1 UDB आफ्ना माझमा तिमीहरू किन लडाइँ गर्दैछौ र एक अर्कामा किन झगडा गर्दैछौ भनी म अब तिमीहरूलाई भन्नेछु। किनभने तिमीहरू दुष्ट कुराहरू गर्ने इच्छा गर्छौ, तिमीहरूका विश्वासी बन्धुहरूलाई खुशी नतुल्याउने कुराहरू गर्न तिमीहरू आनन्द मान्छौ। BSB BSB: What causes conflicts and quarrels among you? Don’t they come from the passions at war within you?
2 UDB तिमीहरूले पाउन धेरै इच्छा गर्ने कुराहरू छन् तर तिमीहरू ती कुराहरू पाउँदैनौ, यसैले ती कुराहरू पाउन तिमीहरूलाई बाधा दिनेहरूलाई तिमीहरू मार्ने इच्छा गर्छौ। अरू मानिसहरूसँग भएका कुराको इच्छा तिमीहरू गर्छौ, तर तिमीहरूले इच्छा गरेको कुरा तिमीहरू पाउन सक्षम हुँदैनौ, यसैले तिमीहरू एक अर्कासँग झगडा र लडाई गर्छौ। तिमीहरूले इच्छा गरेको कुरा पाउँदैनौ किनभने त्यसको निम्ति तिमीहरूले परमेश्वरसँग माग्दैनौ। BSB BSB: You crave what you do not have; you kill and covet, but are unable to obtain it. You quarrel and fight. You do not have, because you do not ask.
3 UDB तिमीहरूले उहाँलाई मागे तापनि तिमीहरूले मागेका कुरा उहाँले तिमीहरूलाई दिनुहुन्न किनभने तिमीहरूले गलत कारणले माग्दैछौ। तिमीहरू आफैंमा गलत किसिमले आनन्द गर्न ती कुराहरू प्रयोग गर्ने हेतुले तिमीहरू ती माग्दैछौ। BSB BSB: And when you do ask, you do not receive, because you ask with wrong motives, that you may squander it on your pleasures.
4 UDB आफ्नो पतिप्रति अविश्वासी एक जना स्त्रीजस्तै तिमीहरू परमेश्वरको आज्ञा पालन नगरर उहाँमा अविश्वासी हुँदैछौ। दुष्ट मानिसहरूले झैं व्यवहार गर्नेहरू यस संसारका हुन् र परमेश्वर विरुद्धका शत्रुहरू हुन्। सायद तिमीहरू त्यो कुरा महसुस गर्दैनौ। BSB BSB: You adulteresses! Do you not know that friendship with the world is hostility toward God? Therefore, whoever chooses to be a friend of the world renders himself an enemy of God.
5 UDB हाम्रो जीवन उहाँलाई खुशी पार्ने किसिमले बिताउन उहाँले हामीमा राखिदिनुभएको आत्माले उत्कट इच्छा गर्नुहुन्छ भनेर बिनाकारण परमेश्वरले हामीलाई धर्मशास्त्रमा भन्नुभयो भन्ने विचार निश्चय पनि तिमीहरूले गर्दैनौ। BSB BSB: Or do you think the Scripture says without reason that the Spirit He caused to dwell in us yearns with envy?
6 UDB तर परमेश्वर शाक्तिशाली र हामीप्रति अति दयालु हुनुहुन्छ र हामीलाई पाप गर्न रोक्न उहाँले हामीलाई मदत गर्ने इच्छा गर्नुहुन्छ। त्यसकारण धर्मशास्त्रले भन्छ, “परमेश्वरले अहंकारीहरूको विरोध गर्नुहुन्छ, तर नम्रहरूलाई उहाँले मदत गर्नुहुन्छ।” BSB BSB: But He gives us more grace. This is why it says: “God opposes the proud, but gives grace to the humble.”
7 UDB यसैले आफैंलाई परमेश्वरमा समर्पण गर। दियाबलसको विरोध गर र फलस्वरूप ऊ तिमीहरूबाट भाग्नेछ। BSB BSB: Submit yourselves, then, to God. Resist the devil, and he will flee from you.
8 UDB परमेश्वरमा आत्मिकताको नजिक आओ। तिमीहरू आयौ भने, उहाँ तिमीहरूका नजिक आउनुहुनेछ। तिमीहरू जो पापीहरू छौ, जे खराब छ त्यो गर्नबाट फर्क र जे असल छ त्यो मात्र गर। तिमीहरू जसले आफैंलाई परमेश्वरमा अर्पण गर्ने कि नगर्ने भनी निर्णय गर्न नसक्नेहरू, खराब विचारहरू गर्न छोड र उहाँका विचारहरू मात्र गर। BSB BSB: Draw near to God, and He will draw near to you. Cleanse your hands, you sinners, and purify your hearts, you double-minded.
9 UDB तिमीहरूले गरेका खराब कामको कारणले दुःखी होओ र रोओ। तिमीहरूले स्वर्थी भएर इच्छा गरेका कुरामा मात्र आनन्द गर्दै नहाँस। बरु, दुःखी होओ किनभने तिमीहरूले जे गलत छ त्यही गरेका छौ। BSB BSB: Grieve, mourn, and weep. Turn your laughter to mourning, and your joy to gloom.
10 UDB प्रभुको अघि आफैंलाई विनम्र बनाओ। तिमीहरूले त्यसो गर्यौ भने, उहाँले तिमीहरूको आदर गर्नुहुनेछ। BSB BSB: Humble yourselves before the Lord, and He will exalt you.
11 UDB मेरा भाइहरू र बहिनीहरू, एक अर्काको विरुद्धमा दुष्ट कुरा बोल्न छोड, किनभने विश्वासी बन्धुको विरुद्धमा खराब कुरा बोल्ने र यसरी आफ्ना भाइ वा बहिनी जस्तो एक जनालाई दोष लगाउनेहरूले परमेश्वरले हामीलाई पालन गर्न दिनुभएको व्यवस्थाको विरुद्धमा बोल्छन्। तिमीहरू उहाँको व्यवस्थाको विरुद्धमा बोल्छौ भने, तिमीहरूले एक जना न्यायाधीश जस्तै व्यवहार गर्दै हुन्छौ जसले यसलाई दोषी ठहराउँछ। BSB BSB: Brothers, do not slander one another. Anyone who speaks against his brother or judges him speaks against the law and judges it. And if you judge the law, you are not a practitioner of the law, but a judge of it.
12 UDB तर वास्तवमा हाम्रा दुष्टता क्षमा गर्ने र मानिसहरूलाई दोषी ठहर गर्ने अधिकार एक व्यक्तिमा मात्र छ र उहाँ परमेश्वर नै हुनुहुन्छ। उहाँले मात्र मानिसहरूलाई बचाउन वा मानिसहरूलाई नाश गर्न सक्नुहुन्छ। परमेश्वरको स्थान लिने र अरूको इन्साफ गर्ने अधिकार निश्चय पनि तिमीहरूलाई छैन। BSB BSB: There is only one Lawgiver and Judge, the One who is able to save and destroy. But who are you to judge your neighbor?
14 UDB तिमीहरूले त्यसरी कुरा गर्नुहुँदैन, किनभने भोलि के हुनेछ भनेर तिमीहरू जान्दैनौ र तिमीहरू कति लामो समय बाँच्नेछौ भनेर पनि तिमीहरू जान्दैनौ! तिमीहरूको जीवन छोटो समयको लागि देखा पर्ने र हराउने कुइरो जस्तै छ। BSB BSB: You do not even know what will happen tomorrow! What is your life? You are a mist that appears for a little while and then vanishes.
15 UDB तिमीहरूले जे भनिरहेछौ त्यसको साटोमा तिमीहरूले यसो भन्नुपर्छ, “प्रभुको इच्छा भयो भने, हामीहरू बाँच्नेछौं र यो गर्नेछौं, वा हामी त्यो गर्नेछौंँ।” BSB BSB: Instead, you ought to say, “If the Lord is willing, we will live and do this or that.”
16 UDB तर तिमीहरूले जे गर्दैछौ त्यो सबै तिमीहरूले गर्ने योजाना गरेका कुराहरूका बारेमा घमण्ड गर्दैर्छौ। तिमीहरूको घमण्ड नै दुष्टता हो। BSB BSB: As it is, you boast in your proud intentions. All such boasting is evil.
17 UDB यसले कसैले असल गर्नुपर्छ भनेर जानेको छ तर उसले त्यो गर्दैन भने, उसले पाप गर्दैर्छ। BSB BSB: Anyone, then, who knows the right thing to do, yet fails to do it, is guilty of sin.
Select verses for actions: Enter goes to them and Escape comes back.