1 UDB हामी विश्राममा प्रवेश गर्नेछौं भनी परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ, तर हामीले परमेश्वरको विश्राम स्थान गुमाउन सक्ने हुनाले हामी होसियार हुनुपर्छ। BSB BSB: Therefore, while the promise of entering His rest still stands, let us be careful that none of you be deemed to have fallen short of it.
2 UDB इस्राएलीहरूले कनानमा विश्राम गर्नेछन् भन्ने परमेश्वरको प्रतिज्ञा तिनीहरूले सुनेको जस्तै येशूले कसरी हामीलाई परमेश्वरको विश्राम दिनुहुन्छ भन्ने बारेमा सुसमाचार हामीले सुनेका छौं। तर यहोशू र कालेबले परमेश्वरमा विश्वास गरेको जस्तो इस्राएलीहरू नगरेको कारणले, तिनीहरू धेरै जनालाई त्यो सन्देशले मद्दत नगरेजस्तै, हामी परमेश्वरमा विश्वास गर्दैनौं भने, ख्रीष्टको बारेमा भएको सुसमाचारले हामीलाई मद्दत गर्नेछैन। BSB BSB: For we also received the good news just as they did; but the message they heard was of no value to them, since they did not share the faith of those who comprehended it.
3 UDB हामी ख्रीष्टमा विश्वास गरेकाहरूले विश्रामको स्थानमा प्रवेश गर्न सक्छौं किनभने परमेश्वरले भन्नुभयो, “तिनीहरूसँग क्रोधित भएँ र गम्भीर भएर घोषणा गरें, ‘तिनीहरू त्यो भूमिमा प्रवेश गर्नेछैनन् र जहाँ तिनीहरूलाई मैले विश्राम गर्न दिने थिए!’” परमेश्वरले संसारको सृष्टि गर्नुभएको समयदेखि उहाँका योजनाहरू पूरा भए तापनि उहाँले यसो भन्नुभयो। BSB BSB: Now we who have believed enter that rest. As for the others, it is just as God has said: “So I swore on oath in My anger, ‘They shall never enter My rest.’” And yet His works have been finished since the foundation of the world.
4 UDB संसारको सृष्टि गर्नलाई उहाँले छ दिन बिताउनुभएपछि सातौं दिनको बारेमा धर्मशास्त्रमा जे लेखिएको थियो, त्यसले यो सत्य हो भनी देखाउँछ: “तब सातौं दिनमा, हरेक कुरा सृष्टि गर्ने आफ्नो कामबाट परमेश्वरले विश्राम लिनुभयो।” BSB BSB: For somewhere He has spoken about the seventh day in this manner: “And on the seventh day God rested from all His works.”
5 UDB तर मैले यसअघि उधृत गरेको खण्डमा परमेश्वरले इस्राएलीहरूको बारेमा जे भन्नुभयो त्यसलाई फेरि पनि ध्यान देओ: “तिनीहरू त्यो भूमिमा प्रवेश गर्नेछैनन् र जहाँ तिनीहरूलाई मैले विश्राम गर्न दिने थिए।” BSB BSB: And again, as He says in the passage above: “They shall never enter My rest.”
6 UDB केही मानिसहरू अझै पनि परमेश्वरको विश्राममा प्रवेश गर्छन्। तर तिनीहरू विश्राम गर्नेछन् भनेर पहिले परमेश्वरको प्रतिज्ञा सुन्ने इस्राएलीहरू—विश्रामको स्थानमा प्रवेश गरेनन्, किनभने तिनीहरूले परमेश्वरलाई विश्वास गर्न इन्कार गरे। BSB BSB: Since, then, it remains for some to enter His rest, and since those who formerly heard the good news did not enter because of their disobedience,
7 UDB तर परमेश्वरले अर्को समय तोक्नुभयो जतिबेला हामी त्यो विश्रामको स्थानमा प्रवेश गर्न सकौं! त्यो समय अहिले हो। त्यो सत्य हो भनी हामी जान्दछौंँ किनभने इस्राएलीहरूले उजाड-स्थानमा परमेश्वरको विरूद्धमा विद्रोह गरेको धेरै समयपछि उहाँले राजा दाऊदलाई मैले यसअघि उधृत गरेको कुरा लेख्न लगाउनुभयो, “अहिले नै परमेश्वरले तिमीहरूलाई भनिरहनुभएको कुरा तिमीहरूले बुझ्यौ भने, कठोर भएर उहाँको अनाज्ञाकारी नबन।” BSB BSB: God again designated a certain day as “Today,” when a long time later He spoke through David as was just stated: “Today, if you hear His voice, do not harden your hearts.”
8 UDB परमेश्वरले इस्राएलीहरूलाई दिनुहुने विश्रामको एउटै मात्र ठाउँमा यहोशूले तिनीहरूलाई पुर्याएका भए, धेरै समयपछि परमेश्वरले फेरि विश्रामको अर्को दिनको बारेमा बोल्नुहुने थिएन। तर उहाँले तिनीहरूलाई विश्रामको अर्को प्रतिज्ञा दिनुभयो। BSB BSB: For if Joshua had given them rest, God would not have spoken later about another day.
9 UDB यसैले परमेश्वरले हरेक कुराको सृष्टि गरेर सक्नुभएपछि उहाँले सातौं दिनमा विश्राम लिनुभएजस्तै त्यहाँ एउटा समय छ जतिबेला परमेश्वरका मानिसहरूले अनन्तसम्म रहने विश्राम गर्नेछन्। BSB BSB: There remains, then, a Sabbath rest for the people of God.
10 UDB परमेश्वरको विश्रामको स्थानमा जोसुकैले प्रवेश गरे पनि आफ्नो काम समाप्त पारेको छ, जसरी परमेश्वरले हरेक कुरा सृष्टि गर्ने आफ्नो कामलाई समाप्त पार्नुभयो। BSB BSB: For whoever enters God’s rest also rests from his own work, just as God did from His.
11 UDB यसैले हामी ख्रीष्टको अनुसरण गरेर उत्सुकतासाथ परमेश्वरको विश्राममा प्रवेश गर्छौं जसले गर्दा आज्ञाकारी हुनेहरूको उदाहरणले हामीलाई प्रभावित गर्ने र हामीलाई पतन गराउनेछैन। BSB BSB: Let us, therefore, make every effort to enter that rest, so that no one will fall by following the same pattern of disobedience.
12 UDB परमेश्वरको वचन जीवित र शक्तिशाली छ, र धारिलो तरवारले जस्तै तिनीहरूले काट्न सक्छन्—यति गहिरो गरी काट्छ कि यसले हाम्रो प्राण र आत्मालाई अलग गर्न सक्छ। परमेश्वरको वचन तरवार जस्तै हो जसले गहिरो गरी काट्छ, धरिलो तरवारले जनावरको जोर्नीबाट काटझैं तिनीहरूले हामीलाई अति गहिरो गरी काट्छ। ती वचनले हामीमा भएको सबभन्दा कडा ठाउँलाई पनि काट्छ, जसरी तरवारले हाडभित्रको कोमल भागभित्रसम्म नै काट्छ। परमेश्वरको वचन कुन विचार असल हो र कुन विचार खराब हो भनी निर्णय गर्ने न्यायाधीशजस्तै हो, र उहाँको वचनले हाम्रा हृदयभित्र लुकेका अभिप्रायहरूलाई जाँच्न सक्छ। BSB BSB: For the word of God is living and active. Sharper than any double-edged sword, it pierces even to dividing soul and spirit, joints and marrow. It judges the thoughts and intentions of the heart.
13 UDB परमेश्वरलाई हरेक व्यक्तिको बारेमा हरेक कुरा थाहा छ। उहाँबाट कुनै कुरा लुकेको छैन। उहाँको निम्ति हरेक कुरा पूर्ण रूपमा खुल्ला छन् र हामीले गर्ने हरेक कुरा उहाँले देख्नुहुन्छ। हामी सबै जना परमेश्वरको अघि देखा पर्नुपर्छ र हामीले आफ्नो जीवन कसरी बितायौं भनी उहाँलाई भन्नुपर्छ। BSB BSB: Nothing in all creation is hidden from God’s sight; everything is uncovered and exposed before the eyes of Him to whom we must give account.
14 UDB यसैले हामीसँग एक जना महान प्रधान पुजारी हुनुहुन्छ जो आफू परमेश्वरको उपस्थितिमा फर्कनुहुँदा स्वर्गहरू छिचोलेर माथि जानुभयो। उहाँ परमेश्वरको पुत्र येशू हुनुहुन्छ। यसले हामी येशू ख्रीष्टमा विश्वास गर्छौ भनी हामी साहसपूर्वक खुल्ला रूपमा भनौं। BSB BSB: Therefore, since we have a great high priest who has passed through the heavens, Jesus the Son of God, let us hold firmly to what we profess.
16 UDB यसैले हामी सहासपूर्वक ख्रीष्टमा आऔं जसले स्वर्गबाट राज्य गर्नुहुन्छ र जुन कुरा पाउन हामी योग्यका छैनौं, त्यो हाम्रो लागि गर्नुहुन्छ, जसले गर्दा उहाँले दयापूर्वक हाम्रो मद्दत गर्न र हामीलाई आवश्यक हुँदा कृपा देखाउन सक्नुहुन्छ। BSB BSB: Let us then approach the throne of grace with confidence, so that we may receive mercy and find grace to help us in our time of need.
Select verses for actions: Enter goes to them and Escape comes back.