1 UDB यसैले त्यो सत्य भएको हुनाले,परमेश्वरको पुत्रको बारेमा हामीले जे सुनेका छौं त्यसमा ज्यादै बढी ध्यान दिनुपर्छ, यसले गर्दा बिस्तारै विश्वासबाट तर्किने कुरा हामीबाट हुनेछैन। BSB BSB: We must pay closer attention, therefore, to what we have heard, so that we do not drift away.
2 UDB इस्राएलका मानिसहरूलाई स्वर्गदूतहरूले परमेश्वरको व्यवस्था घोषणा गर्दा, तिनीहरूले जे भने त्यो सत्य थियो। परमेश्वरको आज्ञा नमान्ने र उहाँको व्यवस्था उलंघन गर्नेहरूलाई उहाँले न्यायचित दण्ड दिनुभयो। BSB BSB: For if the message spoken by angels was binding, and every transgression and disobedience received its just punishment,
3 UDB यो सत्य भएको हुनाले, हामी निश्चय पनि परमेश्वरबाट उम्कनेछैनौं। उहाँले हामीलाई कसरी बचाउनुहुन्छ भन्ने बारेको सुसमाचारलाई हामीले बेवास्ता गर्यौंँ भने, निश्चय पनि उहाँले हाम्रो इन्साफ गर्नुहुनेछ। यसको बारेमा सबभन्दा पहिले प्रभु येशू हामीलाई भन्नुभयो, र उहाँबाट सुन्ने चेलाहरू उहाँले त्यसो गर्नुभयो भनी हामीलाई विश्वस्त पारेका छन्। BSB BSB: how shall we escape if we neglect such a great salvation? This salvation was first announced by the Lord, was confirmed to us by those who heard Him,
4 UDB यी कुराहरू सत्य हुन् भनी प्रमाणित हुने महान् कामहरू गर्न सक्ने शक्ति परमेश्वरले विश्वासीहरूलाई दिनुभएर यो शन्देस सत्य हो भनी उहाँले हामीलाई विश्वस्त पार्नुभयो। र पवित्र आत्माले पनि विश्वासीहरूलाई धेरै वरदानहरू दिनुहुन्छ, जसरी उहाँले तिनीहरूलाई दिने इच्छा गर्नुहुन्छ। BSB BSB: and was affirmed by God through signs, wonders, various miracles, and gifts of the Holy Spirit distributed according to His will.
5 UDB परमेश्वरले बनाउनुहुने नयाँ संसारको रेखदेख गर्न उहाँले स्वर्गदूतहरूलाई दिनुभएन, तर बरु, उहाँले ख्रीष्टलाई त्यसको रेखदेख गर्न दिंदै हुनुहुन्छ। BSB BSB: For it is not to angels that He has subjected the world to come, about which we are speaking.
6 UDB धर्मशास्त्रको कुनै खण्डमा कसैले यसको बारेमा गम्भीरतासाथ परमेश्वरसँग यसो भन्दै बोले, “तपाईंको निम्ति कुनै मानव जाति पनि उसको बारेमा विचार गरिन योग्यको छैन! तपाईंको निम्ति कुनै मानव जाति पनि उसको बारेमा वास्ता गरिन यग्यको छैन!” BSB BSB: But somewhere it is testified in these words: “What is man that You are mindful of him, or the son of man that You care for him?
7 UDB तपाईंले मानिसहरूलाई स्वर्गदूतहरूभन्दा अलि कम महत्व दिएर सृष्टि गर्नुभयो, तापनि मानिसहरूले राजाहरूलाई आदर गरेझैं तपाईंले तिनीहरूलाई ठुलो आदर दिनुभएको छ। BSB BSB: You made him a little lower than the angels; You crowned him with glory and honor
8 UDB हरेक कुरालाई तपाईंले तिनीहरूको अधीनमा राख्नुभएको छ।” मानव जातिले हरेक कुरामाथि राज्य गर्नेछ भनी परमेश्वरले निश्चित गर्नुभएको छ। त्यसको अर्थ उसले राज्य गर्नबाट कुनै पनि कुरा छोडिने छैनन्। तर अहिले यो वर्तमान समयमा, मानव जतिले हरेक कुरामाथि राज्य गरेको हामी देख्दैनौं। BSB BSB: and placed everything under his feet.” When God subjected all things to him, He left nothing outside of his control. Yet at present we do not see everything subject to him.
9 UDB तापनि, येशूको बारेमा हामी जान्दछौ, जो यो जीवनमा स्वर्गदूतहरूभन्दा अलि कम महत्व भएको देखा पर्नुभयो। उहाँले कष्ट भोग्नुभएको र मर्नुभएको कारणले, परमेश्वरले उहाँलाई सबैभन्दा महत्त्वपूर्ण बनाउनुभएको छ। उहाँले येशूलाई हरेक कुरामाथि राजा बनाउनुभएको छ, किनभने उहाँ सबै मानव जातिको निम्ति मर्नुभयो। परमेश्वर हामीप्रति अत्यन्त दयालु हुनुभएको कारणले यो हुन आयो। BSB BSB: But we see Jesus, who was made a little lower than the angels, now crowned with glory and honor because He suffered death, so that by the grace of God He might taste death for everyone.
10 UDB हाम्रा निम्ति कष्ट र मृत्यु भोग्न लगाउनुभएर परमेश्वरले येशूलाई हरेक किसिमले पूर्ण बनाउनुपर्ने कुरा उचित नै थियो। परमेश्वर नै हुनुहुन्छ जसले सबै कुराहरूको सृष्टि गर्नुभयो, र सबै कुराहरू उहाँकै निम्ति अस्तित्वमा रहन्छन्। र मानिसहरूलाई बचाउने परमेश्वरको योजनालाई येशूले नै पूरा गर्नुहुन्छ। BSB BSB: In bringing many sons to glory, it was fitting for God, for whom and through whom all things exist, to make the author of their salvation perfect through suffering.
11 UDB आफ्ना मानिसहरूलाई परमेश्वरको निम्ति अलग गर्नुहुने येशू नै हुनुहुन्छ, र परमेश्वरले आफ्नो दृष्टिमा असल घोषणा गर्नुहुने तिनै मानिसहरू, सबै एउटै परमेश्वरका सन्तान हुन्। यसैले तिनीहरूलाई आफ्नै भाइहरू र बहिनीहरू भन्न येशूलाई अप्ठेरो लाग्दैन। BSB BSB: For both the One who sanctifies and those who are sanctified are of the same family. So Jesus is not ashamed to call them brothers.
12 UDB ख्रीष्टले परमेश्वरलाई भन्नुभएको कुरा भजन लेखकले लेखे, “तपाईं कति अचम्मको हुनुहुन्छ भनेर म आफ्ना भाइहरूलाई भन्नेछु। विश्वासीहरूको सभाको माझमा म तपाईंको प्रशंसा गाउनेछु!” BSB BSB: He says: “I will proclaim Your name to My brothers; I will sing Your praises in the assembly.”
13 UDB र ख्रीष्टले परमेश्वरको बारेमा के भन्नुभयो भनी एक जना अगमवक्ताले धर्मशास्त्रको अर्को खण्डमा लेखे: “म उहाँमा भरोसा राख्नेछु”। र धर्मशास्त्रको अर्को खण्डमा ख्रीष्टले आफ्ना छोराछोरी जस्तैहरुका बारेमा भन्नुभयो, “म र परमेश्वरले मलाई दिनुभएका छोराछोरीो यहाँ छौं।” BSB BSB: And again: “I will put My trust in Him.” And once again: “Here am I, and the children God has given Me.”
14 UDB यसैले परमेश्वरले आफ्ना छोराछोरी भन्नुहुने सबै जना मानिसहरू भएका हुनाले, तिनीहरूजस्तै येशू पनि मानिस बन्नुभयो। मानिसहरूलाई मत्युदेखि डराउने बनाउने शक्ति दियाबलससँग छ, तर ख्रीष्ट मानिस बन्नुभयो जसले गर्दा उहाँको मत्यु र मृत्युमाथिको विजयले उहाँले दियबलसलाई शक्तिहीिन बनाउनुभयो। BSB BSB: Now since the children have flesh and blood, He too shared in their humanity, so that by His death He might destroy him who holds the power of death, that is, the devil,
17 UDB यसले परमेश्वरले येशूलाई दुरुस्त हामीजस्तै, उहाँका मानव, “भाइहरू” जस्तै बनाउनु परेको थियो। उहाँ एक जना प्रधान पुजारी बन्नुभयो जसले सबै मानिसहरूप्रति कृपालु भएर व्यवहार गर्नुहुन्छ र जसले परमेश्वरको निम्ति विश्वासयोग्य भएर व्यवहार गर्नुहुन्छ, यसरी मानिसहरूका पापहरूका निम्ति उहाँले मृत्यु भोग्न सक्नुभयो र तिनीहरूलाई क्षमा गर्न परमेश्वरको निम्ति बाटो बनाउनुभयो। BSB BSB: For this reason He had to be made like His brothers in every way, so that He might become a merciful and faithful high priest in service to God, in order to make atonement for the sins of the people.
18 UDB पाप गर्न परीक्षित हुनेहरूलाई येशूले मद्दत गर्न सक्नुहुन्छ किनभने उहाँ आफैंले कष्ट भोग्नुभयो र पाप गर्न परीक्षित हुनुभयो, जसरी हामी पाप गर्न परिक्षित हुन्छौं। BSB BSB: Because He Himself suffered when He was tempted, He is able to help those who are being tempted.
Select verses for actions: Enter goes to them and Escape comes back.