1 UDB एकदिन, जुन विश्रामको दिन थियो, येशू फरिसीहरूका अगुवाहरूमध्ये एकजनाको घरमा खानलाई जानुभयो र तिनीहरूले उहाँलाई होशियार भएर हेर्दैथिए। BSB BSB: One Sabbath, Jesus went to eat in the home of a leading Pharisee, and those in attendance were watching Him closely.
2 UDB येशूको ठीक अगाडि त्यहाँ एकजना मानिस थिए जसलाई एउटा रोग थियो जसले तिनका हातहरू र गोडाहरू एकदमै सुनिने बनाउँथ्यो। BSB BSB: Right there before Him was a man with dropsy.
3 UDB येशूले त्यहाँ उपस्थित यहूदी व्यवस्थाका विज्ञहरू र फरिसीहरूलाई सोध्नुभयो, “विश्रामको दिनमा मानिसलाई निको पार्न परमेश्वरको ब्यवस्थामा अनुमति दिइएको छ वा छैन?” BSB BSB: So Jesus asked the experts in the law and the Pharisees, “Is it lawful to heal on the Sabbath or not?”
4 UDB तिनीहरूले जवाफ दिएनन्। त्यसैले येशूले आफ्ना हातहरू त्यस मानिसमाथि राख्नुभयो र तिनलाई निको पार्नुभयो। त्यसपछि उहाँले तिनलाई भन्नुभयो तिनी जान सक्छन्। BSB BSB: But they remained silent. Then Jesus took hold of the man, healed him, and sent him on his way.
5 UDB र त्यहाँ भएका अरूहरूलाई उहाँले भन्नुभयो, “यदि तिमीहरूसित एउटा छोरा वा गोरू थियो जुन विश्रामको दिनमा इनारभित्र खस्यो भने, के तिमीहरूले त्यसलाई तुरून्तै बाहिर निकाल्दैनौ र?” BSB BSB: And He asked them, “Which of you whose son or ox falls into a pit on the Sabbath day will not immediately pull him out?”
6 UDB फेरी पनि तिनीहरूले उहाँलाई जवाफ दिन सकेनन्। BSB BSB: And they were unable to answer these questions.
7 UDB येशूले ध्यान दिनुभयो कि मानिसहरू जसलाई भोजमा निम्तो दिइएको थियो, तिनीहरूले समान्यतया महत्वपूर्ण मानिसहरू बस्ने आसनहरूमा बस्न खोज्दैथिए। त्यसपछि उहाँले तिनीहरूलाई यो सुझाव दिनुभयो: BSB BSB: When Jesus noticed how the guests chose the places of honor, He told them a parable:
8 UDB “जब तिमीहरूमध्ये एकजनालाई कसैद्वारा विवाह भोजमा निम्तो दिइन्छ, तब महत्वपूर्ण मानिसहरू बस्ने आसनमा नबस। तिमीभन्दा धेरै महत्त्वपूर्ण एकजना मानिसलाई पनि भोजमा निम्तो दिइएको हुनसक्छ। BSB BSB: “When you are invited to a wedding banquet, do not sit in the place of honor, in case someone more distinguished than you has been invited.
9 UDB जब त्यो मानिस आउँछ, तिमीहरू दुवैलाई निम्तो दिने मानिस तिमीकहाँ आएर भन्नेछन्, ‘तपाईं बसेको आसन उहाँलाई दिनुहोस्!’ त्यसपछि तिमीले एकदमै कम महत्त्वपूर्ण आसन लिनुपर्नेछ र तिमी लज्जित हुनेछौ। BSB BSB: Then the host who invited both of you will come and tell you, ‘Give this man your seat.’ And in humiliation, you will have to take the last place.
10 UDB त्यसको साटो, जब तिमीहरूलाई भोजमा निम्तो दिइन्छ, तब जाऊ र एकदमै कम महत्त्वपूर्ण आसनमा बस। त्यसपछि जब सबैलाई निम्तो दिने मानिस आउनेछन्, तिनले तिमीलाई भन्नेछन्, ‘मित्र, आउनुहोस् उत्तम आसनमा बस्नुहोस्!’ त्यसपछि तिमीसँग खाइरहेका सबै मानिसहरूले तिनले तिमीलाई सम्मान गर्दैछन् भनी देख्नेछन्। BSB BSB: But when you are invited, go and sit in the last place, so that your host will come and tell you, ‘Friend, move up to a better place.’ Then you will be honored in front of everyone at the table with you.
11 UDB किनकि जसले आफूलाई उच्च पार्छन् तिनीहरूलाई परमेश्वरले होच्याउँनु हुनेछ र जसले आफूलाई होच्याउँछन् तिनीहरूलाई उहाँले उच्च पार्नुहुनेछ। BSB BSB: For everyone who exalts himself will be humbled, and the one who humbles himself will be exalted.”
12 UDB येशूले भोजमा उहाँलाई निम्तो दिने फरिसीलाई पनि भन्नुभयो, “जब तिमीले मानिसहरूलाई दिवा वा रात्री भोजमा निम्तो दिन्छौ, तब आफ्ना मित्रहरू, आफन्तहरू वा धनी छिमेकीहरूलाई मात्र निम्तो नदेऊ, किनकि तिनीहरूले पछि तिमीलाई पनि एउटा भोजमा निम्तो दिएर सट्टा तिर्नेछन्। BSB BSB: Then Jesus said to the man who had invited Him, “When you host a dinner or a banquet, do not invite your friends or brothers or relatives or rich neighbors. Otherwise, they may invite you in return, and you will be repaid.
13 UDB त्यसको साटो, जब तिमीले एउटा भोज दिन्छौ गरीब मनिसहरू, कुँजा मनिसहरू, लङ्डा मनिसहरू वा अन्धा मानिसहरूलाई निम्तो देऊ। BSB BSB: But when you host a banquet, invite the poor, the crippled, the lame, and the blind,
14 UDB तिनीहरूले तिमीलाई सट्टा तिर्न सक्ने छैनन्। तर परमेश्वरले तिमीलाई आशिष् दिनुहुनेछ! उहाँले तिमीलाई धर्मीहरूको पुनरुत्थानमा सट्टा दिनुहुनेछ। BSB BSB: and you will be blessed. Since they cannot repay you, you will be repaid at the resurrection of the righteous.”
15 UDB उहाँसँगै खाँदै गरेकाहरूमध्ये एकजनाले उहाँले त्यसो भनेको सुने। तिनले येशूलाई भने, “परमेश्वरले सबै ठाउँमा शासन गर्न सुरु गर्नुभएको छ भनी उत्सव मनाउनलाई भोज खाने हरेकलाई परमेश्वरले साँच्चै नै आशिष् दिनुभएको छ!” BSB BSB: When one of those reclining with Him heard this, he said to Jesus, “Blessed is everyone who will eat at the feast in the kingdom of God.”
16 UDB येशूले तिनलाई जवाफ दिनुभयो, “एकपल्ट एकजना मानिसले एउटा ठूलो भोज तयार गर्ने निर्णय गरे। तिनले धेरै मानिसहरूलाई आउने निम्तो दिए। BSB BSB: But Jesus replied, “A certain man prepared a great banquet and invited many guests.
17 UDB जब त्यो भोजको दिन थियो, तिनले निम्तो पाएकाहरूलाई यसो भन्न आफ्नो सेवकलाई पठाए, ‘अब आऊनुहोस् किनभने सबै कुरा तयार छ!’ BSB BSB: When it was time for the banquet, he sent his servant to tell those who had been invited, ‘Come, for everything is now ready.’
18 UDB तर जब त्यस सेवकले त्यसै गरे, तिनले निम्तो दिएका सबै मानिसहरूले आफू आउन नसक्ने कारण भन्न लागे। सेवकले बोलाउन गएको पहिलो मानिसले भने, ‘मैले भर्खरै एउटा खेत किनेको छु, र म त्यहाँ जानैपर्छ र त्यो हेर्नैपर्छ। आउन नसकेको लागि कृपा गरी मलाई क्षमा गर्न तिम्रो मालिकलाई भन!’ BSB BSB: But one after another they all began to make excuses. The first one said, ‘I have bought a field, and I need to go see it. Please excuse me.’
19 UDB अर्को व्यक्तिले भने, ‘मैले भर्खरै पाँच हल गोरूहरू किनेको छु र तिनीहरूको परिक्षण गर्न म जानैपर्छ। आउन नसकेको लागि कृपा गरी मलाई क्षमा गर्न तिम्रो मालिकलाई भन!’ BSB BSB: Another said, ‘I have bought five yoke of oxen, and I am going to try them out. Please excuse me.’
20 UDB अर्को व्यक्तिले भने, ‘मेरो भर्खरै विवाह भएको छ, त्यसैले म आऊन सक्दिन।’ BSB BSB: Still another said, ‘I have married a wife, so I cannot come.’
21 UDB त्यसैले त्यो नोकर मालिककहाँ फर्कियो र सबैले भनेका कुराको विवरण दियो। घरको मालिक रिसाए र आफ्नो नोकरलाई भने, ‘तुरून्तै सहरका सडकहरू र गल्लीहरूमा जाऊ, र गरीब र कुँजा र अन्धा र लङ्डा मानिसहरूलाई भेट र तिनीहरूलाई यहाँ मेरो घरमा लिएर आऊ!’ BSB BSB: The servant returned and reported all this to his master. Then the owner of the house became angry and said to his servant, ‘Go out quickly into the streets and alleys of the city, and bring in the poor, the crippled, the blind, and the lame.’
22 UDB त्यो नोकर बाहिर गयो र त्यसै गर्यो, त्यसपछि त्यो फर्केर आयो र भन्यो, ‘मालिक, तपाईंले मलाई जे गर्न भन्नुभयो त्यो मैले त्यही गरेको छु, तर अझै पनि त्यहाँ धेरै मानिसहरूका लागि ठाउँ छ।’ BSB BSB: ‘Sir,’ the servant replied, ‘what you ordered has been done, and there is still room.’
23 UDB त्यसैले त्यसका मालिकले त्यसलाई भने, ‘त्यसो भए सहर बाहिर जाऊ। राजमार्गहरूमा भएका मानिसहरूलाई खोज। बार लगाइएका साँगुरा गल्लीहरूमा पनि खोज। ती ठाउँहरूमा भएका मानिसहरूलाई मेरो घरमा आउनलाई जोडदार अनुरोध गर। म यसलाई मानिसहरूले खचाखच भएको चाहन्छु! BSB BSB: So the master told his servant, ‘Go out to the highways and hedges and compel them to come in, so that my house will be full.
24 UDB अझ म तिमीहरूलाई भन्छु, जसलाई पहिले निम्तो दिइएको थियो तिनीहरूले मेरो भोजमा रमाउन पाउने छैनन् किनभने तिनीहरूले आउनलाई इन्कार गरे।’” BSB BSB: For I tell you, not one of those men who were invited will taste my banquet.’”
27 UDB जसले आफ्नो क्रूस आफैँ बोक्दैन र जसले मेरो आज्ञा पालन गर्दैन, ऊ मेरो चेला हुन सक्दैन। BSB BSB: And whoever does not carry his cross and follow Me cannot be My disciple.
28 UDB यदि तिमीहरूमध्ये कसैले एउटा धरहरा बनाउने इच्छा गर्यो भने के तिमी पहिले बसेर त्यसको खर्च कति हुनेछ भनी हिसाब गर्दैनौ र? त्यसपछि त्यो काम पूरा गर्नलाई यथेष्ट रकम तिमीसित छ कि छैन भनी तिमीले हिसाब गर्न सक्नेछौ। BSB BSB: Which of you, wishing to build a tower, does not first sit down and count the cost to see if he has the resources to complete it?
29 UDB अन्यथा, यदि तिमीले जग राख्यौ र धरहराको बाँकी काम सिध्याउन सकेनौ भने, त्यसलाई देख्ने हरेकले तिमीलाई गिज्याउनेछ। BSB BSB: Otherwise, if he lays the foundation and is unable to finish the work, everyone who sees it will ridicule him,
30 UDB तिनीहरूले भन्नेछन्, ‘यो मानिसले धरहरा बनाउन सुरु त गर्यो तर उसले त्यसलाई सिध्याउन सकेन!’ BSB BSB: saying, ‘This man could not finish what he started to build.’
31 UDB वा, यदि एउटा राजाले अर्को राजासँग लडाईं गर्नलाई आफ्नो फौज पठाउने निर्णय गर्यो भने, तिनी निश्चय नै पहिले तिनलाई सल्लाहा दिनेहरूसित बस्नेछन्। दस हजार सेनाहरू मात्र भएको तिनको फौजले, बीस हजार सेना भएको अर्को राजाको फौजलाई जित्न सक्छन् कि सक्दैनन् भनेर तिनीहरू पक्का गर्नेछन्। BSB BSB: Or what king on his way to war with another king will not first sit down and consider whether he can engage with ten thousand men the one coming against him with twenty thousand?
32 UDB यदि तिनको फौजले अर्को फौजलाई जित्न सक्दैन भन्ने निर्णय तिनले गर्छन् भने, अर्को फौज टाढा हुँदा नै तिनले एउटा सन्देशवाहकलाई अर्को राजाकाहाँ पठाउँनेछन्। त्यो राजालाई यसो भन्न तिनले सन्देशवाहकलाई भन्नेछन्, ‘तपाईंसँग मिलाप गर्न मैले के के कुराहरू गर्नुपर्छ?’ BSB BSB: And if he is unable, he will send a delegation while the other king is still far off, to ask for terms of peace.
33 UDB त्यसैले, यसैगरी, यदि तिमीहरूमध्ये कसैले पहिले आफूसँग भएका सबै कुरा त्याग्ने निर्णय गर्दैनौ भने, तिमीहरू मेरा चेला बन्न सक्दैनौँ।” BSB BSB: In the same way, any one of you who does not give up everything he has cannot be My disciple.
34 UDB येशूले यो पनि भन्नुभयो, “तिमीहरू नून जस्तै हौ, जुन धेरै उपयोगी हुन्छ। तर यदि नूनले आफ्नो नुनिलो स्वाद गुमायो भने त्यसलाई फेरी कहिल्यै नुनिलो स्वाद दिने बनाउन सकिन्छ र? BSB BSB: Salt is good, but if the salt loses its savor, with what will it be seasoned?
35 UDB यदि नूनको स्वाद नूनिलो भएन भने त्यो माटो वा मलको लागि समेत केही कामको हुँदैन। मानिसहरूले त्यसलाई फ्याँकिदिन्छन्। जे म तिमीहरूलाई भन्दैछु त्यसलाई तिमीहरूमध्ये हरेकले होशियारीसाथ सुन्नुपर्छ।” BSB BSB: It is fit neither for the soil nor for the manure pile, and it is thrown out. He who has ears to hear, let him hear.”