2 UDB येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “के गालीलका ती मानिसहरू अरू सबै गालीलीहरू भन्दा धेरै पापी भएको कारणले यस्तो भयो भनि तिमीहरू विचार गर्छौ?” BSB BSB: To this He replied, “Do you think that these Galileans were worse sinners than all the other Galileans, because they suffered this way?
3 UDB म तिमीहरूलाई पक्का भन्छु, त्यो कारण थिएन! तर यदि तिमीहरू आफ्ना पापी व्यवहारबाट फर्किंदैनौ भने, परमेश्वरले तिमीहरूलाई पनि त्यसरी नै दण्ड दिनुहुनेछ भनी तिमीहरूले याद गर्नुपर्छ। BSB BSB: No, I tell you. But unless you repent, you too will all perish.
4 UDB वा यरूशलेमको बाहिर सिलोआमको धरहरा भत्केर तिनीहरूमाथि खस्दा मरेका अठारजना मानिसहरूका बारेमा के भन्छौ? के तिनीहरू यरूशलेममा भएका हरेक मानिसभन्दा घिनलाग्दा पापीहरू भएको कारणले यस्तो भयो भनि तिमीहरू विचार गर्छौ? BSB BSB: Or those eighteen who were killed when the tower of Siloam collapsed on them: Do you think that they were more sinful than all the others living in Jerusalem?
5 UDB म तिमीहरूलाई पक्का भन्छु त्यो कारण थिएन! तर त्यसको सटोमा, यदि तिमीहरू आफ्ना पापी व्यवहारबाट फर्किंदैनौ भने, परमेश्वरले तिमीहरूलाई पनि त्यसरी नै दण्ड दिनुहुनेछ भनी तिमीहरूले महसूस गर्नुपर्छ!” BSB BSB: No, I tell you. But unless you repent, you too will all perish.”
7 UDB त्यसपछि तिनले मालीलाई भने, “यस रूखलाई हेर! मैले गएको तीन वर्षदेखि प्रत्येक वर्ष यसमा फल खोजिरहेको छु तर यसमा अञ्जीरहरू छैनन्। यसलाई काटेर ढाल! यसले बिनाकाम माटोको पौष्टिक तत्वहरु लिँदैछ! BSB BSB: So he said to the keeper of the vineyard, ‘Look, for the past three years I have come to search for fruit on this fig tree and haven’t found any. Therefore cut it down! Why should it use up the soil?’
8 UDB तर मालीले जवाफ दिए, ‘मालिक, यसलाई यहाँ एकवर्ष छोडिदिनुहोस्। म यसको परिपरि खान्नेछु र मलजल गर्छु। BSB BSB: ‘Sir,’ the man replied, ‘leave it alone again this year, until I dig around it and fertilize it.
9 UDB यदि यसमा अर्कोवर्ष अञ्जीर फल्यो भने हामी यसलाई बढ्न दिन सक्छौं! तर यदि यसले त्यो बेलासम्म कुनै फल फलाएन भने तपाईंले यसलाई काटेर ढल्न सक्नुहुन्छ।’” BSB BSB: If it bears fruit next year, fine. But if not, you can cut it down.’”
10 UDB एक यहूदी विश्रामको दिनमा, सभाघरहरूमध्ये कुनै एउटामा येशूले मानिसहरूलाई शिक्षा दिंदै हुनुहुन्थ्यो। BSB BSB: One Sabbath Jesus was teaching in one of the synagogues,
11 UDB त्यहाँ एकजना स्त्री थिइन् जसलाई एउटा दुष्ट आत्माले अठार वर्षसम्म कुँजो बनाएको थियो। तिनी सधैँ कुप्रो थिइन्; तिनी सिधा उभिन सक्दिन थिइन्। BSB BSB: and a woman there had been disabled by a spirit for eighteen years. She was hunched over and could not stand up straight.
12 UDB जब येशूले तिनलाई देख्नुभयो, तिनलाई आफूकहाँ बोलाउनुभयो। उहाँले तिनलाई भन्नुभयो, “ए नारी, मैले तिमीलाई यस रोगबाट निको पारेको छु!” BSB BSB: When Jesus saw her, He called her over and said, “Woman, you are set free from your disability.”
13 UDB उहाँले आफ्नो हातहरू तिनीमाथि राख्नुभयो। तुरन्तै तिनी सिधा खडा भइन् र परमेश्वरको प्रशंसा गर्न लागिन्! BSB BSB: Then He placed His hands on her, and immediately she straightened up and began to glorify God.
14 UDB तर यहूदी विश्रामको दिनमा येशूले तिनलाई निको पार्नुभएको कारणले सभाघरका अगुवा रिसाए। त्यसैले तिनले मानिसहरूलाई भने, “प्रत्येक हप्तामा छ दिन छन् जसमा हाम्रो व्यवस्थाले मानिसहरूलाई काम गर्ने अनुमति दिन्छ। यदि तपाईंहरूलाई निको हुनु छ भने, ती दिनहरूमा सभाघरमा आउनुहोस् र निको हुनुहोस्। हाम्रो विश्रामको दिनमा नआउनुहोस्!” BSB BSB: But the synagogue leader was indignant that Jesus had healed on the Sabbath. “There are six days for work,” he told the crowd. “So come and be healed on those days and not on the Sabbath.”
15 UDB त्यसपछि प्रभुले तिनलाई जवाफ दिनुभयो, “तिमी र तिम्रा अरू धार्मिक अगुवाहरू कपटीहरू हौ! कुनैबेला तिमीहरू प्रत्येकले विश्रामको दिनमा काम गर्छौ! तिमीहरू आफ्नो गोरु वा गधालाई खाना खाने ठाउँबाट पानी पिउने ठाउँमा त्यसलाई लैजानलाई फुकाउँदैनौ र? BSB BSB: “You hypocrites!” the Lord replied. “Does not each of you on the Sabbath untie his ox or donkey from the stall and lead it to water?
16 UDB यिनी एक यहूदी स्त्री, अब्रहामकै सन्तान हुन्! तर शैतानले तिनलाई अठार वर्षदेखि कुँजो बनाएको छ, जस्तो कि त्यसले तिनलाई बाँधेको थियो! यो मैले विश्रामकै दिनमा गरेको भए पनि तिनलाई मैले शैतानबाट छुटकारा दिने कुरा त ठीकै हो भनी तिमीहरू निश्चित रूपमा सहमत हुन्छौ!” BSB BSB: Then should not this daughter of Abraham, whom Satan has kept bound for eighteen long years, be released from her bondage on the Sabbath day?”
17 UDB उहाँले त्यसो भनेपछि, उहाँका शत्रुहरू आफैँमा लज्जित भए। तर उहाँले गर्दै रहेका सबै आश्चर्यपूर्ण कुराहरूका बारेमा अरू मनिसहरू खुशी थिए। BSB BSB: When Jesus said this, all His adversaries were humiliated. And the whole crowd rejoiced at all the glorious things He was doing.
18 UDB त्यसपछि उहाँले भन्नुभयो, “जब परमेश्वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्छ, तब त्यो कस्तो हुनेछ भनी म कसरी प्रष्ट पारूँ? त्यो कस्तो हुनेछ म तिमीहरूलाई भन्नेछु। BSB BSB: Then Jesus asked, “What is the kingdom of God like? To what can I compare it?
19 UDB यो एउटा सानो रायोको दानाजस्तो हो जसलाई एकजना मानिसले आफ्नो बारीमा रोपे। यो एउटा रूख जस्तो ठूलो नभएसम्म बढ्यो। यो यति ठूलो भयो कि यसका हाँगाहरूमा चराहरूले गुँडहरू बनाए। BSB BSB: It is like a mustard seed that a man tossed into his garden. It grew and became a tree, and the birds of the air nested in its branches.”
20 UDB त्यसपछि फेरी उहाँले भन्नुभयो, “जब परमेश्वरले आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुन्छ, तब त्यो कस्तो हुनेछ भनी म तिमीहरूलाई अर्को किसिमले भन्नेछु। BSB BSB: Again He asked, “To what can I compare the kingdom of God?
21 UDB यो थोरै खमीर जस्तो हो जसलाई एकजना स्त्रीले पच्चीस किलो जति पिठोमा मिसाएर मुछिन्। त्यो थोरै मात्रामा भएको खमीरले मुछेको पिठो सबै फुलाएर ठूलो बनायो। BSB BSB: It is like leaven that a woman took and mixed into three measures of flour, until all of it was leavened.”
22 UDB येशूले निरन्तर यरूशलेमतर्फ यात्रा गर्नुभयो। बाटोमा पर्ने सबै नगरहरू र गाउँहरूमा उहाँ रोकिनुभयो र मानिसहरूलाई सिकाउनुभयो। BSB BSB: Then Jesus traveled throughout the towns and villages, teaching as He made His way toward Jerusalem.
23 UDB कसैले उहाँलाई सोधे, “प्रभु, के परमेश्वरले थोरै मानिसलाई मात्र बचाउनुहुनेछ?” येशूले जवाफ दिनुभयो, BSB BSB: “Lord,” someone asked Him, “will only a few people be saved?” Jesus answered,
24 UDB “साँघुरो ढोकाबाट भित्र जानलाई तिमीहरूले कठोर मेहनत गर्नुपर्छ। म तिमीलाई भन्छु, धेरै मानिसहरूले अरू कुनै बाटो जाने कोसिस गर्नेर्छन् तर तिनीहरू भित्र जान सक्ने छैनन्। BSB BSB: “Make every effort to enter through the narrow door. For many, I tell you, will try to enter and will not be able.
25 UDB घरको मालिक उठेपछि र ढोका भन्द गरेपछि तिमीहरू बाहिर खडा हुनेछौ र तिमीहरूले ढोका ढक्ढक्याउनेछौ। र तिमीहरूले मालिकलाई विन्ती गर्नेछौ र तिनलाई भन्नेछौ, ‘प्रभु, हाम्रा निम्ति ढोका खोल्नुहोस्!’ तर तिनले जवाफ दिनेछन्, ‘अहँ, म त्यो खोल्ने छैन, किनभने म तिमीहरूलाई चिन्दिन र तिमीहरू कहाँबाट आएका हौ म जान्दिन!’ BSB BSB: After the master of the house gets up and shuts the door, you will stand outside knocking and saying, ‘Lord, open the door for us.’ But he will reply, ‘I do not know where you are from.’
26 UDB त्यसपछि तिमीहरूले भन्नेछौ, ‘तपाईंले बिर्सिएको हुनुपर्छ कि हामीले तपाईंसँग खाना खायौं र तपाईंले हाम्रो नगरका सडकहरूमा हामीलाई सिकाउनुभयो!’ BSB BSB: Then you will say, ‘We ate and drank with you, and you taught in our streets.’
27 UDB तर तिनले भन्नेछन्,‘म तिमीहरूलाई फेरि भन्छु, म तिमीहरूलाई चिन्दिन र तिमीहरू कहाँबाट आएका हौ म जान्दिन!’ तिमीहरू दुष्ट मानिसहरू हौ! यहाँबाट गइहाल!’” BSB BSB: And he will answer, ‘I tell you, I do not know where you are from. Depart from me, all you evildoers.’
28 UDB त्यसपछि येशूले निरन्तर भन्नुभयो, “तिमीहरूले अब्राहाम, इसहाक र याकुबलाई टाढा देख्नेछौ। धेरै अघि बाँचेका सबै अगमवक्ताहरू पनि त्यहाँ हुनेछन्, जहाँ परमेश्वरले राजाको रूपमा सबै थोकहरूमाथि शासन गर्नुहुनेछ। तर तिमीहरूचाहिँ रुँदै र पीडामा आफ्ना दाह्राहरू किट्दै बाहिरै रहनेछौ! BSB BSB: There will be weeping and gnashing of teeth when you see Abraham, Isaac, Jacob, and all the prophets in the kingdom of God, but you yourselves are thrown out.
29 UDB त्यहाँ धेरै गैर-यहूदीहरू पनि भित्रै हुनेछन्। उत्तर, पूर्व, दक्षिण र पश्चिमका देशहरूबाट आएकाहरू एकै ठाउँमा हुनेछन्। परमेश्वरले सबै थोकहरूमाथि शासन गर्नुहुँदा तिनीहरूले उत्सव मनाउनलाई भोज गर्नेछन्। BSB BSB: People will come from east and west and north and south, and will recline at the table in the kingdom of God.
30 UDB यस बारेमा विचार गर: “अहिले एकदम कम महत्वपूर्ण जस्ता केही मानिसहरू त्यतिबेला एकदम धेरै महत्वपूर्ण हुनेछन् र अहिले महत्वपूर्ण जस्ता अरूहरू त्यतिबेला एकदम कम महत्वपूर्ण हुनेछन्।” BSB BSB: And indeed, some who are last will be first, and some who are first will be last.”
31 UDB त्यसै दिन, केही फरिसीहरू आए र येशूलाई भने, “यो ईलाका छोडेर जानुहोस् किनभने शासक हेरोद एन्तिपसले तपाईंलाई मार्न चाहान्छन्!” BSB BSB: At that very hour, some Pharisees came to Jesus and told Him, “Leave this place and get away, because Herod wants to kill You.”
32 UDB उहाँले तिनीहरूलाई जवाफ दिनुभयो, “हेरोद स्याललाई मेरो यो सन्देश भन: ‘सुन! म आज दुष्ट आत्माहरूलाई भगाउँदैछु र आश्चर्य कर्महरू गर्दैर्छु र छोटो समयको लागि म यो गरिरहनेछु। त्यसपछि म आफ्नो काम सिध्याउँनेछु। BSB BSB: But Jesus replied, “Go tell that fox, ‘Look, I will keep driving out demons and healing people today and tomorrow, and on the third day I will reach My goal.’
33 UDB तर आउने दिनहरूमा मैले यरूशलेमतिरको मेरो यात्रालाई निरन्तरता दिनुपर्छ, किनभने एउटा अगमवक्तालाई यरूशलेमभन्दा अरू ठाउँमा मार्नु उचित हुँदैन। BSB BSB: Nevertheless, I must keep going today and tomorrow and the next day, for it is not admissible for a prophet to perish outside of Jerusalem.
34 UDB हे यारुशलेमका मानिसहरू हो! तिमीहरूले धेरै पहिले जीवन बिताएका अगमवक्ताहरूलाई मार्यौ र तिमीहरूले अरूहरू जसलाई परमेश्वरले तिमीहरूकहाँ पठाउनुभयो, तिनीहरूलाई ढुङ्हरूले हानेर मार्यौ। पोथीले आफ्ना चल्लाहरूलाई आफ्नो पखेटामुनि जम्मा गरेझैँ धेरै पटक मैले तिमीहरूको सुरक्षा गर्न तिमीहरूलाई एकसाथ जम्मा गर्ने इच्छा गरें। तर मैले त्यसो गरेको तिमीहरूले चाहेनौ। BSB BSB: O Jerusalem, Jerusalem, who kills the prophets and stones those sent to her, how often I have longed to gather your children together as a hen gathers her chicks under her wings, but you were unwilling!
35 UDB अब हेर! तिमीहरू, यरूशलेमका मानिसहरूलाई परमेश्वरले सुरक्षा दिनुहुनेछैन। म तिमीहरूलाई यो पनि भन्नेछु: म तिमीहरूको सहरमा फेरि एकपल्ट मात्र पस्नेछु। त्यसपछि तिमीहरूले म फेरि नभएसम्म मलाई देख्नेछैनौ, जतिबेला मेरो बारेमा तिमीहरूले यसो भन्नेछौ, “परमेश्वरले यो मानिसलाई आशिष् दिउन् जो परमेश्वरको अधिकारमा आउँछन्!’” BSB BSB: Look, your house is left to you desolate. And I tell you that you will not see Me again until you say, ‘Blessed is He who comes in the name of the Lord.’”