2 UDB हामीले गर्यौं किनभने हामीलाई जानुपर्छ भनी परमेश्वरले मलाई भन्नुभएको थियो। गैरयहूदीहरूका क्षेत्रहरूमा प्रचार गरिरहेको सुसमाचारको मुख्य सिद्धान्त गोप्य रूपमा मैले विश्वासीहरूका सबभन्दा मुख्य अगुवाहरूलाई ब्याख्या गरें। मैले प्रचार गरिरहेका कुरालाई तिनीहरूले मान्यता दिने कुरामा म निश्चित हुने इच्छा गरेको कारणले मैले त्यसो गरें। मैले व्यर्थमा काम गरिरहेको थिइनँ भन्ने कुरामा म पक्का हुने इच्छा गरें। BSB BSB: I went in response to a revelation and set before them the gospel that I preach among the Gentiles. But I spoke privately to those recognized as leaders, for fear that I was running or had already run in vain.
3 UDB तर ती अगुवाहरूले मेरो साथमा गएका र खतना नभएका अन्य जाति तीतसलाई खतना गर्नुपर्छ भन्दै भनेन्। BSB BSB: Yet not even Titus, who was with me, was compelled to be circumcised, even though he was a Greek.
4 UDB तिनको खतना हुनुपर्छ भनी माग गर्ने मानिसहरू सच्चा विश्वासीहरू थिएनन्, तर तिनीहरू आफूलाई विश्वासी मित्रहरू भएको बाहाना गर्थे। ख्रीष्ट येशूले हामीलाई यहुदी व्यवस्था र विधिहरूबाट स्वतन्त्र बनाउनुभएको छ भन्ने कुरा हामीलाई थाहा भएको कारणले हामीले सबै ती सबै कुराहरू अनुसरण नगरी कसरी परमेश्वरको आज्ञा पालन गर्छौं भनी तिनीहरूले हामीलाई नजीकबाट नियाले। यी झूटा विश्वासीहरूले हामीलाई व्यवस्थाको दास बनाउन चाहन्थे। BSB BSB: This issue arose because some false brothers had come in under false pretenses to spy on our freedom in Christ Jesus, in order to enslave us.
5 UDB तर खतनाको बारेमा तिनीहरूसँग हामी छोटो समय पनि सहमत भएनौं। ख्रीष्टको साँचो सुसमाचारले तिमीहरूमा निरन्तर फाइदा पुगोस् भन्ने हुतुले हामीले तिनीहरूको विरोध गर्यौं। BSB BSB: We did not give in to them for a moment, so that the truth of the gospel would remain with you.
6 UDB तर त्यहाँ भएका अरू अगुवाहरूले मैले प्रचार गरेका कुरामा कुनै कुरा पनि थपेनन्। ती अगुवाहरू महत्त्वपूर्ण मानिसहरू हुन्, तर तिनीहरू मेरो निम्ति खासै महत्वपूर्ण होइनन्, किनभने परमेश्वरले कोही व्यक्तिहरूलाई अरूलाई भन्दा बढी कृपा गर्नुहुन्न। BSB BSB: But as for the highly esteemed—whatever they were makes no difference to me; God does not show favoritism—those leaders added nothing to me.
7 UDB बरु, जसरी पत्रुसले यहूदीहरूलाई सुसमाचार सुनाउँदै थिए, त्यसरी नै गैरयहूदीहरूलाई सुसमाचार सुनाउनलाई परमेश्वरले मलाई जिम्मेवारी दिंदै हुनुहुन्थ्यो भनी अगुवाहरूले बुझे। BSB BSB: On the contrary, they saw that I had been entrusted to preach the gospel to the uncircumcised, just as Peter had been to the circumcised.
8 UDB त्यसको अर्थ, जसरी यहूदीहरूकहाँ परमेश्वरको सन्देश लिएर जानलाई एक जना प्रेरितको रूपमा परमेश्वरले पत्रुसलाई शक्तिशाली बनाउनुभयो, त्यसरी नै गैरयहूदीहरूकहाँ उहाँको सन्देश लिएर जानलाई एक जना प्रेरितको रूपमा उहाँले मलाई शक्तिशाली बनाउनुभयो। BSB BSB: For the One who was at work in Peter’s apostleship to the circumcised was also at work in my apostleship to the Gentiles.
9 UDB परमेश्वरले दया गरेर मलाई यो विशेष काम दिनुभएको थियो भनी ती अगुवाहरूले बुझे। यसैले याकूब, पत्रुस, र यूहन्ना, ख्रीष्टका विश्वासीहरूका अगुवाहरूले, धेरै मानिसहरूले चिनेका र आदर गरेका अगुवाहरूले हामीसँग हात मिलाए किनभने हामी पनि तिनीहरूसँगै सहकर्मी थियौं। परमेश्वरले हामीलाई खतना नभएका गैरयहूदीहरूकहाँ पठाउनुभएको थियो, र परमेश्वरले तिनीहरूलाई खतना भएका यहूदीहरूकहाँ पठाउनुभएको थियो भन्ने कुरामा हामी सहमत भयौं। BSB BSB: And recognizing the grace that I had been given, James, Cephas, and John—those reputed to be pillars—gave me and Barnabas the right hand of fellowship, so that we should go to the Gentiles, and they to the circumcised. 10 UDB यरूशलेमका गरीब विश्वासी बन्धुहरूलाई अझै पनि याद गर्नु भनेर तिनीहरूले हामीलाई आग्रह गरे। म पनि ठिक त्यस्तै गर्न इच्छुक थिएँ। BSB BSB: They only asked us to remember the poor, the very thing I was eager to do.
11 UDB तर पछि म एन्टिओखिया शहरमा हुँदा, पत्रुस त्यहाँ आएपछि मैले तिनका आँखामा हेरें र तिनले जे गर्दै थिए त्यो गलत थियो भनी तिनलाई भनें। BSB BSB: When Cephas came to Antioch, however, I opposed him to his face, because he stood condemned.
12 UDB कुरा यस्तो थियो। पत्रुस एन्टिओखियामा गए र त्यहाँका गैरयहूदीहरूसँग नियमित रूपमा खान लागे। पछि त्यहाँ कोही यहूदी विश्वासीहरू एन्टिओखियामा आएका थिए जसले यरूशलेममा भएका विश्वासीहरूका अगुवा याकूबले आफूहरूलाई पठाएको भनी दाबी गरे। जब ती मानिसहरू आए, तब पत्रुसले गैरयहूदी विश्वासीहरूसँग बसेर खान छोडे र तिनीहरूसँग सङ्गत गरेनन्। गैरयहूदीहरूसँग घुलमिल गरेकोमा यरूशलेमबाट आएका यहूदी विश्वासीहरूले आफ्नो आलोचना गर्लान् भनी तिनी डराएका थिए। BSB BSB: For before certain men came from James, he used to eat with the Gentiles. But when they arrived, he began to draw back and separate himself, for fear of those in the circumcision group.
13 UDB अझै एन्टिओखियामा भएका अरू यहूदी विश्वासीहरूले पनि आफूलाई गैरयहूदी विश्वासीहरूसँग अलग पारेर पत्रुसको कपटपूर्ण व्यवहारमा सहभागी भए। बारनाबासले समेत गैरयहूदीहरूसँग सङ्गत गर्न बन्द गर्नुपर्छ भन्ने सोचे! BSB BSB: The other Jews joined him in his hypocrisy, so that by their hypocrisy even Barnabas was led astray.
14 UDB तर तिनीहरूले ख्रीष्टको सुसमाचारको सत्यताको अनुसरण नगरेको जब मलाई महसुस भयो, र जब सबै विश्वासी बन्धुहरू भेला भएका थिए, तब तिनीहरू सबैका सामु मैले पत्रुसलाई भनें, “तपाईं यहूदी हुनुहुन्छ, तर व्यवस्थाको अनुसरण नगर्ने गैरयहूदीले झैं तपाईंले जीवन बिताई रहनुभएको छ। यसैले तपाईंले यहूदीहरूजस्तै जीवन बिताउन गैरहयूदीहरूलाई कसरी मनाउन सक्नुहुन्छ?” BSB BSB: When I saw that they were not walking in line with the truth of the gospel, I said to Cephas in front of them all, “If you, who are a Jew, live like a Gentile and not like a Jew, how can you compel the Gentiles to live like Jews?”
15 UDB यहूदीहरूका रूपमा हाम्रो जन्म भएको हो, परमेश्वरका व्यवस्थाको कुनै ज्ञान नभएका गैरयहूदीहरूका रूपमा होइन। BSB BSB: We who are Jews by birth and not Gentile “sinners”
16 UDB तर परमेश्वरले मोशालाई दिनुभएको व्यवस्थाको पालन गरेको कारणले परमेश्वरले व्यक्तिलाई आफ्नो दृष्टिमा धर्मी ठहराउनुहुन्न भनी अब हामी जन्दछौं। त्यो व्यक्तिले येशू ख्रीष्टमा विश्वास गर्छ भने मात्रै परमेश्वरले त्यसलाई त्यसो गर्नुहुन्छ। हामी यहूदीहरूमध्ये कोहीले ख्रीष्टमा विश्वास गरेका छौं। परमेश्वरले मोशालाई दिनुभएको व्यवस्था पालन गर्ने कोसिस हामीले गरेको कारण होइन, र हामीले ख्रीष्टमा विश्वास गरेको कारणले हो, हामीले त्यसो गर्यौं भने, यसरी परमेश्वरले आफ्नो दृष्टिमा हामीलाई असल ठहराउनुहुन्छ। कोही व्यक्तिहरूले व्यवस्था पालन गरेको कारणले परमेश्वरले तिनीहरूलाई धर्मी ठहराउनु हुनेछैन भनी उहाँले भन्नुभएको छ। BSB BSB: know that a man is not justified by works of the law, but by faith in Jesus Christ. So we, too, have believed in Christ Jesus, that we may be justified by faith in Christ and not by works of the law, because by works of the law no one will be justified.
17 UDB तर जब हामीले ख्रीष्टमा विश्वास गरेर हामीलाई परमेश्वरको दृष्टिमा धर्मी ठहराउन उहाँलाई बिन्ति गर्यौं, तब हामीले व्यवस्था पालनको कोसिस गर्न छोड्यौं, यसैले त्यो गरेकोले व्यवस्थाले हामीलाई पापी प्रमाणित गर्यो। तर त्यसको अर्थ ख्रीष्टले पापको पक्ष लिनुहुन्छ भन्ने कुरा निश्चय पनि होइन। निश्चय नै होइन! BSB BSB: But if, while we seek to be justified in Christ, we ourselves are found to be sinners, does that make Christ a minister of sin? Certainly not!
18 UDB मैले परमेश्वरको व्यवस्था पालन गरेको कारणले उहाँले मलाई आफ्नो दृष्टिमा धर्मी ठहराउनुहुन्छ भनी म फेरि पनि विश्वास गर्छु भने, म त्यस्तो मानिसजस्तै हुन्छु जसले आफैंले एक पल्ट भत्काएको पुरानो घरलाई नै पुनः निर्माण गर्छ। त्यो गर्दा मैले परमेश्वरको व्यवस्था भङ्ग गर्दै थिएँ भन्ने कुरा नै हरेक व्यक्तिले देख्छन्। BSB BSB: If I rebuild what I have already torn down, I prove myself to be a lawbreaker.
19 UDB जसै मैले परमेश्वरको व्यवस्था पालन गर्ने कोसिस गर्दै थिएँ, म एक मृत मानिसजस्तै भएँ। व्यवस्थाले मलाई मारेको जस्तो थियो। परमेश्वरको आराधना गर्न म जीवित हुन सकूँ भनेर यस्तो भयो। BSB BSB: For through the law I died to the law so that I might live to God.
20 UDB क्रूसमा ख्रीष्टको मृत्युहुँदा मेरो जीवनको पुरानो तरिकाको अन्त्य भयो। अब म आफ्नो जीवनलाई निर्देशित गर्दिनँ। मेरो हृदयमा बास गर्नुहुने ख्रीष्टले अब मेरो जीवनलाई निर्देशित गर्नुहुन्छ। र म जिवित हुँदा अहिले म जे गर्छु, त्यो म परमेश्वरको पुत्रमा विश्वास गरेर गर्छु। उहाँले नै मलाई प्रेम गर्नुभयो र मेरो निम्ति परमेश्वरको क्षमा उपलब्ध गराउनलाई आफैंलाई बलिदानको रूपमा अर्पण गर्नुभयो। BSB BSB: I have been crucified with Christ, and I no longer live, but Christ lives in me. The life I live in the body, I live by faith in the Son of God, who loved me and gave Himself up for me.
21 UDB व्यवस्था पालन गर्दा हामीलाई परमेश्वरले धर्मी ठहराउनुहुन्छ भनेजस्तै गरेर म परमेश्वरको दयालाई पाखा लगाउने काम गर्दिन। अन्यथा, क्रूसमा ख्रीष्टको मृत्यु व्यर्थ हुन जान्छ। BSB BSB: I do not set aside the grace of God. For if righteousness comes through the law, then Christ died for nothing.
Select verses for actions: Enter goes to them and Escape comes back.