1 UDB येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो, “एकजना धनी मानिस थिए जसको एकजना घरायसी प्रवन्धक थियो। त्यस प्रवन्धकले तिनको सम्पत्तिको व्यवस्थापन यति खराव गर्दैथियो कि धनी मानिसलाई तिनको सम्पत्तिहरू घाटा हुँदैथियो भनी एकदिन त्यो धनी मानिसलाई भनियो। BSB BSB: Jesus also said to His disciples, “There was a rich man whose manager was accused of wasting his possessions.
2 UDB त्यसैले तिनले प्रवन्धकलाई आफूकाहाँ बोलाए र उसलाई भने, ‘जे तिमीले गरिरहेका छौ त्यो डरलाग्दो छ! तिमीले जे व्यवस्थापन गरिरहेका छौ त्यसको एउटा अन्तिम लिखित विवरण मलाई देऊ, किनभने तिमी अब मेरो घरायासी प्रवन्धक रहनेछैनौ!’ BSB BSB: So he called him in to ask, ‘What is this I hear about you? Turn in an account of your management, for you cannot be manager any longer.’
3 UDB त्यसपछि त्यो प्रवन्धकले आफैँलाई भने, ‘मेरो मालिकले मलाई तिनको प्रवन्धक हुनबाट हटाउन जाँदैछन्, त्यसैले मैले के गर्ने भन्ने बारेमा विचार गर्नुपर्छ। खाल्टाहरू खन्ने काममा म बलियो छैन र पैसा माग्नलाई म लजाउँछु। BSB BSB: The manager said to himself, ‘What shall I do, now that my master is taking away my position? I am too weak to dig and too ashamed to beg.
4 UDB म के गर्नेछु म जान्दछु, ता कि मेरो प्रवन्धकको कामबाट म हटाइएपछि मलाई मानिसहरूले आफ्नो घरहरूमा लानेछन् र मलाई आवश्यक कुरा दिनेछन्!’ BSB BSB: I know what I will do so that after my removal from management, people will welcome me into their homes.’
5 UDB त्यसैले आफ्नो मालिकलाई पैसा तिर्नुपर्ने हरेक ऋणीलाई उसले एकपछि अर्को गर्दै बोलायो। उसले पहिलोलाई सोध्यो, ‘तिमीले मेरो मालिकलाई कति ऋण तिर्नुछ?’ BSB BSB: And he called in each one of his master’s debtors. ‘How much do you owe my master?’ he asked the first.
6 UDB त्यस मानिसले जवाफ दियो, ‘तीन हजार लिटर जैतुनको तेल!’ त्यो प्रवन्धकले त्यसलाई भन्यो, ‘तिम्रो विल निकाल, बस र तुरून्तै त्यसलाई पन्ध्र सय लिटरमा बदल!’ BSB BSB: ‘A hundred measures of olive oil,’ he answered. ‘Take your bill,’ said the manager, ‘sit down quickly, and write fifty.’
7 UDB उसले अर्को मानिसलाई भन्यो, ‘तिमीले कति तिर्नुछ?’ त्यस मानिसले जवाफ दियो, ‘एक हजार डाला गहुँ।’ त्यो प्रवन्धकले त्यसलाई भन्यो, ‘तिम्रो विल निकाल र त्यसलाई आठसय डालामा बदल!’ BSB BSB: Then he asked another, ‘And how much do you owe?’ ‘A hundred measures of wheat,’ he replied. ‘Take your bill and write eighty,’ he told him.
8 UDB प्रवन्धकले के गरेको थियो भनी जब त्यसको मालिकले सुने, तब आफ्नो काम गुमाउन लागेको कुराको लागि जसरी त्यसले तयारी गर्यो त्यसको निम्ती तिनले त्यो वेइमान प्रवन्धकको प्रशंसा गरे। सत्य हो, वेइमानीसाथ काम गर्ने र छल प्रयोग गर्ने संसारमा भएका ईश्वरहीन मानिसहरूले संसारमा ज्यतिझैँ चम्कने ईश्वरभक्त मानिसहरूले भन्दा बढी अगाडितिर हेर्छन् र आफ्नो बविष्यको लागि तयारी गर्छन्। BSB BSB: The master commended the dishonest manager because he had acted shrewdly. For the sons of this age are more shrewd in dealing with their own kind than are the sons of light.
9 UDB म तिमीहरूलाई भन्छु, तिमीहरूले वेइमानीसाथ कमाएको पैसा अरूहरूलाई मद्दत गर्न प्रयोग गर। जब तिमीहरूले त्यसो गर्छौ, तब तिनीहरु तिमीहरूका मित्रहरू हुनेछन्, र जब पैसा सकिन्छ, तब तिमीहरूसित मित्रहरू हुनेछन् जसले तिमीहरूको अनन्तको घरमा तिमीहरूलाई स्वागत गर्नेछन्। BSB BSB: I tell you, use worldly wealth to make friends for yourselves so that when it is gone, they will welcome you into eternal dwellings.
10 UDB पैसाको सनो रकमलाई विश्वासयोग्य भएर चलाउने मानिसहरूलाई अझै धेरै भरोसा गर्न सकिन्छ। महत्वहीन कामहरू गर्नमा बेइमानी गर्ने मानिसहरूले महत्त्वपूर्ण कामहरू गर्नमा पनि बेइमानी गर्नेछन्। BSB BSB: Whoever is faithful with very little will also be faithful with much, and whoever is dishonest with very little will also be dishonest with much.
11 UDB तिमीहरूसित आफ्नो जिम्मामा पैसा छ जुन बेइमानीसाथ कमाइएको हो, तर यदि तिमीहरूले त्यो पैसालाई चलाउने कुरामा तिमीहरू इमान्दार भएका छैनौ भने, तिमीहरूको आफ्नै सम्पत्ति पनि तिमीहरूलाई कसैले दिनेछैन। BSB BSB: So if you have not been faithful with worldly wealth, who will entrust you with true riches?
12 UDB तिमीहरूले अरू मानिसहरूको पैसालाई चलाइरहेका छौ, तर यदि तिमीहरू बेइमान भयौ भने तिमीहरूको आफ्नो लागि खर्च गर्न कसैले पनि तिमीहरुलाई पैसा दिने आशा तिमीहरूले गर्नुहुँदैन। BSB BSB: And if you have not been faithful with the belongings of another, who will give you belongings of your own?
13 UDB एउटै समयमा कुनै सेवकले पनि दुईवटा छट्टाछुट्टै मालिकहरुको सेवा गर्न सक्दैन। यदि उसले त्यसो गर्ने कोसिस गर्यो भने, उसले तिनीहरूमध्ये एउटालाई घृणा गर्नेछ र अर्कोलाई प्रेम गर्नेछ, वा तिनीहरूमध्ये एउटासित ऊ इमान्दार बन्नेछ र अर्कोलाई वेवास्ता गर्नेछ। यदि तिमीहरुले पैसा र भौतिक सुख-सुविधाहरू प्राप्त गर्नलाई पनि आफ्नो जीवन समर्पण गरेका छौ भने तिमीहरूले आफ्नो जीवन परमेश्वरको सेवा गर्नलाई समर्पण गर्न सक्दैनौ।” BSB BSB: No servant can serve two masters. Either he will hate the one and love the other, or he will be devoted to the one and despise the other. You cannot serve both God and money.”
14 UDB जब त्यहाँ भएका फरिसीहरूले येशूले त्यसो भन्नुभएको सुने, तिनीहरूले उहाँलाई गिल्ला गर किनभने तिनीहरू पैसा प्राप्त गर्न मन पराउँथे। BSB BSB: The Pharisees, who were lovers of money, heard all of this and were scoffing at Jesus.
15 UDB तर येशूले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू अरू मानिसहरूलाई तिमीहरू धर्मी छौ भनी विचार गर्ने बनाउन कोसिस गर्छौ, तर परेश्वरले तिमीहरूको हृदयहरू जान्नुहुन्छ। मनमा राख कि धेरै कुराहरू जसलाई मानिसहरूले धेरै महत्त्वपूर्ण मानेर प्रशंसा गर्छन्, ती परमेश्वरले घृणित ठान्नुहुन्छ। BSB BSB: So He said to them, “You are the ones who justify yourselves before men, but God knows your hearts. For what is prized among men is detestable before God.
16 UDB परमेश्वरले मोशालाई दिनुभएको व्यवस्था र अगमवक्ताहरूले लेखेका कुरालाई बप्तिस्मा दिने यूहन्ना नआएसम्म मात्र पढ्ने गरियो। त्यो बेला देखि परमेश्वरले चाँडै नै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ भनेर मैले प्रचार गरिरहेकै छु। धेरै मानिसहरूले त्यो सन्देशलाई ग्रहण गर्दैछन् र तिनीहरूको जीवनमा राज्य गर्न परमेश्वरलाई धेरै उत्सुकतासाथ विन्ती गर्दैछन्। BSB BSB: The Law and the Prophets were proclaimed until John. Since that time, the gospel of the kingdom of God is being preached, and everyone is forcing his way into it.
17 UDB परमेश्वरका सबै व्यवस्थाहरू, महत्वहीन जस्तो लाग्ने वचनहरू पनि, स्वर्ग र पृथ्वीभन्दा धेरै स्थायी छन्। BSB BSB: But it is easier for heaven and earth to pass away than for a single stroke of a pen to drop out of the Law.
18 UDB कुनै मानिसले आफ्नो श्रीमतीसँग सम्बन्ध विच्छेद गर्छ र अर्को स्त्रीलाई विवाह गर्छ भने व्यभिचार गर्छ, र आफ्नो पतिबाट सम्बन्ध विच्छेद गरेकी स्त्रीलाई कुनै मानिसले विवाह गर्छ भने पनि व्यभिचार गर्छ।” BSB BSB: Anyone who divorces his wife and marries another woman commits adultery, and he who marries a divorced woman commits adultery.
19 UDB येशूले यो पनि भन्नुभयो, “एकजना धनी मानिस थिए जसले नरम बैजनी रङ्गको र मलमलको लुगा लगाउँथे। हरेक दिन तिनले खर्चिला भोजहरू दिन्थे। BSB BSB: Now there was a rich man dressed in purple and fine linen, who lived each day in joyous splendor.
20 UDB र प्रत्येक दिन लाजरस नाम गरेको एकजना गरीब मानिसलाई ती धनी मानिसको घरको ढोकामा राखिन्थ्यो। लाजरसको शरीरभरि घाउले भरिएको थियो। BSB BSB: And a beggar named Lazarus lay at his gate, covered with sores
21 UDB ऊ धेरै भोको थियो जसले गर्दा धनी मानिसले खाने टेबलबाट खसेका खानाका टुक्राहरू खाने इच्छा उसलाई हुन्थ्यो। अझै, दयनीय कुरा, कुकुरहरू आए र उसको शरीरका घाउहरू चाटे। BSB BSB: and longing to be fed with the crumbs that fell from the rich man’s table. Even the dogs came and licked his sores.
22 UDB अन्तत: त्यो गरीब मानिस मर्यो। त्यसपछि स्वर्गदूतहरूद्वारा उसलाई आफ्नो पुर्खा अब्राहाम कहाँ लगियो। ती धनी मानिस पनि मरे र तिनको मृत शरीरलाई गाडियो। BSB BSB: One day the beggar died and was carried by the angels to Abraham’s side. And the rich man also died and was buried.
23 UDB मृतुको पातालमा धनी मानिस भयङ्कर पिडामा कष्ट भोग्दैथिए। तिनले माथि हेरे र अब्राहामलाई टाढा र लाजरसलाई अब्राहामको एकदमै नजिक बसिरहेका देखे। BSB BSB: In Hades, where he was in torment, he looked up and saw Abraham from afar, with Lazarus by his side.
24 UDB त्यसैले धनी मानिसले ठूलो स्वरमा भने, ‘पिता अब्राहाम, म यो आगोमा धेरै दु: ख भोग्दैछु! त्यसैले ममाथि दया गर्नुहोस् र लाजरसलाई यहाँ पठाउनुहोस् ता कि उसले आफ्नो औँला पानीमा चोप्न र मेरो जिब्रोलाई शितल बनाउन त्यसलाई सक्छ!’ BSB BSB: So he cried out, ‘Father Abraham, have mercy on me and send Lazarus to dip the tip of his finger in water and cool my tongue. For I am in agony in this fire.’
25 UDB तर अब्राहामले जवाफ दिए, ‘बालक, याद गर, जब तिमी संसारमा जीवित थियौ, तिमीले धेरै असल कुराहरूको आनन्द लियौ। तर लाजरस दु: खी थियो। अहिले ऊ यहाँ खुशी छ, र तिमी दु: ख भोग्दैछौ। BSB BSB: But Abraham answered, ‘Child, remember that during your lifetime you received your good things, while Lazarus received bad things. But now he is comforted here, while you are in agony.
26 UDB यस बाहेक, परमेश्वरले तिम्रो र हाम्रो बीचमा एउटा धेरै ठूलो खाडल राख्नुभएको छ। त्यसकारण, यहाँबाट तिमी भएको ठाउँमा जान इच्छा गर्नेहरू जान सक्दैनन्। अझ, त्यहाँबाट तरेर हामी भएको ठाउँमा पनि कोही आउन सक्दैन।’ BSB BSB: And besides all this, a great chasm has been fixed between us and you, so that even those who wish cannot cross from here to you, nor can anyone cross from there to us.’
27 UDB त्यसपछि धनी मानिसले भने, ‘यदि त्यसो हो भने, पिता अब्राहाम, तपाईंले लाजरसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस् भनी म विन्ती गर्छु। BSB BSB: ‘Then I beg you, father,’ he said, ‘send Lazarus to my father’s house,
28 UDB मेरा पाँचजना दाजु-भाइहरू छन् जो त्यहाँ बस्छन्। तिनीहरूलाई चेतावनी दिन उसलाई भनिदिनुहोस् ता कि तिनीहरू पनि यस ठाउँमा आउन नपरोस् जहाँ हामी भयङ्कर पिडामा कष्ट भोग्छौं। BSB BSB: for I have five brothers. Let him warn them, so that they will not also end up in this place of torment.’
29 UDB तर अब्राहामले जवाफ दिए, ‘अहँ, म त्यसो गर्दिन, किनभने तिम्रो दाजु-भाइहरूसँग मोशा र अगमवक्ताहरूले धेरै पहिले लेखेका कुराहरू छन्। उनीहरूले जे लेखे त्यो तिनीहरूले पालन गर्नुपर्छ।’ BSB BSB: But Abraham replied, ‘They have Moses and the Prophets; let your brothers listen to them.’
30 UDB तर धनी मानिसले जवाफ दिए, ‘अहँ! पिता अब्राहाम, त्यतिले पर्याप्त हुनेछैन! तर यदि मरेकाहरुमध्ये कोही फेरी फर्केर तिनीहरूकहाँ जान्छ र तिनीहरूलाई चेतावनी दिन्छ भने, तिनीहरू आफ्ना पापी व्यवहारबाट फर्किनेछन्।’ BSB BSB: ‘No, father Abraham,’ he said, ‘but if someone is sent to them from the dead, they will repent.’