1 UDB परमेश्वरले प्रधान पुूजारी चुन्नुहुँदा, उहाँले मानिसहरूबाट एक जना मानिसहलाई चुन्नुहुन्छ। मानिसहरूका निम्ति यो मानिसले परमेश्वरको सेवा गर्नुपर्छ। मानिसहरूका पापको निम्ति तिनले परमेश्वरलाई उपहारहरू र पशुबलिहरू चढाउनु पर्छ। BSB BSB: Every high priest is appointed from among men to represent them in matters relating to God, to offer gifts and sacrifices for sins.
2 UDB परमेश्वरको बारेमा थोरै ज्ञान भएकाहरू र उहाँको विरुद्वमा पाप गर्नेहरूप्रति प्रधान पुजारी कोमल हुन् सक्छन्। प्रधान पजारी आफैं पनि पापले गर्दा कमजोर हुनाले यसो भएको हो। BSB BSB: He is able to deal gently with those who are ignorant and misguided, since he himself is subject to weakness.
3 UDB फलस्वरूप, अरू मानिसहरूले गरेझैं तिनले पाप गर्ने हुनाले, तिनले आफ्नो निम्ति पनि पशुहरू बलीि चढाउनुपर्छ। BSB BSB: That is why he is obligated to offer sacrifices for his own sins, as well as for the sins of the people.
4 UDB तर प्रधान पुजारी बन्ने निर्णय गरेर कसैले पनि आफ्नै आदर गर्न सक्दैन। बरु, प्रत्येक मानिसलाई प्रधान पुूजारी हुनलाई परमेश्वरले नै चुन्नुभयो, जसरी उहाँले हारूनलाई पहिलो प्रधान पुजारी हुनलाई् चुन्नुभयो। BSB BSB: No one takes this honor upon himself; he must be called by God, just as Aaron was.
5 UDB त्यसैगरी, ख्रीष्टले पनि प्रधान पुजारी हुनुभएर आफैंँलाई आदर गर्नुभएन। बरु, उहाँको बारेमा भजन लेखकले धर्मशास्त्रमा भनेझैं परमेश्वर पिताले उहाँलाई नियुक्त गर्नुभयोः “तिमी मेरा पुत्र हौ! म तिम्रो पिता हुँ भनी आज मैले घोषणा गरेको छु!” BSB BSB: So also Christ did not take upon Himself the glory of becoming a high priest, but He was called by the One who said to Him: “You are My Son; today I have become Your Father.”
6 UDB र उहाँले ख्रीष्टलाई यसो पनि भन्नुभयो जुन धर्मशास्त्रको अर्को खण्डमा भजन लेखकले लेखे: “मल्कीसेदेक पुजारीकै स्तरमा तिमी अनन्तको निम्ति पुजारी हौ।” BSB BSB: And in another passage God says: “You are a priest forever in the order of Melchizedek.”
7 UDB ख्रीष्टले यस संसारमा जीवन बिताउनुभएका दिनहरूमा, उहाँले परमेश्वरमा प्रार्थना गर्नुभयो र आँशुसहित ठुलो स्वरले पुकारा गर्नुभयो। उहाँलाई मृत्युबाट बचाउन सक्नुहुने परमेश्वरलाई उहाँले बिन्ति गर्नुभयो। र परमेश्वरले उहाँको प्रार्थना सुन्नुभयो, किनभने ख्रीष्टले उहाँको आदर गर्नुभयो र उहाँको आज्ञाकारी हुनुभयो। BSB BSB: During the days of Jesus’ earthly life, He offered up prayers and petitions with loud cries and tears to the One who could save Him from death, and He was heard because of His reverence.
8 UDB ख्रीष्ट परमेश्वरको आफ्नै पुत्र हुनुभए तापनि उहाँले कष्ट सहेर र मृत्यु भोगेर परमेश्वरको आज्ञाकारी हुन सिक्नुभयो। BSB BSB: Although He was a Son, He learned obedience from what He suffered.
9 UDB परमेश्वरले उहाँबाट इच्छा गर्नुभएका हरेक कुरालाई पूरा गरेर, उहाँले अब आफ्ना आज्ञाकारी हुने सबैलाई पूर्ण रूपमा अन्नतका लागि बचाउन उहाँ सक्षम हुनुभएको छ। BSB BSB: And having been made perfect, He became the source of eternal salvation to all who obey Him
10 UDB मल्कीसेदेक पुजारीकै स्तरमा हाम्रा प्रधान पुूजारी हुनलाई परमेश्वरले उहाँलाई नियुक्त गर्नुभएको छ। BSB BSB: and was designated by God as high priest in the order of Melchizedek.
11 UDB ख्रीष्ट कसरी मल्कीसेदेकसँग मल्दो हुनुहुन्छ भन्ने बारेमा म तिमीहरूलाई धेरै किसिमले धेरै कुरा भन्ने इच्छा गर्छु। तिमीहरूलाई यो कुरा बुझाउनु मेरो निम्ति कठिन कुरा हो, किनभने तिमीहरूलाई यो कुरा बुझ्न साह्रै कठिन हुन्छ। BSB BSB: We have much to say about this, but it is hard to explain, because you are dull of hearing.
12 UDB तिमीहरू धेरै पहिले ख्रीष्टियनहरू भयौ। यसैले अहिलेसम्म त तिमीहरूले अरूलाई परमेश्वरकाो सत्यताहरू सिकाउनुपर्ने पर्ने हो। तर अझै पनि तिमीहरूलाई कसैले धर्मशास्त्रबाट परमेश्वरको वचनको आधारभूत सत्यताहरू सुरुदेखि नै सिकाउनुपर्छ। शिशुहरूलाई दुधको आवश्यकता परेझैं तिमीहरूलाई आधारभूत सत्यताहरूका आवश्यकता छ। अरू कठिन कुराहरू, परिपक्क मानिसहरूलाई चाहिने ठोस आहारजस्ता ती कुराहरू सिक्न तिमीहरू तयार छैनौ। BSB BSB: Although by this time you ought to be teachers, you need someone to reteach you the basic principles of God’s word. You need milk, not solid food!
13 UDB अझैसम्म यी आधारभूत सत्यताहरू सक्दै गरेकाहरूले धर्मी ठहरिने कुराका बारेमा परमेश्वरले जे भन्नुहुन्छ त्यो बुझ्दैनन् भन्ने कुरा याद गर। न त तिनीहरूलाई ठिक र गलत कुरा नै थाहा छ। तिनीहरू त शिशुहरूजस्ता हुन् जसलाई दुधको खाँचो पर्छ! BSB BSB: For everyone who lives on milk is still an infant, inexperienced in the message of righteousness.
14 UDB तर धेरै जटिल आत्मिक सत्यताचाहिं परमेश्वरलाई राम्रो किसिमले चिनेका मानिसहरूका ँलागि हो, जसरी ठोस खाना वयस्क मानिसहरूका लागि हो। तिनीहरू के असल हो र के खराब हो भनी छुट्याउन सक्छन्, किनभने के ठिक हो र के गलत हो भन्ने कुरा सिकेर तिनीहरूले आफैंँलाई तालिम दिएका हुन्छन्। BSB BSB: But solid food is for the mature, who by constant use have trained their senses to distinguish good from evil.
Select verses for actions: Enter goes to them and Escape comes back.