1 UDB एक दिन येशूको वरिपरी धरै मानिसहरू भिड लागिरहँदा र उहाँले सिकाउनु भएको परमेश्वरको सन्देश सुनिरहँदा, उहाँ गनेसरेत तालको छेउमा खडा हुनुहुन्थ्यो। BSB BSB: On one occasion, while Jesus was standing by the Lake of Gennesaret with the crowd pressing in on Him to hear the word of God,
2 UDB उहाँले त्यस तालको किनारमा दुईवटा माछा मार्ने डुङ्गाहरू देख्नुभयो। माझीहरूले डुङ्गाहरू छाडेका थिए र तिनीहरूका माछा मार्ने जालहरू धुँदैथिए। BSB BSB: He saw two boats at the edge of the lake. The fishermen had left them and were washing their nets.
3 UDB दुईवटा डुङ्गाहरूमध्ये एउटामा येशू चड्नुभयो; यो डुङ्गा सिमोनको थियो। डुङ्गालाई किनारबाट अलि पर धकेल्न येशूले सिमोनलाई भन्नुभयो। येशू त्यो डुङ्गामा बस्नुभयो र त्यहाँबाट भिडहरुलाई लगातार शिक्षा दिनुभयो। BSB BSB: Jesus got into the boat belonging to Simon and asked him to put out a little from shore. And sitting down, He taught the people from the boat.
4 UDB उहाँले तिनीहरूलाई शिक्षा दिइसकेपछि उहाँले सिमोनलाई भन्नुभयो, “डुङ्गालाई अलि गहिरोतिर लैजाऊ र केही माछाहरू समात्नका लागि तिम्रो जाल हान।” BSB BSB: When Jesus had finished speaking, He said to Simon, “Put out into deep water and let down your nets for a catch.”
5 UDB सिमोनले जवाफ दिए, “गुरू, हामीले पुरै रातभरी कडा परिश्रम गर्यौँ गरे तापनि हामीले एउटै माछा पनि समातेनौं। तर तपाईंले भन्नुभएको कारणले म फेरी जाल हान्नेछु।” BSB BSB: “Master,” Simon replied, “we have worked hard all night without catching anything. But because You say so, I will let down the nets.”
6 UDB त्यसैले सिमोन र तिनका मान्छेहरूले तिनीहरूका जालहरू हाने र तिनीहरूले यति धेरै माछाहरू समाते कि तिनीहरूका जालहरू फाट्न लागे। BSB BSB: When they had done so, they caught such a large number of fish that their nets began to tear.
7 UDB तिनीहरूले अरू डुङ्गाहरूमा भएका आफ्ना माछा मार्ने साथीहरूलाई तिनीहरूका डुङ्गामा आउन र तिनीहरूलाई सहायता गर्न ईशारा गरे। त्यसैले तिनीहरू आए र ती दुवै डुङ्गाहरूलाई माछाहरूले यति धेरै भरे कि ती डुब्न लागे। BSB BSB: So they signaled to their partners in the other boat to come and help them, and they came and filled both boats so full that they began to sink.
9 UDB तिनीहरूले त्यति धेरै संख्यामा माछाहरू समात्न सकेको कारणले चकित भएर तिनले यसो भनेका थिए। जब्दीका छोराहरू याकूब र यूहन्ना, जो सिमोनका माछा समात्ने साझेदारहरू मध्येका दुईजना थिए, ती सहित तिनीसित भएका सबै मानिसहरू पनि चकित भए। BSB BSB: For he and his companions were astonished at the catch of fish they had taken,
10 UDB तर येशूले सिमोनलाई भन्नुभयो, “नडराऊ! अहिलेसम्म तिमीले माछा जम्मा पार्यौ, तर अबदेखि उसो मेरो चेलाहरू हुनलाई तिमीले मानिसहरूलाई जम्मा गर्नेछौ।” BSB BSB: and so were his partners James and John, the sons of Zebedee. “Do not be afraid,” Jesus said to Simon. “From now on you will catch men.”
11 UDB त्यसैले मानिसहरूले डुङ्गाहरू किनारमा ल्याएपछि, तिनीहरूले आफ्ना माछा मार्ने व्यवसाय र हरेक कुरा छाडे र येशूसँगै गए। BSB BSB: And when they had brought their boats ashore, they left everything and followed Him.
12 UDB जब नजिकैका नगरहरूमध्ये एउटामा येशू हुनुहुन्थ्यो, त्यहाँ एउटा मानिस थियो जो कुष्ट रोग भनिने छालाको रोगले ढाकिएका थिए। जब त्यसले येशूलाई देख्यो, त्यो उहाँको अघि भुईंमा घोप्टो पर्यो र उहाँसँग बिन्ती गर्यो, “हे प्रभु, कृपया मलाई निको पार्नुहोस्, किनभने यदि तपाईंले चाहानुभयो भने, तपाईंले मलाई निको पार्न सक्नुहुन्छ।” BSB BSB: While Jesus was in one of the towns, a man came along who was covered with leprosy. When he saw Jesus, he fell facedown and begged Him, “Lord, if You are willing, You can make me clean.”
13 UDB तब येशूले आफ्नो हात पसार्नुभयो र त्यस मानिसलाई छुनुभयो। उहाँले भन्नुभयो, “म तिमीलाई निको पार्न चाहान्छु र म अहिले नै तिमीलाई निको पार्छु!” त्यो मानिस तुरन्तै निको भयो। त्योसँग कुष्ट रोग रहेन! BSB BSB: Jesus reached out His hand and touched the man. “I am willing,” He said. “Be clean!” And immediately the leprosy left him.
14 UDB तब येशूले त्यसलाई भन्नुभयो, “तिमी निको भएको बारेमा मानिसहरूलाई तुरन्तै भन्दै नभन्नु। पहिले यरूशलेममा भएका पूजाहारीकहाँ जाऊ र आफैँलाई तिनीकाहाँ देखाऊ ता कि तिनले तिम्रो जाँच गरून् र तिमीमा अब कुष्टरोग छैन भनी देखुन्। र कुष्टरोगबाट निको भएका मानिसहरूले चडाउनु भनेर मोशाले आज्ञा गरेको भेटी पनि पूजाहारीकहाँ लिएर जाऊ।” BSB BSB: “Do not tell anyone,” Jesus instructed him. “But go, show yourself to the priest and present the offering Moses prescribed for your cleansing, as a testimony to them.”
15 UDB तर येशूले त्यस मानिसलाई कसरी निको पार्नुभएको थियो भन्ने बारेमा धेरै मानिसहरूले सुने। परिणामस्वरूप उहाँको शिक्षा सुन्न र तिनीहरूका रोगहरूबाट उहाँले तिनीहरू निको पार्नलाई धेरै ठूलो भिडहरू येशूकहाँ आए। BSB BSB: But the news about Jesus spread all the more, and great crowds came to hear Him and to be healed of their sicknesses.
16 UDB तर उहाँ प्रायजसो तिनीहरूबाट अलग भई एकान्त ठाउँहरूमा जानुहुन्थ्यो र प्रार्थना गर्नुहुन्थ्यो। BSB BSB: Yet He frequently withdrew to the wilderness to pray.
17 UDB एकदिन जब येशूले शिक्षा दिइरहनुहुँदा, फरिसी गुटका केही मानिसहरू नजिकै बसिरहेका थिए। तिनीहरूमध्ये कोही यहूदी व्यवस्थाका विज्ञ शिक्षकहरू थिए। तिनीहरू गालील जिल्लाका धेरै गाउँहरू र यरूशलेमबाट, र यहूदियाको प्रान्तका अरू सहरहरूबाट पनि आएका थिए। त्यसैबेला मानिसहरूलाई निको पार्न परमप्रभुले येशूलाई शक्ति दिंदै हुनुहुन्थ्यो। BSB BSB: One day Jesus was teaching, and the Pharisees and teachers of the law were sitting there. People had come from Jerusalem and from every village of Galilee and Judea, and the power of the Lord was present for Him to heal the sick.
18 UDB येशू त्यहाँ भएकै बेलामा धेरै मानिसहरूले एकजना मानिसलाई उहाँकाहाँ ल्याए जसलाई पक्षघात भएको थियो। तिनीहरूले त्यस मानिसलाई सुत्ने ओछ्यानमा नै बोकेर ल्याइरहेका थिए र त्यसलाई येशूको अघि राखिदिनको लागि घरभित्र ल्याउने कोशिश गरे। BSB BSB: Just then some men came carrying a paralyzed man on a mat. They tried to bring him inside to set him before Jesus,
19 UDB तर त्यस घरमा मानिसहरूको एउटा ठूलो भिड हुनाले तिनीहरूले त्यसलाई भित्र लैजान सकेनन्, त्यसैले तिनीहरू बाहिर भर्याङ्गबाट त्यस घरको छानोमाथि चढे। त्यसपछि एउटा प्वाल बनाउनलाई तिनीहरूले छानोमा भएका केही टायलहरू हटाए। तिनीहरूले त्यो मानिसलाई उसको खाटसमेत त्यस प्वालबाट भिडको माझमा तल झारे र त्यसलाई येशूको ठीक अगाडि राखे। BSB BSB: but they could not find a way through the crowd. So they went up on the roof and lowered him on his mat through the tiles into the middle of the crowd, right in front of Jesus.
20 UDB उहाँले त्यस मानिसलाई निको पार्न सक्नुहुन्छ भनी तिनीहरूले विश्वास गरेको कुरा जब येशूले थाहा पाउनुभयो, तब उहाँले त्यसलाई भन्नुभयो, “मित्र, म तिम्रा पापहरू क्षमा गर्दछु।” BSB BSB: When Jesus saw their faith, He said, “Friend, your sins are forgiven.”
21 UDB यहूदी व्यवस्थाका विज्ञ शिक्षकहरू तथा अरू फरिसीहरूले आफैँमा विचार गर्नथाले, “यो मानिस घमण्डी हो र त्यसो भनेर परमेश्वरको अपमान गर्दैर्छ! हामी सबैलाई थाहा छ कि परमेश्वरबाहेक अरू कसैले पनि पापहरू क्षमा गर्न सक्दैन!” BSB BSB: But the scribes and Pharisees began thinking to themselves, “Who is this man who speaks blasphemy? Who can forgive sins but God alone?”
22 UDB तिनीहरूले के सोच्दैछन् भन्ने कुरा येशूलाई थाहा थियो। त्यसैले उहाँले तिनीहरूलाई भन्नुभयो, “मैले जे भने त्यस बारेमा तिमीहरूले आफैँमा प्रश्न गर्नु पर्दैन! यो कुरो विचार गर: BSB BSB: Knowing what they were thinking, Jesus replied, “Why are you thinking these things in your hearts?
23 UDB ‘तिम्रा पापहरू क्षमा भए’ भन्नु सजिलो छ किनभने त्यस व्यक्तिले साँच्चै क्षमा पाएको छ कि छैन भनेर कसैले पनि देख्न सक्दैन। तर ‘उठ र हिड’ भन्नु सजिलो छैन किनभने ऊ निको भयो कि भएन भनेर मानिसहरूले तुरन्तै देख्न सक्दछन्। BSB BSB: Which is easier: to say, ‘Your sins are forgiven,’ or to say, ‘Get up and walk’?
24 UDB पृथ्वीमा भएका मानिसहरूका पापहरू क्षमा गर्नलाई पनि म, मानिसको पुत्रलाई, परमेश्वरले अनुमति दिनुभएको छ भनी तिमीहरूलाई थाहा हुनेछ भन्ने हेतुले म यस मानिसलाई निको पार्नेछु।” त्यसपछि उहाँले त्यो पक्षघात भएको मानिसलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, ‘उठ र तिम्रो ओछ्यान उठाऊ र घर जाऊ।’” BSB BSB: But so that you may know that the Son of Man has authority on the earth to forgive sins…” He said to the paralytic, “I tell you, get up, pick up your mat, and go home.”
25 UDB त्यो मानिस तुरन्तै निको भयो! तिनीहरू सबैको अगाडि ऊ खडा भयो। उसले आफू सुतिरहेको ओछ्यान उठायो, र परमेश्वरको प्रशंसा गर्दै घर गयो। BSB BSB: And immediately the man stood up before them, took what he had been lying on, and went home glorifying God.
26 UDB त्यहाँ भएका सबै मानिसहरू छक्क परे! तिनीहरूले परमेश्वरको प्रशंसा गरे र यशूले गर्नुभएको काम देखेर आश्चर्यचकित भए। तिनीहरूले यसो भनिरहे, “हामीले आज आश्चर्यपूर्ण कुराहरू देख्यौँ।” BSB BSB: Everyone was taken with amazement and glorified God. They were filled with awe and said, “We have seen remarkable things today.”
27 UDB त्यसपछि येशूले त्यो ठाउँ छाड्नुभयो र लेवी नाम गरेको मानिसलाई देख्नुभयो जसले रोमी सरकारका लागि करहरू उठाउँथे। तिनी अड्डामा बसिरहेको थियो जाहाँ सरकारले मांग गरेको कर तिर्न मानिसहरू आउँथे। येशूले तिनलाई भन्नुभयो, “मसँग आऊ र मेरो चेला बन!” BSB BSB: After this, Jesus went out and saw a tax collector named Levi sitting at the tax booth. “Follow Me,” He told him,
28 UDB त्यसैले लेवीले आफ्नो काम छाडे र येशूसँग गए। BSB BSB: and Levi got up, left everything, and followed Him.
29 UDB पछि लेवीले तिनको आफ्नै घरमा येशू र उहाँका चेलाहरूको लागि एउटा ठूलो भोज तयार गरे। त्यहाँ कर उठाउँनेहरूको एउटा ठूलो समूह र अरूहरू तिनीहरू सँगसँगै खाइरहेका थिए। BSB BSB: Then Levi hosted a great banquet for Jesus at his house. A large crowd of tax collectors was there, along with others who were eating with them.
30 UDB फरिसी गुटका केही मानिसहरू, यहूदीहरूको व्यवस्था सिकाउनेहरूले समेत यसो भन्दै येशूका चेलाहरूसित गुनासो गरे, “तिमीहरूले कर उठाउनेहरू र अरू भयङ्कर पापीहरूसित सँगै खानुहुँदैन।” BSB BSB: But the Pharisees and their scribes complained to Jesus’ disciples, “Why do you eat and drink with tax collectors and sinners?”
31 UDB तब येशूले तिनीहरूलाई भन्नुभयो, “मानिसहरू जो बिरामी हुन्छन् तिनीहरूलाई डाक्टरको आवश्यकता पर्छ भन्ने थाहा हुन्छ, आफूलाई स्वस्थ विचार गर्नेहरुलाई होइन। BSB BSB: Jesus answered, “It is not the healthy who need a doctor, but the sick.
32 UDB यसैगरी, जसले आफैँलाई धर्मी भएको विचार गर्छन् तिनीहरूलाई मकहाँ आउने निम्तो दिनलाई म स्वर्गबाट आइन। बरु जसले आफ्ना पापमय स्वभावबाट फर्किन र मकहाँ आउन आफैँलाई पापीहरू हौँ भनी जान्दछन् तिनीहरूलाई निम्तो दिन म आएँ।” BSB BSB: I have not come to call the righteous, but sinners, to repentance.”
33 UDB ती यहूदी अगुवाहरूले येशूलाई भने, “बप्तिस्मा दिने युहन्नाका चेलाहरू खानेकुराबाट अलग बस्छन् र प्रार्थना गर्छन् र फरासीहरूका चेलाहरूले पनि त्यसै गर्दछन्। तर तपाईंका चेलाहरूले खाइरहन्छन् र पिइरहन्छन्! किन अरूहरूले झैँ तिनीहरू उपवास बस्दैनन्?” BSB BSB: Then they said to Him, “John’s disciples and those of the Pharisees frequently fast and pray, but Yours keep on eating and drinking.”
34 UDB येशूले जवाफ दिनुभयो, “दुलाहसँगै भएको बेलामा तिमीहरूले उसका मित्रहरूलाई उपवास बस भन्दैनौ, भन्छौ त? अहँ, कसैले पनि त्यसो गर्दैन! BSB BSB: Jesus replied, “Can you make the guests of the bridegroom fast while He is with them?
35 UDB तर दुलाहालाई कुनै दिन तिनका मित्रहरूबाट लगिनेछ। तब त्यसबेला तिनीहरू खानेकुराबाट अलग हुनेछन्।” BSB BSB: But the time will come when the bridegroom will be taken from them; then they will fast.”
36 UDB त्यसपछि आफूले भन्न खोज्नुभएको कुरालाई स्पष्ट पार्नलाई येशूले अरू उदाहरणहरू दिनुभयो: उहाँले भन्नुभयो, “मानिसहरूले कहिल्यै पनि नयाँ कपडाको एउटा टुक्रा च्यात्ने र पुरानो कपडालाई मर्मत गर्न त्यसले टाल्ने काम गर्दैनन्। यदि तिनीहरूले त्यसो गरे भने तिनीहरूले नयाँ कपडालाई च्यातेर त्यसलाई बिगार्दछन् र नयाँ कपडा टुक्रा पुरानोमा मेल खाँदैन। BSB BSB: He also told them a parable: “No one tears a piece of cloth from a new garment and sews it on an old one. If he does, he will tear the new garment as well, and the patch from the new will not match the old.
37 UDB र नयाँ निचोरिएको अङ्गुर-मद्य राख्नलाई कसैले पनि पुरानो मशकहरूभित्र हाल्दैन। यदि कसैले त्यसो गरे, ती मशकहरू च्यातिन्छन् किनभने जब नयाँ अङ्गुर-मद्य उम्लिन्छ र फैलिन्छ तिनीहरू तन्किदैनन्। तब मशकहरू खराब हुन्छन्, र अङ्गुर-मद्य पनि खराब हुन्छ, किनभने त्यो पोखिन्छ। BSB BSB: And no one pours new wine into old wineskins. If he does, the new wine will burst the skins, the wine will spill, and the wineskins will be ruined.
38 UDB बरु, नयाँ अङ्गुर-मद्यलाई नयाँ मशकहरूमै हालिनुपर्छ। BSB BSB: Instead, new wine is poured into new wineskins.
39 UDB यसका अतिरिक्त, पुरानो अङ्गुर-मद्य मात्रै पिएकाहरू त्यसमै सन्तुष्ट हुन्छन्। तिनीहरू नयाँ अङ्गुर-मद्य पिउन चाहदैनन्, किनभने तिनीहरू भन्छन्, “पुरानै अङ्गुर-मद्य असल छ।” BSB BSB: And no one after drinking old wine wants new, for he says, ‘The old is better.’”