1 UDB मेरा विश्वासी बन्धुहरू, परमेश्वरले तिमीहरूलाई अलग गर्नुभएको छ र उहाँको हुनलाई चुन्नुभएको छ। यसैले येशूलाई विचार गर। उहाँ नै हाम्रा निम्ति परमेश्वरका प्रेरित हुनुहुन्छ र प्रधान पुजारी पनि हुनुहुन्छ जसलाई हामी भन्छौं कि हामीले एकसाथ विश्वास गर्छौं। BSB BSB: Therefore, holy brothers, who share in the heavenly calling, set your focus on Jesus, the apostle and high priest whom we confess.
2 UDB उहाँले विश्वासयोग्य भएर आफूलाई नियुक्त गर्नुहुने परमेश्वरको सेवा गर्नुभयो, जसरी मोशाले विश्वासयोग्य भएर परमेश्वरका मानिसहरू सबैको सेवा गरे, जसलाई हामी परमेश्वरको घराना भन्छौं। BSB BSB: He was faithful to the One who appointed Him, just as Moses was faithful in all God’s house.
3 UDB अब जसरी हरेक घर कोही व्यक्तिद्वारा बनाइएको हुन्छ, त्यसरी नै परमेश्वरले हरेक कुरा बनाउनुभयो। BSB BSB: For Jesus has been counted worthy of greater glory than Moses, just as the builder of a house has greater honor than the house itself.
4 UDB यसैले मानिसहरूले मोशालाई आदर गर्नुभन्दा बढी आदर तिनीहरूले येशूलाई गर्न उहाँ योग्य हुनुहुन्छ भनी परमेश्वरले विचार गर्नुभएको छ, जसरी मानिसहरूले घरलाई आदर गर्नुभन्दा बढी घर बनाउने व्यक्तिलाई तिनीहरूले आदर गर्नुपर्छ। BSB BSB: And every house is built by someone, but God is the builder of everything.
5 UDB मोशाले परमेश्वरका मानिसहरू सबैलाई मद्दत पुर्याउँदा तिनले धेरै विश्वासयोग्य भएर परमेश्वरको सेवा गरे, जसरी एक जना सेवकले विश्वासयोग्य भएर आफ्नो मालिकको सेवा गर्छ। यसले येशूले पछि भन्नुहुने कुराको सक्षी मोशाले दिए। BSB BSB: Now Moses was faithful as a servant in all God’s house, testifying to what would be spoken later.
6 UDB तर ख्रीष्ट त पुत्र हुनुहुन्छ जसले परमेश्वरका मानिसहरूमा राज्य गर्नुहुन्छ, र हामीले ख्रीष्टमा साहसी भएर निरन्तर विश्वास गर्छौं, र परमेश्वरले हाम्रा निम्ति जे गर्ने प्रतिज्ञा गर्नुभएको छ, त्यो सबै पूरा गर्न दृढ भएर आशा गर्छौं भने, उहाँले राज्य गर्नुहुने मानिसहरू हामीहरू नै हुन्छौं। BSB BSB: But Christ is faithful as the Son over God’s house. And we are His house, if we hold firmly to our confidence and the hope of which we boast.
7 UDB इस्राएलीहरूका निम्ति पवित्र आत्माले भजन लेखकलाई धर्मशास्त्रमा यी वचन लेख्न लगाउनुभयो: “अहिले, परमेश्वर तिमीहरूसँग बोल्नुभएको तिमीहरूले सुन्यौ भने, BSB BSB: Therefore, as the Holy Spirit says: “Today, if you hear His voice,
8 UDB उहाँको आज्ञा पालन गर्न इन्कार नगर र परमेश्वरले जे भन्नुहुन्छ त्योभन्दा बढी महत्व आफ्ना इच्छाहरूलाई नदेओ, किनकि तिमीहरूले त्यसो गर्यौ भने, तिमीहरू धेरै पहिलेका आफ्ना पुर्खाहरू जस्तै हुनेछौ, जतिबेला तिनीहरू परमेश्वरबाट टाढा भए र उहाँको आज्ञापालन गरेनन्। BSB BSB: do not harden your hearts, as you did in the rebellion, in the day of testing in the wilderness,
9 UDB तिमीहरूका पुर्खाहरूले चालिस वर्षसम्म मैले गरेका सबै अचम्मका कुराहरू देखेको भए तापनि, म तिनीहरूप्रति धैर्यवान् हुन्छु वा हुन्न भनी हेर्न तिनीहरूले बारम्बार मेरो जाँच गरे। BSB BSB: where your fathers tested and tried Me, and for forty years saw My works.
10 UDB यसैले ती मानिसहरूसँग म क्रोधित भएँ र तिनीहरूका बारेमा मैले भनें, ‘तिनीहरू मसँग कहिल्यै पनि विश्वासयोग्य छैनन्, र तिनीहरूले आफ्नो जीवन कस्तो व्यवहार गर्नुपर्छ भन्ने मेरो इच्छालाई तिनीहरूले कहिल्यै पनि बुझ्दैनन्।’ BSB BSB: Therefore I was angry with that generation, and I said, ‘Their hearts are always going astray, and they have not known My ways.’
11 UDB तिनीहरूसँग क्रोधित भएँ र गम्भीर भएर घोषणा गरें, ‘तिनीहरू कनान देशमा प्रवेश गर्नेछैनन् र जहाँ तिनीहरूलाई मैले विश्राम गर्न दिने थिए!’” BSB BSB: So I swore on oath in My anger, ‘They shall never enter My rest.’”
12 UDB यसैले विश्वासी बन्धुहरू हो, आफ्नो हृदयको दुष्टताको कारणले तिमीहरूमध्ये कसैले पनि ख्रीष्टमा विश्वास गर्न नछोड्नलाई होशियार होओ, जुन कुराले तिमीहरूलाई एकमात्र साँच्चै जिउँदो परमेश्वरलाई इन्कार गर्ने बनाउँछ। BSB BSB: See to it, brothers, that none of you has a wicked heart of unbelief that turns away from the living God.
13 UDB बरु, तिमीहरूसँग मौका हुँदा, तिमीहरूमध्ये प्रत्येकले एक अर्कालाई हरेक दिन उत्साह दिनुपर्छ। तिमीहरू कठोर भयौ भने, अरूले तिमीहरूलाई छल गर्नेछन् र तिमीहरूलाई पाप गर्न लाउनेछन्। BSB BSB: But exhort one another daily, as long as it is called today, so that none of you may be hardened by sin’s deceitfulness.
14 UDB अहिले उहाँमा यदि हामीले पहिलो पल्ट उहाँमा भरोसा गरेको समयदेखि हामी मर्ने समयसम्म गम्भीर तथा भरोसाका साथ निरन्तर उहाँमा गरिरहन्छौँ भने हामी ख्रीष्टसँग सहभागी हुन्छौँ। BSB BSB: We have come to share in Christ if we hold firmly to the end the assurance we had at first.
15 UDB धर्मशास्त्रमा परमेश्वरले भन्नुभएको कुरा भजन लेखकले लेखे, “अहिले तिमीहरूसँग बोलिरहेको मेरो आवाज तिमीहरूले सुन्यौ भने, तिमीहरूका पुर्खाहरूले मेरो विरुद्धमा विद्रोह गर्दा गरेझैं कठोर भएर मेरो अनाज्ञाकारी नबन।” BSB BSB: As it has been said: “Today, if you hear His voice, do not harden your hearts, as you did in the rebellion.”
16 UDB तिनीहरूसँग बोल्नुहुने परमेश्वरको आवाजलाई सुने तापनि, उहाँको विरुद्धमा विद्रोह गर्नेहरूलाई याद गर। तिनीहरू सबै परमेश्वरका मानिसहरू थिए जसलाई मोशाले मिश्रदेशबाट निकालेर ल्याएका थिए। BSB BSB: For who were the ones who heard and rebelled? Were they not all those Moses led out of Egypt?
17 UDB र परमेश्वर चालिस वर्षसम्म क्रोधित हुनुभएका मानिसहरूलाई याद गर। पाप गर्नेहरू परमेश्वरका मानिसहरू नै थिए, र तिनीहरूका मृत शरीरहरू उजाड-स्थानमा यत्रतत्र छरिए। BSB BSB: And with whom was God angry for forty years? Was it not with those who sinned, whose bodies fell in the wilderness?
18 UDB र परमेश्वरले गम्भीर भएर यसो भन्नुभएका मानिसहरूलाई याद गर, “मैले तिनीहरूलाई विश्राम गर्न दिने भूमिमा तिनीहरू प्रवेश गर्नेछैनन्।” ती इस्राएलीहरू नै थिए जसले परमेश्वरको आज्ञापालन गरेनन्। BSB BSB: And to whom did He swear that they would never enter His rest? Was it not to those who disobeyed?
19 UDB यसैले, त्यो उदाहरणबाट हामी जान्न सक्छौं कि तिनीहरूले परमेश्वरमा निरन्तर विश्वास नगरेको कारणले तिनीहरू त्यो भूमिमा प्रवेश गर्न असमर्थ भए, जहाँ परमेश्वरले तिनीहरूलाई विश्राम गर्ने अनुमति दिनुहुनेथियो। BSB BSB: So we see that it was because of their unbelief that they were unable to enter.
Select verses for actions: Enter goes to them and Escape comes back.