1 UDB त्यसैबेला, येशूको वरिपरी धेरै हजार मानिसहरू जम्मा भए। त्यहाँ यतिधेरै थिए कि तिनीहरूले एक अर्कालाई कुल्चँदैथिए। तर पहिले उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरू फरिसीहरू जस्ता नहुनलाई होशियार रहो जो मानिसहरूका माझमा धार्मिक बन्छन्, तर गुप्तमा दुष्ट कुराहरू गर्छन्। खमिरले मुछेको पिठोको डल्लोलाई फुलाएजस्तै गरी तिनीहरूका दुष्ट व्यवहारले अरूहरूलाई तिनीहरू जस्तै कपटीहरू बनाउँछ। BSB BSB: In the meantime, a crowd of many thousands had gathered, so that they were trampling one another. Jesus began to speak first to His disciples: “Beware of the leaven of the Pharisees, which is hypocrisy.
2 UDB मानिसहरूले तिनीहरूका पापहरू ढाक्न सक्दैनन्। मानिसहरूले लुकाउन खोजिरहेका हरेक कुराहरूका बारेमा कुनैदिन परमेश्वरले प्रत्येकलाई जानकारी गराउनुहुनेछ। BSB BSB: There is nothing concealed that will not be disclosed, and nothing hidden that will not be made known.
3 UDB तिमीहरूले अँध्यारोमा भनेको हरेक कुराहरू कुनैदिन मानिसहरूले दिनको उज्यालोमा सुन्नेछन्। तिमीहरूले आफ्नो कोठामा कानेखुशी गरेका कुराहरू कुनैदिन त्यो छानामाथिबाट कराएको जस्तै गरी सार्वजानिक हुनेछ।” BSB BSB: What you have spoken in the dark will be heard in the daylight, and what you have whispered in the inner rooms will be proclaimed from the housetops.
4 UDB मेरा मित्रहरू, होशियारसाथ सुन! मानिसहरूसँग नडराओ; तिनीहरूले तिमीहरूलाई मार्न सक्छन्, तर तिनीहरूले तिमीहरूलाई त्यसपछि अरू केही गर्न सक्दैनन्। BSB BSB: I tell you, My friends, do not be afraid of those who kill the body and after that can do no more.
5 UDB तर म तिमीहरू एकजनाको बारेमा चेतावनी दिनेछु जोसँग तिमीहरू साँच्चै डराउनुपर्छ। तिमीहरूले परमेश्वरको डर मान्नुपर्छ, किनभने उहाँसँग मानिसहरूलाई मार्ने अधिकार मात्र नभएर, त्यसपछि तिनीहरूलाई नरकमा फाल्ने अधिकार पनि उहाँसँग छ! हो, उहाँ एकजना मात्रै हुनुहुन्छ जससँग तिमीहरू साँच्चै नै डराउनुपर्छ! BSB BSB: But I will show you whom you should fear: Fear the One who, after you have been killed, has authority to throw you into hell. Yes, I tell you, fear Him!
6 UDB भँगेराहरूको बारेमा विचार गर। तिनीहरूको मूल्य एकदम थोरै छ जसलाई तिमीहरूले दुईवटा सानो सिक्काहरूले पाँचवटा किन्न सक्छौ, तापनि परमेश्वरले तिनीहरूमध्ये कुनैलाई पनि कहिल्यै बिर्सनुहुन्न! BSB BSB: Are not five sparrows sold for two pennies? Yet not one of them is forgotten by God.
7 UDB तिमीहरूको शीरमा कतिवटा कपालहरू छन् भन्ने कुरा पनि परमेश्वरले जान्नुहुन्छ। डर नमान, किनभने तिमीहरू परमेश्वरको निम्ति धेरै भँगेराहरू भन्दा पनि बढी मूल्यवान छौ। BSB BSB: And even the very hairs of your head are all numbered. So do not be afraid; you are worth more than many sparrows.
8 UDB म तिमीहरूलाई पनि भन्छु, यदि तिनीहरू मेरा चेलाहरू हुन् भनेर मानिसहरूले अरूहरूलाई भन्छन् भने, त्यसपछि म, मानिसको पुत्रले पनि परमेश्वरको स्वर्गदूतहरूलाई तिनीहरू मेरा चेलाहरू हुन् भन्नेछु। BSB BSB: I tell you, everyone who confesses Me before men, the Son of Man will also confess him before the angels of God.
9 UDB तर यदि तिनीहरू मेरा चेलाहरू होइनन् भनेर तिनीहरूले अरूहरूलाई भन्छन् भने, त्यसपछि, म पनि परमेश्वरको स्वर्गदूतहरूलाई तिनीहरू मेरा चेलाहरू होइनन् भन्नेछु। BSB BSB: But whoever denies Me before men will be denied before the angels of God.
10 UDB म तिमीहरूलाई यो पनि भन्छु, यदि मानिसहरूले म, मानिसको पुत्रको बारेमा दुष्ट कुराहरू भन्छन् भने त्यसको निम्ति परमेश्वरले तिनीहरूलाई क्षमा दिनुहुनेछ। तर यदि मानिसहरूले पवित्र आत्माको बारेमा दुष्ट कुराहरू भन्छन् भने परमेश्वरले तिनीहरूलाई क्षमा दिनुहुनेछैन। BSB BSB: And everyone who speaks a word against the Son of Man will be forgiven, but whoever blasphemes against the Holy Spirit will not be forgiven.
11 UDB त्यसैले जब मानिसहरूले सभाघरहरूका धार्मिक अगुवाहरू र देशमा अधिकार प्राप्त अरू मानिसहरूको अघि तिमीहरूलाई प्रश्न सोध्नलाई तिमीहरूलाई लैजान्छन्, तब तिमीहरूले कसरी तिनीहरूलाई जवाफ दिने भन्ने बारेमा अथवा तिमीहरूले के भन्नुपर्छ भन्ने बारेमा चिन्ता नगर, BSB BSB: When you are brought before synagogues, rulers, and authorities, do not worry about how to defend yourselves or what to say.
12 UDB किनभने तिमीहरूले के भन्नुपर्ने हो त्यो पवित्र आत्माले तिमीहरूलाई त्यही समयमा भन्नुहुनेछ।” BSB BSB: For at that time the Holy Spirit will teach you what you should say.”
13 UDB त्यसपछि भिडमा भएका मानिसहरूमध्ये एकजनाले येशूलाई भने, “गुरूज्यू, मेरो बुबाको सम्पत्तिलाई मसित अँशवण्डा गर्न मेरो दाजुलाई भनिदिनुहोस्!” BSB BSB: Someone in the crowd said to Him, “Teacher, tell my brother to divide the inheritance with me.”
14 UDB तर येशूले तिनलाई जवाफ दिनुभयो, “हे मानिस, सम्पत्तिको बारेमा मानिसहरूमा भएको विवाद मिलाउनलाई कसैले पनि मलाई न्यायकर्ता बनाएको छैन!” BSB BSB: But Jesus replied, “Man, who appointed Me judge or executor between you?”
15 UDB त्यसपछि उहाँले सम्पूर्ण भिडलाई भन्नुभयो, “कुनै पनि किसिमले लालची नहुनलाई होशियार होऊ! एकजना मानिसको जीवनको मूल्यको निर्धारण उसँग कति धेरै थोकहरू छन् भन्ने कुराले गर्दैन।” BSB BSB: And He said to them, “Watch out! Guard yourselves against every form of greed, for one’s life does not consist in the abundance of his possessions.”
16 UDB त्सपछि उहाँले तिनीहरूलाई यो दृष्टान्त भन्नुभयो: “कुनै एकजना धनी मानिसको खेतमा प्रशस्त अन्नहरू उब्जनी भयो। BSB BSB: Then He told them a parable: “The ground of a certain rich man produced an abundance.
17 UDB त्यसैले उसले मनमनै सोच्यो, ‘के गर्ने भनी मलाई थाहा छैन, किनभने मेरा सारा अन्नहरू राख्न पुग्ने कुनै ठूलो ठाऊँ मसँग छैन!’ BSB BSB: So he thought to himself, ‘What shall I do, since I have nowhere to store my crops?’
18 UDB त्यसपछि त्यसले मनमनै सोच्यो, ‘म के गर्नेछु त्यो म जान्दछु! म आफ्ना भकारीहरू भत्काउनेछु र अझ ठूला बनाउँनेछु! तब मेरो सारा अन्न र अरू थोकहरूलाई ठूला नयाँ भकारीहरूमा राख्नेछु। BSB BSB: Then he said, ‘This is what I will do: I will tear down my barns and will build bigger ones, and there I will store up all my grain and my goods.
19 UDB त्यसपछि म आफैँलाई भन्नेछु, “अब मैले धेरै वर्षसम्म पुग्ने प्रशस्तै कुराहरू सञ्चित गरेको छु। त्यसैले अब म जीवनलाई सजिलै बिताउँछु। म खानेछु र पिउनेछु र रमाउनेछु!”’ BSB BSB: Then I will say to myself, “You have plenty of good things laid up for many years. Take it easy. Eat, drink, and be merry!”’
20 UDB तर परमेश्वरले त्यसलाई भन्नुभयो, “तँ मूर्ख मानिस! तँ आज राति नै मर्नेछस्! तब तैँले तेरो आफ्नो लागि बचाइ राखेका सबै थोकहरू अरू कसैको हुनेछ, तेरो होइन!”’ BSB BSB: But God said to him, ‘You fool! This very night your life will be required of you. Then who will own what you have accumulated?’
21 UDB त्यसपछि यसो भनेर येशूले यो दृष्टान्तलाई अन्त गर्नुभयो, “आफ्नो लागि मात्र सामानहरू सञ्चित गर्ने तर परमेश्वरले मूल्यवान ठान्नुहुने चिजहरूलाई महत्व नदिनेहरूलाई त्यस्तै हुनेछ।” BSB BSB: This is how it will be for anyone who stores up treasure for himself but is not rich toward God.”
22 UDB त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “त्यसैले म तिमीहरूलाई यो भन्न चाहन्छु: जिउनको निम्ति तिमीहरूलाई खाँचो पर्ने कुराहरूका बारेमा चिन्ता नगर। तिमीहरूसँग खानलाई प्रशस्त खानेकुरा होला कि नहोला वा लाउनलाई प्रशस्त लुगा होला कि नहोला भन्ने बारेमा चिन्ता नगर। BSB BSB: Then Jesus said to His disciples, “Therefore I tell you, do not worry about your life, what you will eat, or about your body, what you will wear.
23 UDB तिमीले खानेकुरा भन्दा तिम्रो जीवन धेरै महत्त्वपूर्ण छ र तिम्रो शरीर तिमीले त्यसमा लगाउने लुगाहरू भन्दा धेरै महत्त्वपूर्ण छ। BSB BSB: For life is more than food, and the body more than clothes.
24 UDB चराहरूको बारेमा बिचार गर: तिनीहरूले बिऊहरू रोप्दैनन् र तिनीहरूले अन्नहरू कटनी गर्दैनन् ।तिनीहरूसँग अन्नहरू सञ्चय गर्ने कोठाहरू वा घरहरू छैनन्। तर परमेश्वरले तिनीहरूका लागि खाना उपलव्ध गराउनुहुन्छ। तिमीहरू निश्चय नै चराहरू भन्दा धेरै मूल्यवान छौ। BSB BSB: Consider the ravens: They do not sow or reap, they have no storehouse or barn; yet God feeds them. How much more valuable you are than the birds!
25 UDB तिमीहरू कसैले पनि आफ्नो जीवनको बारेमा चिन्ता गरेर एक मिनेट पनि थप्न सक्दैनौ! BSB BSB: Who of you by worrying can add a single hour to his life?
26 UDB त्यसैले तिमीहरूले त्यो सानो कुरा पनि गर्न सक्दैनौ भने, तिमीहरूले निश्चय नै अरू कुनै कुराको बारेमा पनि चिन्ता गर्नुहुदैन। BSB BSB: So if you cannot do such a small thing, why do you worry about the rest?
27 UDB फूलहरू कसरी बढ्छन् भन्ने बारेमा विचार गर। तिनीहरू पैसा कमाउनलाई काम गर्दैनन् र तिनीहरूले आफ्ना लुगाहरू आफैँ बनाउदैनन्। तर म तिमीहरूलाई भन्छु कि धेरै वर्षअघि सोलोमन राजाले अति सुन्दर लुगाहरू लगाएको भए तापनि ती फूलहरूमध्ये एउटा जति पनि राम्रो लुगा तिनले लगाएका थिएनन्। BSB BSB: Consider how the lilies grow: They do not labor or spin. Yet I tell you, not even Solomon in all his glory was adorned like one of these.
28 UDB परमेश्वरले विरूवाहरूलाई सुन्दर बनाउनुहुन्छ यद्यपि तिनीहरू छोटो समयको लागि मात्र बढ्छन्। त्यसपछि तिनीहरू काटिन्छन् र आगोमा फालिन्छन्। तर तिमीहरू परमेश्वरमा धेरै बहुमूल्य छौ र उहाँले विरूवाहरूलाई गर्ने वास्ता भन्दा कति धेरै वास्ता उहाँले तिमीहरूलाई गर्नुहुनेछ। किन तिमीहरू उहाँमा अति थोरै भरोसा गर्छौ? BSB BSB: If that is how God clothes the grass of the field, which is here today and tomorrow is thrown into the furnace, how much more will He clothe you, O you of little faith!
29 UDB तिमीहरूले के खानेछौ र के पिउनेछौ भन्ने बारेमा जिल्ल नपर र ती कुराहरूका बारेमा चिन्ता गर्दै नबस। BSB BSB: And do not be concerned about what you will eat or drink. Do not worry about it.
30 UDB परमेश्वलाई नचिन्ने मानिसहरूले यस्ता कुराहरूका बारेमा सधैं चिन्ता गर्छन्। तर स्वर्गमा हुनुहुने तिमीहरूका पिताले तिमीहरूलाई ती चाहिन्छ भनी जान्नुहुन्छ। BSB BSB: For the Gentiles of the world strive after all these things, and your Father knows that you need them.
31 UDB त्यसको साटोमा, उहाँले तिमीहरूमाथि शासन गर्नुहुँदा आफ्नो जीवनमा परमेश्वरलाई ग्रहण गर्ने कुरालाई सबभन्दा महत्त्वपूर्ण बनाऊ। त्यसपछि उहाँले पनि तिमीहरूलाई चाहिने हरेक कुरा दिनुहुनेछ। BSB BSB: But seek His kingdom, and these things will be added unto you.
32 UDB त्यसैले, सानो बगाल, तिमीहरू डराउनु हुँदैन। स्वर्गमा हुनुहुने तिमीहरूका पिताले सबैथोकहरूमा उहाँले पूर्ण रूपले शसन गर्नुहुँदा तिमीहरूलाई उहाँको योजनामा हुने सबै फाईदाहरू दिन चाहनुहुन्छ। BSB BSB: Do not be afraid, little flock, for your Father is pleased to give you the kingdom.
33 UDB त्यसैले अब तिमीहरूसँग भएका कुराहरू कुराहरू बेचिदेऊ। जसलाई खानेकुराहरू र लुगाहरूको खाँचो छ वा बस्ने ठाँउ छैन तिनीहरूलाई पैसा देऊ। आफ्नो निम्ति नच्यातिने थैलिहरू राख र तिमीहरूले स्वर्गमा पैसा सञ्चित गर्नेछौ जाहाँ त्यो सधैँ सुरक्षित हुनेछ। त्यहाँ, त्यो चोर्नलाई त्यसको नजिक कुनै चोर आउन सक्दैन र तिमीहरूका लुगालाई कुनै किराले नष्ट गर्नेछैन। BSB BSB: Sell your possessions and give to the poor. Provide yourselves with purses that will not wear out, an inexhaustible treasure in heaven, where no thief approaches and no moth destroys.
34 UDB तिमीहरूले जुन कुराहरू सञ्चित गर्छौ, त्यसैको बारेमा तिमीहरूले विचार गर्छौ र आफ्नो समय बिताउँछौ। BSB BSB: For where your treasure is, there your heart will be also.
35 UDB काम गर्दा लगाउने लुगाहरू लगाएका र आफ्ना बत्तीहरूलाई रातभर बालिराखेका मानिसहरू जस्तै परमेश्वरको काम गर्नको लागि सधैँ तयार रहो। BSB BSB: Be dressed for service and keep your lamps burning.
36 UDB मेरो फर्केर आउने कुराको निम्ति तयार रहो जस्तो एउटा विवाहको भोजमा गएपछि आफ्नो मालिक फर्केर आउने कुरालाई सेवकहरूले पर्खी रहन्छन्। तिनी आउने र ढोका ढक्ढकाउने बित्तिकै तिनको निम्ति ढोका खोल्नलाई तिनीहरू पर्खी रहन्छन्। BSB BSB: Then you will be like servants waiting for their master to return from the wedding banquet, so that when he comes and knocks, they can open the door for him at once.
37 UDB यदि तिनी फर्कि आउँदा ती सेवकहरू जागा रहे भने, तिनले तिनीहरूलाई इनाम दिनेछन्। म तिमीहरूलाई यो भन्नेछु: तिनले खाना पस्कनलाई लुगा लगाउनेछन्, तिनीहरूलाई खान बस्न भन्नेछन् र तिनले तिनीहरूका निम्ति खाना पस्कनेछन्। BSB BSB: Blessed are those servants whom the master finds on watch when he returns. Truly I tell you, he will dress himself to serve and will have them recline at the table, and he himself will come and wait on them.
38 UDB तिनी मध्य रात र सबेरैको बीचमा आउँदा पनि तिनले आफ्ना सेवकहरूलाई तिनको निम्ति जागा र तयार रहेको भेट्टाए भने तिनीहरूसँग तिनी धेरै खुशी हुनेछन्। BSB BSB: Even if he comes in the second or third watch of the night and finds them alert, those servants will be blessed.
39 UDB तर तिमीहरूले यो पनि याद गर्नुपर्छ: यदि घरको मालिकले कुन समयमा चोर आउँदैथियो भनी थाहा पाएको भए तिनी जागा रहने थिए र चोरलाई तिनको घर फोरेर भित्र छिर्न दिने थिएनन्। BSB BSB: But understand this: If the homeowner had known at what hour the thief was coming, he would not have let his house be broken into.
40 UDB त्यसैले तयार रहो, किनभने म, मानिसको पुत्र जुनबेला तिमीहरूले मलाई आशा गरेको हुँदैनौ, त्यसैबेला फेरी आउनेछ।” BSB BSB: You also must be ready, because the Son of Man will come at an hour you do not expect.”
41 UDB पत्रुसले सोधे, “प्रभु, यो दृष्टान्त तपाईंले हामीहरूका लागि मात्रै वा अरू हरेकको लागि पनि दिंदै हुनुहुन्छ?” BSB BSB: “Lord,” said Peter, “are You addressing this parable to us, or to everyone else as well?”
42 UDB प्रभुले जवाफ दिनुभयो, “म यो हरेकका लागि भन्दैछु जो एउटा विश्वासयोग्य र बुद्धिमान सेवकले जस्तो हुन्छ, जो आफ्नो मालिकलको घरमा एउटा प्रबन्धक हुन्छ। अरू सेवकहरूले तिनीहरूका खाना ठिक समयमा पाउँन् भनी त्यसका मालिकले त्यसलाई जिम्मा दिएका हुन्छन्। BSB BSB: And the Lord answered, “Who then is the faithful and wise manager, whom the master puts in charge of his servants to give them their portion at the proper time?
43 UDB यदि त्यो सेवकले आफ्नो मालिक फर्कँदा काम गर्दै रहन्छ भने त्यसको मालिकले त्यसलाई इनाम दिनेछन्। BSB BSB: Blessed is that servant whose master finds him doing so when he returns.
44 UDB म तिमीहरूलाई यो भन्छु: मालिकले तिनीसँग भएको सबै कुराहरूको जिम्मा त्यसैलाई दिनेछन्। BSB BSB: Truly I tell you, he will put him in charge of all his possessions.
45 UDB तर यदि सेवक प्रबन्धकले आफैँलाई यसो भन्छ, ‘मेरो मालिक लामो समयका लागि टाढा गएका छन्’, त्यसपछि त्यसले अरू सेवकहरू, सेवकहरू र सेविकाहरू दुवैलाई पिट्न शुरू गर्न सक्छ। त्यसले अति धेरै खाना खान र पिएर मात्तिन पनि शुरू गर्न सक्छ।” BSB BSB: But suppose that servant says in his heart, ‘My master will be a long time in coming,’ and he begins to beat the menservants and maidservants, and to eat and drink and get drunk.
46 UDB त्यसले त्यसो गर्छ भने, त्यस सेवकले आशा नगरेको समयमा त्यसको मालिक फर्केर आउन सक्छन्। त्यसपछि त्यसको मालिकले त्यसलाई नराम्रो गरी दण्ड दिनेछन् र विश्वासयोग्य भइ तिनको सेवा नगर्नेहरूको ठाउँमा त्यसलाई काम दिनेछन्। BSB BSB: The master of that servant will come on a day he does not expect and at an hour he does not anticipate. Then he will cut him to pieces and assign him a place with the unbelievers.
48 UDB तर हरेक सेवक जसले मालिकले त्यसबाट के इच्छा गर्नुहुन्थ्यो भनी थाहा पाएन र त्यसले केही गल्ती गर्यो भने त्यसले मन्द दण्ड पाउनेछ। तिनीहरूबाट धेरै कुराको आशा गरिन्छ जसलाई धेरै दिइएको हुन्छ। तिनीहरूबाट झन् धेरै कुराको आशा गरिन्छ जसलाई धेरै जिम्मेवारी दिइएको हुन्छ।” BSB BSB: But the one who unknowingly does things worthy of punishment will be beaten with few blows. From everyone who has been given much, much will be required; and from him who has been entrusted with much, even more will be demanded.
50 UDB चाँडै नै मैले डरलाग्दो दु:खको एउटा बप्तिस्मा लिनुपर्छ। मेरो दु:ख समाप्त नहुन्जेलसम्म म निरन्तर व्याकुल हुनेछ। BSB BSB: But I have a baptism to undergo, and how distressed I am until it is accomplished!
52 UDB किनभने एउटै घरका केही मानिसहरूले मलाई विश्वास गर्नेछन् र कोहीले गर्ने छैनन्, तिनीहरू विभाजित हुनेछन्। मलाई विश्वास नगर्ने एउटै घरका तीन जनाले मलाई विश्वास गर्ने दुई जनाको विरोध गर्नेछन्। BSB BSB: From now on, five in one household will be divided, three against two and two against three.
53 UDB एकजना मानिसले तिनको छोराको विरोध गर्नेछन्, वा एउटा छोराले उसको बुबाको विरोध गर्नेछ। एकजना स्त्रीले तिनको छोरीको विरोध गर्नेछिन् वा एउटी स्त्रीले तिनको आमाको विरोध गर्नेछिन्। एकजना स्त्रीले तिनको बुहारीको विरोध गर्नेछिन् वा एउटी स्त्रीले तिनको सासूको विरोध गर्नेछिन्।” BSB BSB: They will be divided, father against son and son against father, mother against daughter and daughter against mother, mother-in-law against daughter-in-law and daughter-in-law against mother-in-law.”
54 UDB उहाँले भिडहरूलाई पनि भन्नुभयो, “जब तिमीहरूले पश्चिममा कालो बादल बन्दैगरेको देख्छौ, तिमीहरू तुरून्तै भन्छौ, ‘पानी पर्नै लागेको छ!’ र त्यस्तै हुन्छ। BSB BSB: Then Jesus said to the crowds, “As soon as you see a cloud rising in the west, you say, ‘A shower is coming,’ and that is what happens.
55 UDB जब दक्षिणबाट बतास बहन्छ, तिमीहरू भन्छौ, ‘दिनमा धेरै गर्मी हुनेछ!’ र तिमीहरूले ठिकै भन्यौ। BSB BSB: And when the south wind blows, you say, ‘It will be hot,’ and it is.
56 UDB तिमी कपटिहरू! बादल र बतासलाई हेरेर मौसमको बारेमा के हुँदैछ भनी छुट्याउँछौ। यस वर्तमान समयमा परमेश्वरले के गर्दै हुनुहुन्छ भनी तिमीहरूले किन छुट्याउन सक्दैनौँ? BSB BSB: You hypocrites! You know how to interpret the appearance of the earth and sky. Why don’t you know how to interpret the present time?
57 UDB तिमीहरूले के गर्दा ठीक हुन्छ भनेर तिमीहरू हरेकले त्यो गर्ने समय आफूसँग हुँदा नै निर्णय गर्नुपर्छ! BSB BSB: And why don’t you judge for yourselves what is right?
58 UDB कोही एकजना जसले तिमीहरूलाई दोष लगाएको छ भने तिमीहरू अदालत जाँदैगर्दा बाटोमा हुँदा नै तिमीहरूले ती कुराहरू समाधान गर्ने कोसिस गर्नुपर्छ। यदि त्यसले तिमीहरूलाई न्यायधिश काहाँ जान जवरजस्ती गर्छ भने न्यायधिशले तिमीहरूलाई दोषी ठहराउन सक्छन् र तिनले तिमीहरूलाई अदालतका उच्च अधिकारीकाहाँ सुम्पिदिनेछन्। त्यसपछि ती अधिकारीले तिमीहरूलाई जेलमा हाल्नेछन्। BSB BSB: Make every effort to reconcile with your adversary while you are on your way to the magistrate. Otherwise, he may drag you off to the judge, and the judge may hand you over to the officer, and the officer may throw you into prison.
59 UDB म तिमीहरूलाई भन्छु, यदि तिमीहरू जेलमा जान्छौ भने, न्यायधिशले तिमीहरूका निम्ति तोकेको प्रत्येक बिगो तिमीहरूले तिर्न नसकुन्जेलसम्म तिमीहरू जेलबाट बाहिर आउन पाउनेछैनौ। BSB BSB: I tell you, you will not get out until you have paid the very last penny.”