1 UDB लाजरस नाम गरेको एकजना मानिस धेरै बिरामी थिए। तिनी बेथानिया गाउँमा बस्थे जहाँ मरियम र मार्था बस्थे। BSB BSB: At this time a man named Lazarus was sick. He lived in Bethany, the village of Mary and her sister Martha.
2 UDB यिनी उही मरियम थिइन् जसले पछि उहाँमा तिनको प्रेम र आदर देखाउनलाई प्रभुमा अत्तर खन्याइन् र उहाँका पाउ आफ्नो कपालले पुछिन्। त्यो तिनकै भाइ लाजरस थिए जो बिरामी थिए। BSB BSB: (Mary, whose brother Lazarus was sick, was to anoint the Lord with perfume and wipe His feet with her hair.)
3 UDB यसैले येशूलाई लाजरसको बारेमा भन्न दुई दिदि-बहिनीले कसैलाई पठाए; तिनीहरूले भने, “प्रभु, तपाईंले प्रेम गर्नुहुने एकजना बिरामी परेका छन्।” BSB BSB: So the sisters sent word to Jesus, “Lord, the one You love is sick.”
4 UDB जब येशूले लाजरसको बिमारको बारेमा सुन्नुभयो, उहाँले भन्नुभयो, “यो बिमार लाजरसको मृत्युमा अन्त्य हुनेछैन। यो बिमारको उद्देश्य यो हो कि परमेश्वरले आश्चर्यपूर्ण कुराहरू गर्नुहुँदा उहाँ कति महान हुनुहुन्छ भनी मानिसहरूले देखून् र जानून्, र ता कि म, परमेश्वरको पुत्रले पनि उहाँको महान शक्ति देखाउनेछु।” BSB BSB: When Jesus heard this, He said, “This sickness will not end in death. No, it is for the glory of God, so that the Son of God may be glorified through it.”
5 UDB यतिबेला मार्था, उनकी बहिनी मरियम र लाजरसलाई येशूले प्रेम गर्नुहुन्थ्यो। BSB BSB: Now Jesus loved Martha and her sister and Lazarus.
6 UDB तपनि, जब येशूले लाजरस बिरामी थिए भनी सुन्नुभयो, उहाँले तिनलाई हेर्न जान ढिलो गर्नुभयो। उहाँ जहाँ हुनुहुन्थ्यो त्याहाँ उहाँ अरू दुईदिन बस्नुभयो। BSB BSB: So on hearing that Lazarus was sick, He stayed where He was for two days,
7 UDB त्यसपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “हामी यहूदियाामा फर्केर जाऔं।” BSB BSB: and then He said to the disciples, “Let us go back to Judea.”
8 UDB चेलाहरूले भने, “गुरुज्यू, हिजोअस्ति मात्र तपाईंको विरोध गर्ने यहूदीहरुले ढुङ्गाले हानेर तपाईंको हत्या गर्न चाहान्थे, र अहिले तपाईं फेरि त्यहाँीँ फर्केर जान चाहनु हुन्छ!” BSB BSB: “Rabbi,” they replied, “the Jews just tried to stone You, and You are going back there?”
9 UDB येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “तिमीहरूलाई थाहा छ एक दिनमा बाह्र घण्टा उज्यालो हुन्छ, के त्यो साँचो होइन? दिउँसोको समयमा हिंड्ने कोही पनि सुरक्षित हिंड्नेछ किनभने उसले बाटोमा के छ देख्न सक्छ। BSB BSB: Jesus answered, “Are there not twelve hours of daylight? If anyone walks in the daytime, he will not stumble, because he sees by the light of this world.
10 UDB यद्यपि, जब एकजना व्यक्ति रातको समयमा हिंड्छ, उसलाई सजिलै ठेस लाग्छ किनभने उसले देख्न सक्दैन।” BSB BSB: But if anyone walks at night, he will stumble, because he has no light.”
11 UDB यी कुराहरू भनेपछि, उहाँले तिनीहरूलाई भन्नुभयो, “हाम्रो मित्र लाजरस निन्द्रामा परेका छन्, तर तिनलाई जगाउनलाई म त्यहाँ जानेछु।” BSB BSB: After He had said this, He told them, “Our friend Lazarus has fallen asleep, but I am going there to wake him up.”
12 UDB चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निन्द्रामा परेका छन् भने, तिनी स्वस्थ हुनेछन्।” BSB BSB: His disciples replied, “Lord, if he is sleeping, he will get better.”
13 UDB येशूले वास्तवमा लाजरसको मृत्युको बारेमा बोल्दै हुनुहुन्थ्यो, तर चेलाहरूले सोचे कि उहाँले निन्द्राको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो, जुन हामी सबैलाई थाहा छ, हामीलाई आराम दिन्छ। BSB BSB: They thought that Jesus was talking about actual sleep, but He was speaking about the death of Lazarus.
14 UDB त्यसपछि उहाँले तिनीहरूलाई स्पष्ट रूपमा भन्नुभयो, “लाजरस मरेका छन्।” BSB BSB: So Jesus told them plainly, “Lazarus is dead,
15 UDB यशूले निरन्तर भन्नुभयो, “तर, तिमीहरूकै लागि, म खुशी छु कि तिनको मृत्यु हुँदा म त्यहाँ थिइन, ता कि तिमीहरूले ममा किन विश्वास सक्छौ भनी तिमीहरूले देख्न सक्छौ। अहिले यही समय हो; हामी तिनीकहाँ आऔं।” BSB BSB: and for your sake I am glad I was not there, so that you may believe. But let us go to him.”
16 UDB त्यसपछि थोमाले, जसलाई ‘दिदुमस’ पनि भनिन्थ्यो, बाँकी चेलाहरूसँग भने, “हामी पनि येशूसँगै जाऔं ता कि ाहामी तिनीसँगै मर्न सकौँ।” BSB BSB: Then Thomas called Didymus said to his fellow disciples, “Let us also go, so that we may die with Him.”
17 UDB जब येशू ख्रीष्ट बेथानियाीमा आउनुभयो, लाजरसको मृत्यु पहिले नै भइसकेको र चिहानमा राखिएको चारदिन भइसकेको उहाँले पाउनुभयो। BSB BSB: When Jesus arrived, He found that Lazarus had already spent four days in the tomb.
18 UDB बेथानियाबाट यरूशलेमको दुरी करिब तीन किलोमिटर मात्र थियो। BSB BSB: Now Bethany was near Jerusalem, a little less than two miles away,
19 UDB धेरै यहूदीहरूले लाजरस र तिनको परिवारलाई चिन्थे, र मार्था र मरियमलाई तिनीहरूका भाइको मृत्युमा सान्त्वना दिनलाई उनीहरू यरूशलेमबाट आएका थिए। BSB BSB: and many of the Jews had come to Martha and Mary to console them in the loss of their brother.
20 UDB जब मार्थाले कोही एकजनाबाट येशू नजिकै हुनुहुन्थ्यो भनी सुनिन्, तिनी उहाँलाई भेट्न बाटोमा गइन्। मरियम खडा भइनन् तर घरमै बसिन्। BSB BSB: So when Martha heard that Jesus was coming, she went out to meet Him, but Mary stayed at home.
21 UDB जब मार्थाले येशूलाई देखिन्, तिनले उहाँलाई भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन। BSB BSB: Martha said to Jesus, “Lord, if You had been here, my brother would not have died.
22 UDB तापनि, अहिले पनि म जान्दछु कि तपाईंले परमेश्वरबाट जे माग्नुहुन्छ, परमेश्वरले तपाईंलाई दिनुहुनेछ।” BSB BSB: But even now I know that God will give You whatever You ask of Him.”
23 UDB येशूले तिनलाई भन्नुभयो, “तिम्रो भाइ फेरिी जीवित हुनेछ।” BSB BSB: “Your brother will rise again,” Jesus told her.
24 UDB मार्थाले उहाँलाई भनिन्, “म जान्दछु कि जब परमेश्वरले सबै मृतकहरूलाई अन्तको दिनमा जीवित पार्नुहुनेछ, त्यो दिनमा ऊ फेरि जीवित हुनेछ।” BSB BSB: Martha replied, “I know that he will rise again in the resurrection at the last day.”
25 UDB येशूले तिनलाई भन्नुभयो, “मानिसहरूलाई मृत्युबाट जीवित पार्ने म नै हुँ; तिनीलाई जीवन दिने म नै हुँ। जसले ममा विश्वास गर्छ, यदि ऊ मर्छ भने पनि, तैपनि ऊ फेरि जीवित हुनेछ।” BSB BSB: Jesus said to her, “I am the resurrection and the life. Whoever believes in Me will live, even though he dies.
26 UDB सबैजना जसले जीवन पाउँछन्, मसँग सहभगी हुन्छन् र जसले ममा विश्वास गर्छन्– तिनीहरू कहिल्यै मर्नेछैनन्। के तिमी मलाई विश्वास गर्छौ?” BSB BSB: And everyone who lives and believes in Me will never die. Do you believe this?”
27 UDB तिनले उहाँलाई भनिन्, “गर्छु प्रभु! तपाईं जे भन्नुहुन्छ म विश्वास गर्छु र तपाईं जो हुनुहुन्छ म विश्वास गर्छु, कि परमेश्वरले संसारमा आउनुहुनेछ भनी प्रतिज्ञा गर्नुभएको परमेश्वरका पुत्र, ख्रीष्ट तपाईं नै हुनुहुन्छ। BSB BSB: “Yes, Lord,” she answered, “I believe that You are the Christ, the Son of God, who was to come into the world.”
28 UDB तिनले त्यसो भनेपछि, तिनी घर फर्किन् र आफ्नी बहिनी मरियमलाई एकान्तमा लिएर गइन् र तिनलाई भनिन्, “गुरुज्यू यहाँ हुनुहुन्छ, र उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ।” BSB BSB: After Martha had said this, she went back and called her sister Mary aside to tell her, “The Teacher is here and is asking for you.”
29 UDB जब मरियमले योी सुनिन्, तिनी तुरून्तै उठिन् र उहाँकहाँ गइन्। BSB BSB: And when Mary heard this, she got up quickly and went to Him.
30 UDB यतिबेलासम्म येशू गाउँमा अझै आइपग्नु भएको थिएन; उहाँ अझैसम्म त्यसै ठाउँमा हुनुहुन्थ्यो जहाँ मार्थाले उहाँलाई भेटेकी थिइन्। BSB BSB: Now Jesus had not yet entered the village, but was still at the place where Martha had met Him.
31 UDB दिदी-बहिनीलाई सान्त्वना दिन घरमा आएका मानिसहरूले मरियमलाई तुरून्तै खडा भएको र बाहिर गएको देखे। यसैले, तिनी आफ्नो भाइको लागि शोक मनाउनलाई तिनीहरूले लाजरसलाई दफन गरेको चिहानमा जाँदैछिन् भन्ने सोचेर तिनीहरू तिनको पछि लागे। BSB BSB: When the Jews who were in the house consoling Mary saw how quickly she got up and went out, they followed her, supposing she was going to the tomb to mourn there.
32 UDB मरियम येशू हुनुभएको ठउँमा आइन्; जब तिनले उहाँलाई देखिन्, तिनी उहाँको अघि उहाँको पाउमा घोप्टो परिन् र भनिन्, “प्रभु, यदि तपाईं यहाँ हुनुभएको भए, मेरो भाइ मर्ने थिएन।” BSB BSB: When Mary came to Jesus and saw Him, she fell at His feet and said, “Lord, if You had been here, my brother would not have died.”
34 UDB यहाँले भन्नुभयो, “तिमीहरूले तिनको शरीर कहाँ राखेका छौ?” तिनीहरूले उहाँलाई भने, “प्रभु, आउनुहोस् र हेर्नुहो्स्।” BSB BSB: “Where have you put him?” He asked. “Come and see, Lord,” they answered.
36 UDB त्यसैले यहूदीहरूले भने, “हेर तिनले लाजरसलाई कति धेरै माया गर्थे!” BSB BSB: Then the Jews said, “See how He loved him!”
37 UDB यद्यपि, अरू कसैले भने, “के तिनले दृष्टि विहिन मानिसको आँखा खोलेका थिएनन्? किन तिनले यस मानिसलाई मर्नबाट रोक्न सकेनन्?” BSB BSB: But some of them asked, “Could not this man who opened the eyes of the blind also have kept Lazarus from dying?”
38 UDB येशू चिहानमा आउनुहुँदा उहाँ शरीरिक रूपमा कामेको र भावनात्मक रूपमा विचलित हुनुभएको थियो। यो एउटा गुफा थियो र एउटा ठुलो ढुङ्गाद्वारा प्रवेशद्वार छेकिएको थियो। BSB BSB: Jesus, once again deeply moved, came to the tomb. It was a cave with a stone laid across the entrance.
39 UDB त्यहाँ खडा भएकाहरूलाई येशूले आज्ञा गर्नुभयो, “ढुंगा हटाऊ,”। यद्यपि, मार्थाले आपत्ति जनाइन्, “प्रभु, यो समयसम्म त त्यहाँ दुर्गन्ध फैलिएको होला, किनभने उसको मृत्यु भएको चार दिन भइसेकोको छ।” BSB BSB: “Take away the stone,” Jesus said. “Lord, by now he stinks,” said Martha, the sister of the dead man. “It has already been four days.”
40 UDB येशूले तिनलाई भन्नुभयो, “यदि तिमीले ममा विश्वास गर्यौ भने, परमेश्वर को हुनुहुन्छ तिमीले देख्नेछौ र परमेश्वरले के गर्न सक्नुहुन्छ तिमीले जान्नेछौ भनेर मैले तिमीलाई भन्दा, के मैले तिमीलाई साँचो भनेको थिइन र?” BSB BSB: Jesus replied, “Did I not tell you that if you believed, you would see the glory of God?”
41 UDB यसैले तिनीहरूले त्यो ढङ्गा हटाए। येशूले माथि स्वर्गतिर हेर्नुभयो र भन्नुभयो, “पिता, म तपाईंलाई धन्यावाद दिन्छु कि तपाईंले मेरो विन्ती सुन्नुभएको छ। BSB BSB: So they took away the stone. Then Jesus lifted His eyes upward and said, “Father, I thank You that You have heard Me.
42 UDB म जान्दछु कि तपाईंले सधैँ मेरो विन्ती सुन्नुहुन्छ। यहाँ खडा भइरहेका मानिसहरूको कारणले मैले यो मागेँ ता कि तपाईंमा तिनीहरूले आफ्नो विश्वास राख्न सकून् र तपाईंले मलाई पठाउनुभयो भन्ने कुरामा दृड विश्वास होस्।” BSB BSB: I knew that You always hear Me, but I say this for the benefit of the people standing here, so they may believe that You sent Me.”
43 UDB उहाँले त्यसो भनेपछि, उहाँले ठुलो स्वरमा कराउनुभयो, “लाजरस, बाहिर आऊ!” BSB BSB: After Jesus had said this, He called out in a loud voice, “Lazarus, come out!”
44 UDB त्यो मानिस जो मरेको थियो बाहिर आयो! उसकाो हातहरूमा अझै कपडा बेरिएको थियो र उसका खुट्टाहरूमा सुति कपडा लामा टुक्रहरू बाँधिएका थिए, र उसको अनुहार वरिपरि पनि कपडा बेरिएको थियो। येशूले तिनीहरूलाई भन्नुभयो, “उसलाई बाँधिरेखेका कपडाका लामा टुक्राहरू खोल र उसलाई फुकाई देऊ। उसलाई जान देऊ।” BSB BSB: The man who had been dead came out with his hands and feet bound in strips of linen, and his face wrapped in a cloth. “Unwrap him and let him go,” Jesus told them.
45 UDB यसको परिणाम, धेरैजना यहूदीहरू जो मरियमलाई भेट्न आएका थिए र येशूले गर्नुभएको कामको गवाही भएका थिए, आफ्नो विश्वास उहाँमा राखे। BSB BSB: Therefore many of the Jews who had come to Mary, and had seen what Jesus did, believed in Him.
46 UDB तपनि, अरूहरूमध्ये कोही फरिसीहरूकहाँ गए र येशूले जे गर्नुभएको थियो तिनीहरूलाई भने। BSB BSB: But some of them went to the Pharisees and told them what Jesus had done.
47 UDB यसैले मुख्य पुूजारीहरू र फरिसीहरूले यहूदी परिषद्को सबै सदस्यहरूलाई भेला गरे। तिनीहरू एक आपसमा भन्दै थिए, “हामी के गर्न जाँदैछौं? यो मानिसले धेरै आश्चर्यका कामहरू गर्दै छ। BSB BSB: Then the chief priests and Pharisees convened the Sanhedrin and said, “What are we to do? This man is performing many signs.
48 UDB यदि हामीले उसलाई ती कुरा गरिरहन अनुमती दिन्छौं भने, हरेकले उसमा विश्वास गर्ने छ र रोमको विरोध गर्ने छ। त्यसपछि रोमी सेनाहरू आउने छन् र हाम्रो मन्दिर र हाम्रो जाती दुवैलाई नाश गर्ने छन्।” BSB BSB: If we let Him go on like this, everyone will believe in Him, and then the Romans will come and take away both our place and our nation.”
49 UDB परिषदमा भएकाहरूमध्ये एकजना कैयाफा त्यसो वर्षका प्रधान पुजारी थिए। तिनले तिनीहरूलाई भने, “तिमीहरू सबलाई केही थाहा छैन! BSB BSB: But one of them, named Caiaphas, who was high priest that year, said to them, “You know nothing at all!
50 UDB सम्पूर्ण जाति नाश हुनुभन्दा मानिसहरूका लागि एकजना व्यक्ति मर्नु असल हो भन्ने के तिमीहरू महसुस गर्दैनौ?” BSB BSB: You do not realize that it is better for you that one man die for the people than that the whole nation perish.”
51 UDB त्यो कुराको बारेमा तिनले आफैँले विचार गरेको कारणले त्यसो भनेका थिएनन्। त्यसको साटो, तिनी त्यस वर्षको प्रधान पुजारी भएको कारणले तिनले अगमवाणी गर्दै थिए कि यहूदी जातिको लागि येशू मर्नुहुने छ। BSB BSB: Caiaphas did not say this on his own. Instead, as high priest that year, he was prophesying that Jesus would die for the nation,
52 UDB तर तिनले यो पनि अगमवाणी गर्दै थिए कि यहूदी जातिको लागि मात्र होइन, तर अरूका लागि पनि येशू मर्नुहुन्छ, यसरी अन्यत्र सबै ठाउँहरूमा बसोवास गर्ने परमेश्वरका सबै छोरा-छोरीलाई उहाँले एउटै जातीमा समेट्न सक्नुहुन्छ। BSB BSB: and not only for the nation, but also for the scattered children of God, to gather them together into one.
53 UDB यसैले त्यसदेखि पछिका दिनमा, येशूलाई गिरफ्तार गर्न र उहाँलाई मृत्युमा पुर्याउन परिषदले कुनै उपाय खोज्न थाल्यो। BSB BSB: So from that day on they plotted to kill Him.
54 UDB त्यो कारणले, आफ्ना यहूदी विरोधीहरूको माझमा येशूले खुल्ला रूपमा वरिपरि यात्रा गर्नुभएन। त्यसको साटोमा, उहाँले यरूशलेम छोड्नुभयो र, आफ्ना चेलाहरूकासाथ उजाड-स्थान र मरूभूमि क्षेत्र नजिकमा भएको एफ्राइम भनिने नगरमा जानुभयो। BSB BSB: As a result, Jesus no longer went about publicly among the Jews, but He withdrew to a town called Ephraim in an area near the wilderness. And He stayed there with the disciples.
55 UDB यहूदीहरू निस्तार-चाडको उत्सवको समय हुनै लागेको थियो, र देश र गाउँहरूबाट धेरैजना आराधकहरू यरूशलेममा गए। यहूदी नियमहरू अनुसार आफैँलाई शुद्ध बनाउने तयारी गर्नलाई तिनीहरू आफू नुहाउने गर्थे, जसले गर्दा तिनीहरूलाई निस्तार-चाडको उत्सव मनाउने अनुमती हुन्थ्यो। BSB BSB: Now the Jewish Passover was near, and many people went up from the country to Jerusalem to purify themselves before the Passover.
56 UDB निस्तार-चाड मनाउन यरूशलेममा आएका सबै आराधकहरूले येशूलाई खोज्दै थिए। जब तिनीहरू आए, र मन्दिरमा खडा भए, तिनीहरूले एक अर्कालाई भने, “तपाईंको के विचार गर्नुहुन्छ?” उहाँ निस्तार-चाडमा आउनुहुन्न होला, के उहाँ आउनुहोला?” BSB BSB: They kept looking for Jesus and asking one another as they stood in the temple courts, “What do you think? Will He come to the feast at all?”
57 UDB यहूदी मुख्य पुजारीहरू र फरिसीहरूले आदेश जारी गरेका थिए कि यदि कसैले येशूलाई कहाँ हुनुहुन्थ्यो भन्ने पत्ता लगाउनेबित्तिकै उनीहरूले तिनीहरूलाई खबर गर्नुपर्छ ता कि तिनीहरूले उहाँलाई गिरफ्तार गर्न सक्छन्। BSB BSB: But the chief priests and Pharisees had given orders that anyone who knew where He was must report it, so that they could arrest Him.
Select verses for actions: Enter goes to them and Escape comes back.