1 UDB तिमीहरू गलातियामा भएका विश्वासी बन्धुहरू धेरै मूर्ख हौ! आफ्ना दुष्ट दृष्टिले कसैले तिमीहरूलाई मोहनी लगाएको हुनुपर्छ! तिनीहरूले येशू ख्रीष्टलाई कसरी क्रूसमा टाँगेका थिए भनी मैले तिमीहरूलाई ठिक किसमले भनें, भनिनँ र? BSB BSB: O foolish Galatians! Who has bewitched you? Before your very eyes Jesus Christ was clearly portrayed as crucified.
2 UDB यसैले म तिमीहरूलाई एउटा मात्र कुरा भन्ने इच्छा गर्छुः जब पवित्र आत्मा तिमीहरूमा आउनुभयो तब के तिमीहरूले मोशाको व्यवस्था पालना गरिरहेको कारणले उहाँ आउनुभयो? अथवा तिमीहरूले सुसमाचार सुनेको र ख्रीष्टमा विश्वास गरेको कारणले पवित्र आत्मा तिमीहरूमा आउनुभयो? निश्चय नै यो यस्तै हुन आयो। BSB BSB: I would like to learn just one thing from you: Did you receive the Spirit by works of the law, or by hearing with faith?
3 UDB तिनीहरू धेरै मूर्ख हौ! परमेश्वरको आत्माले शक्ति दिनुभएको कारणले तिमीहरू पहिले ख्रीष्टियन भयौ। तर तिमीहरू व्यवस्था पालन गर्नलाई जतिसक्दो कडा कोसिस गरेर आफ्नो मृत्यु नभएसम्म नै निरन्तर रहिरहने विचार अब तिमीहरू गर्छौ। BSB BSB: Are you so foolish? After starting in the Spirit, are you now finishing in the flesh?
4 UDB तिमीहरूले ख्रीष्टमा विश्वास गरेनौ भने, तिमीहरूले उहाँमा विश्वास गरेपछि तिमीहरूले अनुभव गरेका कठिनाइका सबै कुराहरूका कुनै मूल्य नै रहने छैन। BSB BSB: Have you suffered so much for nothing, if it really was for nothing?
5 UDB जब परमेश्वरले अहिले आफ्नो आत्मा तिमीहरूलाई उद्धारतासाथ दिनुहुन्छ, र तिमीहरूको माझमा शक्तिशाली कामहरू गर्नुहुन्छ, तब के यो तिमीहरूले परमेश्वरको व्यवस्था पालन गरेको कारणले पाएको हो भनी तिमीहरू विचार गर्छौ? निश्चय पनि यो तिमीहरूले ख्रीष्टको सुसमाचार सुनेको, तिमीहरूले उहाँमा विश्वास गरेको कारणले हो! BSB BSB: Does God lavish His Spirit on you and work miracles among you because you practice the law, or because you hear and believe?
6 UDB तिमीहरूले जे अनुभव गरेका छौ त्यो मोशाले धर्मशास्त्रमा अब्राहामको बारेमा लेखेको जस्तै हो। अब्राहामले परमेश्वरमा विश्वास गरे, र त्यसको परिणाम परमेश्वरले अब्राहामलाई आफ्नो दृष्टिमा असल ठहराउनुभयो भनी तिनले लेखे। BSB BSB: So also, “Abraham believed God, and it was credited to him as righteousness.”
7 UDB यसकारण, तिमीहरूले यो कुरा महसुस गर्नुपर्छ कि जसले आफैंलाई बचाउन ख्रीष्टमा विश्वास गर्छन् तिनीहरूलाई नै परमेश्वरले अब्राहामका सन्तानहरू बनाउनु भएको छ। BSB BSB: Understand, then, that those who have faith are sons of Abraham.
8 UDB जब गैरहूदीहरूले परमेश्वरमा विश्वास गर्दा, उहाँले तिनीहरूलाई आफ्नो दृष्टिमा धर्मी ठहराउन सुरु गर्नुभन्दा पहिले नै उहाँले यसो गर्नुहुनेछ भनी मानिसहरूले धर्मशास्त्रमा लेखे। परमेश्वरले यो सुसमाचार अब्राहामलाई सुनाउनुभयो, जस्तो हामी धर्मशास्त्रमा पढ्छौं, “तैंले जे गरेको छस् त्यो कारणले म संसारमा भएका सबै मानिसहरूका समूहलाई आशिष् दिनेछु।” BSB BSB: The Scripture foresaw that God would justify the Gentiles by faith, and foretold the gospel to Abraham: “All nations will be blessed through you.”
9 UDB यसैले यस कुराबाट हामी यो जान्दछौ कि जसले ख्रीष्टमा विश्वास गर्छन्, तिनीहरू सबैलाई परमेश्वरले अब्राहामसँगै आशिष् दिनुहुन्छ जसले परमेश्वरमा पनि विश्वास गरे। BSB BSB: So those who have faith are blessed along with Abraham, the man of faith.
10 UDB परमेश्वरको व्यवस्था पालन गरेर तिनीहरूले परमेश्वरलाई खुशी पार्न सक्छन् भनी विचार गर्नेहरूलाई सबैलाई परमेश्वरले श्राप दिनुहुन्छ। यो कुरा तिमीहरूले धर्मशास्त्रमा पढ्न सक्छौ, “परमेश्वरले निश्चय नै हरेकलाई अनन्त रूपले दण्ड दिनुहुनेछ, जसले मोशाले व्यवस्थाको पुस्तकमा लेखेको व्यवस्थालाई निरन्तर रूपले र पूर्ण रूपले पालन गर्दैन।” BSB BSB: All who rely on works of the law are under a curse. For it is written: “Cursed is everyone who does not continue to do everything written in the Book of the Law.”
11 UDB तर परमेश्वरले भन्नुभएको छ कि उहाँले कुनै मानिसलाई आफ्नो दृष्टिमा धर्मी ठहराउनुहुन्छ भने, तिनीहरूले उहाँको व्यवस्था पालन गरेको कारणले यो हुनेछैन। तिमीहरू धर्मशास्त्रमा पढ्न सक्छौ, “परमेश्वरले धर्मी ठहराउनुहुने हरेक व्यक्ति, परमेश्वरमा भएको आफ्नो विश्वासको कारणले नै जिउनेछ।” BSB BSB: Now it is clear that no one is justified before God by the law, because, “The righteous will live by faith.”
12 UDB व्यवस्थाको पालन गर्ने कोसिस गर्नेहरूले ख्रीष्टमा विश्वास गर्दैनन्, “व्यवस्थामा लेखिएका कुराहरू पालन गर्न सुरु गर्नेहरूले ती सबै पालन गर्नुपर्छ।” BSB BSB: The law, however, is not based on faith; on the contrary, “The man who does these things will live by them.”
14 UDB जसरी परमेश्वरले अब्राहामलाई आशिष् दिनुभयो त्यसरी नै ख्रीष्टमा विश्वास गर्ने गैरयहूदीहरूलाई आशिष् दिने हेतुले उहाँले ख्रीष्टलाई श्राप गर्नुभयो। र उहाँले गैरहूदीहरूलाई आशिष् दिनुभयो जसले गर्दा ख्रीष्टमा विश्वास गर्ने सबैलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको आत्मा हामीले पाउन सकौं। BSB BSB: He redeemed us in order that the blessing promised to Abraham would come to the Gentiles in Christ Jesus, so that by faith we might receive the promise of the Spirit.
15 UDB मेरा विश्वासी बन्धुहरू, परमेश्वरको प्रतिज्ञा दुई जना मानिसहरूका बिचमा हुने एउटा सम्झौता जस्तै हो। एक पल्ट तिनीहरूले त्यसमा हस्ताक्षर गरेपछि कसैले पनि त्यसलाई रद्द गर्न सक्दैन न त तिनीहरूले त्यसमा केही थप्न सक्छन्। BSB BSB: Brothers, let me put this in human terms. Even a human covenant, once it is ratified, cannot be canceled or amended.
16 UDB अब्राहाम र तिनका विशेष सन्तानलाई आशिष् दिने प्रतिज्ञा परमेश्वरले गर्नुभयो। धर्मशास्त्रले, “तेरा सन्तानहरू” भन्दैन, त्यसको अर्थ धेरै मानिसहरू हुन्छन्, तर बरु, “तेरो सन्तान” भन्छ, यसको अर्थ एक जना ख्रीष्ट हुनुहुन्छ। BSB BSB: The promises were spoken to Abraham and to his seed. The Scripture does not say, “and to seeds,” meaning many, but “and to your seed,” meaning One, who is Christ.
17 UDB मैले भन्दै गरेको कुरा यो हो। परमेश्वरले अब्राहामसँग करार स्थापना गर्नुभयो जसलाई उहाँले ४३० वर्ष पछि मोशालाई दिनुभएको व्यवस्थाले रद्द गर्न सकेन। BSB BSB: What I mean is this: The law that came 430 years later does not revoke the covenant previously established by God, so as to nullify the promise.
18 UDB हामीले परमेश्वरको व्यवस्था पालन गरेको कारणले उहाँले हामीलाई अनन्तता दिंदै हुनुहुन्छ भने त, उहाँले प्रतिज्ञा गर्नुभएको कारणले उहाँले त्यो दिनुहुन्न। तापनि, वास्तवमा, परमेश्वरले अब्राहामलाई यो वरदान सित्तैंमा दिने प्रतिज्ञा गर्नुभएको कारणले उहाँले तिनलाई यो दिनुभयो। BSB BSB: For if the inheritance depends on the law, then it no longer depends on a promise; but God freely granted it to Abraham through a promise.
19 UDB यसैले परमेश्वरले पछि किन हामीलाई आफ्नो व्यवस्था दिनुभयो? हामी सबैले जानेर व्यवस्था भङ्ग गर्छौं भनेर हामीलाई सिकाउनलाई उहाँले त्यो दिनुभयो। र अगाडि हेर्दा, अब्राहामका सन्तान आउने समयसम्मका निम्ति परमेश्वरले व्यवस्था दिनुभयो। त्यो सन्तानले परमेश्वरले अब्राहामसँग अघि नै गर्नुभएको प्रतिज्ञा प्राप्त गर्छ। परमेश्वर र मानिसहरूका बिचमा खडा हुने व्यक्तिको अधिकारद्वारा स्वर्गदूतहरूले व्यवस्थाको सुरक्षा गरे र प्रयोग गरे। BSB BSB: Why then was the law given? It was added because of transgressions, until the arrival of the seed to whom the promise referred. It was administered through angels by a mediator.
20 UDB अब जब एक जना व्यक्तिले अर्कोसँग प्रत्यक्ष रूपले बोल्छ, तब त्यहाँ मध्यस्थकर्ता हुँदैन। र परमेश्वर आफैंले प्रत्यक्ष रूपले अब्राहामसँग प्रतिज्ञा गर्नुभयो। BSB BSB: A mediator is unnecessary, however, for only one party; but God is one.
21 UDB के व्यवस्था को वचनले परमेश्वरका प्रतिज्ञाहरूका विरुद्धमा बोल्छ र? निश्चय पनि बोल्दैन। हामीले व्यवस्था पालन गर्न र परमेश्वरसँग सदासर्वदा बास गर्न सकेको भए, तब उहाँले निश्चय पनि हामीलाई आफ्नो दृष्टिमा धर्मी ठहराउनुहुने थियो। BSB BSB: Is the law, then, opposed to the promises of God? Certainly not! For if a law had been given that could impart life, then righteousness would certainly have come from the law.
22 UDB तर त्यो असम्भव थियो। बरु, हामीले पाप गर्ने हुनाले धर्मशास्त्रमा भएका व्यवस्थाले हामीलाई—र सबै कुराहरूलाई—हामी कैदमा भएझैं अधीन गर्छ। यसैले परमेश्वरले हामीलाई त्यो कैदबाट स्वतन्त्र गर्ने प्रतिज्ञा दिनुहुँदा, उहाँले येशू ख्रीष्ट विश्वास गर्ने कुनै पनि व्यक्तिको बारेमा बोल्दै हुनुहुन्थ्यो। BSB BSB: But the Scripture pronounces all things confined by sin, so that by faith in Jesus Christ the promise might be given to those who believe.
23 UDB मानिसहरूले ख्रीष्टमा कसरी विश्वास गर्नुपर्छ भन्ने बारेको सुसामाचारलाई परमेश्वरले प्रकट गर्नुभन्दा पहिले उहाँको व्यवस्था एउटा सिपाही जस्तै थियो जसले हामीलाई कैदमा राख्यो र हलचल गर्न दिएन। BSB BSB: Before this faith came, we were held in custody under the law, locked up until faith should be revealed.
24 UDB एक जना बुबाले एक जना दासलाई आफ्नो सानो बालकको रेखदेख गर्ने आज्ञा दिएर उसको सुरक्षा गरेझैं ख्रीष्ट नआउनु भएसम्म परमेश्वरले आफ्नो व्यवस्थाद्वारा हाम्रो हेरविचार गर्नुभयो। हामीले ख्रीष्टमा विश्वास गर्छौ भने, उहाँले हामीलाई आफ्नो दृष्टिमा धर्मी ठहराउने हेतुले नै उहाँले यसो गर्नुभयो। BSB BSB: So the law became our guardian to lead us to Christ, that we might be justified by faith.
25 UDB तर अब हामी ख्रीष्टमा विश्वास गर्न सक्छौ, हाम्रो रेखदेख गर्नलाई हामीलाई अब फेरि परमेश्वरको व्यवस्थाको आवश्यकता पर्दैन। BSB BSB: Now that faith has come, we are no longer under a guardian.
26 UDB तिमीहरूले ख्रीष्ट येशूमा विश्वास गरेको कारणले तिमीहरू परमेश्वरका छोराछोरी भएको हुनाले म यो भन्छु। BSB BSB: You are all sons of God through faith in Christ Jesus.
27 UDB तिमीहरू सबै जना जसले ख्रीष्टमा विश्वास गर्यौ र बप्तिष्मा लियौ जसले गर्दा ख्रीष्टको जीवनका विशेषताहरू पाएर उहाँमा तिमीहरूको मिलाप भएको छ। BSB BSB: For all of you who were baptized into Christ have clothed yourselves with Christ.
29 UDB यसका अतिरक्त, तिमीहरू ख्रीष्टका भएका हुनाले उहाँले तिमीहरूलाई परमेश्वरकाो सन्तानहरू बनाउनुहुन्छ, र परमेश्वरले तिनलाई र हामीलाई प्रतिज्ञा गर्नुभएका हरेक कुरा तिमीहरूले पाउनेछौ। BSB BSB: And if you belong to Christ, then you are Abraham’s seed and heirs according to the promise.
Select verses for actions: Enter goes to them and Escape comes back.