2 UDB कुरेनियसले सिरिया प्रान्तमा शासन गरेको समयमा पहिलो पल्ट यो काम भयो। BSB BSB: This was the first census to take place while Quirinius was governor of Syria.
3 UDB त्यसैले दर्ता गराउनलाई हरेक व्यक्तिलाई उसको परिवारको सहरमा जानुपरेको थियो। BSB BSB: And everyone went to his own town to register.
5 UDB किनभने योसेफ राजा दाऊदको वंशका थिए, तिनीहरूले गालील प्रान्तको नासरत नगर छाडे र यहूदिया प्रान्तको बेथलेहेम नगरको यात्रा गरे, जसलाई दाऊदको सहर भनेर पनि चिनिन्छ। सरकारी अभिलेखमा नाम दर्ता गराउनलाई योसेफ र मरियम त्यहाँ गए। BSB BSB: He went there to register with Mary, who was pledged to him in marriage and was expecting a child.
6 UDB जब तिनीहरू बेथलेहेम पुगे, प्रायजसो आगन्तुकहरूका वासस्थानहरूमा तिनीहरूको लागि बस्नलाई ठाउँ थिएन। BSB BSB: While they were there, the time came for her Child to be born.
7 UDB त्यसैले तिनीहरूले त्यस्तो ठाउँमा बास बस्नुपरेको थियो जहाँ रातमा जनावरहरू बस्थे। तिनीहरू त्यहाँ भएकै बेलामा मरियमले बालक जन्माउने समय आयो र तिनले आफ्नो पहिलो बालक छोरालाई जन्माइन्। तिनले उसलाई न्यानो कपडाले बेह्रिन् र गोठभित्र जनावरहरूका लागि खाना दिने ठाउँमा राखिन्। BSB BSB: And she gave birth to her firstborn, a Son. She wrapped Him in swaddling cloths and laid Him in a manger, because there was no room for them in the inn.
9 UDB अचानक परमप्रभुका एउटा स्वर्गदूत उनीहरूकहाँ देखापरे। परमप्रभुको महिमा दर्शाउँदै एउटा चम्किलो ज्योति तिनीहरूको वरिपरी चम्कियो। त्यसैले तिनीहरू अति डराए। BSB BSB: Just then an angel of the Lord stood before them, and the glory of the Lord shone around them, and they were terrified.
10 UDB तर स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ! म तिमीहरूलाई राम्रो समाचार भन्न आएको छु जसले सबै मानिसहरूलाई फाइदा हुनेछ र तिमीहरू सबैलाई साह्रै खुशी तुल्याउनेछ। BSB BSB: But the angel said to them, “Do not be afraid! For behold, I bring you good news of great joy that will be for all the people:
11 UDB आज दाऊदको सहरमा एकजना बालक जन्मेका छन् जसले तिमीहरूलाई आफ्ना पापहरूबाट बचाउनेछन्। उहाँ नै ख्रीष्ट, प्रभु हुनुहुन्छ! BSB BSB: Today in the city of David a Savior has been born to you. He is Christ the Lord!
12 UDB तिमीहरूले उहाँलाई यसरी चिन्नेछौ: बेथलेहेममा एकजना बालकलाई कपडाले बेह्रिएको र जनावरहरूका लागि खाना दिने ठाउँमा राखिएको तिमीहरूले भेट्टाउनेछौ। BSB BSB: And this will be a sign to you: You will find a baby wrapped in swaddling cloths and lying in a manger.”
13 UDB अचानक एउटा ठूलो स्वर्गदूतहरूको समूह स्वर्गबाट आएका र अर्को स्वर्गदूतसँग सामेल भएको देखियो। तिनीहरू सबैले यसो भन्दै परमेश्वरको प्रशंसा गरे, BSB BSB: And suddenly there appeared with the angel a great multitude of the heavenly host, praising God and saying:
14 UDB “सर्वोच्च स्वर्गमा भएका सबै स्वर्गदूतहरूले परमेश्वरको प्रशंसा गरून्! अनि पृथ्वीमा भएका मानिसहरूको माझमा शान्ति होस् जसले परमेश्वरलाई प्रसन्न तुल्याइरहेका छन्।” BSB BSB: “Glory to God in the highest, and on earth peace to men on whom His favor rests!”
15 UDB स्वर्गदूतहरूले तिनीहरूलाई छाडेर स्वर्गमा फर्केपछि, गोठालाहरूले एकआपसमा भने, “हुन आएको यो अचम्मको घटनालाई हेर्न हामी अहिलेनै बेथलेहेममा जानुपर्छ जसको बारेमा हामीलाई परमप्रभुले भन्नुभएको छ।” BSB BSB: When the angels had left them and gone into heaven, the shepherds said to one another, “Let us go to Bethlehem and see this thing that has happened, which the Lord has made known to us.”
16 UDB त्यसैले तिनीहरू छिटो गए र जब तिनीहरूले त्यो ठाउँ भेट्टाए जहाँ मरियम र योसेफ बसिरहेको थिए, जनावरहरू लागि खाना दिने ठाउँमा बालक सुतिरहेको तिनीहरूले देखे। BSB BSB: So they hurried off and found Mary and Joseph and the Baby, who was lying in the manger.
17 UDB उसलाई देखेपछि यस बालकको बारेमा तिनीहरूलाई जे भनिएको थियो, त्यो तिनीहरूले हरेकलाई बताए। BSB BSB: After they had seen the Child, they spread the message they had received about Him.
18 UDB गोठालाहरूले तिनीहरूलाई जे भने त्यो सुन्ने सबै मानिसहरू छक्क परे। BSB BSB: And all who heard it were amazed at what the shepherds said to them.
19 UDB तर मरियमले आफूले सुनेको सबै कुराका बारेमा मनमा विचार गरिरहिन् र ती कुराहरूलाई होसियारीपूर्वक याद गरिन्। BSB BSB: But Mary treasured up all these things and pondered them in her heart.
20 UDB गोठालाहरू ती ठाउँहरूमा फर्के जहाँ तिनीहरूका भेडाहरू थिए। परमेश्वर कति महान हुनुहुन्छ भन्ने बारेमा तिनीहरूले बातचित गरिरहे, र तिनीहरूले सुनेका र देखेका कुराको निम्ति गहाँको प्रशंसा गरिरहे, किनभने स्वर्गदूतहरूले तिनीहरूलाई जस्तो भनेका थिए तेस्तै सबै कुरा पुरा भए। BSB BSB: The shepherds returned, glorifying and praising God for all they had heard and seen, which was just as the angel had told them.
22 UDB मोशाको व्यवस्था अनुसार, जब तिनीहरूका शुद्धीकरणको लागी आवश्यक दिनहरू पुराभयो, आफ्नो छोरोलाई परमप्रभुमा अर्पण गर्न मरियम र योसेफले यरूशलेमसम्मै यात्रा गरे। BSB BSB: And when the time of purification according to the Law of Moses was complete, His parents brought Him to Jerusalem to present Him to the Lord
23 UDB परमप्रभुको व्यवस्थामा यस्तो लेखिएको थियो, “पहिला जन्मने हरेक पुरुष सन्तानलाई परमप्रभुमा पवित्र हुनलाई अलग गरिनेछ।” BSB BSB: (as it is written in the Law of the Lord: “Every firstborn male shall be consecrated to the Lord”),
24 UDB परमप्रभुको व्यवास्थाले नयाँ जन्मेको छोराको बुबा-आमाले बलिको रूपमा “दुईवटा ढुकुरको बच्चा वा दुईवटा परेवाका बच्चा” चडाउनु पर्छ पनि भनेको थियो। BSB BSB: and to offer the sacrifice specified in the Law of the Lord: “A pair of turtledoves or two young pigeons.”
25 UDB त्यो समयमा यरूशलेममा एकजना वृद्ध मानिस थिए जसको नाम सिमियोन थियो। जुन कुराले परमेश्वरलाई खुशी तुल्याउँथ्यो तिनले त्यही गरे र परमेश्वरको व्यवस्था पालन गरे। इस्राएली मानिसहरूलाई उत्साह दिनका लागि परमेश्वरले ख्रीष्टलाई पठाउनुहुन्छ भनेर तिनले चासोपूर्वक प्रतिक्षा गरिरहेका थिए, र पवित्र आत्माले तिनलाई देखाउँदै हुनुहुन्थ्यो। BSB BSB: Now there was a man in Jerusalem named Simeon, who was righteous and devout. He was waiting for the consolation of Israel, and the Holy Spirit was upon him.
26 UDB तिनको मृत्यु हुनुभन्दा अघि परमप्रभुले प्रतिज्ञा गर्नुको ख्रीष्टलाई तिनले देख्नेछन् भनी पवित्र आत्माले अघिबाटै तिनलाई प्रकट गर्नुभएको थियो। BSB BSB: The Holy Spirit had revealed to him that he would not see death before he had seen the Lord’s Christ.
27 UDB परमेश्वरले उहाँको व्यवस्थामा आज्ञा गर्नु भएको धार्मिक विधिहरू पुरा गर्नका लागि जब योसेफ र मरियमले तिनीहरूको बालक येशूलाई मन्दिरमा ल्याए, तब आत्माले मन्दिरको चोकभित्र जान आत्माले सिमियोनलाई अगुवाइ गर्नुभयो। BSB BSB: Led by the Spirit, he went into the temple courts. And when the parents brought in the child Jesus to do for Him what was customary under the Law,
28 UDB तब तिनले येशूलाई आफ्नो हातमा लिए र यसो भन्दै परमेश्वरको प्रशंसा गरे; BSB BSB: Simeon took Him in his arms and blessed God, saying:
29 UDB हे परमप्रभु, तपाईंले मलाई सन्तुष्ट पार्नुभएको छ र तपाईंको प्रतिज्ञाअनुसार अब म शान्तसित मर्न सक्छु। BSB BSB: “Sovereign Lord, as You have promised, You now dismiss Your servant in peace.
30 UDB मैले उहाँलाई देखेको छु जसलाई तपाईंले मानिसहरूलाई तिनीहरूका पापहरूबाट बचाउनलाई पठाउनु भयो, BSB BSB: For my eyes have seen Your salvation,
31 UDB जसलाई तपाईंले सबै मानिसहरूको माझमा तयार गर्नुभयो। BSB BSB: which You have prepared in the sight of all people,
32 UDB उहाँ ज्योति जस्तो हुनुहुनेछ जसले अन्य जातिहरूलाई तपाईंको सत्यता प्रकट गर्नुहुनेछ, र उहाँले इस्राएली मानिसहरूमा आदर ल्याउनुहुनेछ। BSB BSB: a light for revelation to the Gentiles, and for glory to Your people Israel.”
33 UDB सिमियोनले उहाँको बारेमा भनेका कुराले येशूको बुबा र आमा छक्क परे। तब सिमियोनले तिनीहरूलाई आशिष् दिए, र येशूको आमा मरियमलाई भने, मरियम, BSB BSB: The Child’s father and mother were amazed at what was spoken about Him.
34 UDB “म जे भन्छु याद गर: परमेश्वरले यो निश्चय गर्नुभएको छ कि यो बालकको कारणले, धेरैजना इस्राएली मानिसहरू परमेश्वरबाट तर्किनेछन्, र धेरैजना परमेश्वरमा फर्किनेछन्। मानिसहरूलाई चेताउनी दिने उहाँ एउटा चिन्ह जस्तै हुनुहुनेछ, र धेरै मानिसहरूले उहसँको विरोध गर्नेछन्। BSB BSB: Then Simeon blessed them and said to His mother Mary: “Behold, this Child is appointed to cause the rise and fall of many in Israel, and to be a sign that will be spoken against,
35 UDB फलस्वरूप, धेरै मानिसहरूका विचारहरू प्रकट गरिनेछ। एउटा तरवारले तिम्रो आफ्नै आत्मालाई छेंड्नेछ! BSB BSB: so that the thoughts of many hearts will be revealed—and a sword will pierce your soul as well.”
36 UDB त्यहाँ मन्दिरको चोकमा हन्ना नाम गरेकी एकजना अगमवादिनी पनि थिइन् जो धेरै वृद्धा थिइन्। तिनको बुबा फनुएल आशेरको कुलका एक सदस्य थिए। तिनी सात वर्षसम्म मात्र विवाहित रहेकी थिइन् र त्यसपछि तिनको श्रीमानको मृत्यु भयो। BSB BSB: There was also a prophetess named Anna, the daughter of Phanuel, of the tribe of Asher, who was well along in years. She had been married for seven years,
37 UDB त्यसपछि अरू चौरासी वर्षसम्म तिनी विधुवीको रूपमा रहिन्। तिनले सधैं मन्दिरको विरपरि सेवा गरिरहिन् र रात दिन परमेश्वरको आराधना गरिन्। तिनी बारम्बार उपवास बस्थिन् र प्रार्थना गर्थिन्। BSB BSB: and then was a widow to the age of eighty-four. She never left the temple, but worshiped night and day, fasting and praying.
38 UDB त्यसैबेला हन्ना तिनीहरूकाहाँ आइन् र बालकको लागि परमेश्वरलाई धन्यवाद दिन थालिन्। तब तिनले धेरै मानिसहरूलाई येशूको बारेमा बताइन् जसले यरूशलेमलाई छुटाउन परमेश्वरको आशा गरिरहेका थिए। BSB BSB: Coming forward at that moment, she gave thanks to God and spoke about the Child to all who were waiting for the redemption of Jerusalem.
40 UDB जसै बालक बढ्नुभयो, उहाँ बलियो र धेरै ज्ञानी हुनुभयो, र परमेश्वर उहाँसित धेरै प्रसन्न हुनुहुन्थ्यो। BSB BSB: And the Child grew and became strong. He was filled with wisdom, and the grace of God was upon Him.
42 UDB जब येशू बाह्र वर्षको हुनुभयो, तिनीहरू सधैँ झैँ चाड मनाउनको लागी यरूशलेमसम्म गए। BSB BSB: And when He was twelve years old, they went up according to the custom of the Feast.
43 UDB जब चाडको सबै दिनहरू सकिएको थियो, उहाँका बुबा-आमा घर फर्किन लागे, तर येशू यरूशलेममा नै रहनुभयो। उहाँ अझै त्यहीँ हुनुहुन्थ्यो भनेर उहाँका बुबा-आमाले थाहै पाएनन्। BSB BSB: When those days were over and they were returning home, the boy Jesus remained behind in Jerusalem, but His parents were unaware He had stayed.
44 UDB तिनीहरूसित यात्रा गर्ने अरू मानिसहरूसित उहाँ हुनुहुन्छ भन्ने तिनीहरूलाई लाग्यो। दिनभरिको यात्रामा हिँडिसकेपछि, आफ्ना नातेदारहरू र साथीहरूको माझमा तिनीहरूले उहाँको खोजी गर्न शुरू गरे। BSB BSB: Assuming He was in their company, they traveled on for a day before they began to look for Him among their relatives and friends.
45 UDB जब तिनीहरूले उहाँलाई भेट्टाएनन्, उहाँलाई खोज्न तिनीहरू यरूशलेम फर्के। BSB BSB: When they could not find Him, they returned to Jerusalem to search for Him.
46 UDB तीन दिनपछि, तिनीहरूले उहाँलाई मन्दिरको चोकमा, यहूदी धर्म गुरूहरूको माझमा बसिरहनुभएको भेट्टाए। उहाँले तिनीहरूको शिक्षा सुनिरहेको थियो र तिनीहरूलाई उहाँले प्रश्नहरू सोधिरहनुभएको थियो। BSB BSB: Finally, after three days they found Him in the temple courts, sitting among the teachers, listening to them and asking them questions.
47 UDB उहाँले जे भन्नुभयो त्यो सुन्ने सबै मानिसहरू, उहाँले कति बुझ्नुभएको थियो र शिक्षकहरूले सोधेका प्रश्नहरूको जवाफ कति राम्ररी दिनुभएको थियो त्यसमा चकित परेका थिए। BSB BSB: And all who heard Him were astounded at His understanding and His answers.
48 UDB जब उहाँको आमा-बुबाले उहाँलाई देखे, तिनीहरू साह्रै छक्क परे। उहाँकी आमाले उहाँलाई भनिन्, “मेरो छोरो, तिमीले हामीलाई किन यसो गरेको? जसै हामीले तिमीलाई खोजिरहेका छौं तिम्रो बुबा र म साह्रै चिन्तित भएका छौं!” BSB BSB: When His parents saw Him, they were astonished. “Child, why have You done this to us?” His mother asked. “Your father and I have been anxiously searching for You.”
49 UDB त्यसपछि उहाँले तिनीहरूलाई भन्नुभयो, “किन तपाईंहरूले मलाई खोजिरहनुभएको थियो? के तपाईंहरूलाई थाहा थिएन कि, मेरो पिताले जे गर्नुहुन्छ त्यसमा मलाई संलग्न हुनु आवश्यक छ?” BSB BSB: “Why were you looking for Me?” He asked. “Did you not know that I had to be in My Father’s house?”
50 UDB तर उहाँले तिनीहरूलाई जे भन्नुभयो त्यसको अर्थ तिनीहरूले बुझेनन्। BSB BSB: But they did not understand the statement He was making to them.
52 UDB जसै वर्षहरू बिते, येशू निरन्तर बुद्धिमान हुनुभयो र उचाइमा बड्नुभयो। उहाँमाथि परमेश्वर र मानिसहरूको अनुग्रह निरन्तर भइरह्यो। BSB BSB: And Jesus grew in wisdom and stature, and in favor with God and man.