1 UDB येशूले आफू बस्दै गरेको ठाउँबाट माथि हेर्नुभयो र धनी मानिसहरूले मन्दिरको दानपत्रमा आफ्ना भेटीहरू हालिरहेको देख्नुभयो। BSB BSB: Then Jesus looked up and saw the rich putting their gifts into the treasury,
2 UDB एउटी गरीब विधवाले थोरै मूल्य भएका दुईवटा साना सिक्काहरू हालेको पनि उहाँले देख्नुभयो। BSB BSB: and He saw a poor widow put in two small copper coins.
3 UDB र उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यो सत्य हो कि यो गरीब विधवाले यी सबै धनी मानिसहरूले भन्दा धेरै पैसा दानपत्रमा हालेकी छिन्। BSB BSB: “Truly I tell you,” He said, “this poor widow has put in more than all the others.
4 UDB किनकी तिनीहरू सबैसँग धेरै पैसा छ, तर तिनीहरूले त्यसको सानो अंश मात्र दिए। तर यी विधवाले, जो धेरै गरीब छिन्, सबै पैसा दिएकी छिन् जसले तिनले आफूलाई आवश्यक कुरा किन्नुपर्थ्यो। BSB BSB: For they all contributed out of their surplus, but she out of her poverty has put in all she had to live on.”
5 UDB येशूका चेलाहरूमध्ये कोहीले कसरी मन्दिरलाई मानिसहरूले दिएका सुन्दर ढुङ्गाहरू र सजावटहरूले आकर्षक बनाइएको थियो भन्ने बारेमा कुरा गर्दैथिए। तर येशूले भन्नुभयो, BSB BSB: As some of the disciples were remarking how the temple was adorned with beautiful stones and consecrated gifts, Jesus said,
7 UDB त्यसपछि तिनीहरूले उहाँलाई सोधे, “गुरुज्यू, यी कुराहरू कहिले हुनेछन्? र यी कुरा हुनै लागेका छन् भन्ने देखाउनलाई के हुनेछ?” BSB BSB: “Teacher,” they asked, “when will these things happen? And what will be the sign that they are about to take place?”
8 UDB येशूले जवाफ दिनुभयो, “होसियार होऊ कि तिमीहरूलाई कसैले धोका नदेओस्। किनकि धेरै मानिसहरू आउनेछन् र प्रत्येकले मै हुँ भनी दाबी गर्नेछन्। प्रत्येकले आफ्नो बारमा भन्नेछ, ‘म ख्रीष्ट हुँ!’ तिनीहरूले यो पनि भन्नेछन् ‘समय नजिकै आएको छ, जब परमेश्वरले राजाको रूपमा राज्य गर्नुहुनेछ!’ तिनीहरूका चेलाहरू हुनलाई तिनीहरूका पछि नलाग! BSB BSB: Jesus answered, “See to it that you are not deceived. For many will come in My name, claiming, ‘I am He,’ and, ‘The time is near.’ Do not follow them.
9 UDB अझै, जब तिमीहरूले युद्धहरू र मानिसहरू एक आपसमा लडाईं गर्दै गरेको बारेमा सुन्छौ, नडराऊ! किनकि संसारको अन्त्यको समय आउनु अगाडि यी कुराहरू हुनैपर्छ।” BSB BSB: When you hear of wars and rebellions, do not be alarmed. These things must happen first, but the end is not imminent.”
10 UDB “विभिन्न मानिसका समूहहरूले एक आपसमा आक्रमण गर्नेछन्, र विभिन्न राजाहरू एक आपसमा लड्नेछन्। BSB BSB: Then He told them, “Nation will rise against nation, and kingdom against kingdom.
11 UDB र विभिन्न ठाउँहरूमा ठूला भूँइचालोहरू जानुका साथै अनिकालहरू र डरलाग्दा रोगहरू हुनेछन्। धेरै कुराहरू हुनेछन् जसले मानिसहरूलाई धेरै भयभीत बनाउनेछन्, र मानिसहरूले आकाशमा अनौठो कुराहरू देख्नेछन् जसले देखाउँछ कि अत्यन्तै महत्त्वपूर्ण केही कुरा हुन लाग्दैछ। BSB BSB: There will be great earthquakes, famines, and pestilences in various places, along with fearful sights and great signs from heaven.
12 UDB तर यी सबै कुराहरू हुनु अगाडि तिनीहरूले तिमीहरूलाई गिरफ्तार गर्नेछन्, नराम्रो व्यवहार गर्नेछन् र जाँचको लागि तिमीहरूलाई सभाघरहरूमा सुम्पिनेछन् र तिमीहरूलाई झ्यालखानहरूमा हाल्नेछन्। तिनीहरूले तिमीहरूको परिक्षण राजाहरू र उच्च सरकारी अधिकारीहरूको उपस्थितिमा गर्नेछन् किनभने तिमीहरू मेरो पछि लाग्छौ। BSB BSB: But before all this, they will seize you and persecute you. On account of My name they will deliver you to the synagogues and prisons, and they will bring you before kings and governors.
13 UDB त्यो तिमीहरूको निम्ति तिनीहरूलाई मेरो सत्यताको बारेमा भन्ने एउटा समय हुनेछ। BSB BSB: This will be your opportunity to serve as witnesses.
14 UDB यसैले आफ्नो प्रतिरक्षा गर्नलाई तिमीहरूले के भन्नेछौ भनी समय अगाडि नै चिन्ता नगर्नलाई कटिबद्ध होऊ। BSB BSB: So make up your mind not to worry beforehand how to defend yourselves.
15 UDB किनभने म तिमीहरूलाई ठीक शब्दहरू र बुद्धी दिनेछु ता कि के भन्नुपर्ने हो त्यो तिमीहरूले जान्नेछौ। परिणामस्वरूप, तिमीहरूलाई दोष लगाउने कोही मानिसहरूले पनि तिमीहरूलाई गलत भन्न सक्नेछैन। BSB BSB: For I will give you speech and wisdom that none of your adversaries will be able to resist or contradict.
16 UDB र तिम्रा आमाबुबा, दाजुभाइहरू र अरू आफन्तहरूले र मित्रहरूले पनि तिमीलाई धोखा दिनेछन्, र तिमीहरूमध्ये कोहीलाई तिनीहरूले मार्ने पनि छन्। BSB BSB: You will be betrayed even by parents and brothers and relatives and friends, and some of you will be put to death.
17 UDB सामान्यतया सबैले तिमीहरूलाई घृणा गर्नेछन् किनभने तिमीहरू ममा विश्वास गर्छौ। BSB BSB: And you will be hated by everyone because of My name.
18 UDB तर तिम्रो शिरको एउटा मात्र केश पनि नष्ट पारिनेछैन। BSB BSB: Yet not even a hair of your head will perish.
19 UDB यदि तिमीहरू कठीन समयहरूबाट जान्छौ र परमेश्वरमा आफ्नो विश्वास प्रमाणित गर्छौ भने, तिमीहरूले आफूलाई बचाउनेछौ।” BSB BSB: By your patient endurance you will gain your souls.
21 UDB त्यो समय तिमीहरूमध्ये जो यहूदियाको क्षेत्रमा हुन्छौ पहाडहरूतिर भाग्नैपर्छ। र तिमीहरूमध्ये जो यस सहरमा हुन्छौ सहर छोड्नैपर्छ। तिमीहरूमध्ये जो गाउँका नजिक हुन्छौ सहरभित्र आउनुहुँदैन। BSB BSB: Then let those who are in Judea flee to the mountains, let those in the city get out, and let those in the country stay out of the city.
22 UDB किनकी यही समय हुनेछ जतिबेला परमेश्वरले यो सहरलाई दण्ड दिनुहुनेछ; जब उहाँले त्यो गर्नहुन्छ, धर्मशास्त्रमा लेखिएको कुरा पूरा हुनेछ। BSB BSB: For these are the days of vengeance, to fulfill all that is written.
23 UDB गर्भवती स्त्रीहरू र आफ्ना शिशुहरूको स्याहार गर्नेहरूलाई ती दिनहरूमा कति डरलाग्दो हुनेछ, किनभने देशमा एउटा ठूलो सङ्कष्ट हुनेछ, र यसका मानिसहरूले अत्याधिक दु:ख भोग्नेछन् किनकि परमेश्वर तिनीहरूसँग क्रद्ध हुनुहुनेछ। BSB BSB: How miserable those days will be for pregnant and nursing mothers! For there will be great distress upon the land and wrath against this people.
25 UDB “यो समयमा, सूर्य, चन्द्र र ताराहरूमा अनौठा कुराहरू हुनेछन्। र पृथ्वीमा, मानिसहरूका समूहहरू धेरै भयभित हुनेछन्, र गर्जने समुन्द्र र त्यसका ठूला छालहरूका कारणले तिनीहरू अलमल्ल पर्नेछन्। BSB BSB: There will be signs in the sun and moon and stars, and on the earth dismay among the nations, bewildered by the roaring of the sea and the surging of the waves.
26 UDB मानिसहरू यति डराउनेछन् कि तिनीहरू बेहोस् हुनेछन्, किनकि यसपछि संसारमा के होला भनी तिनीहरू पर्खँदैछन्। आकाशका ताराहरूले तिनीहरूका आफ्ना सदाका ठाउँहरूलाई छाड्नुपर्नेछ। BSB BSB: Men will faint from fear and anxiety over what is coming upon the earth, for the powers of the heavens will be shaken.
27 UDB तब म, मानिसको पुत्रलाई शक्ति र अत्यन्त चहकिलो ज्योतिमा बादलमा आउँदै गरेको सबै मानिसहरूले देख्नेछन्। BSB BSB: At that time they will see the Son of Man coming in a cloud with power and great glory.
28 UDB यसैले जब ती भयानक कुराहरू हुन सुरु हुन्छ, सिधा खडा होऊ र माथितिर हेर, किनकि परमेश्वरले चाँडै तिमीहरूलाई छुटकारा दिनुहुनेछ।” BSB BSB: When these things begin to happen, stand up and lift up your heads, because your redemption is drawing near.”
29 UDB त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “अञ्जीरका रूखहरू र सबै रूखहरूका बारेमा विचार गर। BSB BSB: Then Jesus told them a parable: “Look at the fig tree and all the trees.
30 UDB जहिले तिमीहरूले तिनीहरूका पात पलाउन थालेको देख्छौ, तिमीलाई थाहा हुन्छ कि गृष्म ऋतु नजिकै छ। BSB BSB: When they sprout leaves, you can see for yourselves and know that summer is near.
31 UDB त्यसै गरी, जब तिमीहरूले मैले भर्खरै वयान गरेका कुराहरू हुँदैगरेको देख्छौ, तिमीहरूलाई थाहा हुनेछ कि परमेश्वरले चाँडै आफैँलाई राजाको रूपमा प्रकट गर्नुहुनेछ। BSB BSB: So also, when you see these things happening, know that the kingdom of God is near.
32 UDB म तिमीहरूलाई सत्य भन्दैछु: मैले भर्खरै वयान गरेका यी सबै कुराहरू हुनुअघि मानिसहरूको यो पुस्ताको अन्त्य हुनेछैन। BSB BSB: Truly I tell you, this generation will not pass away until all these things have happened.
33 UDB आकाश र पृथ्वीको अन्त्य हुनेछ, तर जे म तिमीहरूलाई भन्छु त्यो कहिल्यै अन्त्य हुनेछैन। BSB BSB: Heaven and earth will pass away, but My words will never pass away.
34 UDB “आफूलाई संयमित राख्न होसियार होऊ। जहाँ मानिसहरू अनैतिक काम गर्छन् वा मदिराले मात्तिन्छन् त्यस्ता भोजहरूमा नजाऊ। र तिमीहरुले यस जीवनका चिन्ताहरु लिनुहुँदैन। यदि तिमीहरूले त्यसरी जीवन बितायौ भने, म फेरि आउने कुरालाई तिमीहरूले पर्खिन छाडिदिन्छौ। र त्यसपछि, त्यो क्षण, म आउँदा म तिमीहरूलाई चकित पार्नेछु। म यति अचानक आउनेछु, यो एउटा जनावर धरापको स्प्रीङहरू चेतावनीविना नै बन्द भएजस्तै हुनेछ। BSB BSB: But watch yourselves, or your hearts will be weighed down by dissipation, drunkenness, and the worries of life—and that day will spring upon you suddenly like a snare.
35 UDB वास्तवमै, म चेतावनीविना नै फरि आउनेछु, र त्यो दिन आउनेछ जतिबेला तिमीहरू मलाई हेर्न तयार छैनौ। BSB BSB: For it will come upon all who dwell on the face of all the earth.
36 UDB यसैले तिमीहरू मेरो आगमनको लागि सधैँ तयार हुनुपर्छ। र सधैँ प्रार्थना गर्नुपर्छ जसले तिमीहरू यी सबै कठीन कुराहरूमा सुरक्षित हुन सक्छौ र म संसारको न्याय गर्न आउँदा, म, मानिसको पुत्रले तिमीहरूलाई निर्दोष घोषणा गर्छु।” BSB BSB: So keep watch at all times, and pray that you may have the strength to escape all that is about to happen and to stand before the Son of Man.”
37 UDB प्रत्येक दिन येशूले मन्दिरमा मानिसहरूलाई सिकाउँदै हुनुहुथ्यो। तर हरेक साँझ उहाँ सहरबाट बाहिर जानुभयो र जैतुनको डाँडामा रातभर बस्नुभयो। BSB BSB: Every day Jesus taught at the temple, but every evening He went out to spend the night on the Mount of Olives.
38 UDB र हरेक बिहान सबेरै उहाँको वचन सुन्न सबै मानिसहरू मन्दिरमा आए। BSB BSB: And early in the morning all the people would come to hear Him at the temple.