुले अघिबाटै तोकेको समय पुरा नभएसम्म अरू व्यक्तिहरूले बालकको रेखदेख गर्छन् र उसको सम्पत्तिको व्यवस्थापन गर्छन्। BSB BSB: He is subject to guardians and trustees until the date set by his father.
3 UDB यसरी नै, जबसम्म हामी साना छोराछोरी जस्ता थियौंो, हामी दुष्ट नियमहरूका अधीनमा थियौं जसमा संसारमा भएका हरेक व्यक्ति रहेको हुन्छ। मालिकहरूले आफ्ना दासहरूलाई नियन्त्रण गरेझैं ती नियमहरूले हामीलाई नियन्त्रण गरे। BSB BSB: So also, when we were children, we were enslaved under the basic principles of the world.
5 UDB हामीलाई नियन्त्रण गर्ने व्यवस्थाबाट हामीलाई छुटकारा दिनलाई परमेश्वरले येशूलाई पठाउनुभयो। उहाँले हामीलाई आफ्नै छोराछोरी बनाउनलाई यसो गर्नुभयो। BSB BSB: to redeem those under the law, that we might receive our adoption as sons.
6 UDB अब तिमीहरू परमेश्वरका पुत्रहरू भएको कारणले हामीहरूमध्ये प्रत्येकमा बास गर्नलाई उहाँले आफ्नो पुत्रको आत्मा पठाउनुभयो। उहाँको आत्माले नै परमेश्वरलाई, “पिता वा हाम्रो प्यारो पिता”, भनेर बोलाउन हामीलाई सक्षम तुल्याउनुहुन्छ। यसले हामीहरू परमेश्वरका पुत्रहरू हौं भन्ने कुरा दर्शाउँछ। BSB BSB: And because you are sons, God sent the Spirit of His Son into our hearts, crying out, “Abba, Father!”
7 UDB यसैले, परमेश्वरले जे गर्नुभएको छ त्यो कारणले तिमीहरूमध्ये प्रत्येक अब एक जना दास होइनौ। बरु, तिमीहरूमध्ये प्रत्येक नै परमेश्वरको बालक हौ। तिमीहरूमध्ये प्रत्येक नै अब परमेश्वरको बालक हुनाले, परमेश्वरले प्रतिज्ञा गर्नुभएका सबै कुरा पनि तिमीहरूलाई दिनुहुनेछ। परमेश्वर आफैंँले यो गर्नुहुनेछ! BSB BSB: So you are no longer a slave, but a son; and since you are a son, you are also an heir through God.
8 UDB जब तिमीहरूले परमेश्वरलाई चिनेका थिएनौ, तब तिमीहरूले देवताहरूको पूजा गर्यौ जुन साँच्चै नै वास्तविक रूपमा अस्तित्वमा थिएन। तिमीहरू तिनीहरूका दासहरू थियौ। BSB BSB: Formerly, when you did not know God, you were slaves to those who by nature are not gods.
9 UDB तर अब तिमीहरूले परमेश्वरलाई आफ्नो परमेश्वरको रूपमा चिन्छौ। तापनि, सायद यसो भन्नु असल हुन्छ, अब परमेश्वरले तिमीहरू प्रत्येकलाई चिन्नुहुन्छ। यसैले यो संसारका कमजोर तथा व्यर्थ दुष्ट नियमहरूको अनुसरण गर्नलाई तिमीहरू फेरि किन फर्कंदैछौ? वास्तवमा तिमीहरू फेरिी तिनीहरूकाो दासहरू बन्ने इच्छा गर्दैनौ, गर्छौ त? BSB BSB: But now that you know God, or rather are known by God, how is it that you are turning back to those weak and worthless principles? Do you wish to be enslaved by them all over again?
10 UDB वास्तविक रूपमा तिमीहरूले यसै गर्ने इच्छा गरेको जस्तो लाग्छ! अरूले तिमीहरूलाई मान्नुपर्छ भनेर जबरजस्ती गर्ने केही विशेष दिनहरू तथा महिनाहरू, ऋतुहरू र वर्षहरूका विशेष समयहरू तिमीहरू फेरि पनि पालन गर्दैछौ। BSB BSB: You are observing special days and months and seasons and years!
11 UDB तिमीहरूको बारेमा म चिन्तित छु! मैले तिमीहरूक निम्ति साह्रै परिश्रम गरें तर ती सबै व्यर्थमा भयो जस्तो लाग्छ। BSB BSB: I fear for you, that my efforts for you may have been in vain.
12 UDB मेरा विश्वासी बन्धुहरू, म जस्तै हुनलाई म तिमीहरूलाई जोडदार रूपले आग्रह गर्छु किनभने म आफूलाई व्यवस्थाले नियन्त्रण दिन्न। जब म व्यवस्थाबाट स्वतन्त्र भएँ, तब म तिमी गैरयहूदी जस्तै भएँ, यसरी नै तिमीहरूले पनि आफैंलाई देवताहरूबाट स्वतन्त्र गर्नुपर्छ। जब म पहिलो पल्ट तिमीहरूकहाँ आएँ, तिमीहरूले मलाई कुनै हानी नै गरेनौ, तर अहिले तिमीहरूले मलाई तिमीहरूको बारेमा ज्यादै चिन्तित बनाउँदैछौ। BSB BSB: I beg you, brothers, become like me, for I became like you. You have done me no wrong.
13 UDB तिमीहरूलाई याद छ कि म बिरामी भएको कारणले मैले तिमीहरूलाई पहिलो पल्ट सुसमाचार प्रचार गरेको थिएँ। BSB BSB: You know that it was because of an illness that I first preached the gospel to you.
14 UDB म बिरामी भएको कारणले तिमीहरूले मलाई घृणा गर्न सक्थ्यौ, तापनि तिमीहरूले मलाई इन्कार गरेनौ। बरु, परमेश्वरबाट आएको स्वर्गदूतलाई तिमीहरूले स्वागत गरेझैं, तिमीहरूले मलाई स्वागत गर्यौ। ख्रीष्ट येशू स्वंयमलाई तिमीहरूले स्वागत गरेझैं तिमीहरूले मलाई स्वागत गर्यौं! BSB BSB: And although my illness was a trial to you, you did not despise or reject me. Instead, you welcomed me as if I were an angel of God, as if I were Christ Jesus Himself.
15 UDB तर अहिले तिमीहरू फेरि खुशी छैनौ! म निश्चय िजान्दछु कि त्यसबेला तिमीहरूले मलाई मद्दत पुर्याउन जेसुकै कुरा पनि गर्यौ। तिम्रा आफ्ना आँखा दिंदा मलाई मद्दत हुन्थ्यो भने, त्यो पनि तिमीहरूले मलाई दिने थियौ! BSB BSB: What then has become of your blessing? For I can testify that, if it were possible, you would have torn out your eyes and given them to me.
16 UDB त्यसकारणले अहिले म ज्यादै निराश भएको छु। ख्रीष्टको सत्यताको बारेमा मैले तिमीहरूलाई निरन्तर बताएको कारणले म तिमीहरूका शत्रु भएको तिमीहरूले विचार गरेको जस्तो लाग्छ। BSB BSB: Have I now become your enemy by telling you the truth?
17 UDB यहूदी व्यवस्थाको पालन गर्न जोड दिंदै गरेकाहरूले तिमीहरूलाई उनीहरूका पछि लाग्न मनाउने कोसिस गर्दैछन्, तर उनीहरूले तिमीहरूका भलाइका लागि त्यसो गरिरहेका होइनन्। उनीहरूले तिमीहरूलाई मबाट टाढा राख्न चाहन्छन्, किनभने तिमीहरूले मेरो पछि होइन उनीहरूका पछि लागेको उनीहरू चाहन्छन्। BSB BSB: Those people are zealous for you, but not in a good way. Instead, they want to isolate you from us, so that you may be zealous for them.
18 UDB ठिक काम गर्नलाई जोड दिनु असल हो। यो तिमीहरूले सधैंँ गर्नुपर्छ र म तिमीहरूको साथमा हुँदाँ मात्र होइन। के गर्नुपर्छ भनी तिमीहरूलाई ठिक मानिसहरूले सिकाउन भन्ने कुरामा पक्का होओ। BSB BSB: Nevertheless, it is good to be zealous if it serves a noble purpose—at any time, and not only when I am with you.
19 UDB तिमीहरू जो मेरा छोराछोरी जस्ता हौ, फेरि पनि म तिमीहरूको बारेमा ज्यादै चिन्तित भएको छु र तिमीहरू ख्रीष्ट जस्तै नभएसम्म म निरन्तर चिन्ता गरिरहनेछु। BSB BSB: My children, for whom I am again in the pains of childbirth until Christ is formed in you,
20 UDB तर म इच्छा गर्छु कि म यतिबेला तिमीहरूसँग हुन पाएको भए हुनेथियो र म अझ धेरै भद्रतासाथ तिमीहरूसँग बात गर्न सक्थें, किनभने यतिबेला तिमीहरूको बारेमा के गर्ने त्यो मलाई थाहा छैन। BSB BSB: how I wish I could be with you now and change my tone, because I am perplexed about you.
21 UDB यस कुरालाई म व्यख्या गर्ने इच्छा गर्छु। तिमीहरूमध्ये कसैले परमेश्वरको सम्पूर्ण व्यवस्था पालन गर्ने इच्छा गर्छौ, तर वास्तवमा व्यवस्थाले के भन्छ भन्ने कुरामा तिमीहरूले ध्यान दिएका छौ? BSB BSB: Tell me, you who want to be under the law, do you not understand what the law says?
22 UDB व्यवस्थामा अब्राहाम दुईवटा छोराहरूका बुबा भए भनेर हामीले पढ्यौं। तिनकी दासी हागारले एउटा छोरा जन्माइन् र तिनकी पत्नी सारा जो दासी थिइनन्, तिनले अर्को छोरा जन्माइन्। BSB BSB: For it is written that Abraham had two sons, one by the slave woman and the other by the free woman.
23 UDB दासी हागारद्वारा जन्मेका छोरा इस्माइल प्राकृतिक रूपमा गर्भधारण भएका थिए। तर सारा जो दासी थिइनन्, तिनीद्वारा जन्मेका छोरा इसहाकको गर्भधारण आश्चार्यपूर्ण तरिकाबाट भयो, किनभने अब्राहामको एउटा छोरा हुनेछ भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको थियो। BSB BSB: His son by the slave woman was born according to the flesh, but his son by the free woman was born through the promise.
24 UDB अब यी दुई स्त्रीहरू दुईवटा करारहरूका प्रतीक हुन्। पहिलो करार इस्राएलका मानिसहरूसँग परमेश्वरले सीनै पर्वतमा स्थापना गर्नुभयो। त्यो करारले इस्राएलीहरूलाई व्यवस्थाको दासको रूपमा जिउन बाध्य पार्छ। यसले दासी हागार यो करारको प्रतीक हुन्। BSB BSB: These things serve as illustrations, for the women represent two covenants. One covenant is from Mount Sinai and bears children into slavery: This is Hagar.
25 UDB यसैले हागार अरब देशको सिनै पर्वतको प्रतीक हो। तर हागार आजको यरूशलेम सहरको पनि प्रतीक हो। यो हो किनभने यरूशलेम एउटी दासी आमा जस्तै होः तिनी र तिनका सबै छोराछोरी— त्यसको अर्थ तिनका मानिसहरू—दासहरू जस्ता हुन्, किनभने तिनीहरू सबैले व्यवस्था पालन गर्नैपर्छ जुन परमेश्वरले इस्राएललाई सिनै पर्वतमा दिनुभयो। BSB BSB: Now Hagar stands for Mount Sinai in Arabia and corresponds to the present-day Jerusalem, because she is in slavery with her children.
26 UDB तर स्वर्गमा एउटा नयाँ यरूशलेम छ र यो सहर हामी ख्रीष्टमा विश्वास गर्नेहरू सबैको आमा जस्तै हो र यो सहर स्वतन्त्र छ! BSB BSB: But the Jerusalem above is free, and she is our mother.
27 UDB त्यो नयाँ यरूशलेममा पुरानो यरूशलेममा भएको भन्दा अति धेरै मानिसहरू हुनेछन्। किनभने यशैया अगमवक्ताले यस्तो लेखे, “यरूशलेममा बस्नेहरू, तिमीहरूले आनन्द गर्नुपर्छ! अहिले तिमीहरूसँग कुनै छोराछोरी छैन, जस्तो एक जना स्त्री जसले छोराछोरी जन्माउन सक्दिनन्! तर तिमीहरूसँग छोराछोरी नभए तापनि एकदिन तिमीहरू आनन्दले कराउने छौ। छोराछोरी जन्माउन नसक्ने स्त्रीझैं र तिमीहरू त्यागिएका अनुभव गर्छौ। पति साथमा भएर जन्माउने कुनै पनि स्त्रीले भन्दा बढी छोराछोरी तिमीहरूले जन्माउनेछौ।” BSB BSB: For it is written: “Rejoice, O barren woman, who bears no children; break forth and cry aloud, you who have never travailed; because more are the children of the desolate woman than of her who has a husband.”
28 UDB अब, मेरा विश्वासी बन्धुहरू, तिमीहरू परमेश्वरको छोराछोरी भएका छौ, किनभने हामीलाई परमेश्वरले जे दिने प्रतिज्ञा गर्नुभयो त्यसैमा तिमीहरूले विश्वास गर्यौ। तिमीहरू इसहाक जस्तै हौ जसको जन्म परमेश्वरले अब्राहामलाई जे दिन्छु भनी प्रतिज्ञा गर्नुभयो त्यसमा तिनले विश्वास गरेको कारणले भयो। BSB BSB: Now you, brothers, like Isaac, are children of promise.
29 UDB तर धेरै पहिले प्राकृतिक रूपले जन्मेको अब्राहामको छोरा इस्माइलले पवित्र आत्माले सम्भव बनाउनु भएको कारणले जन्मेको अब्राहामको छोरा इसहाकलाई समस्या दियो। यतिबेला पनि यस्तै हुन्छ। ख्रीष्ट येशूले दिनुहुने प्रतिज्ञाका कुराहरूमा विश्वास गर्ने हामीहरूलाई परमेश्वरको व्यवस्थाका दासहरू भएका मानिसहरूले सताउँछन्। BSB BSB: At that time, however, the son born by the flesh persecuted the son born by the Spirit. It is the same now.
30 UDB तर धर्मशास्त्रमा यी वचनहरू लेखिएका छन्: “दास नभएकी स्त्रीको छोराले आफ्नो पितासँग भएका कुराहरूको उत्तराअधिकार पाउनेछ। दास केटोले कुनै पनि उत्तराअधिकार पाउनेछैन। यसैले दासी र तिनको छोरालाई यस ठाउँबाट टाढा पठाई देओ!” BSB BSB: But what does the Scripture say? “Expel the slave woman and her son, for the slave woman’s son will never share in the inheritance with the free woman’s son.”
31 UDB मेरा विश्वासी बन्धुहरू, हामीहरू दासी आमाका छोराछोरी होइनौं, तर हामीहरू स्वतन्त्र स्त्रीबाट जन्मेका छोराछोरी हौ र यसैले हामीहरू पनि स्वतन्त्र छौं! BSB BSB: Therefore, brothers, we are not children of the slave woman, but of the free woman.
Select verses for actions: Enter goes to them and Escape comes back.