2 UDB त्यो समयमा, जब अन्नास र कैयाफा यरूशलेममा प्रधान पूजाहारीहरू थिए, परमेश्वरले जकरियाका छोरा यूहन्ना मरूभूमिमा बसेकै बेलामा तिनीसित बोल्नुभयो। BSB BSB: during the high priesthood of Annas and Caiaphas, the word of God came to John son of Zechariah in the wilderness.
3 UDB यर्दन नदीको वरिपरी भएका सबै ठाउँहरूमा यूहन्ना घुमिरहन्थे। उनले मानिसहरूलाई भनिरहन्थे, “यदि तिमीहरू आफ्ना पापहरू परमेश्वरले क्षमा गर्नुभएको चाहन्छौ भने तिमीहरूले पश्चाताप गर्नैपर्छ, त्यसपछि म तिमीहरूलाई बप्तिस्मा दिनेछु!" BSB BSB: He went into all the region around the Jordan, preaching a baptism of repentance for the forgiveness of sins,
4 UDB यशैया अगमवक्ताले धेरै पहिले नै चर्मपत्रमा यी वचनहरू लेखे: “उजाडस्थानमा कसैले कराइरहेको हुनेछ: परमप्रभुको मार्ग तयार पार, उहाँको निम्ती बाटोहरू सोझो बनाऊ। BSB BSB: as it is written in the book of the words of Isaiah the prophet: “A voice of one calling in the wilderness, ‘Prepare the way for the Lord, make straight paths for Him.
5 UDB सबै उपत्यकहरू भरिनेछ, र सबै हिमाल र पहाड समतल गराइनेछ; बाङ्गो-टेडो बाटोहरू सोझो हुनेछन्, र भत्केका बाटोहरू समथर बनाइनेछन्। BSB BSB: Every valley shall be filled in, and every mountain and hill made low. The crooked ways shall be made straight, and the rough ways smooth.
6 UDB तब मानिसलाई बचाउने परमेश्वरको उपाय सबैले देख्नेछन्।” BSB BSB: And all humanity will see God’s salvation.’”
7 UDB तिनीद्वारा बप्तिस्मा लिन आइरहेका मानिसहरूको भिडहरूलाई यूहन्नाले भने, “तिमीहरू विषालु सर्पहरू जस्तै दुष्ट मानिसहरू हौ! एकदिन परमेश्वरले पाप गर्ने हरेकलाई दण्ड दिनुहुनेछ भनेर के तिमीहरूलाई कसैले पनि चेतावनी दिएन, होइन त? परमेश्वरबाट उम्कन सक्छौं भनेर तिमीहरूले नसोच! BSB BSB: Then John said to the crowds coming out to be baptized by him, “You brood of vipers, who warned you to flee from the coming wrath?
8 UDB त्यस्ता कामहरू गर जसले दर्शाउँछ कि तिमीहरू आफ्ना पापपुर्ण स्वभावबाट साँच्चै नै फर्केका छौ! अनि आफैँले आफैँलाई यसो नभन, ‘हामीहरू अब्राहमका सन्तानहरू हौँ!’ किनभने म तिमीहरूलाई भन्दछु कि परमेश्वरले यी ढुङ्गाहरूलाई अब्रहमका सन्तानहरू बनाउन सक्नुहुन्छ। BSB BSB: Produce fruit, then, in keeping with repentance. And do not begin to say to yourselves, ‘We have Abraham as our father.’ For I tell you that out of these stones God can raise up children for Abraham.
9 UDB रूखहरूका जरामा पहिले नै बन्चरो राखिएको छ, ता कि असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।” BSB BSB: The axe lies ready at the root of the trees, and every tree that does not produce good fruit will be cut down and thrown into the fire.”
10 UDB त्यसपछि भिडमा भएका केही मानिसहरूले तिनलाई सोधे, “त्यसो भए हामीले के गर्नुपर्छ?” BSB BSB: The crowds asked him, “What then should we do?”
11 UDB उनले तिनीहरूलाई जवाफ दिए, “यदि तिमीहरूमध्ये कसैसित दुईवटा शर्टहरू छन् भने, शर्ट नभएकहरूमध्ये कसैलाई तिमीहरूले एउटा दिनैपर्छ। यदि तिमीहरूमध्ये कसैसित प्रसस्त खानेकुरा छन् भने, खाना नभएकहरूमध्ये कसैलाई तिमीहरूले दिनैपर्छ।” BSB BSB: John replied, “Whoever has two tunics should share with him who has none, and whoever has food should do the same.”
12 UDB कोही कर उठाउँनेहरू पनि युहन्नाकहाँ बप्तिस्मा लिन आए। तिनीहरूले उनलाई सोधे, “गुरु, हामीले के गर्नुपर्छ?” BSB BSB: Even tax collectors came to be baptized. “Teacher,” they asked, “what should we do?”
13 UDB उनले तिनीहरूलाई भने, “रोमी सरकारले तिमीहरूलाई उठाउनु भनेर तोकेको भन्दा बढी पैसा मानिसहरूबाट नउठाऊ।” BSB BSB: “Collect no more than you are authorized,” he answered.
14 UDB कोही सिपाहीहरूले तिनलाई सोधे, “अनि हामी चाहिँ? हामीले के गर्नुपर्छ?” उनले तिनीहरूलाई भने, “मानिसहरूलाई तर्साएर तिनीहरूबाट जबर्जस्ती पैसा नलेओ र कसैलाई केही अपराध गरेको छ भनी झूटो आरोप नलगाऊ! आफुले जति रूपयाँ कमाउँछौ त्यति रकममा सन्तुष्ट हौ।” BSB BSB: Then some soldiers asked him, “And what should we do?” “Do not take money by force or false accusation,” he said. “Be content with your wages.”
15 UDB सायद ख्रीष्ट चाँडै आउँदै हुनुहुन्छ भन्ने कुरामा मानिसहरू धेरै आशावादी हुँदैथिए, र तिनीहरूमध्ये धेरैले यूहन्ना नै ख्रीष्ट हुन् कि भन्ने बिचार गर्दैथिए। BSB BSB: The people were waiting expectantly and were all wondering in their hearts if John could be the Christ.
16 UDB तर यूहन्नाले तिनीहरू सबैलाई जवाफ दिए, “म होइन! ख्रीष्ट मभन्दा धेरे महान हुनुहुन्छ। उहाँ यति महान हुनुहुन्छ कि म उहाँको जुत्ताको तुना खोल्न पनि योग्यको छैन! जब मैले तिमीहरूलाई बप्तिस्मा दिएँ, मैले पानीको मात्र प्रयोग गरेँ। तर जब ख्रीष्ट आउनुहुन्छ उहाँले तिमीहरूलाई पवित्र आत्मा र आगोले बप्तिस्मा दिनुहुनेछ। BSB BSB: John answered all of them: “I baptize you with water, but One more powerful than I will come, the straps of whose sandals I am not worthy to untie. He will baptize you with the Holy Spirit and with fire.
17 UDB असल फसलबाट खराब भुस छुटाउन लागि उहाँको हातमा नाङ्लो तयार छ। उहाँले फसललाई सुरक्षासाथ आफ्नो भकारीमा जम्मा गर्नुहुन्छ तर भुसलाई कहिल्यै ननिभ्ने आगोमा जलाउनुहुन्छ। BSB BSB: His winnowing fork is in His hand to clear His threshing floor and to gather the wheat into His barn; but He will burn up the chaff with unquenchable fire.”
18 UDB यसरी नै धेरै विभिन्न तरिकाले, यूहन्नाले मानिसहरूलाई पश्चाताप गर्न र परमेश्वरतिर फर्कन निवेदन गरे जसो तिनले परमेश्वरबाटको शुभ सन्देश उनीहरूलाई भनिरहे। BSB BSB: With these and many other exhortations, John proclaimed the good news to the people.
19 UDB आफ्नो दाजुको पत्नी हेरोदियासलाई आफ्नो दाजु जिउँदो हुँदाहुँदै विवाह गरेको र अन्य धेरै दुष्ट कामहरू गरेकाले उनले हेरोद राजालाई पनि गाली गरे। BSB BSB: But when he rebuked Herod the tetrarch regarding his brother’s wife Herodias and all the evils he had done,
20 UDB त्यसपछि हेरोदका सिपाहीहरूले यूहन्नालाई झ्यालखानमा हालिदिए, जुन अर्को एकदमै दुष्ट कुरा थियो। BSB BSB: Herod added this to them all: He locked John up in prison.
21 UDB तर यूहन्ना झ्यालखानमा हलिनु अघि, धेरै मानिसहरूको बप्तिस्मा भएको बेलामा, येशूको पनि बप्तिस्मा भयो। त्यसपछि उहाँले प्रार्थना गरिरहँदा आकाश खुल्यो। BSB BSB: When all the people were being baptized, Jesus was baptized too. And as He was praying, heaven was opened,
22 UDB त्यसपछि ढुकुरको रूपमा पवित्र आत्मा तल आउनुभयो र येशूमाथि बस्नुभयो। र परमेश्वरले स्वर्गबाट येशूसँग यसो भन्दै बोल्नुभयो, “तिमी मेरो पुत्र हौ, जसलाई म असाध्यै प्रेम गर्छु। म तिमीसँग अति प्रसन्न छु।” BSB BSB: and the Holy Spirit descended on Him in a bodily form like a dove. And a voice came from heaven: “You are My beloved Son; in You I am well pleased.”
24 UDB एली मत्ताताका छोरा थिए। मत्ताता लेवीका छोरा थिए। लेवी मल्कीका छोरा थिए। मल्की यान्नाका छोरा थिए। यान्ना योसेफका छोरा थिए। BSB BSB: the son of Matthat, the son of Levi, the son of Melchi, the son of Jannai, the son of Joseph,
25 UDB योसेफ मताथियासका छोरा थिए। मताथियास आमोसका छोरा थिए। आमोस नहूमका छोरा थिए। नहूम इसलीका छोरा थिए। इसली नग्गैका छोरा थिए। BSB BSB: the son of Mattathias, the son of Amos, the son of Nahum, the son of Esli, the son of Naggai,
26 UDB नग्गै माथका छोरा थिए। माथ मताथियासका छोरा थिए। मताथियास सेमैन छोरा थिए। BSB BSB: the son of Maath, the son of Mattathias, the son of Semein, the son of Josech, the son of Joda,
27 UDB सेमैन योसेखका छोरा थिए। योसेख योदाका छोरा थिए। योदा योआनानका छोरा थिए। योआनान रेसा छोरा थिए। रेसा यरुबाबेलका छोरा थिए। यरुबाबेल शालतियलका छोरा थिए। शालतियल नेरीका छोरा थिए। BSB BSB: the son of Joanan, the son of Rhesa, the son of Zerubbabel, the son of Shealtiel, the son of Neri,
28 UDB नेरी मल्कीका छोरा थिए। मल्की अद्दिका छोरा थिए। अद्दी कोसामका छोरा थिए। कोसाम एलमादमका छोरा थिए। एलमादम एरका छोरा थिए। BSB BSB: the son of Melchi, the son of Addi, the son of Cosam, the son of Elmadam, the son of Er,
29 UDB एर यहोशूका छोरा थिए। यहोशू एलिएजरका छोरा थिए। एलिएजार योरीमका छोरा थिए। योरीम मत्तातका छोरा थिए। मत्तात लेवीका छोरा थिए। BSB BSB: the son of Joshua, the son of Eliezer, the son of Jorim, the son of Matthat, the son of Levi,
30 UDB लेवी शिमियोनका छोरा थिए। शिमियोन यहूदाका छोरा थिए। यहूदा योसेफका छोरा थिए। योसेफ योनानका छोरा थिए। योनान एल्याकीमका छोरा थिए। BSB BSB: the son of Simeon, the son of Judah, the son of Joseph, the son of Jonam, the son of Eliakim,
32 UDB दाऊद यिशैका छोरा थिए। यिशै ओबेदका छोरा थिए। ओबेद बोअजका छोरा थिए। बोअज सल्मोनका छोरा थिए। सल्मोन नहशोनका छोरा थिए। BSB BSB: the son of Jesse, the son of Obed, the son of Boaz, the son of Sala, the son of Nahshon,
33 UDB नहशोन अम्मीनादाबका छोरा थिए। अम्मीनादाब अदमिनका छोरा थिए। अदमिन अरनीका छोरा थिए। अरनी हेस्रोनक छोरा थिए। हेस्रोन पेरेसका छोरा थिए। पेरेस यहूदाका छोरा थिए। BSB BSB: the son of Amminadab, the son of Admin, the son of Arni, the son of Hezron, the son of Perez, the son of Judah,
34 UDB यहूदा याकूबका छोरा थिए। याकूब इसहाकका छोरा थिए। इसहाक अब्राहामका छोरा थिए। अब्राहाम तेरहका छोरा थिए। तेरह नाहोरका छोरा थिए। BSB BSB: the son of Jacob, the son of Isaac, the son of Abraham, the son of Terah, the son of Nahor,
35 UDB नाहोर सेरूगका छोरा थिए। सेरुग रेउका छोरा थिए। रेउ पेलेगका छोरा थिए। पेलेग एबेरका छोरा थिए। एबेर सेलाहका छोरा थिए। BSB BSB: the son of Serug, the son of Reu, the son of Peleg, the son of Eber, the son of Shelah,
37 UDB लेमेख मतूशेलहका छोरा थिए। मतूशेलह हनोकका छोरा थिए। हनोक येरेदका छोरा थिए। येरेद महलालेलका छोरा थिए। महलालेल केनानका छोरा थिए। BSB BSB: the son of Methuselah, the son of Enoch, the son of Jared, the son of Mahalalel, the son of Cainan,