1 UDB अब म धनी मानिसहरूलाई केही कुरा भन्नुछ जसले तिमीहरू ख्रीष्टमा विश्वास गर्छौं भन्छौ। मेरो कुरा सुन! तिमीहरूले ठुलो स्वरले रुनु र विलाप गर्नुपर्छ किनभने तिमीहरूले भयानक कष्टहरूका अनुभव गर्नेछौ। BSB BSB: Come now, you who are rich, weep and wail over the misery to come upon you.
2 UDB तिमीहरूका धनसम्पत्ति सडेझैं जस्तै मूल्यहीन भएको छ। तिमीहरूका दामी लुगाहरू किराहरूले नष्ट पारेझैं काम मूल्यहीन भएका छन्। BSB BSB: Your riches have rotted and moths have eaten your clothes.
3 UDB तिमीहरूका सुन र चाँदी रंग लगाइएको जस्तै मूल्यहीन भएका छन्। जब परमेश्वरले तिमीहरूको इन्साफ गर्नुहुन्छ, तब यो तिमीहरूका मूल्यहीन सम्पत्ती नै तिमीहरू लोभी भएका छौ भन्ने कुराको दोषको प्रमाण हुनेछ र जसरी खिया र आगोले सबै कुराहरू नाश गर्छ, त्यसरी नै परमेश्वरले तिमीहरूलाई असह्य दण्ड दिनुहुनेछ। परमेश्वरले तिमीहरूको इन्साफ गर्ने समय हुनैलाग्दा तिमीहरूले व्यर्थैमा धनसम्पत्ति जम्मा पारेका छौ। BSB BSB: Your gold and silver are corroded. Their corrosion will testify against you and consume your flesh like fire. You have hoarded treasure in the last days.
4 UDB तिमीहरूले के गरेका छौ त्यसको बारेमा विचार गर। तिमीहरूका खेतबारीमा तिमीहरूका निम्ति फसल कटनी गर्ने मानिसहरूलाई तिमीले कबुल गरेका ज्याला दिएनौ। तिमीहरू आफैंले राखेको ज्यालाले मलाई तिमीहरूका दोष र तिमीहरूले तिनीहरूप्रति कति अन्यायी व्यवहार गर्यौ भन्ने कुरा देखाउँछ। तिमीहरूले कामदारहरूप्रति गरेको व्यवहारको कारणले तिनीहरूले परमेश्वरमा पुकारा गर्छन्। र सेनहरूका परमप्रभु परमेश्वरले तिनीहरूका चर्को रोदन सुन्नुहुन्छ। BSB BSB: Look, the wages you withheld from the workmen who mowed your fields are crying out against you. The cries of the harvesters have reached the ears of the Lord of Hosts.
5 UDB तिमीहरूले इच्छा गरेको कुनै पनि कुरा तिमीहरूले किनेका छौ, यसरी तिमीहरू राजाहरूले झैं जीवन बिताउन सक्छौ। आफूलाई मारिनेछ भन्ने थाहा नपाएर आफूलाई मोटो पार्ने पशुहरूजस्तै परमेश्वरले तिमीहरूलाई असह्य दण्ड दिनुहुनेछ भन्ने कुरा महसुस नै नगरी चिजबीज उपभोग गरेर मजा लिनलाई मात्र तिमीहरू बाँचेका छौ। BSB BSB: You have lived on earth in luxury and self-indulgence. You have fattened your hearts in the day of slaughter.
6 UDB निर्दोष मानिसहरूलाई दोष लगाउन तिमीहरूले अरूलाई उक्सायौ। तिमीहरूले मानिसहरूलाई मार्नलाई अरूलाई भन्यौ, यद्यपि ती मानिसहरूले कुनै पनि गलत काम गरेका थिएनन्। तिनीहरूले तिमीहरूको विरुद्धमा प्रतिवाद गर्न सक्षम थिएनन्। मेराो भाइहरू र बहिनीहरू, तिमीहरूको अत्याचार गर्ने धनी मानिसहरूलाई म यही भन्छु। BSB BSB: You have condemned and murdered the righteous, who did not resist you.
7 UDB यसैले मेरा भाइहरू र बहिनीहरू, धनी मानिसहरूले तिमीहरूलाई कष्ट दिए तापनि, प्रभु येशू ख्रीष्ट फेरि नआउनु भएसम्म धैर्य गर। किसानहरूले एउटा खेतबारीमा अन्न लगाएपछि तिनीहरूले आफ्ना वहूमूल्य अनाजको वृद्धि हुनलाई प्रतिक्षा गर्छन्। अन्न लगाउने समयमा हुने वर्षा र फसल तयार हुनअघि हुने झन् धेरै वर्षालाई तिनीहरूले तिनीहरूले धैर्य गरेर पर्खनुपर्छ। तिनीहरूले अन्न कटनी गर्नुअघि बढ्न र पाक्नलाई तिनीहरूले पर्खन्छन्। BSB BSB: Be patient, then, brothers, until the Lord’s coming. See how the farmer awaits the precious fruit of the soil—how patient he is for the fall and spring rains.
8 UDB त्यसरी नै तिमीहरूले पनि धैर्यसाथ पर्खनुपर्छ र प्रभु येशूमा दृढतासाथ विश्वास गर्नुपर्छ, किनभने उहाँ चाडै नै फेरि आउनुहुनेछ र सबै मानिसहरूको न्यायोचित किसिमले इन्साफ गर्नुहुनेछ। BSB BSB: You, too, be patient and strengthen your hearts, because the Lord’s coming is near.
9 UDB मेरो भाइहरू र बहिनीहरू, प्रभु येशूले तिमीहरूलाई दोषी ठहराउने र दण्ड दिने काम नगर्नुभएको होस् भन्ने हेतुले एक अर्काका विरुद्धमा गनगन नगर। हाम्रो इन्साफ गर्ने उहाँ नै हुनुहुन्छ र उहाँ देखा पर्न तयार हुनुहुन्छ। BSB BSB: Do not complain about one another, brothers, so that you will not be judged. Look, the Judge is standing at the door!
10 UDB मेरा भाइहरू र बहिनीहरू, कसरी धैर्यधारण गर्ने भन्ने बारेमा उदाहरणका लागि अगमवक्ताहरूलाई विचार गर, जसलाई परमप्रभु परमेश्वरले धेरैअधि आफ्नो सन्देशहरू प्रचार गर्न पठाउनुभयो। मानिसहरूले तिनीहरूलाई धेरै सताए तापनि, त्यसलाई तिनीहरूले धैर्यसाथ सहे। BSB BSB: Brothers, as an example of patience in affliction, take the prophets who spoke in the name of the Lord.
11 UDB परमेश्वरको निम्ति कष्ट सहनेहरूलाई उहाँले आदर गर्नुहुन्छ र मदत गर्नुहुन्छ भनी हामी जान्दछौ। तिमीहरूले अय्यूबको बारेमा पनि सुनेका छौ। अय्यूबले धेरै कष्ट सहनु परे तापनि, तिनले त्यो कष्ट सहेको कारणले परमप्रभु परमेश्वरले तिनको जीवनमा असल कुरा ल्याउने योजना गर्नुभयो भनी तिमीहरू जान्दछौ। र त्यसबाट हामी जान्दछौं कि प्रभु धेरै करुणामय र दयालु हुनुहुन्छ। BSB BSB: See how blessed we consider those who have persevered. You have heard of Job’s perseverance and have seen the outcome from the Lord. The Lord is full of compassion and mercy.
12 UDB साथै, मेरा भाइहरू र बहिनीहरू, तिमीहरूले कसरी बोल्नुपर्छ भन्ने बारेमा म तिमीहरूलाई केही महत्त्वपूर्ण कुरा भन्ने इच्छा गर्छु। तिमीहरूले गर्ने प्रतिज्ञाको निम्ति तिमीहरूले साक्षी राख्नलाई स्वर्गको पुकारा गरेर वा पृथ्वीको पुकारा गरेर शपथ खानुहुँदैन। तिमीहरूले “हो” वा “होइन” मात्र भन्नुपर्छ। तिमीहरूले त्यो भन्दा बढी भन्यौ भने, परमेश्वरले तिमीहरूको इन्साफ गर्नुहुनेछ। BSB BSB: Above all, my brothers, do not swear, not by heaven or earth or by any other oath. Simply let your “Yes” be yes, and your “No,” no, so that you will not fall under judgment.
13 UDB तिमीहरूका माझमा कसैले समस्याको सामना गरिरहेको छ भने, परमेश्वरले उसलाई मदत गर्नुभएको होस् भनी प्रार्थना गर। कोही खुशी छ भने परमेश्वरमा प्रशंसाको भजनहरू गाउनुपर्छ। BSB BSB: Is any one of you suffering? He should pray. Is anyone cheerful? He should sing praises.
15 UDB परमेश्वरमा विश्वाससाथ चढाइएको प्रार्थनाले बिरामी व्यक्ति निको हुनेछ र प्रभुले उसको स्वास्थलाई पुनः राम्रो बनाउनुहुनेछ। त्यो व्यक्तिले पाप गरेको छ भने पनि, परमेश्वरले उसलाई क्षमा गर्नुहुनेछ। BSB BSB: And the prayer offered in faith will restore the one who is sick. The Lord will raise him up. If he has sinned, he will be forgiven.
16 UDB यसैले प्रभुले बिरामीलाई निको पार्न र पापहरू क्षमा गर्न सक्षम हुनुभएको कारणले, तिमीहरूले गरेका पापपूर्ण कुराहरू एक आपसमा स्वीकार गर र तिमीहरू निको हुनलाई एक अर्काको निम्ति प्रार्थना गर। धार्मिक मानिसले प्रार्थना गरे र केही कुरा गर्न परमेश्वरमा बिन्ति गरे भने, परमेश्वरले शक्तिशाली रूपले काम गर्नुहुनेछ र त्यो काम निश्चय नै गर्नुहुनेछ। BSB BSB: Therefore confess your sins to each other and pray for each other so that you may be healed. The prayer of a righteous man has great power to prevail.
17 UDB एलिया अगमवक्ता हामीजस्तै साधारण व्यक्ति थिए तापनि, तिनले पानी नपरोस् भनेर उत्कट रूपमा प्रार्थना गरे। र साढे तीन वर्ष पानी परेन। BSB BSB: Elijah was a man just like us. He prayed earnestly that it would not rain, and it did not rain on the land for three and a half years.
18 UDB त्यसपछि तिनले फेरि पानी पठाउनलाई परमेश्वरसँग बिन्ति गर्दै प्रार्थना गरे र परमेश्वरले पानी पठाउनुभयो र फेरि पनि बोट बिरूवा बढे र अन्न उब्जनी भयो। BSB BSB: Again he prayed, and the heavens gave rain, and the earth yielded its crops.
19 UDB मेरो भाइहरू र बहिनीहरू, तिमीहरूमध्ये कसैले परमेश्वरको सत्य शन्देसलाई पालन गर्न छोड्छ भने, परमेश्वरले हामीलाई जे गर्न भन्नुभएको छ त्यो कुरा फेरि पनि गर्नलाई तिमीहरूका माझमा भएका कुनै अर्को व्यक्तिले त्यो व्यक्तिलाई मनाउनुपर्छ। उसले जे खराब छ त्यो गर्न छोड्छ भने, BSB BSB: My brothers, if one of you should wander from the truth and someone should bring him back,
20 UDB त्यो व्यक्तिको कारणले, परमेश्वरले पापीलाई आत्मिक मृत्युूबाट बचाउनुहुनेछ र उसका धेरै पापहरू क्षमा गर्नुहुनेछ भनी तिमीहरूमध्ये सबैले याद गर्नुपर्छ। BSB BSB: consider this: Whoever turns a sinner from the error of his way will save his soul from death and cover over a multitude of sins.
Select verses for actions: Enter goes to them and Escape comes back.